Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 50

आसापको भजन।

50 परमप्रभु, देवताहरूका पनि परमेश्वर बोल्नु भयो।
    सूर्योदयदेखि र सूर्यस्तसम्म उहाँले सबैलाई पृथ्वीमा बोलाउनु भयो।
सियोनबाट चम्किरहने परमेश्वर परम सुन्दर हुनुहुन्छ।
हाम्रो परमेश्वर आउनु हुँदैछ अनि उहाँ चुपचाप बस्नु हुने छैन।
    उहाँको अघि आगो बल्छ अनि उहाँको वरिपरि ठूलो आँधी छ।
जब हाम्रो परमेश्वरले मानिसहरूको न्याय गर्नु हुन्छ उहाँले पृथ्वी
    र आकाशलाई साक्षीको रूपमा बोलाउनु हुनेछ।
परमेश्वर भन्नुहुन्छ, “मेरा शिष्यहरू मेरो वरिपरि भेला हुन आऊ,
    मेरा भक्तजनहरू र हामी एकाअर्कासित सम्झौता गरौं।”

परमेश्वर न्यायी हुनुहुन्छ
    र आकाशले उहाँको धार्मिकता प्रकट गर्नेछ।

परमेश्वर भन्नुहुन्छ, “हे मेरो भक्तजनहरू, ध्यान दिएर मेरो कुरा सुन!
    इस्राएल का मानिसहरू हो, म तिमीहरूलाई तिमीहरूकै विरूद्धमा साक्षी प्रकट गर्ने छु
    म परमेश्वर हुँ, तिमीहरूकै परमेश्वर।
मैले तिमीहरूले चढाएका बलिहरूका विषय मैले गुनासो गरिरहेको छैन।
    तिमी इस्राएल का मानिसहरूले सधैँ नै होमबलिहरू चढायौं।
    प्रत्येक दिन ती बलिहरू मलाई चढायौं।
म तिम्रो घरबाट साँढेहरू लिने छैन
    म तिमीहरूको गोठहरूबाट बाख्राहरू लिने छैन।
10 मलाई ती पशुहरूको आवश्यकता छैन।
मसँग पहिल्यैबाट जंङ्गलमा पशुहरू छन्।
    हजारौं पर्वतहरूमा त्यस्ता पशुहरू मेरो आफ्नै छन्।
11 उच्च पर्वतहरूमा भएका सबै चरा-चुरूङ्गीहरू म जान्दछु।
    प्रत्येक जल-प्राणी र जति पहाडहरूमा छन् ती सबै मेरै हुन्।
12     म भोको छैन तर यदि म भोको हुँदो हुँ ता पनि म तिमीहरूलाई खाना माग्ने छैन।
    पहिल्यैबाटै यो संसार र यसका प्रत्येक चीजहरू मेरो आफ्नै हुन्।
13 म साँढेहरूको मासु र बाख्राहरूका दूध खान्नँ।”

14 यसैले अरूहरूसँग बाँडचुँड गरे पछिको धन्यवादको अर्पणहरू लिएर मसित हुनलाई आऊ।
    तिमीहरूले उच्चतम् परमेश्वरलाई वचनहरू दिएका छौ, यसैले ती वचनहरू पूरा गर।
15 परमप्रभु भन्नुहुन्छ, “तिमीहरूलाई दुःख परेको बेला मलाई पुकार म सहयोग गर्नेछु।
    अनि त्यसपछि तिमीहरूले मलाई सम्मान गर्न सक्छौ।”

16 परमेश्वरले दुष्ट मानिसहरूलाई भन्नुहुन्छ,
    “तिमीहरूले मेरो नियमहरूको बारेमा कुरा गर्छौ।
    तिमीहरूले मेरो करारको बारेमा कुरा गर्यौ।
17 यसकारण यसलाई किन उपेक्षा गर्छौ जब कि म तिमीहरूलाई सुधार्न खोज्छु?
    किन मैले भनेका कुराहरू अस्वीकार गर्दछौ?
18 तिमीहरूले चोरलाई भेट्छौ र त्यो सित मिल्न दौडन्छौ।
    तिमीहरू व्यभिचारीहरूसँग सुत्छौ।
19 तिमीहरूले अनुचित र झूटो कुराहरू गर्छौ।
20 तिमीहरूले लगातार आफ्ना दाज्यू भाइहरूको विषयमा आलोचना गर्छौ,
    अनि दोष लगाईरहेका छौ।
21 यद्यपि तिमीहरूले त्यस्ता अनुचित कुराहरू गरे पनि म चुपचाप बसें,
    यसैले तिमीहरूले सोच्यौ कि म पनि तिमीहरू जस्तै हुँ।
हेर! धेरै बेर म चुपचाप बस्ने छैन!
    म स्पष्ट गर्न चाहन्छु र तिमीहरूकै सम्मुखमा दोष लाउनेछु।
22 तिमीहरूले परमेश्वरलाई भुलेर गयौ,
    यो मैले तिमीहरूलाई टुक्रा-टुक्रा पार्नु भन्दा अघि नै बुझ्ने चेष्टा गर।
यदि त्यस्तो भयो भने,
    कसैले पनि तिमीहरूलाई बचाउँन सक्ने छैन।
23 यदि कसैले धन्यवाद अर्पण दिन्छ भने, उसले मलाई श्रद्धा देखाउँछ,
    तर त्यो जसले सही जीवन विताउन चाहन्छ म उसलाई मेरो मुक्तिको शक्ति देखाउने छु।”

