Revised Common Lectionary (Complementary)
दाऊदको भजन।
37 दुष्ट मानिसहरूप्रति उदास न होऊ।
दुष्ट काम गर्नेहरूको ईर्ष्या नगर।
2 दुष्ट मानिसहरू हरियो घाँस र उद्भिद् जस्तै हुन्
जो ओइलिन्छन् अनि चाँडै मर्छन्।
3 यदि तिमीहरू परमप्रभुमा भरोसा गर्छौ र राम्रो कामहरू गर्छौ भने,
तिमीहरू भूमिले दिने धेरै चीजहरूसित बाँच्नेछौ र आनन्द लिने छौं।
4 आनन्दसित परमप्रभुको सेवा गर
अनि उहाँले तिमीहरूलाई तिमीले चाहको कुराहरू दिनुहुनेछ।
5 परमप्रभुमाथि भरोसा गर।
उहाँ माथि भरोसा गर उहाँले तिमीलाई सहायता गर्नुहुनेछ।
6 तिमीहरूका असल कार्यहरू र निर्मलता,
मध्य दिनको घाम झैं चम्कियोस्।
7 परमप्रभुमाथि भरोसा गर, र उहाँको सहयोगको निम्ति पर्खौं।
दुष्ट मानिसहरूको सफलतामा ईर्ष्या नगर।
जब दुष्ट मानिसहरूले दुष्ट योजनाहरू बनाउँछन्,
अनि तिनीहरूको खराब युक्तिहरूमा सफल हुन्छन्, तब तिमीहरू नरिसाओ।
8 तिमीहरू रिसले बौलाहा न होऊ! त्यति उदास न होऊ, जसले गर्दा तिमी पनि दुष्ट कार्य गर्नेछौ।
9 किनभने दुष्ट मानिसहरू नष्ट हुनेछन्,
तर ती मानिसहरू जसले परमप्रभुलाई सहयोगको लागि बिन्ती गर्छन्,
परमप्रभुले वचन दिनु भएको जमीन पाउनेछन्।
अश्शूरका राजा हिजकियाहलाई फेरि चेताउनी दिन्छन्
8 सेनापतिले सुने अश्शूरका राजा लाकीशबाट हिंडे। यसकारण सेनापतिले आफ्ना राजालाई लिब्नाको विरूद्धमा लडाइँ गर्दै गरेको पाए। 9 अश्शूरका राजाले कूशका तिर्हाकाको विषयमा एउटा कुखबर सुने। खबर थियो, “तिर्हाका तिम्रो विरोधमा लडाइँ गर्न आएको छ।”
यसकारण अश्शूरका राजाले हिजकियाहकहाँ फेरी राजदूत पठाए। अश्शूरका राजाले ती राजदूतहरूलाई एउटा सन्देश दिनु भनी पठाए। उनले यी कुराहरू भनेः 10 “यहूदाका राजा हिजकियाह यो भन, परमेश्वर जसमाथि तिमीले भरोसा गर्छौ:
‘तिमीलाई धोका दिन्छ उसलाई यो गर्न नदेऊ उसले भन्छ अश्शूरका राजाले यरूशलेमलाई पराजित गर्ने छैनन्। 11 तिमीले ती सबै घट्नाहरू सुनेका छौ जो अश्शूरका राजाले अरू सबै देशहरूसित गरेका थिए। हामीले तिनीहरूलाई पूर्णतः नष्ट गर्यौ के तिमी बाच्ने छौ? अँहँ! 12 ती देशहरूका देवताहरूले आफ्ना मानिसहरूलाई बचाएनन्। मेरा पुर्खाहरूले तिनीहरू सबैलाई शेषपारे। तिनीहरूले गोजान, हारान, रेसेप र तलस्सारमा बेत-एदेनका मानिसहरूलाई खत्तम गरे। 13 हमातका राजा कहाँ छन्? अर्पादका राजा? रूपवैम शहरका राजा? हेना अनि इव्वाका राजा? तिनीहरू सबै नै खतम भए।’”
हिजकियाह परमेश्वरसित प्रार्थना गर्छन्
