Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 7

परमप्रभुको लागि गाइने दाऊदको यो भजन कूशका छोरा शाऊलको विषयमा हो जो बिन्यामीन परिवारका हुन्।

हे परमप्रभु, मेरा परमेश्वर, म तपाईंमाथि भरोसा राख्दछु।
    ती खेदो गर्ने मानिसहरूबाट मलाई बचाउनु होस्।
यदि तपाईंले मलाईं सहयोग गर्नु हुन्न भने, म सिंहले पक्रेको पशु जस्तै हुनेछु।
    मलाई तिनीहरूले लगेर जानेछन्, र मलाई कसैले बचाउन सक्ने छैन!

हे परमप्रभु मेरा परमेश्वर, मैले त्यस्तो कुनै नराम्रो काम गरिनँ।
    म कसम खान्छु मैले नराम्रो काम गरिनँ!
मैले मेरा साथीहरूका लागि अधर्म काम गरेको छैन्।
    म बिना कारण मेरा शत्रुहरूमाथि जाइलागेको छैन्।
यदि त्यो सत्य होइन भने, मलाई दण्ड दिनुहोस्।
    मलाई मेरो शत्रुहरूले खेदुन्, समातुन् र मारून्।
    मलाई भुइँमा कुल्चिउन् र मेरो आत्मालाई धूलो-मूलोमा फालिदिउन्।

हे परमप्रभु, जाग्नु होस् अनि तपाईंको रिसले तिनीहरूलाई न्याय गर्नुहोस्।
    मेरा रिसाएका शत्रुहरूको विरोधमा उठ्नु होस्।
    हे मेरा परमेश्वर, तपाईं न्याय गर्नुहुन्छ यसर्थ मेरो निम्ति न्याय गर्नुहोस्।
हे परमप्रभु, मानिसहरूको न्याय गर्नुहोस्, जातिहरूलाई वरिपरि जम्मा गर्नुहोस्।
    परमप्रभु, जाग्नु होस् र स्वच्छ न्याय गर्नुहोस्।
हे परमप्रभु, मानिसहरूको न्याय गर्नुहोस्।
    मेरो न्याय गर्नुहोस्।
    म सही र निर्दोष छु भनेर प्रमाणित गर्नुहोस्।
दुष्ट मानिसहरूलाई दण्ड दिनुहोस्,
    अनि धार्मिक मानिसहरूलाई सहयोग गर्नुहोस्।
हे परमप्रभु, तपाईंले
    मानिसहरूको हृदय देख्न सक्नुहुन्छ।

10 परमेश्वरले ईमान्दार हृदयसँग मानिसहरूलाई सघाउनु हुन्छ।
    यसकारण परमेश्वरले मेरो रक्षा गर्नुहुन्छ।
11 परमेश्वर असल न्यायाकर्त्ता हुनुहुन्छ,
    उहाँ सधैँ अधर्मको विरूद्ध बोल्नु हुन्छ।
12-13 यदि परमेश्वरले कुनै निर्णय लिनु भयो भने उहाँले आफ्नो मन बदल्नु हुन्न।
    यदि दुष्ट मानिसहरू परिर्वतन हुँदैनन् भने,
परमेश्वर तिनीहरूलाई सजाय दिनु तयार हुनुहुन्छ।
    परमेश्वरले आफ्नो तरवार उध्याउनु भएकोछ
    अनि काँड हान्न तयार हुनुहुन्छ।

14 दुष्ट मानिसहरूले दिएको कष्ट
    र पीरहरू तपाईंले निश्चय देख्नु भएकोछ।
    यस विषायमा तपाईंले केही गर्नुहोस्।
15 ती असहाय मानिसहरूलाई सहायता गर्ने कोही पनि छैनन्।
    दृष्टीहीनको निम्ति तपाईं रक्षक हुनुहुन्छ।
16 तिनीहरूले पाउनु पर्नै दण्ड पाउने छन्,
    जो अरूको लागि कपटी छन्।
    तर तिनीहरूले जस्तो रोपेका छन् त्यस्तै फल पाउनेछन्।

17 म परमप्रभुको प्रशंसा गाउँदछु किनभने उहाँ असल हुनुहुन्छ।
सर्वोच्च परमप्रभुको नाउँको म प्रशंसा गर्नेछु।

