Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 138

दाऊदको भजन।

138 हे परमेश्वर, म सम्पूर्ण हृदयबाट तपाईंको प्रशंसा गर्छु।
    सारा देवहरूको सम्मुख म तपाईंका गीतहरू गाउनेछु।
हे परमेश्वर, तपाईंको पवित्र मन्दिर तर्फ म शिर झुकाउँछु।
    म तपाईंको नाउँको प्रशंसा गर्छु,
    तपाईंको स्नेहपूर्ण करूणा र विश्वासको प्रशंसा गर्छु।
तपाईं आफ्नो वचनको शक्तिमा प्रख्यात हुनुहुन्छ।
    अहिले, तपाईंले यसलाई अझ महान् बनाउनुभयो।
हे परमेश्वर, मैले तपाईंलाई सहयोगको निम्ति गुहारें।
    अनि तपाईंले मलाई जवाफ दिनुभयो, मलाई बल दिनुभयो।

हे परमप्रभु, तपाईंले भन्नु भएका कुराहरू सुने पछि
    पृथ्वीका जम्मै राजाहरूले तपाईंको प्रशंसा गर्नेछन्।
तिनीहरूले परमप्रभुको मार्गको गुण-गान गर्ने छन्,
    किनभने परमप्रभुको महिमा महान् छ।
परमेश्वर अत्यन्तै महत्वपूर्ण हुनुहुन्छ,
    तर पनि उहाँले नम्र मानिसहरूको हेरचाह गर्नुहुन्छ।
परमेश्वर ती अंहकारी मानिसहरूले के गर्दछन् भन्ने कुरा जान्नुहुन्छ,
    तर उहाँ त्यस्ता मानिसहरूबाट टाढा नै रहनु हुन्छ।
परमेश्वर, यदि म सङ्कटमा परे भने मलाई जिउँदै राख्नुहोला।
    यदि मेरो शत्रुहरू ममाथि क्रोधित भए तिनीहरूबाट मलाई बचाउनुँ होस्।
परमप्रभु, मलाई ती कुराहरू दिनुहोस् जुन तपाईंले वचन दिनु भएको थियो।
    परमप्रभु, तपाईंको स्नेहपूर्ण करूणा अनन्त रहनेछ।
    परमप्रभु, तपाईंले हामीलाई रच्नु भयो, यसैले हामीलाई नत्याग्नु होस्!

एस्तर 4

मोर्दकैले एस्तरलाई सहायता गर्न राजी भए

मोर्दकैले त्यहाँ भएका सबै घटनाहरू थाहा पाए। यसर्थ मोर्दकैले आफ्ना वस्त्रहरू च्याते अनि भाङ्गारा लगाएर आफैं माथि खरानी छर्किए। त्यस पछि तिनी शहरको बीचमा गए अनि कष्टमा जोडले रोए। तब तिनी राजा द्वाराको अघि गए तर उनी भित्र गएनन् किनभने भाङ्गारा लगाएर कोही पनि राजाको द्वाराभित्र जानु हुँदैन थियो। अनि हरेक प्रान्तमा जब राजाको आदेश पुग्यो, त्यहाँका यहूदीहरू बीचमा अफसोस, रूबावासी र विलाप भयो। तिनीहरू धेरैजनाले शोक वस्त्र लगाए अनि शिरमाथि खरानी छर्किए।

दासीहरू अनि नपुंशक जसले एस्तरको सेवा गर्थे तिनी कहाँ गए अनि मोर्दकैलाई के भहिरहेछ तिनलाई भने तब रानी व्याकुल भइन्। अनि तिनले मोर्दकैलाई वस्त्रहरू पठाइन् उनले बोराको वस्त्र हटाउन चाहिन। तर तिनले वस्त्रहरू स्वीकार गरेनन्। तब एस्तरलले राज-नपुंसक हताकलाई बोलाइन्, जसलाई राजाले तिनको सेवामा नियुक्त गरेका थिए, अनि एस्तरले उसलाई मोर्दकै कहाँ के हुँदैछ भनि बुझ्नेको निम्ति पठाईन्। अनि हताक मोर्दकै कहाँ गए शहर चोकमा जो राजाको द्वारअघि थियो। मोर्दकैले घटेका सबै घटनाहरू उसलाई भने अनि तिनको को बारेमा जो यहूदाहरूको संसकार को निम्ति राज-कोषबाट दिइने छ भनि हामानलेभनेको कुरापनि भने। शूशनमा तिनीहरूको संस्कार गर्नु भनि जाहेर गरेको व्यवस्था लेखिएको एक प्रतिलिपि एस्तरलाई देखाइदिनु अनि राजा कहाँ जानु र राजाको कृपा प्राप्त गर्नू अनि आफ्ना मानिसहरूका निम्ति तिनी सित निवेदन गर्नुभनि निर्देशन दिए।

