Revised Common Lectionary (Complementary)
दाऊदको भजन।
24 पृथ्वी र त्यसमा भएका सबै थोकहरू परमेश्वरका सम्पत्ति हुन्।
यो संसार र यसका सबै मानिसहरू उहाँकै सम्पत्ति हुन्।
2 परमप्रभुले पानीमाथि पृथ्वी बनाउनु भयो
उहाँले यसलाई नदीहरूमा बसाउनु भयो।
3 परमप्रभुको पर्वतमाथि को जान सक्छ?
उठेर परमप्रभुको पवित्र मन्दिरमा उपासना गर्न को सक्छ?
4 मानिसहरू जसले पाप कर्महरू गरेका छैनन्
मानिसहरू जसका शुद्ध हृदयहरू छन्।
मानिसहरू जसले सत्य भनेर झूट बोल्नलाई मेरो नाउँ प्रयोग गरेका छैनन्।
अनि जसले झूटो बोलेनन् र झूटा कसमहरू खाएका छैनन्, तिनीहरूले मात्र त्यहाँ उपासना गर्न सक्छन्।
5 असल मानिसहरूले मात्र अन्य मानिसहरूलाई पनि आशीर्वाद दिइयोस् भनी परमप्रभुलाई प्रार्थना गर्छन्।
ती असल मानिसहरूले आफ्ना परमेश्वर, आफ्ना उद्धारकलाई असल कुराहरू गरिदिनु होस् भनी याचना गर्छन्।
6 ती असल मानिसहरूले परमेश्वरलाई पछ्याउने कोशिश गर्दछन्।
तिनीहरू सहयोग माग्न याकूबका परमेश्वर कहाँ जान्छन्।
7 हे मूल प्रवेश-द्वारहरू आफ्ना टाउकाहरू उठाऊ।
सनातनका द्वारहरू, खोल,
अनि महिमापूर्ण राजा भित्र आउनु हुनेछ।
8 महिमाका महाराज को हुनुहुन्छ?
परमप्रभु नै ती राजा हुन्, उहाँ शक्तिशाली सिपाही हुनुहुन्छ।
परमप्रभु उही राजा हुनुहुन्छ, उहाँ पराक्रमी हुनुहुन्छ।
9 हे मूल प्रवेश-द्वारहरू, आफ्ना टाउकाहरू उठाऊ।
सनातनका द्वारहरू खुल्ला होऊ,
र महिमापूर्ण महाराजा भित्र आउनु हुनेछ।
10 यो महिमाका महाराजा को हुनुहुन्छ?
सर्वशक्तिमान् परमप्रभु नै महाराजा हुनुहुन्छ, उहाँ नै महिमाका राजा हुनुहुन्छ।
17 तिमीहरूले आफ्ना आँखाहरूले राजालाई उहाँको आफ्नो सुन्दरतामा देख्नेछौ। तिमीहरूले महान देश देख्नेछौ। 18-19 तिमीहरूले पहिलेका दु:ख र यातनाहरूको बारेमा सोच्नेछौ। तिमीहरूले सोच्नेछौ, “कहाँ छन् ती अन्य देशहरूबाट आएका मानिसहरू? तिनीहरूले बोलेको भाषा हामी बुझ्न सक्दैनौ। अरू जग्गाबाट आएका ती अधिकारीहरू र कर उठाउनेहरू कहाँ गएका छन्? जसले हाम्रा सतर्कता संरक्षण गरे ती गुप्तचर कहाँ छन? तिनीहरू सबै गए। तिमीहरूले फेरि तिनीहरूलाई देख्ने छैनौं।”
परमेश्वरले यरूशलेमको रक्षा गर्नु हुनेछ
20 सियोनमा हेर, हाम्रा धार्मिक चाडहरूको शहर। यरूशलेममा हेर-त्यो विश्रामको सुन्दर ठाँउ यरूशलेम एउटा पाल लगाइएको ठाउँ जस्तै हो जुन कहिल्यै उखेलिने छैन्। खाँबाहरू जसलाई उसले समातेर राखेको छ त्यो कहिल्यैमाथि तानिने छैन्। उसका कीलाहरू कहिल्यै चुँडिने छैन्। 21-23 किनभने सेनाहरूका परमप्रभु त्यहाँ हुनुहुन्छ। त्यो जग्गा खोला र फैलिएको नदीहरूको ठाउँ हो। तर त्यहाँ कुनै पनि शत्रुहरूका नाँउहरू र शक्तिशाली जहाजहरू छैनन्। तिमीहरू जो त्यस नाँउहरूमा काम गरिरहेछौ तिमीहरू डोरीहरू सहित ती कामबाट भाग्न सक्छौ। तिमीहरू एकदम दरिलो खम्बा बनाउनँ सक्दैनौ। तिमीहरू पालहरू खोल्न सक्ने हुँदैनौ। किनभने परमप्रभु नै हाम्रा न्यायकर्ता हुनुहुन्छ। परमप्रभुले हामीलाई व्यवस्था गरिदिनु हुन्छ। परमप्रभु नै हाम्रा राजा हुनुहुन्छ। उहाँले नै हामीलाई बचाउनु हुन्छ। यसैले परमप्रभुले हामीलाई प्रशस्त धन सम्पत्ति दिनु हुन्छ। लङ्गडा मानिसहरूले पनि युद्धमा ठूलो सम्पत्ति जित्नेछ।
