Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 63

दाऊदको एउटा भजन, जब तिनी यहूदाको मरुभूमिमा थिए।

63 हे परमेश्वर, तपाईं मेरो परमेश्वर हुनुहुन्छ।
    अनि म तपाईंलाई अत्यन्तै परिश्रमकासाथ खोज्दछु।
मेरो प्राण र शरीर तपाईंको लागि पानी नभएको सुख्खा जमीनमा पनि
    तपाईंकै निम्ति तिर्खाउँछ।
हो, मैले तपाईंलाई तपाईंको मन्दिरमा देखेको छु।
    मैले तपाईंको शक्ति र महिमा देखेको छु।
तपाईंको स्नेहपूर्ण करूणा जीवनभन्दा श्रेष्ठ छ।
    मेरो ओंठले तपाईंको प्रशंसा गाउँदछ।
हो, म तपाईंको प्रशंसा तपाईंको नाउँमा,
    म मेरो दुइ हात जोडेर जीवन भर प्रशंसा गर्नेछु।
मानौं मैले उत्तम खाना खाए जस्तो मनभरि तृप्ति हुनेछु।
    अनि मेरो प्रफुल्लित ओंठले तपाईंकै गुण गाउँनेछ।
म ओछ्याउनमा ढल्कि रहेको बेलामा पनि तपाईंलाई नै सम्झिरहनेछु।
    मध्य-रातमा पनि म तपाईंलाई सम्झिरहने छु।
तपाईंले साँच्चि नै मलाई साथ दिनुभयो।
    म खुशी छु कि तपाईंले मेरो रक्षा गर्नुभयो।
मेरो प्राण तपाईंमा अल्झिन्छ,
    अनि तपाईं मेरो हात समाउनु हुन्छ।

कतिपय मानिसहरूले मलाई मार्ने कोशिश गरिहेछन्,
तर तिनीहरू नाश हुने नै छन्।
    तिनीहरू आफ्ना चिहानहरूमा जानेछन्।
10 तिनीहरू तरवारले मारिनेन्छन्।
    जङ्गली कुकुरहरूले तिनीहरूका मृत शरीरहरू खानेछन्।
11 तर राजा आफ्ना परमेश्वरसँग खुशी हुनेछन्,
अनि वचन दिएका ती मानिसहरू पनि परमेश्वरकै आज्ञामा गुण-गान गर्नेछन्।
    किनभने उहाँले ती सम्पूर्ण झूटाहरूलाई परास्त पार्नुभयो।

योएल 3:9-21

युद्धको निम्ति तयार होऊ

जाति-जातिहरूलाई यो बताई देऊ,
    युद्धकोलागि तयारिबस!
सुरबिरहरूलाई बोलाऊ,
    सम्पूर्ण योद्धाहरूलाई भेलागर।
    उनीहरूलाई जगाऊ!
10 तिनीहरूको हलोको फालीहरू पिटेर तलबार बनाऊ।
    हँसियाहरूबाट तिमीहरूका भाला बनाऊ।
अनि कमजोर मानिसले भनुन्,
    “म एउटा योद्धा हुँ!”
11 हे सबै देशका जातिहरू!
    छिटो गर! त्यहाँ भेला होऊ।
    हे परमप्रभु तपाईं पनि आफ्नो शक्तिशाली बीरहरू लिएर आउनु होस्।
12 हे देशबासीहरू, उठ!
    यहोशापातको बेंसीमा आऊ!
म त्यहीं बसेर सबै जातिहरूको न्याय गर्नेछु।
13 तिमी हँसिया लिएर आऊ!
    किनकि फसल काट्ने समय भईसकेको छ।
आऊ! दाखहरू कुल्च,
    किनकि दाखको घडा भरिसकेको छ।
घडा भरिन्छ अनि उब्रेर बाहिर आउँछ।
    किनकि उनीहरूले ज्यादै दुष्टता देखाएकाछन्।