यसर्थ हताक गए अनि मोर्दकैले भनेका कुरा उसले एस्तरलाई सुनाए।

10 तब एस्तर ले हताकलाई तिमीले मोर्दकैलाई यसो भन्नु भनी निर्देश गरिन्, 11 “राजाका सबै सेवकहरू र राज-प्रान्तका मानिसहरूले यो जानुन कि कुनै पनि पुरूष वा स्त्री राजाले नबोलाई राजाको आँगनमा भित्र जान्छ त्यसको एउटै नियम छ ‘मृत्यु’। अनुमति लिएर प्रवेश गर्ने मात्र बाँच्छ जसलाई राजाले आफ्ना सुनौला राज दण्ड फैलाउँछन्। अनि मलाई गएको तीस दिन देखि राजा कहाँ जानलाई बोलाइएको छैन।”

12-13 जब तिनीहरूले मोर्दकैलाई एस्तरले भनेका कुरा सुनाए। तब मोर्दकैले यो जवाफ एस्तरलाई पठाए, “तिमी स्वयंले यो राजाको दरवारमा बस्छु भनेर नसोच, सबै यहूदीहरू मध्ये तिमी उम्कने छ्यौ भनेर नसोच। 14 तर यदि यसवेलामा तिमी चुपलागेर बस्यौ भने यहूदीहरूले कहीं न कहीं बाट छुटकारा पाउनेछन्। तर तिमी र तिम्रा पिताका घर[a] नष्ट हुनेछन्। अनि कसले जान्दछ शायद यस्तो समयमा तिमीलाई राज्यको उच्च पद दिइएको छ?”

15-16 तब एस्तरले मोर्दकैलाई भनी पठाइन् “जाऊ, शूशनमा भेट्टिएजति सबै यहूदीहरू भेला गर अनि मेरो निम्ति उपवास बस। तिमीहरूले तीन दिन तीन रात सम्म कुनै कुरा खानु वा पिउनु हुँदैन। अनि म र मेरा सेविकाहरूले पनि यसरी नै उपवास बस्नेछौं। तब यो नियमको विरूद्धमा भए म राजा भएकहाँ जानेछु। मलाई मार्छन् भनें मर्नेछु।”

17 यसर्थ मोर्दकै आफ्नो बाटो लागे अनि एस्तरले तिनलाई निर्देश दिएका सबै कुरा गरे।

लूका 8:22-25

चेलाहरू येशूको शक्ति हेर्दछन्

(मत्ती 8:23-27; मर्कूस 4:35-41)

22 एक दिन येशू अनि चेलाहरू एउटा डुङ्गामा चढे। उहाँले तिनीहरूलाई भन्नुभयो, “आऊ मसित झीलको अर्को पट्टि जाऔं।” अनि तिनीहरू हिँड्न थाले। 23 जब तिनीहरूले डुङ्गा खियाए, येशू निदाउनुभयो। झीलमा एउटा ठूलो आँधी चल्यो। डुङ्गामा पानी भरिन थाल्यो औ तिनीहरू खतरामा पर्न गए। 24 चेलाहरू येशूकहाँ गए अनि उहाँलाई व्यूँझाए। तिनीहरूले भने, “गुरूज्यू! गुरुज्यू! हामी डुब्न लाग्यौं।”

येशू उठ्नु भयो। उहाँले आँधी र छालहरूलाई हकार्नु भयो। आँधी थामियो, अनि झील शान्त बन्यो। 25 उहाँले चेलाहरूलाई भन्नुभयो, “तिमीहरूको विश्वास कहाँ छ?”

चेलाहरू डराए अनि चकित भए। तिनहरू आपसमा कुरा गर्न लागे, “उहाँ कस्ता मानिस हुनुहुन्छ? उहाँ आँधी र छाललाई आज्ञा दिनु हुन्छ अनि तिनीहरू पनि उनको आज्ञा पालन गर्छन्।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International