Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 62

प्रमुख संगीतकारलाई: यदूतूनको निम्ति दाऊदको भजन।

62 मेरो प्राणले धैर्यसित परमेश्वरलाई मेरो सुरक्षाको निम्ति पर्खिन्छ।
    मेरो उद्धार उहाँबाट मात्रै आउँदछ।
मसँग धेरैजना शत्रुहरू हुन सक्छन, तर परमेश्वर मेरो किल्ला हुनुहुन्छ, उहाँले मलाई बचाउनु हुन्छ।
    परमेश्वर अग्लो पर्वतमा मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ।
    कुनै ठूलो सैनिकले पनि मलाई परास्त गर्न सक्तैन।

कहिले सम्म तिमीले मलाई आक्रमण गर्नेछौ?
म ढल्की सकेको भित्ता जस्तो छु,
    ढल्न तयार भएको बार हुँ।
मेरो प्रतिष्ठित ओहोदा हुँदा हुँदै पनि,
    ती मानिसहरू मलाई नष्ट पार्ने योजनाहरू बनाउँछन्।
मेरो विषयमा झूटो कुराहरू गर्दा उनीहरू खुशी हुँदछन्।
    जनसमूहमा, तिनीहरूले मेरो विषयमा राम्रो कुराहरू गर्दछन्
    तर गुप्त रूपमा भने मलाई सराप्दछन्।

मेरो प्राणले धैर्यतापूर्वक मेरो सुरक्षाको निम्ति परमेश्वरलाई पर्खन्छ।
    परमेश्वर मात्र मेरो आशा हुनुहुन्छ।
परमेश्वर मेरो किल्ला हुनुहुन्छ, उहाँले मात्र मेरो उद्धार गर्न सक्नुहुन्छ।
    परमेश्वर मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ।
मेरो गौरव र विजय परमेश्वरबाट आउँछ।
    उहाँ मेरो बलियो किल्ला र मेरो शरणस्थान हुनुहुन्छ।
हे मानिसहरू! परमेश्वरमाथि सधैँ भरोसा राख।
    तिमीहरूको सम्पूर्ण सङ्कटहरू परमेश्वरलाई बताऊ।
    परमेश्वर हाम्रा शरणस्थान हुनुहुन्छ।

मानिसहरूले वास्तवमा सहयोग गर्न सक्तैनन्।
    तिमीले आफ्नो बचाऊको निम्ति मानिसहरूमाथि भरोसा राख्न सक्तैनौ।
परमेश्वरको तुलनामा तिनीहरू केही पनि होइनन्
    फगत तिनीहरू पानीको वाफ हुन्।
10 सामानहरूलाई खोस्नलाई आफ्नो शक्तिमाथि भरोसा नगर।
    चोरेर तिमीहरूले फाइदा पाउनेछै भनेर नसोच।
अनि जब तिमी धनाढ्‌य हुनेछौ,
    सहयोगको लागि धनीहरूमाथि आशा नगर।
11 परमेश्वर भन्नुहुन्छ, “एउटै चीज छ जसमाथि तिमीहरू निश्चय आधार लिन सक्छौ,
    अनि म विश्वास गर्छु, ‘शाक्ति परमेश्वरबाट आउँदछ!’”

12 हे मेरो स्वामी, तपाईंको प्रेम साँच्चो छ।
    परमप्रभु, हरेक मानिसको काम अनुसार तपाईं उसलाई प्रतिफल अथवा दण्ड दिनुहुन्छ।

होशे 10:9-15

इस्राएलाई पापको निम्ति तिर्नेछ

“हे इस्राएल, तिमीले गिबाको समयदेखि पाप गर्न शुरू गर्यौ। (अनि तिनीहरू अझै त्यहाँ पाप गरिरहेका छन्।) गिबाले अहिले पनि त्यही दुष्टकाम र पाप गर्दैछ। 10 तिनीहरूलाई दण्ड दिन म आउनेछु। तिनीहरूको विरूद्ध सेनाहरू एक भएर आउनेछन्। इस्राएलले आफ्नो दुइवटा पापको निम्ति दण्ड भोग्नु पर्नेछ।

