Revised Common Lectionary (Complementary)
प्रमुख संगीतकारलाई: “अलामोत”[a] द्वारा गाउने कोरह परिवारहरूको एउटा भजन।
46 परमेश्वर हाम्रो बलको भण्डार हुनुहुन्छ।
सङ्कटको बेला उहाँबाट हामी सधैँ सहयोग पाउन सक्छौं।
2 यसैकारण भुइँचालो आए ता पनि
पर्वतहरू समुद्रको गर्भमा झरे तापनि हामी डराउँदैनौ।
3 हामी भयग्रस्त छैनौं जब समुद्र आँधीले अन्धकार हुँन्छ
र पर्वतहरू थर्किन्छन्।
4 त्यहाँ एउटा नदी छ जसको धाराले
सर्वोच्च परमेश्वरको पवित्र शहरमा आनन्द ल्याउँछ।
5 परमेश्वर त्यस शहरमा हुनुहुन्छ यसैले यो कहिल्यै नाश हुने छैन।
घाम उदाउनु अघिनै परमेश्वर साथ दिन त्यहाँ हुनुहुन्छ।
6 जब परमप्रभु कराउनु हुनेछ अनि पृथ्वी टुक्रिने छ।
प्रत्येक जाति डरले काम्ने छन् अनि ती साम्राज्यहरू धराशायी हुनेछन्।
7 सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ।
याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ।
8 परमप्रभुले गर्नुभएको ती शक्तिशाली कामहरूलाई हेर।
उहाँले पृथ्वीमा गर्नु भएको डरलाग्दा कार्यहरू हेर।
9 परमप्रभुले पृथ्वीमा कतैपनि युद्धहरू रोक्न सक्नु हुन्छ।
उहाँले सिपाहीहरूका धनु भाँच्न सक्नु हुन्छ,
तिनीहरूका भालाहरू छरपस्ट पारेर तिनीहरूका ढालहरू जलाई दिनुहुन्छ।
10 परमेश्वर भन्नुहुन्छ, “लडाइँ रोक, म नै परमेश्वर हुँ भनेर जान!
म जाति-जातिलाई परास्त गर्नु सक्छु,
म संसारलाई अधीनमा राख्न सक्छु!”
11 सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ।
याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ।
18 यसर्थ परमप्रभुले योशियाहका छोरो,
राजा यहोयाकीमको विषयमा भन्नुहुन्छु,
“यहोयाकीमको लागि यहूदाका मानिसहरू रूने छैनन्,
‘हाय मेरो दाज्यू! हाय मेरी बहिनी!
म यहोयाकीमको लागि अत्यन्तै दु:खीतछु भनी,
तिनीहरू कसैले पनि परस्परमा कुरा गर्ने छैनन्।
यहूदाका मानिसहरू यहोयाकीमको लागि रूने छैनन्।
तिनीहरूले उनको विषयमा भन्ने छैनन्,
‘हाय मेरा मालिक! हाय, मेरा महाराज!
