Revised Common Lectionary (Complementary)
9 परमप्रभुका पवित्र भक्तजनहरू उहाँको उपासना गर।
उहाँ बाहेक परमप्रभुका भक्तजनहरूका लागि अरू कुनै सुरक्षित ठाउँ छैन।
10 बलवान मानिसहरू कमजोर र भोका हुनेछन्।
तर जुन मानिसहरू सहयोग माग्न परमेश्वर कहाँ जान्छन् तिनीहरू मध्ये प्रत्येकले असल थोकहरू पाउनेछन्।
11 केटा-केटीहरू मलाई ध्यान देऊ,
म तिमीहरूलाई परमेश्वरको आदर गर्ने तरिका सिकाउनेछु।
12 यदि कुनै मानिस आफ्नो जीवनलाई प्रेम गर्दछ
र असल, लामो जीवन बाँच्न चाहन्छ भने,
13 तब त्यस मानिसहले अधर्म कुराहरू गर्नु हुँदैन;
त्यस मानिसले झूटा कुराहरू त बोल्नुहुँदैन।
14 नराम्रा कामहरू गर्नदेखि आफूलाई रोक! राम्रो, असल कुराहरू मात्र गर।
शान्तिको पछाडी दगुर अनि त्यसलाई समात।
अय्यूबले सोपरलाई जवाफ दिंदछ
12 तब अय्यूबले तिनीहरूलाई जवाफ दिएः
2 “निःसन्देह तिमी सोच्छौ,
तिमी मात्र ज्ञानी पुरूष हौ,
तिमी सोच्छौ जब तिमी मर्छौ,
ज्ञान पनि तिमीसँगै जानेछ।
3 तर मेरो मन तिम्रो जस्तै नै छ।
तिमी जतिकै होशियारी म पनि छु।
कसैले पनि यो सत्यलाई देख्न सक्छ।
4 “मेरो मित्रहरू म प्रति अब हाँसो उडाऊ।
तिनीहरू भन्छन, ‘उसले परमेश्वरलाई प्रार्थना गर्यो अनि
उसले आफ्नो जवाफ पायो त्यसैले यी सारा दुष्ट कुराहरू उमाथि आइलाग्यो।’
म एक असल मानिस हुँ, म निर्दोष छु।
तर तिनीहरू अझ ममाथि हाँस्छन्।
5 दुःखमा नपरेका मानिसहरू दुःखमा पर्नेहरूमाथि हाँस्छन।
जब उसको खुट्टा चिप्लिन्छ तिनीहरू उसलाई तिरस्कार गर्न तत्पर रहेका हुन्छन्।
6 तर चोरहरूको घरले तिनीहरूको टाउको दुःखाउदैन।
मानिसहरू जसले परमेश्वरलाई क्रोधित पार्दछ ऊ शान्तिमा वस्दछ,
अनि तिनीहरूको आफ्नो बल नै देवात हुन्।
7 “तर पशुहरूलाई सोध,
तिनीहरूले तिमीहरूलाई सिकाउने छन्।
अथवा हावामा उड्ने चराहरूलाई सोध,
तिनीहरूले तिमीहरूलाई भन्नेछन्।
8 अथवा पृथ्वीसँग बोल,
त्यसले तिमीलाई भन्नेछ।
अथवा समुद्रका माछाले तिनीहरूको ज्ञान
तिमीलाई बताउनेछ।
9 प्रत्येकले जान्दछ कि परमेश्वरले सारा कुराहरू बनाउनु भयो।
10 प्रत्येक प्राणीहरू जो बाँच्दछन्,
अनि प्रत्येक मानिस जसको प्राण छ,
सबै परमेश्वरकै शक्तिको अधीनमा छ।
11 तर जसरी जिब्रोले भोजनको स्वाद लिए जस्तै,
कानहरूले शब्दहरू सुनेर आनन्द लिए जस्तै हुन्छ र?
