Revised Common Lectionary (Complementary)
चौथो भाग
(भजनसंग्रह 90–106)
परमेश्वरको जन, मोशाको प्रार्थना।
90 हे परमेश्वर, तपाईं पुस्तादेखि पुस्तासम्म हाम्रो वासस्थान हुनुभएको छ।
2 परमप्रभु, तपाईं परमेश्वर हुनुहुन्थ्यो पर्वतहरूको समक्ष जहाँ जन्मिएका थियौं
अनि पृथ्वी र संसारको समक्ष जहाँ बनिएका थियौं।
परमेश्वर, तपाईं सधैँ परमेश्वर रहनु भयो र सधैँ हुनुहुने नै छ।
3 तपाईंले यस संसारमा मानिसहरू ल्याउनु हुन्छ
अनि पछि तिनीहरूलाई धुलोमा परिणत गर्नुहुन्छ।
4 तपाईंको लागि हजारौं बर्षहरू पनि
हिजो बितेको रात जस्तै लाग्दछ।
5 हामीलाई कसिंगर जस्तै बढार्नुहुन्छ।
हाम्रो जीवन बिहानै हराएर विलाई जाने सपना जस्तै छ।
हामी घाँस जस्तै छौ।
6 बिहान पख घाँस उम्रन्छ
अनि बेलुकी यो ओइलाएर मर्छ।
7 हे परमेश्वर, तपाईंको रीसले हामीलाई ध्वंश गर्न सक्छ।
तपाईंको क्रोधले हामीलाई भयभीत पार्दछ।
8 तपाईं हाम्रो सबै पापहरू जान्नु हुन्छ।
हे परमेश्वर, तपाईंले हाम्रो गुप्त पापहरू सबै देख्नुहुन्छ।
9 तपाईंको क्रोधले हाम्रो जीवन समाप्त गर्न सक्छ।
कानेखुसी जस्तै हाम्रो जीवन धमिलिदै जान्छ।
10 हामी सत्तरी बर्षसम्म बाँच्न सक्छौं,
यदि अझ बलियो भए अस्सी बर्षसम्म बाँच्न सक्छौं।
हाम्रो जीवन कठिन काम र पीडाले भरिएको छ।
त्यसपछि अचानक हाम्रो जीनव सिद्धिएर जान्छ अनि हामी उडेर टाढा जान्छौं।
11 हे परमेश्वर! वास्तवमा कसैले पनि तपाईंको क्रोधपूर्ण शक्तिलाई जान्दैन।
तर हाम्रो डर र तपाईं प्रतिको आदर तपाईंको क्रोध जतिकै महान् छ।
12 हाम्रो जीवन कति छोटो छ भनेर हामीलाई सिकाउनु होस,
ताकि हामी साँच्चि नै ज्ञानी हुन सकौं।
7 तब परमप्रभुको सन्देश मकहाँ आयो। 2 उहाँले भन्नुभयो, “हे मानिसको छोरा, अब परमप्रभु मेरो मालिकको सन्देश यस प्रकार छ। यो सन्देश इस्राएल देशको निम्ति हो:
“अन्त्य! अन्त्य!
अन्त्य! आइरहेको छ।
सारा देश नष्ट हुनेछ।
3 अब तिम्रो अन्त्य आएको छ।
म देखाउँने छु कि म तिमीहरू प्रति कति क्रोधित छु।
म तिमीलाई त्यो नराम्रो कर्मका निम्ति दण्ड दिनेछु,
जुन तिमीले गरेका छौ।
तिमीले जुन डरलाग्दो काम गरेका छौ,
म तिमीलाई त्यसको दण्ड तिराउने छु।
4 म तिमीहरूलाई दया देखाउने छैन,
म तिमीहरू प्रति टिठाउँने छैन।
म तिमीहरूलाई तिमीहरूको नराम्रो कामको निम्ति दण्ड दिने छु।
तिमीहरूले डरलाग्दो काम गरेका छौ।
अब तिमीले बुझ्नेछौ म नै परमप्रभु हुँ।”
5 परमप्रभु मेरा मालिकले यी कुराहरू भन्नुभयो, “एक पछि अर्को गर्दै आपत आउँनेछ। 6 अन्त आइरहेछ अनि यो एकदमै छिटो आउनेछ। 7 तिमी इस्राएलका मानिसहरू, के तिमीहरूले चेतावनीको ध्वनी सुनिरहेकोछौ? शत्रुहरू आउँदैछन्। त्यो दण्डको समय चाँढै आउँदैछ। शत्रुहरूको खैला-बैला झन चर्को हुँदै पर्वतमाथि पुग्दैछ। 8 म चाँडै नै देखाउँनेछु कि म कति क्रोधित छु। म तिम्रो विरूद्ध मेरो सारा क्रोध प्रकट गर्नेछु। म ती नराम्रो कामको निम्ति दण्ड दिनेछु जुन तिमीले गरेकाछौ। तिमीलाई तिमीले गरेको डरलाग्दो कार्यको निम्ति ज्याला दिन लगाउनेछु। 9 म तिमीहरूप्रति अलिकति पनि दया देखाउने छैन। म तिमीलाई छोड्ने छैन। तिमीहरूको नराम्रो कामको निम्ति तिमीलाई दण्ड दिँदैछु। तिमीहरूले जुन डरलाग्दो काम गरेकाछौ, अब तिमीले थाहा पाउने छौ, म नै परमप्रभु हुँ।
