Revised Common Lectionary (Complementary)
मेम्
97 हे परमप्रभु! म तपाईंका व्यवस्थालाई माया गर्छु।
म त्यसको विषयमा सदाकाल भन्ने गर्छु।
98 हे परमप्रभु, तपाईंको आज्ञाहरूले मलाई मेरो शत्रुहरूभन्दा बढता ज्ञानी बनाउँदछ।
तपाईंको नियमहरू मसँग सदैव रहन्छ।
99 म आफ्ना शिक्षकहरू भन्दा पनि ज्ञानी छु,
किनभने म तपाईंको करार-वचनको अध्ययन गर्दछु।
100 मेरो समझदार नेताहरूले भन्दा मैले बढ्ता बुझेको छु
किनभने म तपाईंको आज्ञाहरू राख्दछु।
101 मेरो प्रत्येक पाठशालाहरू
बेठीक मार्गहरूबाट अलग्ग राखी दिनु भयो।
102 यसैले तपाईं मेरो गुरू हुनुहुन्छ
यसैले तपाईंको नियमहरू पालन गर्न देखि म रोकिने छैन।
103 तपाईंका वचनहरू मेरो मुखमा
मह भन्दा पनि मीठा छन्।
104 तपाईंका शिक्षाहरूले मलाई ज्ञानी बनाउँदछ,
यसैले म झूटा शिक्षाहरूलाई घृणा गर्दछु।
16 तर ती हाम्रा पुर्खाहरू अट्टेरी थिए
अनि तपाईंका आदेश पालन गरेनन्।
17 तिनीहरूले आज्ञा पालन गर्न अस्वीकार गरे,
अनि तपाईंले तिनीहरूमाझ गर्नुभएको चमत्कार तिनीहरूले सम्झेनन्।
तिनीहरू घमण्डी भए
अनि मिश्र देशमा दासत्वमा फर्किजानलाई एक अगुवा नियुक्त गरे।
“तपाईं क्षमाशील परमेश्वर हुनुहुन्छ,
दयालु अनि कृपालु
र धीरजी प्रेमपूर्ण हुनुहुन्छ।
यसकारण तपाईंले तिनीहरूलाई त्याग्नु भएन,
18 जब तिनीहरूले स्वयंका निम्ति धातु निर्मित बाछा को मूर्ति बनाए।
अनि तिनीहरूले भने, ‘यो तिमीहरूको देवता हो,
जसले तिमीहरूलाई मिश्रदेश बाहिर ल्याए,
जब तिनीहरूले तपाईंको विरूद्ध डरलाग्दा कुराहरू गरे।’
19 तर तपाइको महान
करूणाको कारणले गर्दा,
तपाईंले तिनीहरूलाई
मरुभूमिमा छोडनु भएन,
बादलको खामोले तिनीहरूलाई
दिनको यात्रामा अगुवाई गर्न रोक्नु भएन
अनि आगोको ज्वालाले
राती तिनीहरू हिंडनु पर्ने बाटो
उज्यालो तुल्याउन छोडनु भएन।
20 तपाईंले तिनीहरूलाई शिक्षा दिन तपाईंको उत्तम जोश प्रदान गर्नुभयो।
तपाईंले तिनीहरूको मुखबाट तपाईंको स्वर्गीय भोजन खोस्नु भएन,
अनि तिनीहरूको तिर्खामा तपाईंले तिनीहरूलाई पानी दिनुभयो।
21 तपाईंले चालीस बर्षसम्म उज्जाड स्थानमा तिनीहरूको हेरचाह गर्नुभयो,
त्यहाँ तिनीहरूलाई केही अभाव थिएन।
तिनीहरूका वस्त्रहरू मक्किएनन्
र तिनीहरूका खुट्टाहरू पनि सुनिएनन्।
22 तपाईंले तिनीहरूलाई राज्यहरू अनि मानिसहरू दिनुभयो।
तपाईंले तिनीहरूलाई यी सीमा-भूमिको रूपमा प्रदान गर्नुभयो।
तिनीहरूले हेशबोनका राजा सीहोनको देश
अनि बाशानका राजा ओगको भूमि अधिकारमा लिए।
23 तपाईंले तिनीहरूका सन्तानहरूलाई
आकाशका ताराहरू जस्तै अनगिन्ती तुल्याई दिनुभयो।
तपाईंले तिनीहरूलाई त्यो भूमिमा ल्याउनु भयो
जुन भूमिमा तिनीहरूका पुर्खाहरूलाई
प्रवेश गर्ने, अधिकारदिनु भएको थियो।
24 केटा-केटीहरू प्रवेश गरे
र त्यो भूमि अधिकारमा लिए।
अनि तपाईंले तिनीहरू समक्ष
त्यस भूमिका कनानीहरूलाई
परास्त गर्नुभयो।
25 तपाईंले तिनीहरूका राजाहरू अनि भूमिका मानिसहरू सहित ती तिनीहरूको नियन्त्रण अधिकारमा दिनुभयो,
तिनीहरूको खुशी अनुसार ‘जे गरे पनि गरुन्’ भनी।