नहेम्याह 13:1-3

नहेम्याहको अन्तिम आज्ञा

13 त्यसदिन तिनीहरूले मानिसहरूलाई मोशाको पुस्तक बाट पढि दिए अनि तिनीहरूले त्यसमा यो लेखिएका पाए, कि कुनै अम्मोनी वा मोआबीहरू परमेश्वरको उपासना गर्न कहिल्यै जमघटमा पस्नु हुँदैन। किनभने तिनीहरूले इस्राएलीहरूलाई रोटी र पानीद्वारा स्वागत जनाएका थिएनन् र तिनीहरूलाई श्राप दिनलाई तिनीहरूको विरूद्ध बालामलाई ज्यालामा ल्याएका थिए। तर परमेश्वरले श्रापलाई वरदानमा परिणत गरिदिनुभयो। जब तिनीहरूले व्यवस्था सुने तिनीहरू हरेक विदेशीलाई इस्राएलबाट पृथक गरे।

नहेम्याह 13:23-31

23 ती दिनहरूमा मैले अश्दोद, अम्मोन अनि मोआबका स्त्रीहरूलाई विवाह गर्ने यहूदाका केही मानिसहरूलाई देखें। 24 तिनीहरूका आधा केटा-केटीहरूले अश्दोद वा अन्य मानिसका भाषा बोल्दथे अनि तिनीहरूले यहूदाको भाषा कसरी बोल्नु सो जान्दैन थिए। 25 यसकारण मैले तिनीहरूसित बहस गरें अनि मैले तिनीहरूलाई श्राप दिएँ। मैले केही मानिसहरूलाई पीटें अनि तिनीहरूको दाह्री तानी दिएँ। तिनीहरूलाई परमेश्वरको नाउँमा शपथ खान लगाएँ, “तिनीहरूलाई आदेश दिएँ तिनीहरूका छोरीहरूलाई विवाह नगर, नता तिनीहरूको छोरीहरूले तिमीहरू छोरासित विवाह गरोस्, नता यस्तो विदेशीहरूले तिमीहरूको छोरीहरू सित विवाह गरोस्। 26 तिमीहरूलाई थाहा छ, त्यस्तो विवाह गरेर सुलेमान पापमा फँसे। सबै राज्यहरूमा सुलेमान जस्तो ठूलो राजा कोही पनि थिएन। परमेश्वरले सुलेमानलाई माया गर्नुभयो र परमेश्वरले उहाँलाई इस्राएल देशको राजा बनाउँनु भयो तर विदेशी स्त्रीहरूले उहाँलाई परमेश्वरको विरूद्ध पाप गर्न लगाए। 27 अनि आज हामीहरू सुन्दैछौं कि तिमीहरूले त्यस्तै ठूला पापहरू गरिरहेका छौं, तिमीहरूले परमेश्वरमा साँच्चो जीवन जीएका छैनौ। तिमीहरूले विदेशी स्त्रीहरूलाई विवाह गरेका छौ।”

28 यहोयादा एकजाना प्रधान पूजाहारी एल्याशीबका छोरा थिए, उसको छोरा-छोरीले होरोनी सम्बलतको छोरीलाई विवाह गरेको थिए। मैले उसलाई म बाट टाढ खेदि दिएँ।

29 मेरो पिताले त्यस्तो मानिसहरूलाई सजाए दिनुहुन्छ, जसले अशुद्ध बनाउँछन्। तिनीहरूले यसलाई प्रधानताको मुख्य सम्झना रहोस्। तिनीहरूले पूजाहारीहरू र लेवीहरूको आज्ञाका पालन गरेनन्। 30 मैले पूजाहारीहरू र लेवीहरूलाई विदेशीहरूबाट छुट्टाएँ अनि तिनीहरू प्रत्येकलाई विदेशी कुरा देखि शुद्ध पारे तिनीहरूको आफ्नै कामहरू अनि उत्तरदायित्वहरू दिएँ। 31 मैले आज्ञा गरे कि मानिसहरूका काठको उपहारहरू अनि अगैटे फलहरू सही समयामा नै ल्याओस्।

हे मेरो परमेश्वर, मैले यी असल कुराहरू गरेको निम्ति सम्झना गर्नु होस्।

1 कोरिन्थी 5:9-13

मैले आफ्नो पत्रमा तिमीहरूलाई व्यभिचारको सँगतदेखि अलग बस्नु भनेर लेखेको थिएँ। 10 तर यस संसारका पापीहरूको सँगत नगर्नु भन्ने मेरो उपदेशको अर्थ होइन। यस संसारका ती मानिसहरू यौन पाप गर्छन् अथवा स्वार्थी छन् अथवा एकार्कालाई ठग्छन् अथवा मूर्तिहरू पूजा गर्छन्। यदि तिमीहरू तिनीहरूबाट अलग रहने हो भने त तिमीहरूले यो संसार नै त्याग्नु पर्नेछ। 11 म यति नै भन्नलाई यो लेख्दैछु कि कुनै यस्तो मानिसको चाँहि सँगत नर्गनु जो आफूलाई ख्रीष्टमा भाइ हुँ भन्छ तर व्यभिचार गर्छ वा स्वार्थी हुन्छ वा मूर्तीको पूजा गर्छ वा मानसिको निन्दा गर्छ वा मात्छ वा अरूलाई ठग्छ। यस्ता व्यक्तिससँग खाना पनि नखाऊ।

12-13 ती जो मण्डली बाहिरका हुन् तिनीहरूलाई जाँचिरहने मेरो काम होइन। तिनीहरू त परमेश्वर आफैं द्वारा जाँचिने छन्। तर जो मण्डलीका भाग हुन् तिनको जाँच तिमीहरूले गर्नै पर्छ। धर्म शास्त्रमा यस्तो भनिएको छ, “दुष्ट मानिसलाई आफ्नो समूहबाट अलग गर।”(A)

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International