14 हिजकियाहले राजदूतहरूबाट पत्र लिए अनि तिनीहरूलाई पढे। तब हिजकियाह माथि परमप्रभुको मन्दिरमा गए अनि तिनले परमप्रभुको सामु पत्रहरू फिंजाए। 15 हिजकियाहले परमेश्वरको सामुन्ने प्रार्थना गरे अनि भने, “परमप्रभु इस्राएलका परमेश्वर, त्यो परमेश्वर जो करूब स्वर्गदूतमाझ राजा जस्तो बस्नुभएको छ। तपाई परमेश्वर हुनुहुन्छ तपाई मात्रै धर्तीका सबै राज्यहरूका परमेश्वर हुनुहुन्छ। तपाईंले नै स्वर्गहरू र पृथ्वी बनाउनु भयो। 16 हे परमप्रभु, कृपया मेरो कुरा सुनिदिनु होस्। परमप्रभु, मेरो आँखा खोलि दिनु होस् अनि यो पत्र हेर्नु होस् र शब्दहरू सन्नुहोस जो सनहेरीबले जीवित परमेश्वरको अपमान गर्नका लागि पठाएका छन्। 17 हे परमप्रभु, यो सत्य हो। अश्शूरका राजाहरूले ती सबै राष्ट्रहरूलाई खत्तम पारे। 18 तिनीहरूले ती राष्ट्रहरूका देवताहरूलाई आगोमा फ्याँके। तर ती साँच्चैका देवताहरू थिएनन्। ती केवल काठ र ढुङ्गाका मूर्तिहरू थिए। जसलाई मानिसहरूले बनाएका थिए। त्यसै कारणले गर्दा अश्शूरका राजाहरूले तिनीहरूलाई खत्तम पार्न सके। 19 यसर्थ अब, हे परमप्रभु हाम्रा परमेश्वर, हामीलाई अश्शूरका राजाबाट बचाउनुहोस्। तब धर्तीका सबै राज्यहरूले जान्ने छन, तपाईं परमप्रभु मात्र परमेश्वर हुनुहुन्छ।”
20 आमोसका छोरा यशैयाहले हिजकियाहलाई यो सन्देश पठाए। उनले भने, “परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ: तिमीहरूले म सित अश्शूरका राजा सनहेरिबको विषयमा प्रार्थना गर्यौ। मैले तिमीहरूको प्रार्थना सुनेको छु।
अश्शूरको सेना नष्ट गरिन्छ
35 त्यस राती परमप्रभुका स्वर्गदूत बाहिर निस्किए अनि अश्शूरको शिबिरका 1,85,000 मानिसहरू मारे। जब मानिसहरू बिहान उठे, तिनीहरूले सबै लाशहरू देखे।
36 यसकारण अश्शूरका राजा सनहेरीबले त्यो ठाउँ छोडे अनि नीनवे फर्किए जहाँ तिनी बस्ने गर्दथे। 37 एकदिन सनहेरीब निसोकका मन्दिरमा आफ्नो देवताको पूजा गरिरहेका थिए। उसका छोराहरू अद्रमेलेक र शरेसेरले उनलाई तरवारले काटेर मारे। त्यसपछि अद्रमेलेक र शरेसेर भागेर अरारात प्रदेशमा गए। अनि सनहेरीबका छोरा एसरहद्दोन उनीपछि नयाँ राजा भए।
पर्गाममको मण्डलीलाई येशूको पत्र
12 “पर्गाममको मण्डलीका स्वर्गदूतलाई यो लेख:
“जोसित लाग्ने दुइधारे तरवार छ, तिमीहरूलाई यी कुराहरू भनिरहेछन्।
13 “मलाई थाहा छ तिमीहरू कहाँ बस्छौ। तिमीहरू त्यहाँ बस्छौ जहाँ शैतानको आफ्नो सिंहासन छ। तर तिमीहरू म प्रति विश्वासी छौ। तिमीहरूले एन्टियासको समयमा पनि म प्रतिको विश्वास बारे भन्न अस्वीकार गरेनौ। एन्टिपास मेरा विश्वासी साक्षी थिए जसलाई तिमीहरूको नगरमा मारियो। तिमीहरूको नगर त्याही हो जहाँ शैतान बस्छ।
14 “तर तिमीहरूका विरुद्ध मेरा केही कुराहरू छन् तिमीहरूको समुदायमा केही मानिसहरू छन् जो बालामको शिक्षा पालन गर्छन्। इस्राएलका मानिसहरूलाई मूर्ति अघि चढाइएका बलि खानु र यौन पाप गर्नु प्रलोभित पार्नु बालामले बालाकलाई सिकाए। 15 तिमीहरूको सम्प्रदायमा पनि यस्तै छ। तिमीहरू माझ निकोलाइटन्सको शिक्षा अनुशरण गर्ने मानिसहरू छन्। 16 यसर्थ तिमीहरूको हृदय परिवर्तन गर। यदि तिमीहरू परिवर्तन भएनौ भने, मेरो मुखबाट निस्कने तरवार लिएर ती मानिसहरूसँग लड्न चाँडै तिमीहरूकहाँ आउनेछु।
