Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 34:15-22

15 परमप्रभुले असल र राम्रो मानिसहरूको रक्षा गर्नुहुन्छ।
    उहाँले तिनीहरूको प्रार्थना सुन्नुहुन्छ।
16 तर परमप्रभु ती मानिसहरूका विरूद्ध हुनुहुन्छ जसले नरम्रा कामहरू गर्छन्।
    उहाँले तिनीहरूलाई पूर्ण प्रकारले ध्वंश पारिदिनु हुन्छ!

17 परमप्रभुलाई प्रार्थना गर र उहाँले सुन्नु हुनेछ।
    उहाँले तिमीहरूका सबै संकष्टहरूबाट बचाउनु हुनेछ।
18 जब कष्टले सताँउछ केही मानिसहरू नम्र हुन्छन्।
    परमप्रभु तिनीहरूको नजिक हुनुहुन्छ।
    अनि उहाँले तिनीहरूलाई बचाउनु हुन्छ।
19 धार्मिक मानिसहरूका धेरै समस्याहरू हुन सक्छन्,
    तर परमप्रभुले तिनीहरूका प्रत्येक समस्याबाट बचाँउनु हुनेछ।
20 परमप्रभुले तिनीहरूका सम्पूर्ण हड्डीहरू जोगाउनु हुनेछ।
    एउटा पनि हड्डी भाँचिन दिनु हुनेछैन।
21 तर दुष्टहरूलाई संकष्ट र दुःखले मार्ने छन्।
    असल मानिसहरूका शत्रुहरू ध्वंश हुने नै छन्।
22 जुन मानिसहरू उहाँमाथि आश्रित छन् परमप्रभुले आफ्ना दासहरूको प्राणको रक्षा गर्नु हुन्छ।
    उहाँले तिनीहरूलाई ध्वंश हुन दिनु हुनेछैन।

यहोशू 22:1-9

तीन कुल समूहहरू घर जान्छन्

22 त्यसपछि यहोशूले रूबेन, गाद अनि मनश्शे कुल समूहहरूका सबै मानिसहरूलाई सभामा बोलाए। “परमप्रभुका दाश मोशाले तिमीहरूलाई दिएका ती सबै आदेश पालन गर्यौ, अनि तिमीहरूले मेरो सबै आदेशहरू पनि पालन गर्यौ। तिमीहरूले अरू इस्राएली कुल समूहहरूलाई छोडिदियौ। सबै आदेशहरू सावधानीसित पालन गर्यौ जुन परमप्रभु तिनीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको थियो। परमप्रभु तिमीहरूका परमेश्वरले इस्राएलका मानिसहरूलाई शान्ति प्रदान गर्ने प्रतिज्ञा दिनुभएको थियो र परमप्रभुले उहाँको वचन अहिले पुरागर्नु भयो। यसर्थ अब तिमीहरू घर जान सक्छौ। परमप्रभुका दास मोशाले तिमीहरूलाई यर्दन नदीको पूर्व तर्फको भूमि दिएका छन्। अब तिमीहरू त्यस भूमिमा आफ्नो घरमा जान सक्छौ। तर याद राख-त्यो नियम पालन गर्नु पर्छ जो मोशाले तिमीहरूलाई दिएका थिए। तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्नु पर्छ अनि उहाँका आज्ञाहरूको सदा-सर्वदा पालन गर्नु पर्छ। तिमीहरूले लगातार अनुशरण अनि लगातार उत्तम प्रकारले उहाँको सेवालाई जारिराख्नु पर्छ।”

तब यहोशूले तिनीहरूलाई बिदा दिए र तिनीहरू घर फर्के। मोशाले मनश्शेका आधा कुल समूहलाई बाशान भूमि दिएका थिए। यहोशूले मनश्शेका अर्को आधा कुल समूहलाई यर्दन नदीको पश्चिम तफर्को भूमि दिए। यहोशूले तिनीहरूलाई आशीर्वाद दिए अनि तिनीहरूलाई घर पठाई दिए। तिनले भने, “तिमीहरू अत्यन्त धनी भएका छौ। तिमीहरूसित अनेक पशुहरू छन्। तिमीहरूका धेरै सुन अनि चाँदी अनि बहुमूल्य मणिहरू छन्। तिमीहरूसित धेरै सुन्दर बस्त्रहरू छन्। तिमीहरूले तिम्रा शत्रुहरूबाट अनेक वस्तुहरू लग्यौ। तिमीहरू घर जाऊ अनि ती वस्तु तिमीहरू माझ विभाजन गर।”

यसरी रूबेन, गाद अनि मनश्शेका आधा कुल समूहहरूका मानिसहरूले इस्राएलका अन्य मानिसहरूलाई छाडेर कनानको शीलोमा गए। तिनीहरूले त्यो स्थान छोडे अनि गिलादमा फर्के। तिनीहरू आफ्नै भूमिको घरमा गए तिनीहरूलाई त्यो भूमि मोशाले दिएका थिए। परमप्रभुले त्यो भूमि तिनीहरूलाई दिनु भनी मोशालाई आज्ञा गर्नु भएको थियो।

1 थिस्सलोनिकी 5:1-11

प्रभुको आगमनको लागि तयार बस

अब, दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, समय र मितिको विषयमा लेख्न कुनै आवश्यकता छैन। तिमीहरू सबैले जान्दछौ जुन दिन प्रभु आउनु हुन्छ त्यो दिन घरमा राती चोर पसेको जस्तै हुन्छ। मानिसहरू भन्नेछन्, “हामीलाई शान्ति छ, हामी सुरक्षित छौं।” तर तिनीहरूमाथि एक्कासि विनाश आइलाग्छ जसरी गर्भवती स्त्रीलाई एक्कासि प्रसव वेदनाले चाप्दछ। अनि त तिनीहरूले भाग्ने मौका समेत पाउने छैनन्।

तर तिमी दाज्यू-भाइहरू र दिदी-बहिनीहरू अन्धकारमा छैनौ। त्यसकारण, त्यस दिनले तिमीहरूलाई चोरले जस्तै चकित पार्ने छैन। तिमीहरू सबै उज्यालो र दिनमा छौ। हामी अन्धकार र रातसित सम्वन्धित छैनौ। यसैले हामी अरू जस्तो हुनु हुँदैन। हामी अरूहरू जस्तो सुतिरहनू हुँदैन, तर जाग्रत र आत्मा नियंन्त्रित हुनुपर्छ। सुत्नेहरू रातमा सुत्छन्, मात्नेहरू रातमा मात्छन्। तर हामी दिनसँग सम्वन्धित छौं, यसकारण हामी आफैंले आफूलाई नियंत्रित राख्नु पर्छ। हामीले आफ्नो रक्षा गर्न कवच जस्तो प्रेम र विश्वास पहिरिनु पर्छ मुक्तिको आशा हाम्रो शिर-रक्षक हुनुपर्छ।

परमेश्वर हामीलाई उहाँको रिसको भागी बन्न होइन, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा मुक्ति पाउनुको निम्ति छानिएका हौ। 10 येशूले हाम्रो निम्ति प्राण दिनु भयो जसमा कि हामी उहाँसितै बस्न सकौं। जब उहाँ आउनुहुन्छ हामी जीवित रहौं कि मृत, यो कुनै महत्वको कुरो होइन। 11 यसकारण एक-अर्कालाई उत्साह देऊ, एक-अर्कालाई बल देऊ। अनि त्यो त तिमीहरू गरिरहेकाछौ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International