Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 81

प्रमुख संगीतकारलाई: गितीथ को रागमा गाँउने आसापको भजन।

81 खुशी हौ र परमेश्वर हाम्रो शक्ति हुनुहुन्छ, भनी गीत गाऊ।
    इस्राएल का परमेश्वर तर्फ कराउँदै खुशी मनाऊ।
संगीत प्रारम्भ गर।
    खैंजडीहरू बजाऊ।
    सुरमय वीणा बजाऊ।
जब हाम्रो विश्राम शुरू हुन्छ।
    पूर्णिमा लागेको बेला तुरही फुक,
    औंसी परेको बेला नरसिङ्ग फुक।
त्यो इस्राएल का मानिसहरूको निम्ति नियम हो।
    परमेश्वरले याकूबलाई आज्ञा दिनुभयो।
जब परमेश्वरले यूसूफलाई मिश्रबाट निकाली ल्याउनु भयो
    परमेश्वरले उनीसित यो करार गर्नुभयो।
मिश्रमा हामीले नजानेको भाषा सुन्यौ।
परमेश्वर भन्नुहुन्छ, “तिमीहरूको काँधको भारी मैले लिएँ।
    मैले तिमीहरूको कर्मीको डोको तिमीहरूको हातबाट लिएँ।
तिम्रा मानिसहरू सङ्कटमा थिएँ।
तिनीहरूले गुहार माँगे र मैले मुक्त पारें।
    तुफान बोकेको बादलहरूमा म लुकिरहेको थिएँ।
    त्यहींबाट मैले जवाफ दिएँ,
    मैले तिनीहरूलाई मरीबा[a] को पानीद्वारा जाँच गरें।”

“मेरो मानिसहरू ध्यान देऊ, अनि मेरो कुरा सुन।
म तिमीहरूलाई मेरो करार-वचन दिनेछु।
    इस्राएल, कृपया मेरो कुरा ध्यानले सुन।
कुनै पनि कृत्रिम देवताहरू नमान
    जुन विदेशीहरूले मान्दछन्।
10 म, परमप्रभु, तिमीहरूको परमेश्वर हुँ,
    मैले तिमीहरूलाई मिश्रबाट निकालेर ल्याएँ।
इस्राएल, तिमीहरू मुख खोल,
    अनि म खुवाउने छु।

11 “तर मेरो मानिसहरू, तिमीहरूले मेरो कुरा सुनेनौ।
    इस्राएल ले मेरो आज्ञा पालन गरेन।
12 यसैले तिनीहरू जे-जे चाहन्छन् त्यही गर भनेर छाडी दिएँ,
    इस्राएल ले आफ्नो मनले चाहेको गर्यो।
13 यदि मेरो मानिसहरूले मेरो कुरा मानेको भए
    अनि मेरो तरिका अनुसार बसेको भए।
14 तब म तिनीहरूको शत्रुहरूलाई हराउने थिएँ।
    म त्यस्ता मानिसहरूलाई दण्ड दिने थिएँ जसले इस्राएल मा सङ्कटहरू ल्याउँदछ।
15 परमप्रभुका शत्रुहरू डरले काम्नेछन्।
    तिनीहरूलाई सदा दण्ड दिइनेछ।
16 परमेश्वरले आफ्ना मानिसहरूलाई उत्तम गहुँ दिनुभयो।
    चट्टान[b] ले तृप्त नहुन्जेल सम्म तिनीहरूलाई मह दिए।”

यर्मिया 31:1-6

नयाँ इस्राएल

31 परमेश्वरले यी कुराहरू भन्नुभयो, “त्यस बेला म इस्राएलका घरनामा परमप्रभु हुनेछु। अनि तिनीहरू मेरो प्रजा हुनेछन्।”

परमप्रभुले यी कुराहरू भन्नुभयो:
    “मानिसहरू जो शत्रुको तरवारबाट जोगिएका छन्,
तिनीहरूले मरुभूमिमा पनि विश्राम पाउँनेछन्
    अनि इस्राएल त्यहाँ शान्तिको खोजीमा जानेछ।”
टाढाबाट परमप्रभु आफ्ना मानिसहरू अघि
    देखा पर्नु हुन्छ।

परमप्रभु भन्नुहुन्छ, “मैले तिमीहरूलाई त्यस्तो प्रेमले प्रेम गरें,
जुन सर्वदा रहीरहन्छ।
    यसर्थ मैले तिमीहरूलाई,
    मेरो विश्वासयोग्यता कायम राखेको छु।
हे कुमारी इस्राएल! म तिमीलाई पुन:र्निर्माण गर्नेछु।
    तिमी पुन एक राजधानी हुनेछौ।
तिमीहरूले फेरि आफ्नो खैंजडी उठाउने छौ,
    अनि तिमीहरू अन्य मानिसहरूसँग नाच्नेछौ।
तिमीहरूले दाखरसको खेती
    फेरि सामरियाको पहाड वरिपरि लाउनेछौ।
    जसले खेती लाउनेछन् तिनीहरूले दाखको फल खानेछन्।
त्यहाँ त्यस्तो समय हुने छ जब चौकीदारले यो सन्देश जोडले भन्ने छ,
    ‘आऊ, सियोन माथितिर जाँऊ परमप्रभु हाम्रो परमेश्वरलाई पूज्नको लागि।’
एप्रैमको पहाडी देश सम्मका चौकीदाहरूले त्यो सन्देश जोडले भन्नेछन्।”

यूहन्ना 6:35-40

35 तब येशूले भन्नुभयो, “म त्यो रोटी हुँ जसले जीवन दिंदछ। जुन मानिस मेरोमा आउँदछ ऊ कहिल्यै भोको हुँदैन। जुन मानिसले ममाथि विश्वास गर्दछ ऊ कहिल्यै तिर्खाउँदैन। 36 तर मैले तिमीहरूलाई भनिसकेको छु कि यद्यपि मलाई देखेकाछौ तापनि तिमीहरूले मलाई विश्वास गर्दैनौ। 37 जुन मानिसहरू पिताले मलाई दिनुहुन्छ मकहाँ आउनेछन्। मकहाँ जो आँउछन् म कसैलाई पनि फर्काउने छुइन। 38 परमेश्वरले जे चाहनु हुन्छ त्यो काम गर्न म स्वर्गबाट आएको हुँ। मैले चाहेको काम गर्नलाई म आएको होइन। 39 मैले कसैलाई पनि गुमाउनु हुँदैन जुन परमेश्वरले मलाई दिनुभयो अनि अन्तिम दिनमा मैले तिनीहरूलाई जीवनमा उठाउनु पर्छ। उहाँ एक जसले मलाई पठाउनु भयो, उहाँको यही इच्छा हो। 40 प्रत्येक मानिस जसले परमेश्वरका पुत्रलाई चिने र विश्वास गरे तिनीहरूले अनन्त जीवन पाए। म तिनीहरूलाई अन्त्यको दिनमा जीवित पार्नेछु। यो मेरा पिता परमेश्वरको इच्छा हो।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International