Revised Common Lectionary (Complementary)
दाऊदको भजन।
37 दुष्ट मानिसहरूप्रति उदास न होऊ।
दुष्ट काम गर्नेहरूको ईर्ष्या नगर।
2 दुष्ट मानिसहरू हरियो घाँस र उद्भिद् जस्तै हुन्
जो ओइलिन्छन् अनि चाँडै मर्छन्।
3 यदि तिमीहरू परमप्रभुमा भरोसा गर्छौ र राम्रो कामहरू गर्छौ भने,
तिमीहरू भूमिले दिने धेरै चीजहरूसित बाँच्नेछौ र आनन्द लिने छौं।
4 आनन्दसित परमप्रभुको सेवा गर
अनि उहाँले तिमीहरूलाई तिमीले चाहको कुराहरू दिनुहुनेछ।
5 परमप्रभुमाथि भरोसा गर।
उहाँ माथि भरोसा गर उहाँले तिमीलाई सहायता गर्नुहुनेछ।
6 तिमीहरूका असल कार्यहरू र निर्मलता,
मध्य दिनको घाम झैं चम्कियोस्।
7 परमप्रभुमाथि भरोसा गर, र उहाँको सहयोगको निम्ति पर्खौं।
दुष्ट मानिसहरूको सफलतामा ईर्ष्या नगर।
जब दुष्ट मानिसहरूले दुष्ट योजनाहरू बनाउँछन्,
अनि तिनीहरूको खराब युक्तिहरूमा सफल हुन्छन्, तब तिमीहरू नरिसाओ।
8 तिमीहरू रिसले बौलाहा न होऊ! त्यति उदास न होऊ, जसले गर्दा तिमी पनि दुष्ट कार्य गर्नेछौ।
9 किनभने दुष्ट मानिसहरू नष्ट हुनेछन्,
तर ती मानिसहरू जसले परमप्रभुलाई सहयोगको लागि बिन्ती गर्छन्,
परमप्रभुले वचन दिनु भएको जमीन पाउनेछन्।
आरामसँग सङ्कट
7 योतामाको छोरो आहाज थिए। योताम उज्जियहको छोरो थिए। रसीन अरामका राजा थिए। रमल्याहको छोरो पेकह[a] इस्राएलका राजा थिए। आहाज यहूदाका राजा भएको बेलामा, रसीन र पेकह यरूशलेम विरूद्ध लडाइँ लड्न गए। तर तिनीहरू त्यस शहरलाई परास्त गर्न सक्षम भएनन्।
2 दाऊदको परिवारलाई एक समाचार भनियो। समाचार यस्तो थियो, “अरामको सैन्य र एप्रैमको सैन्य आपसमा सम्मिलित भए। दुवै सैन्यहरूले मिलेर शिविर बसाले।”
जब राजा आहाजले त्यस्तो समाचार सुने, उनी स्वयं र उनका मानिसहरू अत्यन्त डराए। तिनीहरू हावा जोडले लाग्दा वनका रूखहरू हल्लिए जस्तो थर्थराए।
3 तब परमप्रभुले यशैयालाई भन्नुभयो, “तिमी अनि तिम्रो छोरो शार्यासूबलाई आहाजकहाँ गएर कुरा गर्नुपर्छ। त्यस ठाउँमा जाऊ जहाँ माथिल्लो पोखरीमा पानी बग्छ। त्यो स्थान धोबीहरूको खेत जाने बाटोमा पर्छ।
4 “आहाजलाई भन, ‘होशियार होऊ तर शान्त हौ! नडराऊ। ती दुइ जना मानिसहरूलाई रसीन र रमल्याहको छोरालाई तिमीलाई भयभीत पार्न नदेऊ। ती दुइजना बल्दै गरेको लौरो जस्तै हुन्। अतीतमा तिनीहरू बल्दै गरेको तातो थिए। तर अहिले तिनीहरू धुवाँ मात्र भएका छन्। रामल्याहको छोरा रसीन र अराम क्रोधित भएका छन्। 5 तिनीहरूले तिम्रो विरूद्ध योजनाहरू तयार पारेका छन्। तिनीहरूले भनेः 6 “हामी जानै पर्छ र यहूदाको विरूद्ध लड्नु पर्छ। हामी यहूदालाई हाम्रै निम्ति विभाजन गर्ने छौ। हामी ताबालको छोरोलाई यहूदाको नयाँ राजा बनाउनेछौं।”’”
7 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “तिनीहरूका योजना सफल हुने छैन्। यो हुने नै छैन्। 8 जबसम्म रसीन दमीशकको शासक हुनेछन् यो कुरा हुने नै छैन्। एप्रैम अहिले एउटा राष्ट्र हो तर 65 बर्षपछि यो राष्ट्र रहने छैन्। 9 जबसम्म सामरिया एप्रैमको राजधानी अनि रमल्याको छोरा यसको शासक रहन्छ तिनीहरूको योजना सफल हुने छैन्। यदि तिमीले यो कुरा विश्वास गर्दैनौ भने तब मानिसहरूले तिमीलाई विश्वास गर्नेछैनन्।”
दुइजना अन्धाहरू निको भए
(मर्कूस 10:46-52; लूका 18:35-43)
29 जब येशू र उहाँका चेलाहरू जोरिकोबाट जाँदै थिए, धेरै मानिसहरूले उहाँलाई पछ्याए। 30 बाटोको किनारमा दुइजना अन्धा मानिसहरू बसिरहेका थिए। ती अन्धाहरूले येशू त्यतैतिरबाट जाँदै गर्नु भएको कुरा सुने। अनि ती अन्धाहरू चिच्याए, “प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्।”
31 सबै मानिसहरूले ती अन्धाहरूलाई हप्काए। तिनीहरूले ती अन्धाहरूलाई हल्ला गरेर विन्ती गर्न दिएनन्। तर ती अन्धाहरू अझ जोडले चिच्याए, “प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्।”
32 येशू रोकिनु भयो र अन्धाहरूलाई बोलाएर उहाँले भन्नुभयो, “म तिनीहरूको निम्ति के गरिदिऊ भन्ने चाहन्छौ?”
33 अन्धाहरूले जवाफ दिए, “परमप्रभु हामी देख्न चाहन्छौं।”
34 येशूलाई अन्धाहरूप्रति दया जाग्यो। उहाँले ती अन्धाहरूका आँखा स्पर्श गर्नुभयो अनि तिनीहरू देख्ने सक्ने भए। त्यसपछि तिनीहरू येशूलाई पछ्याउन लागे।
© 2004, 2010 Bible League International