11 “एप्रैम एउटा तालिम पाएको बाछा जस्तै थियो जो खलाको अन्नमाथि हिँड्न मन पराउँछ। म त्यसको काँधमा राम्रो जुवा राख्नेछु। म एप्रैमलाई डोरीले बाँध्नेछु अनि यहूदाले हलो जोत्नेछ। याकूबले स्वंय डल्लाहरू फोर्नेछ।”

12 धर्म रोप तब तिमीले स्थिर मायाको बाली उठाउनेछौ। खेत आफैंले जोत। यो परमप्रभुलाई खोज्ने समय हो। उहाँ आउनु हुनेछ अनि तिमीमाथि धर्म बर्षाउनु हुनेछ।

13 तर तिमीहरूले दुष्टताको बीऊ रोपेकाछौ अनि तिमीहरूले अन्यायको बाली उठाएकाछौ। तिमीहरूले झूटो फल खाएकाछौ किनभने तिमीहरूले आफ्नै योजना र आफ्नो विशाल संख्याका योद्धाहरूमाथि भरोसा राख्यौ। 14 यसैकारण तिमीहरूका सेनाहरूको बीच युद्धका निम्ति खैलाबैलाको स्वर सुनिनेछ, अनि तिम्रो सेनाको किल्लाहरू नष्ट हुनेछन्। यो त्यस्तै हुनेछ जस्तो बेतबेल नगरमा युद्धको समय शल्मनले नष्ट पारिदिएको थियो। युद्धको समयमा आफ्ना नानीहरूसँगै आमाहरूको पनि हत्या गरिदिएको थियो। 15 बेतेलमा तिमीहरूलाई पनि यस्तै हुनेछ किनकि तिमीले धेरै नै कुकर्महरू गरेकाछौ। त्यस दिनको शुरूवात हुँदा हुँदै इस्राएलको राजा पुरै नष्ट हुनेछन्।

याकूब 5:1-6

स्वार्थी धनी मानिसहरूलाई चेताउनी

तिमी धनी मानिसहरू, सुन! विलाप गर अनि अत्यन्त शोकाकुल बन किनभने तिमीहरूमाथि अनेक आपतहरू आई पर्नेछ। तिमीहरूको धन नष्ट हुनेछ अनि बेकार हुनेछ। तिमीहरूको वस्त्रहरू कीराले खानेछ। तिमीहरूका सुन चाँदीमा कस लाग्नेछ अनि त्यो कसले तिमीहरूको विरोधमा साक्षी दिनेछ। त्यो कसले तिमीहरूको शरीरलाई आगोले झै खानेछ। तिमीहरूले सम्पती आखिरि दिनमा सञ्चितगरेका छौ। मानिसहरूले तिमीहरूको खेतमा काम गरे, तर तिमीहरूले तिनीहरूलाई ज्याला दिएनौ। ती मानिसहरू तिमीहरूको विरूद्ध आवाज गरिरहेछन्। ती मानिसहरूले तिमीहरूको फसलहरू काटे। अहिले तिनीहरूले कराएको आवाज स्वर्गका परमप्रभुको सेनाहरूले सुने।

पृथ्वीमा तिमीहरूको जीवन सम्पत्तिले सम्पन्न जीवन थियो। तिमीहरूले, आफूले चाहेका हरेक बस्तुद्वारा स्वयंलाई खुशी तुल्यायौ। तिमीहरू स्वयंले मार्नुको तिम्ति तयार पारेको मोटो पशु जस्तो तुल्यायौ। तिमीहरूले निर्देष मानिसहरूको भर्त्सना गर्यौ, र मारी दियौ कसैले प्रतिरोध गरेनन्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International