Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 80:1-7

प्रमुख संगीतकारलाई: “करारको लिलिको” रागमा गाँउने असापको स्तुति-गीत।

80 हे इस्राएल का भेंडावाला, दया गरी मेरो कुरा सुन्नुहोस्।
    तपाईंले यूसुफका भेंडाहरू डोर्याउनु भयो।
तपाईं करूब स्वर्गदूतहरूमाथि राजा सरह विराजमान हुनुहुन्छ।
    हामी तपाईंलाई हेर्छौं।
इस्राएल का भेंडावाला, तपाईंको महानता ती एप्रैम,
बिन्यामीन र मनाश्शेलाई देखाउनु होस्।
    आएर हामीलाई बचाउनु होस्।
परमेश्वर, हामीलाई फेरि स्वीकार गर्नुहोस्।
    हामीलाई स्वीकार गर्नुहोस्, र बचाउँनु होस्!
परमप्रभु परमेश्वर, सर्वशक्तिमान् परमेश्वर तपाईंले हाम्रो प्रार्थना कहिले सुन्नु हुनेछ?
    के हामी प्रति तपाईं सधैँ रिसाउनु हुने छ?
तपाईंले आफ्ना मानिसहरूलाई आँसु खुवाउनु भयो।
तपाईंले तिनीहरूलाई प्रशस्त आँसु खान दिनु भएको छ।
    त्यो आँसु तिनीहरूको पिउने पानी भयो।
ती छिमेकीहरूसँग लड्नलाई तपाईं केही त गर्नुहोस्
    हाम्रा शत्रुहरू हामी प्रति हाँस्दछन्।
हे सर्वशक्तिमान् परमेश्वर,
    हामीलाई फेरि स्वीकार गर्नुहोस् र बचाउँनु होस्।

भजनसंग्रह 80:17-19

17 परमेश्वर, मानिस कहाँ पुग्नु होस् जो तपाईंको दाहिने पट्टि उभिनु भएको छ।
    तपाईंले उठाउनु भएको मानिसकहाँ पुग्नु होस्।
18 उहाँले तपाईंलाई फेरि छाड्नु हुन्न,
    उहाँलाई बाँच्न दिनोस् अनि उहाँले तपाईंको नाउँको उपासना गर्नेछन्।
19 सर्वशक्तिमान् परमप्रभु परमेश्वर, हामी भएकहाँ फर्की आउनु होस्,
    हामीलाई ग्रहण गर्नुहोस् र हामीलाई बँचाउनु होस्।

जकरिया 14:1-9

न्यायको दिन

14 हेर, परमप्रभुको न्यायको बिशेष दिन आउँदैछ, अनि जुन धन तिमीहरूबाट लिएको थियो त्यो धन तिम्रो शहरमा बाँडिनेछ। म सबै देशलाई यरूशलेम को बिरूद्ध युद्ध गर्नलाई एकै ठाउँमा भेला पार्नेछु। तिनीहरूले शहरमा अधिकार जमाउँनेछन्। तथा घरहरू नष्ट गरिदिनेछन्। स्त्रीहरूलाई भ्रष्ट पारिनेछ अनि आधा मानिसहरूलाई कैदमा लगिनेछ। तर बाँकी रहेकाहरूलाई शहर बाहिर लगिनेछैन्। त्यसपछि परमप्रभुले ती देशहरूको बिरूद्धमा युद्ध गर्नुहुनेछ। यो एउटा साँच्चो युद्ध हुनेछ। त्यससमय उहाँ भद्राक्ष एउटा पर्वतमा उभिनुरहनु हुनेछ। त्यो पहाड यरूशलेमको पूर्वपट्टि अवस्थित छ। जैतूनको पर्वत बिष्फोटन हुनेछ। पर्वतको एउटा भाग उत्तरपट्टि जानेछ, अनि अर्को भाग दक्षिणपट्टि जानेछ। अनि तिमी पर्वतका भन्ज्याङ हुँदै भाग्नेछौ जुन ओजेल सम्म जान्छ जसरी उज्जियाह यहूदाको राजा भएको बेलामा भूकम्प आउँदा तिमी भागेका थियौ। तर परमप्रभु, मेरा परमेश्वर आउनु हुनेछ अनि उहाँका सबै पवित्र मानिसहरू उहाँको साथमा आउनेछन्।

6-7 त्यो अत्यन्तै महत्वपूर्ण दिन हुनेछ। त्यस दिन प्रकाश, शीत अनि तुषारो केहि हुनेछैन। परमप्रभुले मात्र जान्हुन्छ यो कस्तो हुन्छ, तर कुनै दिन रात हुनेछैन, जब सामान्य रूपमा अँध्यारो हुन थाल्छ, अनि उज्यालो पनि हुन्छ। यस समय यरूशलेमबाट लगातार पानी[a] बगिरहनेछ। पानी बिभाजन हुनेछ अनि एउटा भाग पूर्वतिर बग्नेछ अनि अर्को भाग पश्चिमको भूमध्य सागर सम्म जानेछ अनि यो पुरै पानी बर्ष भरी ग्रीष्म अनि शीत ऋतु दुबैमा बगि रहन्छ। त्यससमय परमप्रभु, समस्त पृथ्वीका राजा हुनुहुनेछ। परमप्रभु एक मात्र हुनुहुन्छ। उहाँको नाउँ एउटै हो।

