Revised Common Lectionary (Complementary)
एउटा प्रशंसाको गीत।
98 परमप्रभु प्रति नयाँ गीत गाऊ
किनभने उहाँले नयाँ र छक्क पार्ने कुराहरू गर्नुभयो।
उहाँको पवित्र दाहिने पाखुराले
उहाँलाई फेरि विजय तुल्यायो।
2 परमप्रभुले आफ्नो बचाउने शक्ति जातिहरूलाई देखाउनु भयो।
परमप्रभुले आफ्नो धार्मिकता तिनीहरूलाई देखाउनु भयो।
3 उहाँका भक्तजनहरूले इस्राएल का मानिसहरू प्रति परमेश्वरको विश्वास सम्झिए।
सुदूर ठाउँमा भएका मानिसहरूले हाम्रो परमप्रभुको रक्षा गर्ने शक्ति देखे।
4 हे पृथ्वीमा भएका प्रत्येक मानिसहरूले, परमप्रभु प्रति खुशीले हल्ला गर।
प्रशंसाको गीत गाउन प्रारम्भ गर!
5 परमप्रभुको प्रशंसा वीणा बजाएर गर।
वीणाबाट निस्केको संगीतले, उहाँको प्रशंसा गर्दछ।
6 तुरही र कर्णालहरू बजाऊ,
अनि परमप्रभु हाम्रो राजा प्रति चिच्याउँदै प्रशंसा गर।
7 समुद्र र त्यहाँ भएका प्रत्येक कुराले,
पृथ्वी र त्यसमा भएका प्रत्येक कुराले जोडले गाओस्।
8 हे नदीहरू, आफ्ना हातहरूले थप्पडी मार!
पर्वतहरू सबै एकैसाथ आनन्दको गीत गाऔं।
9 परमप्रभुको सम्मुख गाऔं!
किनभने उहाँ संसारमा राज गर्न आइरहनु भएको छ।
उहाँले संसारमा न्यायपूर्वक राज गर्नु हुनेछ।
उहाँले धार्मिकतासित मानिसहरूमाथि राज गर्नुहुनेछ।
शाऊल र एउटी स्त्री एन्दोरमा
3 शमूएल मरे। शमूएलको मृत्युमा सम्पूर्ण इस्राएलीहरूले दुःख प्रकट गरे। तिनीहरूले शमूएललाई उनकै शहर रामामा गाडे। पहिला शाऊलले भुतप्रेत खेलाउनेहरू र ज्योतिषीहरूलाई इस्राएल छोड्न वाध्य गरेका थिए।
4 पलिश्तीहरू युद्धको निम्ति तयार थिए। तिनीहरू शूनेममा आएर त्यहीं छाउनी बनाए। शाऊलले पनि सबै इस्राएलीहरूलाई भेला गराएर गिल्बोमा छाउनी हाल्न लगाए। 5 शाऊल पलिश्ती सेनाहरू देखेर डराए। तिनको मुटु नै काम्यो। 6 शाऊलले परमप्रभुमा प्रार्थना गरे तर परमप्रभुले जवाफ दिनुभएन। परमप्रभु परमेश्वरले दर्शनमा पनि केही उत्तर दिनुभएन। परमेश्वरले न त उरीम न ता अगमवक्ताद्वारा नै शाऊललाई जवाफ दिनुभयो। 7 अन्त्यमा शाऊलले आफ्ना अधिकारीहरूलाई भने, “मलाई एउटी तंत्र-मंत्र गर्ने महिला ल्याइदेऊ, म त्यसलाई सोध्छु यो युद्धको फल के हुन्छ।”
तिनका अधिकारीहरूले जवाफ दिए, “एन्दोरमा त्यस्ती एउटी स्त्री छे।”
8 शाऊलले भेष बद्लाउनको निम्ति भिन्नै लुगा लगाए यसकारण उसलाई नचिनोस्। त्यो रात शाऊल दुइजना मानिस लिएर त्यस स्त्रीलाई भेट्न गए। शाऊलले त्यस स्त्रीलाई भने, “म तिमीलाई भन्नेछु मेरो भविष्य बताउने आत्मा बोलाऊ। म जसको नाउँ दिन्छु त्यसैको आत्मा जगाउनु।”
9 तर त्यस स्त्रीले भनी, “तिमी जान्दछौ शाऊलले के गर्यो। सबै झाँक्री र ज्योतिषीहरूलाई उसले इस्राएलबाट धपायो। तिमीले मलाई अप्ठेरोमा पारेर ज्यान लिन चाहान्छौ।”
10 शाऊलले परमप्रभुको नाउँमा शपथ खाएर त्यसलाई भने, “तिमीले कुनै दण्ड सामना गर्नु पर्ने छैन।”
11 स्त्रीले सोधी, “तिमीले कसलाई बोलाउनु लाउँछौ?”
शाऊलले भने, “शमूएलको आत्मालाई बोलाऊ।”
12 शमूएलको आत्मा तिनको अघि देखा पर्यो। शमूएललाई देखेर त्यो स्त्रीले जोडले चिच्याई। तिनले शाऊललाई भनिन्, “मलाई धोखा दिनुभयो! तपाईं नै शाऊल हुनुहुन्छ।”
13 राजाले स्त्रीलाई भने, “नडराऊ। तिमीले के देख्यौ?”
स्त्रीले भनी, “मैले आत्मा भुइँबाट निस्किएको देखे।”
14 शाऊलले सोधे, “को जस्तो देखिन्छ?”