17 “जसले सुन्नुसक्छ मण्डलीहरूलाई आत्माले के भन्दै हुनुहुन्छ सुन्नुपर्छ।
“म त्यस विजयलाई प्राप्त गर्ने हरेक व्यक्तिलाई लुकाई राखेको मन्ना दिनेछु। म त्यस व्यक्तिलाई सेतो पत्थर पनि दिनेछु। यो पत्थरमा नयाँ नाउँ लेखिएको छ। त्यो मानिस जसले मात्र त्यो पत्थर पाउँछ, त्यो नयाँ नाउँ जान्नेछ।
थिआटीराको मण्डलीलाई येशूको पत्र
18 “थिआटीराको मण्डलीका स्वर्गदूतलाई यो लेख:
“परमेश्वरका पुत्रले यी कुराहरू भन्दैहुनुहुन्छ। उहाँ नै एक हुनु हुन्छ जसका आँखा आगो जस्तै जल्दैछन् अनि पाउ चम्किलो काँसा जस्ता छन्। उनले तिमीहरूलाई जे भन्नु हुन्छ, त्यो यस्तो छ
19 “तिमीहरूले के गरेका छौ मलाई थाहा छ। म तिमीहरूको प्रेम, विश्वास, सेवा अनि धीरजको बारेमा जान्दछु। मलाई थाहा छ तिमीहरूले अहिले शुरुमा जे गरेका थियौ त्यो भन्दा अधिक गर्दैछौ। 20 तर तिमीहरू विरुद्ध मसँग यो कुरा छ तिमीहरूले जिजेबेल नाउँकी स्त्रीलाई उसले चाहेको कुरा गर्न दियौ। उसले दावी गर्छे की ऊ एक अगमवक्ता हो। तर उसले मेरा मानिसहरूलाई आफ्ना शिक्षाद्वार टाढा लगिरहेकी छे। जिजेबेलले मेरा मानिसहरूलाई यौन पाप गर्न अनि मूर्तिहरू अघि अर्पण गरेको खाद्य पदार्थ खान अग्रसर पारिरहेकी छे। 21 मैले उसलाई आफ्नो हृदय परिवर्तन गर्ने अनि आफ्नो पापदेखि मुक्त हुने मौका दिएको छु। तर ऊ परिवर्त्तन हुन चाहाँदिन।
22 “यसर्थ म उसलाई शैंय्यामा फालिदिनेछु। अनि सबै मानिसहरू, जो उसित व्याभिचार गर्छन्, तिनीहरूले साह्रै कष्ट भोग्नेछन् यदि उसको दुष्ट जीवन शैली अनुशरण गर्न नछोडे। 23 म उसको छोरा-छोरीहरूलाई पनि मार्नेछु। अनि सबै मण्डलीहरूले, थाहा पाउनेछन् कि म उही हुँ। जसले मानिसहरूका मन अनि हृदय जान्दछ। अनि म तिमीहरूको कर्म अनुसार दिनेछु।
24 “तर थिआटीराका तिमीहरू जस्ता अन्य मानिसहरूले उसको शिक्षा स्वीकार गरेका छैनन्। तिमीहरूले ती कुराहरू जानेका छैनौ जुन तिनीहरू शैतानको गहन रहस्य भनी दावी गर्छन्। म तिमीहरूलाई जे भन्छु त्यो यो हो म तिमीहरूमाथि अरू भारी लदाउने छैन। 25 म नआएसम्म तिमीहरू यही तरीकामा बस।
26 “जसले विजय प्राप्त गर्छ अनि, अन्तिम सम्म मैले चाहेका कुराहरू गरिरहन्छ म ती प्रत्येकलाई राष्ट्रहरूमाथि अधिकार दिनेछु 27 उसले तिनीहरूमाथि अत्यन्तै कडा शासन चलाउनेछ। उसले त्यसलाई फुटेको माटाका भाँडाहरू जस्तै टुक्रा-टुक्रा पार्नेछ।[a] 28 जस्तो मैले मेरा पिताबाट अधिकार पाएँ, म त्यस व्यक्तिलाई दिनेछु, म त्यस व्यक्तिलाई विहानको तारा दिनेछु। 29 जसको सुन्ने कान छ, त्यसले सुनोस् पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ।
© 2004, 2010 Bible League International