Revised Common Lectionary (Complementary)
प्रमुख संगीतकारलाई: तार बाद्यसँग गाउँने दाऊदको भजन।
61 हे परमेश्वर, मैले गरेको प्रार्थना सुन्नुहोस्।
मेरो प्रार्थना सुनी दिनुहोस्।
2 म जहाँ भए तापनि,
जस्तो कमजोर भए तापनि,
तपाईंको सहयोग माग्नलाई पुकारा गर्ने छु!
मलाई धेरै माथि सुरक्षित ठाउँमा लैजानुहोस्।
3 तपाईं मेरो शरणस्थान हुनुहुन्छ।
तपाईंले मेरो शत्रुहरूबाट मलाई बचाउँने बलियो धरहरा हुनुहुन्छ।
4 म तपाईंको पालमा सदा-सर्वदा रहन चाहन्छु।
म तपाईंको शरणमा लुक्न चाहन्छु।
5 हे परमेश्वर, मैले के दिन्छु भनेर वाचा गरेको थिएँ त्यो तपाईंले सुन्नु भएकोछ,
तर प्रत्येक कुरा तपाईंका भक्तजनहरूले पाउने तपाईंबाट नै आउँदछन्।
6 राजालाई दीर्घायु दिनुहोस्।
ऊ अनन्त सम्म बाँचोस्।
7 उनी परमेश्वर सँगै सदा-सर्वदा रहुन्।
तपाईंको स्नेहपूर्ण करूणाले उहाँलाई बचाउँनु होस्।
8 अनि म तपाईंको नाउँको गुणगान सधैँभरी गर्नेछु।
प्रत्येक दिन, मैले वाचा गरेका कुराहरू मात्र गर्ने छु।
15 नामान अनि उनको सबै दल परमेश्वरको मानिस कहाँ फर्केर आए। उनी एलीशासामु उभिए अनि भने, “हेर, अहिले म जान्दछु इस्राएलमा बाहेक अरू कतै परमेश्वर छैनन्। अब कृपया मबाट एउटा उपहार स्वीकार गर्नुहोस्।”
16 तर एलीशाले भने, “म परमप्रभुको सेवा गर्दछु अनि म शपथ खाएर भन्छु, जब परमप्रभु हुनुहुन्छ म कुनै उपहार स्वीकार गर्दिन।”
नामानले एलीशालाई उपहार स्वीकार गराउन पुरा चेष्टा गरे र भने, “यदि उपहार स्वीकार गर्नु हुन्न भने मेरो निम्ति यति काम गर्नुहोस्। 17 मेरा खच्चरहरूमा इस्राएलबाट दुइभारी धूलो भर्न दिनुहोस्। किनभने म अरू कुनै परमेश्वरलाई होमबलि अथवा बलिदान चढाउँदिन। म परमप्रभुलाई मात्र बलि चडाउनेछु। 18 अनि म अहिले प्रार्थना गर्छु, परमप्रभुले यसको लागि मलाई क्षमादान गर्नुहुने छ अगममा मेरा मालिक अरामका राजा असत्य देवताको पुजा गर्नका लागि रिम्मोनको मन्दिरमा जाने छन्। यसकारण मैले रिम्मोनको मन्दिरमा निहुरिनु पर्छ। म अहिले परमप्रभुलाई क्षमा गर्न बिन्ती गर्छु यदि त्यस्तो हुन्छ।”
19 तब एलीशाले नामानलाई भने, “शान्तिसँग जाऊ।”
यसकारण उसले उनलाई छोडे अनि केही टाढा पुगे।
पावलले अग्रिपालाई मनाउन खोज्यो
24 पावलले आफ्नो बचाऊको लागि ती कुराहरू भनिरहेको बेला, फेस्तस चिच्यायो, “पावल तिमी पागल हौ। तिम्रो अधिक बिद्याले तिमीलाई पागल बनायो।”
25 पावलले भने, “महामहिम फेस्तस, म पागल होइन। जे कुराहरू मैले भने ती सत्य हुन्। मेरो शब्दहरू गम्भीर छन्। 26 राजा अग्रिपाले यी कुराहरूको विषयमा जान्नु हुन्छ। म उहाँसँग स्वतन्त्र रूपमा कुरा गर्न सक्छु। म निश्चित छु कि उहाँ कुनै पनि कुरामा अपरिचित हुनुहुन्न। किभने यी कुराहरू कुनै गुप्ती जग्गामा घटेन। 27 राजा अग्रिपा! के तपाईं अगमवक्ताहरूले लेखेको कुरामा विश्वास गर्नु हुन्छ? म जान्दछु तपाईं निश्वास गर्नु हुन्छ।”
28 राजा अग्रिपाले पावललाई भने, “के तिमी मलाई यति सहजै ख्रीष्टयन बनाउन सक्छौ?”
29 पावलले भने, “यो सजिलो अथवा अप्ठेरो मेरो निम्ति मुख्य होइन। म परमेश्वरसित प्रार्थना गर्दछु कि तपाईं मात्र किन, मलाई बाँधिएको साङ्लो बाहेक आजका जम्मै मेरा श्रोताहरू म जस्तै हुनेछन्।”
© 2004, 2010 Bible League International