Revised Common Lectionary (Complementary)
प्रमुख संगीतकारलाई: प्रशंसाको गीत।
66 पृथ्वीमा भएका प्रत्येकले चिजले, परमेश्वर प्रति आनन्द सहित चिच्याउँछ।
2 उहाँको नाउँको महिमाको प्रशंसा गर!
स्तुति-गानहरूले उहाँको सम्मान गर!
3 उहाँको कार्यहरू कति अद्भूतपूर्ण छन् भन!
परमेश्वर तपाईंको शक्ति महान् छ।
तपाईंका शत्रुहरू झुक्छन्।
तिनीहरू तपाईंसँग डराउँदछन्।
4 सारा पृथ्वीले तपाईंको उपासना गरून,
प्रत्येकले तपाईंको नाउँको स्तुति-गान गरून्।
5 परमेश्वरले गर्नु भएको कामहरू हेर!
ती कुराहरूले हामीलाई छक्क पार्छ।
6 परमेश्वरले सुक्खा धर्तीमा समुद्र बनाउनु भयो।
उहाँका सुखी भक्तजनहरूले हिंडेर नदी पार गरे।
प्रत्येकले तपाईंको नाउँको स्तुति-गान गरून्।
7 परमेश्वरले आफ्ना महान् शक्तिद्वारा संसार चलाउनु हुन्छ,
उहाँले मानिसहरूलाई चारैतिर विचार्नु हुन्छ।
कोही पनि उहाँको विरूद्धमा जान सक्तैनन्।
8 हे जातिहरू हो! हाम्रा परमेश्वरको गुण-गान गर।
ठूलो स्वरले उहाँको गुण-गान गर।
9 मानिसहरूलाई जीवन दिनु भयो।
अनि हाम्रो रक्षा उहाले गर्नुभयो।
मनश्शे यहूदामा कुशासन शुरू गर्छन्
21 मनश्शे बाह्र बर्षका थिए जब उनले शासन शुरू गरे। उनले यरूशलेममा 55 बर्ष शासन गरे। उनको आमाको नाउँ हेप्सीबा थियो।
2 मनश्शेले ती कामहरू गरे जसलाई परमप्रभुले नराम्रो भन्नुभएको थियो। मनश्शेले अरू मानिसहरूले गरे जस्तै डरलाग्दा कामहरू गरे। (अनि परमप्रभुले ती राष्ट्रहरूलाई आफ्ना देश छोड्नु वाध्य गराउनुभयो जब इस्राएलीहरू आए।) 3 मनश्शेले अग्लाठाउँहरू फेरि बनाए जसलाई उनका पिताले भत्काएका थिए। मनश्शेले बालका लागि वेदीहरू पनि बनाए अनि अशेरा खाँबो निर्माण गरे जसरी इस्राएलका राजाले गरेका थिए। मनश्शेले आकाशका ताराहरूको पूजा गरे अनि सेवा गरे। 4 मनश्शेले परमप्रभुको मन्दिरमा असत्य देवताहरूको पूजा गर्न वेदीहरू बनाए। (यो त्यही ठाउँ हो जसको बारेमा परमप्रभु बोल्नु हुन्थ्यो जब उहाँले भन्नुभयो, “म मेरो नाउँ यरूशलेममा राख्नेछु।”) 5 मनश्शेले परमप्रभुको मन्दिरको दुइवटा आँगनमा अकाशका ताराहरूका लागि वेदीहरू बनाए। 6 मनश्शेले आफ्नो छोराको बलि दिए अनि यसलाई वेदीमाथि जलाए। मनश्शेले भविष्य जान्नकालागि धेरै तरीकाहरू प्रयोग गरे। उनले भूत-प्रेत र पिशाचहरूसँग समर्पक राख्ने मानिसहरू अनि तंत्र-मंत्रगर्नेहरूलाई भेटे।
मनश्शेले ति कामहरू बढिभन्दा बढी गरे जसलाई परमप्रभुले नराम्रो भन्नुभएको थियो। यसले परमप्रभुलाई रीस उठायो। 7 मनश्शेले अश्तारोत देवीको मूर्ति बनाए। उनले मूर्तिलाई मन्दिरमा स्थापित गरे। परमप्रभुले दाऊद दाऊदका छोरा सुलेमानलाई यस मन्दिरको विषयमा भन्नुभएको थियो, “इस्राएलका सबै शहरहरूमध्ये मैले यरूशलेमलाई चुनेको थिएँ। म यरूशलेमको मन्दिरमा आफ्नो नाउँ सदाका लागि राख्नेछु। 8 म इस्राएलका मानिसहरूलाई कहिल्यै पनि भूमि छोड्न वाध्य गराउने छैन जुन मैले उनका पिता-पुर्खाहरूलाई दिएको थिएँ। म मानिसहरूलाई तिनीहरूको आफ्नो देशमा बस्न दिनेछु यदि तिनीहरू मैले दिएको आदेशहरू पालन गर्छन् र मेरो सेवक मोशाले दिएको शिक्षा पालन गर्छन्।” 9 तर मानिसहरूले परमेश्वरको कुरा सुनेनन्। मनश्शेले इस्राएली आउन अघि कनानमा बस्ने सबै राष्ट्रहरूले गरेको भन्दा बढी दुष्कर्म गरे। अनि परमप्रभुले ती राष्ट्रहरूलाई खत्तम पार्नुभयो जब इस्राएलका मानिसहरू त्यो भूमिमा आए।