तिनीहरूले किल्ला बन्दी गरेका शहरहरू अनि मलिलो भूमि अधिकारमा लिए।
तिनीहरूले हरेक असल वस्तुले भरिपूर्ण घरहरू, खनि सकेका कुवा, दाख वारी
अनि भद्राक्षका वृक्षहरू र अनेक फलका बृक्षहरू लिए।
यसरी तिनीहरूले पेट भरून्जेल खाए र मोटाभए
तिनीहरूले तपाईंको महान भला पनको आनन्द लिए।
26 तर तिनीहरू अनाज्ञाकारी भएर तपाईंको विरूद्ध विद्रोह गरे
अनि तपाईंको व्यवस्था आफ्ना पिठ तिर फ्याँके,
तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे
जसले तिनीहरूलाई तपाईं कहाँ फर्काई ल्याउका निम्ति
तिनीहरूलाई चेतावनी दिएका थिए।
तिनीहरूले तपाईंको विरूद्धमा डरलाग्दा कामहरू गरे।
27 यसर्थ तिनीहरूलाई तपाईंले
उनीहरूको शत्रुहरूलाई सुम्पि दिनुभयो।
अनि शत्रुहरूले तिनीहरूलाई नराम्रो प्रकारले सताए,
तिनीहरूको आफ्तको समयमा तपाईंको सहायताका निम्ति पुकारा गरे
अनि तपाईंले स्वर्गबाट तिनीहरूको रोदन सुन्नुभयो।
तपाईंको महान कृपाको कारण
तिनीहरूको लागि उद्धारकर्त्ताहरू प्रदान गर्नुभयो।
28 जसले तिनीहरूलाई तिनीहरूका शत्रुको शक्तिबाट बँचाए।
तर तिनीहरूले आफ्नो शत्रुहरूबाट छुटकार पाउन साथ
फेरि त्यही गरे जसलाई तपाईंले नराम्रो ठान्नु भएको थियो।
यसकारण तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुका हातमा छाडिदिनुभयो।
जसमा कि तिनीहरूमाथि शत्रुहरूले शासन गरून् भनी, तर फेरि तिनीहरूले तपाईं प्रति रोदन गरे।
तपाईंले फेरि तिनीहरूका कुरा स्वर्गबाट सुनिदिनु भयो
अनि तपाईंको महा कृपाद्वारा धेरैपल्ट तिनीहरूको उद्धार गरि दिनुभयो।
29 तपाईंको व्यवस्था तर्फ तिनीहरूलाई
फर्काउनका निम्ति
तपाईंले चेतावनी दिनुभयो।
तर तिनीहरू अट्टेरी भए
र तपाईंका आदेशको पालन गरेनन्।
तिनीहरूले तपाईंको व्यवस्थाको विरूद्ध पाप गरे।
जुन व्यावस्थाले ती पालन गर्ने व्यक्तिहरूका निम्ति
जीवन ल्याउँदछ।
तिनीहरू ढीठ, अनिच्छुक
अनि अनाज्ञाकारी बने।
30 “तपाईं धेरै बर्षसम्म तिनीहरू प्रति धीरजीरहनु भयो,
अनि तपाईंले तिनीहरूलाई तपाईंका अगमवक्ताहरूद्वारा
तपाईंको आत्माले चेतावनी दिनुभयो।
तर तिनीहरूले सुनेनन्
यसर्थ तपाईंले तिनीहरूलाई
विदेशी राष्ट्रहरूलाई सुम्पिदिनुभयो।
31 “तर, तपाईंको महा-कृपाले गर्दा
तिनीहरूलाई तपाईंले पूर्णरूपले ध्वंश गर्नुभएन,
अनि तपाईंले तिनीहरूलाई त्याग्नुभएन,
किनकि तपाईं अनुग्रहमय र दयालु परमेश्वर हुनुहुन्छ।
अन्तिम अभिवादन
21 हाम्रा प्यारा भाइ टाइकिकसलाई तिमीहरूकहाँ पठाइएकोछ। उनी प्रभुको काममा एक विश्वासी सेवक हुन्। मेरो बारेमा उनले सबै कुरा बताउनेछन्। र म कस्तो छु, के गर्दैछु त्यो उनले बताउने छन्। 22 यसको लागि, मैले उनलाई पठाउँदै छु। हाम्रो भलाकुसारी बुझ भन्ने म चाहन्छु। तिमीहरूको उत्साहका निम्ति म उनलाई पठाउँदैछु।
23 तिमहरूलाई पिता परमेश्वर र प्रभु येशू ख्रीष्टले शान्ति र प्रेमको साथै विश्वास दिउन्। 24 तिमीहरू जम्मै जसले हाम्रा प्रभु येशू ख्रीष्टलाई अनन्त माया गर्छौ, तिमीहरूमा परमेश्वरको अनुग्रह रहोस्।
© 2004, 2010 Bible League International