8 तब चौथो स्वर्गदूतले आफ्नो कचौरा सूर्यमा खन्याए। सूर्यलाई मानिसहरूलाई आगोले पोल्ने शक्ति दिइयो। 9 मानिसहरू प्रचण्ड तातोले डडे। ती मानिसहरूले परमेश्वरको नाउँमा सरापे जसको नाउँमा यी महामारीहरू थिए। तर मानिसहरूले आफ्ना हृदय परिवर्तन गर्न अनि परमेश्वरलाई महिमा प्रदान गर्न अस्वीकार गरे।
10 पाँचौ स्वर्गदूतले आफ्नो कचौरा त्यो पशुको सिंहासनमाथि खन्याए। अनि पशुको राज्यमा अन्धकारले ढाक्यो। मानिसहरूले कष्टमा आफ्ना जिब्रो टोके। 11 मानिसहरूले तिनीहरूले पाएको पीडा अनि घाउको कारण स्वर्गका परमेश्वरलाई सरापे। तर तिनीरुले आफ्नो कुकर्मको लागि पश्चताप गर्न अस्वीकार गरे।
12 छैटौं स्वर्गदूतले आफ्नो कचौरा विशाल नदी यूफ्रेटिसमा खन्याए। पूर्वबाट आउनुपर्ने राजाहरूको पथ निमार्णको निम्ति त्यो नदीको पानी सुक्यो। 13 तब मैले तीनवटा दुष्ट आत्माहरू देखें जो भ्यागुत्तो जस्तै देखिन्थ्यो। तिनीहरू त्यो विशाल सर्पको मुखबाट, त्यो पशुको मुखबाट अनि झूटा अगमवक्ताको मुखबाट निस्के। 14 यी दुष्ट आत्माहरू दानवहरूका आत्मा थिए। तिनीहरूमा चमत्कार गर्ने शक्ति थियो। यी दुष्ट आत्माहरू संसारका राजाहरूकहाँ जान्छन्। तिनीहरू परमेश्वर सर्वशक्तिमानको महा-दिवसमा लडाँई गर्न राजाहरू बटुल्न जान्छन्।
15 “सुन! म चोर जस्तो गरी आउनेछु। धन्य हो जुन मानिस नसुती बस्छ अनि आफ्ना वस्त्रहरू आफूसित राख्छ। तब ऊ नाङ्गै हुने छैन अनि उसमा मानिसहरूले नाङ्गेपनामा लज्जास्पद हुनुपर्ने छैन।”
16 त्यासपछि ती दुष्ट आत्माहरूले राजाहरूलाई त्यस स्थानमा भेला गर्छन् जसलाई हिब्रू भाषामा अर्मागेद्दोन भनिन्छ।
17 सातौं स्वर्गदूतले आफ्नो कचौरा हावामा खन्याए। तब मन्दिरभित्र भएको सिंहासनबाट ठूलो आवाज आयो। आवाजले भन्यो, “यो अब समाप्त भयो।” 18 तब बिजुली चम्कयो, हो हल्ला, गर्जन भयो अनि ठूलो भूँईचालो गयो। यो भूईँचालो थियो। 19 त्यो विशाल नगर तीन भागमा टुक्रियो! राष्ट्रहरूका नगरहरू नष्ट भए। अनि परमेश्वरले विशाल बेबिलोन नगरलाई दण्ड दिनु बिर्सनु भएन। उहाँले त्यस नगरलाई उहाँको अर्को भयानक प्रकोपको प्याला दिनु भयो। 20 हरेक द्वीपहरू लुप्त भयो अनि त्यहाँ पर्वतहरू रहेनन्। 21 ठूल-ठूला असिना आकाशबाट मानिसहरूमाथि झर्यो। यी असिनाहरू प्रत्येकको ओजन लगभग एक सय पाउण्ड थियो। मानिसहरूले परमेश्वरलाई यो असिनाबाट पाएको कष्टको कारणले सरापे। यो कष्ट एक भयानक कष्ट थियो।
© 2004, 2010 Bible League International