10 परमप्रभुले यी कुराहरू भन्नको लागि आफ्ना सेवक अगमवक्ताहरूलाई प्रयोग गर्नुभयोः 11 “यहूदाका राजा मनश्शेले उनी अघिका एमोरीहरूले भन्दा बढी घृणित र दुष्कर्म गरे। मनश्शेले देवी देवताका मूर्तिहरूले गर्दा यहूदालाई पनि पाप गर्न लगाए। 12 यसर्थ इस्राएलका परमप्रभु भन्नुहुन्छ सुन, ‘म यरूशलेम र यहूदामा धेरै सङ्कट ल्याउनेछु जसले यस विषयमा सुन्नेहरू छक्क पर्नेछ। 13 म सामरियाको नाप्ने सीमा रेखा र आहाबको परिवारलाई नाप्ने साहुल यरूशलेमसम्म फिजाउनेछु। एउटा मानिसले थाल माझ्छ र यसलाई घोप्टाउँछ। त्यतै म यरूशलेमलाई गरिदिनेछु। 14 तर म मेरो बाँकी मनिसहरूलाई छोड्नेछु। म तिनीहरूलाई तिनीहरूका शत्रुद्वारा पराजित गराउँने छु। तिनीहरूका शत्रुहरूले तिनीहरूलाई बन्दी बनाउनेछन्। तिनीहरू सैनिकहरूले युद्धको बेलामा पाउने बहुमूल्य चीजहरू जस्तै हुनेछन्। 15 म यस्तो गर्नेछु किनभने मेरा मानिसहरूले मैले गल्ती हो भनेको काम गरे। तिनीहरूले मलाई रीस उठाउने काम मिश्रबाट तिनीहरूका पिता-पुर्खाहरू निस्केको दिनदेखि गरेका छन्।
मानसिका द्वन्द्व
14 हामी जान्दछौ कि व्यवस्था आत्मिक हो। तर म आत्मिक छैन। पापले ममाथि शासन गर्छ, मानौं म त्यसको दास हुँ। 15 म केही जाँन्दिन म के गरिरहेछु। किनकि म केही जान्दिँन म के गर्न चाहन्छु। यसको सट्टामा म त्यही गर्छु जुन कुरो म गर्न घृणा गर्छु। 16 यदि मैले नचाहेको काम गरे भने म व्यवस्था राम्रो छ भनेर मान्छु। 17 तर म एकमात्र होइन जसले यस्तो खराब काम गरिरहेछ। पाप जुन मभित्र बसेकोछु, त्यसैले यस्तो कामहरू गर्दैछ। 18 हो, म जान्दछु कि राम्रो भन्ने केही कुरो ममा छैन, म असल कुरा गर्न चाहन्छु तर गर्न असमर्थ छु। 19 आफूले चाहेको असल कुरा पनि म गर्दिनँ। त्यसको बदली गर्न नचाहेको नराम्रो कुरा चाहिं म गर्छु। 20 यदि आफूले नचाहेको कुरो म गर्छु भने ती कुराहरू गर्ने म होइन। मभित्र रहेको पापले नै ती सब गर्दछ।
21 त्यसैले मैले आफैंमा एउटा विधान भेटें जब म असल गर्न चाहन्छु मभित्र सधैँ दुष्ट रहन्छ। 22 भित्रीरूपले म परमेश्वरको व्यवस्थासँग खुशी छु। 23 तर म मेरो शरीरमा अर्कै व्यवस्थाले काम गरिरहेको पाउँछु। त्यो विधान मभित्रको विधानसित झगडा़ गरिरहेछ। त्यो अर्को विधान पापको विधान हो अनि त्यसले मलाई कैदी बनाउँछ। 24 म कति दयनीय छु! मृत्यु ल्याउने यस कुराबाट मलाई कसले बचाउँछ? 25 परमेश्वरले मलाई बचाउनु हुनेछ! म उहाँलाई हाम्रो प्रभु येशू ख्रीष्ट मार्फत धन्यवाद चढाउँदछु!
यसकारण अब म मानसिक रूपले परमेश्वरको व्यवस्थाको दास हुँ। तर मेरो पापपूर्ण स्वभावमा म पापको विधानको दास छु।
© 2004, 2010 Bible League International