12 हामी भन्छौ, ‘ज्ञान बूढापाकाहरूमा नै पाइन्छ
लामो जीवनले बुद्धि ल्याउँछ।’
13 तर ज्ञान र पराक्रम परमेश्वरको सम्पत्ति हो।
राम्रो सल्लाह र बुद्धि उहाँकै हुन्।
14 यदि परमेश्वरले कुनै कुरा भत्काउनु भयो भने
मानिसहरूले यसलाई फेरि बनाउँन सक्दैन।
यदि परमेश्वरले कसैलाई कैदमा राख्नु भयो भने
मानिसले त्यसलाई मुक्त पार्न सक्दैन।
15 यदि परमेश्वरले बर्षा रोकिदिनु भयो भने पृथ्वी सूख्खा हुनेछ।
यदि परमेश्वरले बर्षालाई छोडिदिनु भयो भने त्यसले पृथ्वीमा बाढी ल्याउनेछ।
16 परमेश्वर शक्तिशाली हुनुहुन्छ र सधैँ जित्नु हुन्छ।
एकजना जसले भुल गर्छ अनि एकजना जसले उसलाई धोका दिन्छ दुवै परमेश्वर कै हुन्।
17 परमेश्वरले सल्लाहकार र उसको ज्ञान खोस्नुहुन्छ
अनि मुखियाहरूलाई मूर्ख बनाउनु हुन्छ।
18 राजाहरूले मानिसहरूलाई कैदमा राख्छन,
तर परमेश्वरले तिनीहरूलाई छुटकारा दिनुहुन्छ
अनि तिनीहरूलाई शक्तिशाली बनाउनु हुन्छ।
19 उहाँले पूजाहारीहरू आफ्नो कब्जामा राख्नुहुन्छ
अनि ज-जसले आफैंलाई सुरक्षित देख्छन तिनीहरूलाई पराजित पार्नुहुन्छ।
20 परमेश्वरले विश्वासी सल्लाहकारहरूलाई चुप पार्नुहुन्छ।
उहाँले बूढापाकाहरूको ज्ञान खोसी लैजानुहुन्छ।
21 परमेश्वरले मुखियाहरूलाई महत्वहीन बनाउनु हुन्छ।
उहाँले शासकहरूको शक्ति खोसेर लैजानु हुन्छ।
22 परमेश्वरले अन्धकारका गहिरो रहस्यहरू सम्म थाहा पाउनु हुन्छ।
उहाँले त्यस्ता मृत्यु भन्दा कडा अन्धकारमा पनि प्रकाश पठाउनु हुन्छ।
23 परमेश्वरले जाति-जातिहरूलाई ठूला र शक्तिशाली बनाउनुहुन्छ,
अनि तिनीहरूलाई ध्वंश पार्नुहुन्छ।
उहाँले जातिहरूलाई विस्तार गराउनु हुन्छ
त्यसपछि त्यहाँका जनसमूहलाई छरपष्ट पार्नुहुन्छ।
24 परमेश्वरले शासकहरूलाई मूर्ख बनाउनु हुन्छ।
उहाँले तिनीहरूलाई जङ्गलमा उदेश्यहीन भौतारिरहेको पार्नुहुन्छ।
25 ती मुखियाहरू त्यस मानिस जस्ता हुन,
जो अँध्यारो बाटोहरूमा हिंडिरहेको अनुभव गर्दछ।
तिनीहरू मताहा मानिस जस्ता हुन्छन जसलाई कहाँ गइरहेछु भन्ने होश हुदैन।”
17 दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, परस्परमा फूट ल्याउनेहरूसँग होशियार बस। अरूहरूको विश्वासमा बाधा ल्याउनेहरूसँग पनि होशियार बस। तिमीहरूले पाएको शिक्षाको उल्टो तिनीहरूले सिकाउँछन्। ती मानिसहरूबाट अलग बस। 18 त्यस किसिमका मानिसहरूले हाम्रा प्रभु ख्रीष्टको सेवा गर्दैनन्। तिनीहरू आफ्नै खाँचोको निम्ति मात्र काम गर्दछन्। सीधा-साधाहरूलाई ती आफ्ना चिप्लो कुरा र खुशामदीले मूर्ख बनाउँदछन्। 19 सबै विश्वासीहरू जान्दछन् कि तिमीहरूले परमेश्वरको आज्ञा पालन गर्दछौ। त्यही कारणले गर्दा म तिमीहरूसँग अत्यन्त खुशी छु। तर म चाहन्छु असल कुरामा तिमीहरू बुद्धिमानी बनिनुपर्छ। अनि दुष्ट कुरामा तिमीहरू अबोध बनिनुपर्छ भन्ने म चाहन्छु।
20 परमेश्वर जसले शान्ति ल्याउनु हुन्छ उहाँले शैतानलाई चाँडै हराउनु हुनेछ र उहाँले तिमीहरूलाई त्यसमाथि शक्ति प्रदान गर्नु हुनेछ।
हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरूलाई होस्।
© 2004, 2010 Bible League International