14 निर्णय गरिने बेंसीमा मानिसको धुइरो छ,
    किनकि फैसला गर्ने बेंसीमा परमप्रभुको विशेष दिन नजिकै आएकोछ।
15 सूर्य, चन्द्रमा अँध्यारो हुनेछन्।
    ताराहरू चम्कने छैनन्।
16 परमप्रभु परनेश्वर सियोनबाट गर्जनु हुनेछ।
उहाँ यरूशलेमबाट गर्जनु हुनेछ।
    आकाश र पृथ्वी थरथर काँप्ने छ,
तर परमप्रभु उहाँका मानिसहरूका निम्ति शरणस्थान हुनुहुनेछ।
    एउटा सुरक्षित स्थान इस्राएलका बासिन्दाका निम्ति हुनुहुनेछ।
17 “त्यस समय तिमीहरूले जान्नेछौ की,
    म नै परमप्रभु तिमीहरूको परमेश्वर हुँ।
म सियोनमा बस्छु, जुन चाँहिं मेरो पबित्र पर्वत हो।
    यरूशलेम पवित्र बन्नेछ र त्यहाँबाट कुनै बिदेशीहरू कहिल्यै जानेछैनन्।”

यहूदालाई जीवनका निम्ति नयाँ प्रतिज्ञा

18 “त्यसदिन मिठो दाखरस पहाडहरूमा चुहिनेछ।
    डाँडाहरूबाट दुधको नदी बग्नेछ।
    यहूदाका सबै खोल्साहरूमा पानी बग्न थाल्नेछ।
परमप्रभुको मन्दिरबाट एउटा मुलफुटेर
    सित्तिमको बेंसीलाई भिजाउँने छ।
19 मिश्रदेश मरुभूमिझैं हुनेछ अनि एदोम पनि उजाड भूमि हुनेछ।
    किनकि तिनीहरू यहूदाका मनिसहरू प्रति निष्ठुर थिए।
तिनीहरूले तिनीहरूकै देशको
    निर्दोष मानिसको हत्या गरेका छन्।
20 यहूदाका मानिसहरू सदा-सर्वदा रहनेछन्,
    अनि यरूशलेम पुस्तौं-पुस्ता सम्म मानिसको बासस्थन हुनेछ।
21 तिनीहरूले मेरो मानिसहरूको हत्या गरे।
    यसकारण म उनीहरूलाई सजाय दिनेछु।”

किनकि परमप्रभु परमेश्वर सियोनमा बास गर्नुहुन्छ।

मत्ती 24:29-35

29 “ती दिनका संकटहरूपछि तुरन्तै,

‘घाम अँध्यारो हुनेछ,
    अनि जूनले पनि आफ्नो प्रकाश दिने छैन।
ताराहरू आकाशबाट झर्नेछन्,
    अनि आकाशका सबै चीजहरू हेरफेर हुनेछन्।’[a]

30 “त्यसबेला आकाशमा केही चिन्ह देखीने छन् र ती मानिसको पुत्रको चिन्ह हुनेछन्। संसारभरिका सबै मानिसहरू रूनेछन्। सबै मानिसहरूले मानिसको पुत्रलाई आकाशमा बादलसँग आँउदै गरेको देख्नेछन्। मानिसको पुत्र शक्ति र महान गौरव लिएर आउनेछन्। 31 चारै दिशाबाट आकासको एक छेऊ देखि अर्को छेउसम्म परमेश्वरद्वारा चुनिएको मानिसहरूलाई भेला गर्न मानिसको पुत्रले तुरहीको आवाज सहित स्वर्गदूतहरूलाई पठाउनु हुनेछ।

32 “नेभाराको रूखले तिमीहरूलाई शिक्षा दिनेछ जब नेभाराको रूखको हाँगाहरू हरियो देखिन्छन् पालुवा फेर्दै गरेको देखेर तिमीहरू जान्दछौ ग्रीष्म ऋतु नजिक छ। 33 तिमीहरूसित पनि यस्तै हुनेछ। जब तिमीहरू यस्तो भएको देख्छौ, त्यसबेला तिमीहरूलाई समय नजिक छ र त्यो आउने लागेको छ भनी थाहा हुनेछ। 34 म तिमीहरूलाई साँच्चो भन्दछु, यस पुस्ताका मानिसहरू जीवित रहदा नै यी कुराहरू हुनेछन्। 35 आकाश र पृथ्वी ध्वंस गरिनेछ, तर मैले बोलेका शब्दहरू कहिल्यै नाश हुनेछैनन्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International