8 म यहून्ना हुँ। म नै त्यो हुँ जसले यी कुराहरू सुनें अनि देखें। यी कुराहरू सुनें अनि देखे पछि, त्यो स्वर्गदूतले मलाई यी कुराहरू देखाए, म उनको पाउ सामुन्ने उनलाई उपासना गर्न झूकेँ। 9 तर त्यस स्वर्गदूतले मलाई भने, “मेरो उपासना नगर। जस्तो तिमी अनि तिम्रो भाइ अगमवक्ताहरू छन् त्यस्तै म एक सेवक मात्र हुँ। म अरू मानिसहरू जस्तो हुँ जसले यो पुस्तकमा भएको शिक्षाको पालन गर्छ। तिमीले परमेश्वरको उपासना गर्नु पर्छ!”
10 तब स्वर्गदूतले मलाई भने, “यस पुस्तकको अगमवाणीका वचनहरूलाई गुप्त राख्नु हुँदैन। यी कुराहरू पुरा हुनलाई समय आई सकेको छ। 11 त्यो मानिसलाई, जसले नराम्रो गर्दैछ, गर्न देऊ। मानिस जो अस्वच्छ छ उसलाई अस्वच्छ रहन देऊ। मानिस जसले सही कुरा गर्दैछ गर्न देऊ। मानिस जो पवित्र छ, पवित्र रहन देऊ।”
12 “सुन! म चाँडै आउँदैछु। मसित पुरस्कारहरू ल्याउने छु। प्रत्येक मानिसले जे गरेको छ त्यसको मूल्य चुकाउनेछु। 13 मनै अल्फा अनि ओमेगा हुँ, प्रथम अनि अन्तिम हुँ।
14 “ती मानिसहरू धन्य हुनेछन् जसले आफ्ना वस्त्रहरू सफा धुन्छन्। जीवनको रुखबाट फल खाने अधिकार तिनीहरूले पाउँनेछन् तिनीहरू नगरका ती ढोकाहरूबाट पस्छन्। 15 नगर बाहिर कुकुरहरू, जादूवालाहरू यौन-पापीहरू, हत्याराहरू, मूर्त्ति पूजकहरू अनि असत्य मन पराउने अनि असत्य बोल्ने मानिसहरू छन्।
16 “मैले मण्डलीहरूका निम्ति यी कुराहरू तिमीलाई भन्न मेरो स्वर्गदूत पठाँए। म दाऊद परिवारको सन्तान हुँ। म चम्किलो बिहानीको तारा हुँ।”
17 आत्मा अनि बेहुलीले भन्छन्, “आऊ!” जसले सुन्छ त्यसले भनोस् “आउनुहोस्” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैमा लिओस्।
18 म हरेक मानिसलाई चेतावती दिन्छु जसले यो पुस्तकमा भएका अगमवाणीका वचनहरू सुन्छ यदि कुनै मानिसले यी वचनहरूमा कुनै पनि कुरा थप्छ, तब परमेश्वरले त्यस मानिसलाई यस पुस्तकमा लेखिएको कष्टहरू दिनु हुनेछ। 19 अनि यदि कुनै मानिसले यो पुस्तकको अगमवाणीका वचनहरू हटाउँछ, तब परमेश्वरले जीवनको वृक्ष अनि पवित्र नगरको, जसको बारेमा यस पुस्तकमा लेखिएको छ, त्यस मानिसको अंश हटाइ दिनु हुनेछ।
20 येशू नै उहाँ एक हुनुहुन्छ जसले भन्नुहुन्छ कि यी कुराहरू सत्य हुन्। अहिले उहाँले भन्नुहुन्छ, “हो, म चाँडै आउँदैछु।”
आमिन। हे प्रभु येशू! आउनुहोस्।
21 प्रभु येशूको अनुग्रह समस्त मानिसहरू साथ रहोस्। आमिन।
© 2004, 2010 Bible League International