स्त्रीले जवाफ दिइ, “खास किसिमको लबेदा ओढेको एउटा वृद्ध मानिस जस्तो देखिन्छ।”
त्यसपछि शाऊलले थाहा पाए शमूएल नै हो भनेर। शाऊलले भूइँतिर शिर झुकाए उसलाई अभिवादन गरे 15 शमूएलले शाऊललाई भने, “मलाई किन दुःखः दिएको? मलाई किन बोलाएको?”
शाऊलले भने, “म सङ्कटमा छु। पलिश्तीहरू म सँग युद्ध गर्न आउँदैछन्, अब परमेश्वर मसित हुनुहुन्न। परमेश्वरले मलाई केही दिनुहुन्न। न त उहाँले कुनै अगमवक्ता न सपनामा केही भन्नु हुन्छ। यसकारण तपाईंलाई बोलाएको छु मलाई भन्नुहोस् म के गरौं?”
16 शमूएलले भने, “परमप्रभु तिमीसित हुनुहुन्न। उहाँ तिम्रो छिमेकी दाऊदसँग हुनुहुन्छ। यसकारण मलाई किन झन्झट दिएको? 17 परमप्रभुले के गर्नु हुनेछ त्यो भन्न उहाँले मलाई एकपटक आज्ञा गर्नुभयो। अहिले परमप्रभुले त्यही गर्दै हुनुहुन्छ। परमप्रभुले तिम्रो हातबाट राजधानी खोस्दै हुनुहुन्छ। अनि उहाँले तिम्रो छिमेकीको हातमा सुम्पिदिनुहुनेछ। त्यो छिमेकी चाहिं दाऊद हो। 18 तिमीले परमप्रभुको आज्ञा पालन गरेनौ। तिमीले अमालेकीहरूलाई पूर्ण नष्ट गरेनौ तिनीहरूलाई यो कुरा देखाउन कि तिनीहरूसँग परमेश्वर कति क्रोधित हुनुहुन्थ्यो। यसकारण आज परमप्रभुले तिमीलाई यसो गर्नु हुँदैछ। 19 परमप्रभुले पलिश्तीहरूद्वारा तिमीलाई र इस्राएलका सेनालाई आज हराउनु हुन्छ। अनि भोलि, तिमी र तिम्रा छोरा मसित हुनेछौ।”
सबैले गलत गरे
18 परमेश्वरको क्रोध स्वर्गबाट प्रकट भयो। किनकि मानिसहरूले उहाँको विरूद्धमा दुष्ट र नराम्रा कामहरू गरे। तिनीहरूसँग सत्य छ, तर त्यो सत्य उनीहरूका दुष्ट-कार्यले लुकाई दिएको छ। 19 परमेश्वरले आफ्नो क्रोध देखाउनुभयो, किनभने उहाँको बारेमा जान्नुपर्ने प्रत्येक कुरो परमेश्वरले स्पष्टसित देखाइदिनु भएकोछ। हो, उहाँले आफ्नो बारेमा सबै कुराहरू स्पष्ट बताई दिइसक्नु भएकोछ।
20 परमेश्वरको विषयमा धेरै कुराहरू छन् जुन मानिसहरूले देख्न सक्तैनन् उहाँकै अनन्तको शक्ति र अन्य थोकहरू जसले उहाँलाई परमेश्वर भनि चिनाउँछ। तर संसारको शुरूदेखि नै ती सबै चीजहरू बुझ्न मानिसहरूलाई सजिलो छ। ती थोकहरू स्पष्ट छन् जुन परमेश्वरले बनाउनु भएको थियो। यसैले ती सबै मानिसहरू आफूले गरेको खराब कामहरूबाट परमेश्वरदेखि उम्कन पाउँदैनन्।
21 मानिसहरूले परमेश्वरलाई चिने। तर तिनीहरूले उहाँलाई परमेश्वरको रूपमा महिमा गरेनन् र धन्यवाद पनि प्रकट गरेनन्। मानिसहरूका विचारहरू बेकामका भए अनि अन्धकारले तिनीहरूको मुर्ख बुद्धिलाई ढाकी दियो। 22 मानिसहरूले आफूलाई ज्ञानी भनेर ठाने अनि तिनीहरू मूर्ख बने। 23 तिनीहरूले परमेश्वरको महिमा गर्न छोडिदिए जो अनन्त हुनुहुन्छ। तर परमेश्वरको महिमालाई संसारिक वस्तु जस्ता देखिने मूर्ति-पूजासँग साटे। मानिसहरूले परमेश्वरको महिमालाई चरा-चुरूङ्गी, पशुहरू र सर्पहरू जस्ता देखिने बनाइएका मूर्ति-पूजासँग साटे।
24 मानिसहरू पापले भरिएका थिए, तिनीहरू दुष्ट कामहरू गर्न चाहन्थे। यसैले परमेश्वरले तिनीहरूलाई पापपूर्ण जीवनमै जीउन् भनेर छोडिदिनु भयो। त्यसैले तिनीहरूले एका-अर्कामा आफ्ना शरिरहरूको अनादर गर्दै यौन-पापहरू गरे। 25 ती मानिसहरूले परमेश्वरको सत्यलाई झूटमा परिवर्तन गरे। आफैंद्वारा बनाइएका ती थोकहरूलाई पुज्न र सेवा गर्न थाले। तर परमेश्वरले बनाउनु भएको कुराहरूको उनीहरूले न त पूजा गरे न सेवा गरे। परमेश्वरको प्रशंसा सधैँ हुनपर्छ। आमिन।
© 2004, 2010 Bible League International