एस्तर 8:3-17

अनि एस्तरले राजाको पाउमा झुकेर रूँदै भनिन् अगागी हामानको कुआदेश हटाइदिन राजासँग अनुरोध गरिन् हामानले जो षड्‌यन्त्र यहूदीहरूको विरूद्ध रचेका थिए।

अनि राजाले आफ्नो राजदण्ड एस्तर तर्फ फैलाए यसर्थ एस्तर राजाको समक्ष उभिइन्। र तिनले भनिन्, “यदि राजालाई असल लाग्छ र मलाई मन पराउनु हुन्छ भने मेरो विन्तीलाई स्वीकार गरिदिनु हुन्छ अगागी हम्मादाताको छोरा हामानद्वारा लेखिएका ती षड्‌यन्त्रका पत्रहरू पल्टाउनका निम्ति एक आदेश लेखियोस् ती पत्रहरू जो हामानले राजाका समस्त प्रदेशहरूमा भएका यहूदीहरूको अस्तित्व मेटाउनको निम्ति लेखेका थिए। किनभने यदि मैले मेरा मानिसहरूले भोग्नु पर्ने त्यो यातना देख्नु पर्यो भने म कसरी सहन सक्छु! अनि यदि मैले मेरा कुलको विनाश देख्नु पर्यो भने कसरी सहनु?”

अनि राजा अहासूरसले रानी एस्तर र यहूदी मोर्दकैलाई भने, “मैले हामानको घर एस्तरलाई दिएको छु। अनि तिनीहरूले हामानलाई फाँसीमा झुण्डयाएकाछन्। हामानले यहूदीहरूलाई मार्ने प्रयास गरेका थिए। अब राजाको अधिकारद्वारा यहूदीहरूको सम्बन्धमा तिमीहरूलाई जे असललाग्छ, तिमीहरू त्यो लेख। त्यसपछि त्यसलाई राजाको औठी द्वारा लाल मोहर लगाई बन्द गर। अनि राजाको नाउँमा लेखेर राजाको औंठिद्वारा मोहर बन्द गरिएको आदेशलाई उल्टाउन सकिदैन।”

यसर्थ त्यति बेला तेस्रो महिमाको तेइसौं दिन, सिवानी महिनामा राजकिय लेखापालहरूलाई बोलाए अनि मोर्दकैले भारतबर्ष देखि कुरादेश सम्मका 127 प्रान्तका शासक, राज्यपाल तथा न्यायपालहरूलाई दिइएको नयाँ आदेशहरू तिनीहरूको प्रत्येक जातिको लिपि, भाषा अनि यहूदीहरूको आफ्नो भाषा र लिपिमा लेखाईयो। 10 अनि मोर्दकैले राजाको नाउँमा आदेश लेखे र त्यसलाई राजाबाट लाल मोहर लगाई बन्द गरे अनि घोडामा चढाएर पत्रहरू पठाइदिए यिनीहरू राजकिय घोडाहरू थिए।

11 राजाले हरेक शहरमा भएका यहूदीहरूका निम्ति जे अनुमति दिए मोर्दकैले त्यही लेखे।

यहूदीहरूको साथ भेला हुने अनि आफ्नो जीवनको रक्षा गर्ने। जसले तिनीहरूलाई, तिनीहरूका केटा-केटीहरू अनि तिनीहरूका पत्निहरू लाई आक्रमण गर्ने कुनै पनि मानिस वा प्रदेशका कुनै पनि सैनिकलाई नष्टगर्ने, अनि नाम निशान मेटाइदिने अनुमति दिए राजाले तिनीहरूका शत्रुका सामान लुट्ने तिनीहरूलाई अनुमति दिए।

12 राजा अहासूरसका समस्त प्रदेशमा बाह्रौ दिन महीनाको, अदारको महीनाको तेह्रौ यो लागु गरिनु पर्ने थियो। 13 हरेक प्रदेशलाई आदेशको एक-एक प्रति नियमको प्रतिलिपी दिनु पर्ने थियो। मानिसहरूलाई घोषणा गर्नु पर्थ्यो। 14 यसर्थ, त्यसदिन यहूदीहरू आफ्ना शत्रुहरू माथि बद्ला लिनलाई तयार रहनु पर्थ्यो। राज-अश्व सवारहरू राजाको आदेश अनुसार सबै तयार थिए। व्यवस्था पनि शूशनको प्रासाद जिल्लामा प्रकाशित गरियो।

