Revised Common Lectionary (Complementary)
संगीत प्रमुखको निम्ति, बाँसुरीसहित गाइने दाऊदको भजन।
5 हे परमप्रभु, मेरो वचनहरू सुन्नुहोस्
र बुझ्नुहोस् मैले के भन्न खोजिरहेको छु।
2 हे मेरा राजा, हे मेरा परमेश्वर,
मेरो प्रार्थना सुनिदिनु होस्।
3 हे परमप्रभु, प्रत्येक बिहान, म आफ्ना उपहारहरू तपाईंको समक्ष राख्दछु,
र तपाईंको सहयोग खोज्दछु।
अनि प्रत्येक बिहान तपाईंले मेरो प्रार्थना सुन्नुहुन्छ।
4 हे परमेश्वर, तपाईंको नजिक दुष्ट मानिसहरू भएको तपाईं मन पराउनु हुन्न।
तिनीहरू तपाईंको आदर गर्दैनन्।
5 मूर्खहरू तपाईंको नजिकै आउन सक्तैनन्।
तपाईंले अधर्मी काम गर्नेहरूलाई घृणा गर्नुहुन्छ।
6 जसले झूटो बोल्दछ त्यसलाई नष्ट गर्नुहुन्छ।
तपाईंले ती मानिसलरूलाई घृणा गर्नुहुन्छ जसले अन्य मानिसहरूलाई चोट पुर्याउने गुप्त योजनाहरू बनाउँ छन्।
7 तर परमप्रभु, तपाईंको मन्दिर अघि म दण्डवत् गर्नेछु।
8 हे परमप्रभु! मेरा शत्रुहरूले कतै म गल्ती गर्छु कि भनी हेरिरहेकाछन्।
यसकारण मलाई ठीक काम गर्न सजिलो पारिदिनु होस्।
9 ती मानिसहरू सत्य बोल्दैनन्।
तिनीहरू झूटा छन् तिनीहरू सत्य बङ्ग्याउँछन्।
तिनीहरूका मुख खाली चिहान जस्ता छन्।
तिनीहरू अरूहरूलाई फसाउनको लागि मात्र मिठो बोल्दछन्।
10 हे परमेश्वर, तिनीहरूलाई दण्ड दिनुहोस्!
तिनीहरूले थापेको पासोमा आफैं परून्।
ती मानिसहरूले तपाईंको विरूद्धमा विद्रोह गरे,
यसर्थ तिनीहरूको धेरै अपराधहरूको लागि दण्ड दिनुहोस्।
11 तर जसले तपाईंमाथि भरोसा राख्दछन् तिनीहरू सुखी रहुन्।
तिनीहरू अनन्त सुखी रहुन्।
परमेश्वर, जसले तपाईंको नाउँलाई प्रेम गर्दछन् तिनीहरूको रक्षा गर्नुहोस् अनि शक्ति दिनुहोस्।
12 हे परमप्रभु, धार्मिक मानिसहरूलाई तपाईंले आशीर्वाद दिनुहुन्छ।
तिनीहरू प्रति तपाईंको दया तिनीहरूको निम्ति ढाल झैं छ।
21 ज्ञानी हृदय भएको मानिसलाई विवेकशील मानिस भनिन्छ, अनि कर्णमधु शब्दले ज्ञान बढाउँछ।
22 तीब्र-बुद्धि भएको मानिसलाई बुद्धि जीवनको मूल हुन्छ, तर मूर्खहरूलाई तिनीहरूको मूर्खताले नै दण्ड भोगाउँछ।
23 बुद्धिमानको हृदयले आफ्नो बोलीमा नियन्त्रण ल्याउँछ, र उसको ओंठले शिक्षा बढाउँछन्।
24 आनन्द दायक बोली मह झैं हुन्छ, यसले आत्मामा आनन्द दिन्छ यसले शरीरमा चंगाई ल्याउँछ।
25 कहिले काही यस्तो लाग्छ कि बाटो सही छ, तर अन्त्यमा त्यस बाटोले मृत्यु तिर पुर्याउँछ।