तिम्रो मृत्युमा म अत्यन्तै दु:खी छु।’
19 यरूशलेमका मानिसहरूले यहोयाकीमलाई गधालाई जस्तै दफ्नाउनेछन्।
तिमीहरूले उसको टाउको र शरीर तान्नेछन्,
अनि यरूशलेमको मूल-ढोकाको बाहिर फ्याँक्नेछन्।
20 “यहूदा, लबानोनको पर्वतमाथि जाऊ र जोडले चिच्याऊ।
बाशान क्षेत्रमा जोडले कराऊ।
अबारीमको पर्वतहरूमा चिच्याऊ,
किनभने तिम्रो ‘प्रेमीहरूलाई’ नष्ट पारिनेछ।
21 “हे यहूदा, तिमीले आफैं सुरक्षित विचार गर्यौ।
तर मैले तिमीलाई सावधानी रहन चेताउनी दिएँ।
तर तिमीले भन्यौ, ‘म ध्यान दिँदिन।’
तिमीले त्यही जीवन शैली अप्नायौ,
जुन तिम्रो युवावस्थालमा थियो।
तिम्रो युवावस्थालम देखिनै तिमीले मलाई मान्न अस्वीकार गर्यौ।
22 हे यहूदा! तिम्रा भेंडा़ गोठालाहरूलाई बतासले उडाई लानेछ।
तिम्रा प्रेमीहरू कैदी बनिनेछन्।
तिमीलाई अपमान गरिनेछ र पक्कै पनि तिम्रा दोषपूर्ण कर्महरूले,
तिमीलाई लज्जित पार्नेछ।
23 “हे लबानोनका बासिन्दा
जो देवदारूहरूको माझमा बास गर्छन्,
जब तिमीले व्यथा पाउनेछौ तिमी चिच्याउनेछौ।
प्रसव पीडामा परेकी स्त्री झैं व्यथाले तिमी लडीबुडी गर्नेछौ।”
यहोयाकीन राजाको विरूद्ध न्याय
24 “जस्तो म निश्चित रूपमा बस्छु,” यो परमप्रभुको सन्देश हो, “म यस्तो तिम्रो लागि गर्नेछु। यहोयाकीमको छोरो यहूदाको राजा, यहोयाकीन यदि तिमी मेरो दाहिने हातको छाप-औठी हुँदो हौ त म तिमीहरूलाई थुतेर फ्याँक्ने थिएँ। 25 यहोयाकीन, म तिमीलाई बाबेलका राजा नबूकदनेस्सरलाई र बाबेलवासीहरूलाई सुम्पिनेछु। यी ती मानिसहरू नै हुन जसले तिम्रो प्राण खोजिरहेकाछन् र जोसित तिमी भयभित छौ। 26 म तिमी र तिम्रो आमालाई अर्को देशमा फ्याँकिदिने छु जहाँ तिमीहरू दुवै जन्मेका थिएनौ। तिमी र तिम्रो आमा त्यो देशमा मर्नेछौ। 27 तिनीहरू आफ्नो भूमिमा फर्किने इच्छा गर्छन् तर तिनीहरूलाई अनुमति दिइनेछैन।”
28 के कोन्याह[a] कसैको आफलको फुटेको भाँडा जस्तो हो?
जसलाई कसैले मन पराउँदैन।
किन यहोयाकीन र उसको नानीहरू फ्याँकिए?
किन तिनीहरू नजानेको देशमा फ्याँकिए?
29 ए देश, ए देश!
परमप्रभुको सन्देश ध्यान दिएर सुन्।
30 परमेश्वर भन्नुहुन्छ, “यहोयाकीनको बारेमा लेख,
‘ऊ एकजना मानिस हो जसको कुनै नानीहरू छैन।
यहोयाकीन आफ्नो जीवन कालमा सफल हुनेछैन।
अनि उसको एउटै पनि सन्तान दाऊदको सिंहासनमा बस्ने छैन।
कुनै पनि उसको सन्तानले यहूदामा शासन गर्ने छैन्।’”
परमेश्वरको राज्यमा को पस्न पाउने छ?
(मत्ती 19:13-15; मर्कूस 10:13-16)
15 कोही मानिसहरूले आ-आफ्ना बालकहरू येशूकहाँ ल्याँउदै थिए ताकि येशूले तिनीहरूलाई छोएर आशीर्वाद दिनुभएको होस्। तर चेलाहरूले जब देखे, तिनीहरूले मानिसहरूलाई हकारे। 16 तर येशूले ती ससाना बालहरूलाई बोलाउनु भयो अनि चेलाहरूलाई भन्नुभयो, “ती स साना बालकहरूलाई मकहाँ आउन देऊ। तिनीहरूलाई नरोक। किनभने परमेश्वरको राज्य यी बालकहरू जस्तै मानिसहरूको हो। 17 म तिमीहरूलाई साँच्चो भन्दछु तिमीहरूले ससाना बालकले केही थोक ग्रहण गरे जस्तै परमेश्वरको राज्यलाई पनि ग्रहण गर्नु पर्छ। नत्र तिमीहरू कहिल्यै स्वर्गको राज्यमा प्रवेश गर्ने छैनौ!”
© 2004, 2010 Bible League International