1 थिस्सलोनिकी 4

परमेश्वरलाई प्रसन्न पार्ने जीवन

दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, अब मैले तिमीहरूलाई केही अर्को कुरो भन्दैछु। परमेश्वरलाई खुशी राख्ने हिसाबले कसरी जिउनु पर्छ त्यो हामीले तिमीहरूलाई सिकाएका छौं अनि त्यसरी नै तिमीहरू बसिरहेका छौ। अब हामी तिमीहरूलाई भन्छौ अनि उत्साह दिन्छौ कि प्रभु येशूमा त्यही प्रकारले अझ लागी रहो। तिमीहरू जान्दछौ कि हामीले तिमीहरूलाई के गर्नु शिक्षा दिएका छौं। हामीले ती कुराहरू प्रभु येशूको अधिकारले भनेका हौं। परमेश्वर चाहनु हुन्छ तिमीहरू पवित्र जीवन बिताऊ अनि व्यभिचारबाट टाढो बस। परमेश्वर इच्छा गर्नुहुन्छ कि तिमीहरूले आफ्नो शरीर नियंत्रणमा राख्न सिकेको हुनुपर्छ। परमेश्वरलाई सम्मान गर्न तिमीहरूले शरीर पवित्र राख। आफ्नो शरीरलाई व्यभिचारको काममा नलगाऊ। तिनीहरू ज-जसले परमेश्वरलाई जान्दैनन् तिनीहरू त्यसो गर्छन्। यस विषयमा तिमीहरू कसैले ख्रीष्टमा भएका भाइसँग भूल काम गर्नु हुँदैन अनि तिनको शोषण गर्नु हुँदैन। यस्तो कुकर्मीहरूलाई परमप्रभुले दण्ड दिनुहुनेछ। यसबारे पहिल्यै भनिसकेका छौं र चेताउनी पनि दिइसकेका छौं। परमेश्वरले हामीलाई पवित्र भएर बस्न बोलाउनु भएको हो अपवित्रतामा होइन। यसकारण जसले यो शिक्षालाई मान्नु अस्वीकार गर्छ उसले परमेश्वरलाई मान्नु अस्वीकार गर्छ, मान्छेलाई होइन। परमेश्वर तिमीहरूलाई आफ्नो पवित्र आत्मा दिनुहुन्छ।

ख्रीष्टमा भाइ-बहिनीहरूलाई प्रेम गर भनेर लेखिरहने कुनै आवश्यकता देख्दैनौं। आपस्तमा प्रेम गर भन्ने आज्ञा परमेश्वर स्वयंले दिइसक्नु भएको छ। 10 अनि वास्तवमा तिमीहरूले म्यासिडोनियाका सबै दाज्यू-भाइहरू र दिदी-बहिनीहरूलाई प्रेम गर्दछौ। दाज्यू-भाइ, दिदी-बहिनीहरू, तिनीहरूलाई अझै कसिलो प्रेम गर। यो हाम्रो हौसला हो।

11 शान्तीपूर्ण जीवन बाँच्ने कोशिश गर। आफ्नै धन्धा याद गर, आफ्नै हातले काम गर। हामीले तिमीहरूलाई यी कार्यहरू गर भनी बातइसकेका छौं। 12 यदि तिमीहरूले यस्तो काम गरे विश्वास नगर्नेहरूले पनि तिम्रो जीवन शैलीको आदर गर्नेछन्। अनि आफ्नै आवश्यकताको लागि कसैमाथि भर पर्नु पर्दैन।

प्रभु आउनु हुँदैछ

13 दाज्यू-भाइहरू र दिदी-बहिनीहरू हामी चाहन्छौं, जो मृत्युको मुखमा परे तिनको विषयमा पनि तिमीहरूले जान। हामी चाहाँदैनौं कि अरू आशा नभएका मानिसहरूले जस्तो तिमीहरूले शोक गर्नु परोस्। 14 हामी विश्वास गर्दछौं कि येशूको मृत्यु भयो। तर हामी यो पनि विश्वास गर्छौं कि येशू फेरि बौरी उठनुभयो। यसैले येशूकै कारणले परमश्वरले ती मृतहरूलाई फेरि येशूसितै एक साथ ल्याउनु हुनेछ।

15 अब तिमीहरूलाई हामी जे भन्दैछौ त्यो सन्देश परमप्रभु स्वयंबाट आएको हो। हाम्रो बीचमा जो अहिले जीवित छन्, परमप्रभु आँउदा पनि केही जीवित रहनेछन्। हामीहरू जो त्यस समय जीवित रहनेछौं, परमप्रभुसँग रहनेछौं, तर जो पहिले मरिसकेकाहरू भन्दा अघि होइन। 16 परमप्रभु स्वयं स्वर्गबाट आउनु हुनेछ। त्यसबेला एउटा ठूलो आवाजमा आदेश सुनिनेछ। आदेश प्रधान स्वर्गदूतको[a] स्वरमा र परमेश्वरको तुरहीको स्वरमा हुनेछ। अनि अघि जो मरेकाछन् अनि ख्रीष्टमा थिए, पहिला उठ्ने छन्। 17 त्यसपछि त्यतिन्जेल सम्म जीवित रहेका हामीहरूलाई भेला गर्नु हुनेछ। हामी बादलमा लगिनेछौं र प्रभुलाई हावामा भेट्ने छौं। अनि हामी सदाकाल प्रभुसितै रहनेछौं। 18 यसकारण यस्ता शब्दहरूले एक-अर्कालाई उत्साहित तुल्याँउदै गर।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International