26 परिश्रमी मानिसहरूलाई उसको भोकले नै काम गराई राख्छ। उसको भोकले उसलाई काम गराउँछ ताकि उसले खान पाओस्।
27 एकजना बेकाम्मा मानिसले दुष्ट योजना बनाउँछ अनि उसको उपदेशलाई आगोले झैं ध्वंश पारी दिन्छ।
28 एकजना झगडा़लु मानिसले सधैँ बहसहरू सृजना गर्छ, अनि एकजना निन्दा गर्नेले घनिष्ट मित्रहरू बीच लडाईँ गराउँछ।
29 एकजना उपद्रवी मानिसले उसको छिमेकिलाई ठग्छ। उसले आफ्नो मित्रलाई अनुचित बाटोमा डोर्याउँछ।
30 जब मानिस हाँस्दै एउटा आँख झिम्क्याउँछ भने, उसले नराम्रो योजना बनाएको हुन्छ। अर्कालाई विगार्न आफू मुस्कुराउँदै काम गर्ने मानिस हुन्छ।
31 फूलेको केश ईमान्दार जीवन जीउने मानिसहरूको गरीमाको मुकुट हुन्छ।
32 मानिस धैर्यवान् हुनु लडाकु योद्धा भन्दा पनि उत्तम हो, जसले आफ्नो क्रोधलाई नियन्त्रणमा राख्छ, त्यो शहर जित्ने मानिस भन्दा पनि राम्रो मानिस हो।
33 चिट्ठा, मानिसहरूद्वारा फ्याँकिन्छ तर त्यसको निर्णय परमप्रभुले गर्नु हुन्छ।
परमेश्वरको र मानिसको व्यवस्था
(मर्कूस 7:1-23)
15 त्यसपछि केही फरिसीहरू र शास्त्रीहरू येशूकहाँ आए। तिनीहरू यरूशलेमबाट आएका थिए तिनीहरूले भने, 2 “तपाईंका चेलाहरूले किन हाम्रा पुर्खाहरूले बनाएको नियमहरू भङ्ग गर्दछन्? खानभन्दा अघि तिनीहरू हात धुँदैनन्।”
3 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरू पनि किन आफ्ना परम्पराको निम्ति परमेश्वरको आज्ञा भङ्ग गर्दछौ? 4 परमेश्वरले भन्नु भएको छ, ‘आफ्ना बाबु र आमाको आदर गर।’(A) फेरि उहाँले भन्नु भएको छ, ‘जसले आफ्ना बाबु अनि आमालाई अपमान गर्छ त्यसलाई मार्नुपर्छ।’(B) 5 तर तिमीहरू जसले म बाट तपाईंले जे पाउने सक्नु हुन्थ्यो त्यो परमेश्वरलाई चढाईएको छ भनी आफ्ना आमा-बाबुलाई भन्छौ उसले उनीहरूलाई आदर गरिरहनु पर्दैन भन्ने शिक्षा दिन्छौ। 6 तिमीहरू त्यस मानिसलाई आफ्नो पिताको आदर गर्नु पर्दैन् भन्छौ। यसरी तिमीहरू आफ्नो नियमका निम्ति परमेश्वरको आदेशलाई एकातिर पन्छाउँछौ। 7 तिमीहरू कपटीहरू हौ। यशैयाले तिमीहरूको बारेमा सही बोले। यशैयाले भनेका थिए:
8 ‘यी मानिसहरू मलाई मुखले आदर गर्छौं भन्छन्
तर तिनीहरूको हृदय मदेखि टाढा छ।
9 तिनीहरूले मलाई अर्पण गरेको आराधना व्यर्थ छ।
तिनीहरूले आफैंले रचेका नियमहरू मात्रै पालन गर्न सिकाउँछन्।’”(C)
© 2004, 2010 Bible League International