15 मोर्दकैले नीलो अनि सेतो वस्त्रले बनाएको राजवस्त्र, पहिरेर, एक विशाल सुनौला मुकुट र सेतो सूतीवस्त्र अनि बैजनि वस्त्र पहिरेर मोर्दकै राजाको उपस्थिबाट गए। अनि शूशन शहरका मानिस कराए र खुशी मनाए। 16 यहूदीहरूले त्यहाँ हर्ष आनन्द र अति नै खुशी मनाएका थिए।

17 अनि हरेक प्रदेशमा, हरेक शहरमा, अनि हरेक स्थानमा जहाँ राजाका आदेश अनि व्यवस्था सुनिए यहूदीहरूका निम्ति आनन्द मनाए अनि एक भोजको आयोजना गरी विदा गरे। अनि त्यो भूमिका हरेक मानिसहरू यहूदी हुनथाले किनभने यहूदीहरूको डर तिनीहरूमाथि परेको थियो।

प्रकाश 19:1-9

स्वर्गमा मानिसहरू परमेश्वरको स्तुति गर्छन्

19 तब मैले स्वर्गमा धेरै मानिसहरूको बढो भीडले गरेको गर्जन जस्तै आवाज सुनें। तिनीहरू भन्दै थिए,

“हल्लेलूयाह!
विजय, महिमा अनि सक्ति हाम्रा परमेश्वरमा रहिरहुन्।
    किनभने उहाँको न्याय सत्य अनि सही छ।
हाम्रा परमेश्वरले वेश्यालाई दण्डित तुल्याउनु भयो।
    ऊ नै हो जसले आफ्नो व्याभिचारद्वारा पृथ्वीलाई भ्रष्ट पारी,
परमेश्वरले वेश्यालाई दण्ड दिएर, आफ्ना सेवकहरूको रगतको बद्ला लिए।”

स्वर्गका मानिसहरूले यो पनि भनेः

“हल्लेलूयाह!
    त्यो जल्दैछे अनि त्यसको धुवाँ सदा-सर्वदा उँभो जान्छ।”

त्यसपछि चौबीस धर्मगुरुहरू अनि चार जीवित जीवातहरू निहुरिए अनि परमेश्वरको उपासना गरे जो सिंहासनमा बसिरहेका थिए यसो भन्दै:

“आमिन! हल्लेलूयाह!”

त्यापछि सिंहासनबाट एउटा आवाज आयो। आवाजले भन्यो,

“तिमी सबै मानिसहरू जो उहाँको सेवा गर्छौं,
    हाम्रा परमेश्वरको स्तुति गर!
तिमीहरू सबै साना-ठूला मानिसहरू जसले उहाँको सम्मान गर्छो,
    हाम्रा परमेश्वरको स्तुति गर!”

त्यसपछि मैले ठूलो भीड़ले गरेको आवाज, बाढिको पानीको आवाज जस्तै ठूलो गर्जनको आवाज जस्तै, यसो भन्दै गरेको सुनें:

“हल्लेलूयाह।
    हाम्रा परमप्रभु परमेश्वरले शासन गर्नुहुन्छ।
    उहाँ माहा-शक्तिशाली हुनुहुन्छ।
हामी खुशी मनाऔं अनि खुशी होऔं
    अनि परमेश्वरलाई महिमा प्रदान गरौं!
परमेश्वरको थुमाको विवाह आएकोछ।
    अनि परमेश्वरको थुमाकी बेहुलीले स्वयंलाई तयार पारेकी छे।
बेहुलीको पहिरनकोलागि उत्तम मलमल दिइएको थियो।
    मलमल चम्किलो र सफा थियो।”

(उत्तम मलमल को अर्थ परमेश्वरको मानिसहरूको सुकर्म।)

तब त्यस स्वर्गदूतले मलाई भने, “यो लेख धन्य हुन् ती मानिसहरू जसलाई परमेश्वरको थुमाको विवाह-भोजमा निमंत्रणा गरियो।” तब त्यस स्वर्गदूतले भने, “यी परमेश्वरका सत्य वचन हुन्।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International