Revised Common Lectionary (Complementary)
मेम्
97 हे परमप्रभु! म तपाईंका व्यवस्थालाई माया गर्छु।
म त्यसको विषयमा सदाकाल भन्ने गर्छु।
98 हे परमप्रभु, तपाईंको आज्ञाहरूले मलाई मेरो शत्रुहरूभन्दा बढता ज्ञानी बनाउँदछ।
तपाईंको नियमहरू मसँग सदैव रहन्छ।
99 म आफ्ना शिक्षकहरू भन्दा पनि ज्ञानी छु,
किनभने म तपाईंको करार-वचनको अध्ययन गर्दछु।
100 मेरो समझदार नेताहरूले भन्दा मैले बढ्ता बुझेको छु
किनभने म तपाईंको आज्ञाहरू राख्दछु।
101 मेरो प्रत्येक पाठशालाहरू
बेठीक मार्गहरूबाट अलग्ग राखी दिनु भयो।
102 यसैले तपाईं मेरो गुरू हुनुहुन्छ
यसैले तपाईंको नियमहरू पालन गर्न देखि म रोकिने छैन।
103 तपाईंका वचनहरू मेरो मुखमा
मह भन्दा पनि मीठा छन्।
104 तपाईंका शिक्षाहरूले मलाई ज्ञानी बनाउँदछ,
यसैले म झूटा शिक्षाहरूलाई घृणा गर्दछु।
परमेश्वरको आराधना गर्ने स्थान
12 “आफ्नो नयाँ भूमिमा तिमीहरूले पालन गर्नु पर्ने विघि-विधानहरू यिनीहरू नै हुन्। त्यस भूमिमा तिमीहरू जतिन्जेलसम्म बाँच्छौ तिमीहरूले यी विधि-विधानहरू अत्यन्तै सावधानीसँग पालन गर्नु पर्छ। परमप्रभुले तिमीहरूलाई यो भूमि दिनु हुँदैछ र परमप्रभु तिमीहरूको पिता-पुर्खाहरूका परमेश्वर हुनुहुन्छ। 2 अहिले त्यस भूमिमा बसिरहेका मानिसहरूबाट तिमीहरूले भूमि लिनेछौ। तिमीहरूले ती मानिसहरूले पूजा गर्ने जग्गाहरू सम्पूर्ण रूपले ध्वंश पार्नु पर्छ। यी जग्गाहरू अग्ला-अग्ला पर्वतहरू, डाँडाहरूमा र हरियो रूखहरू मुनि छन्। 3 तिनीहरूका वेदीहरू फुटाइदिनु, अनि तिनीहरूका पवित्र ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिनु र तिनीहरूका अशेरा देवताहरूका मूर्तिहरू ध्वंश पारिदिनु जसले गर्दा तिनीहरूको झूटा देव-देवताहरूका नाउँनिशान केही त्यस ठाउँमा नरहोस्।
4 “तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आराधना त्यस ढंगमा गर्नु हुँदैन जसरी ती मानिसहरूले आफ्ना देवताहरूको पूजा गर्छन्। 5 तिमीहरूका कुलमा परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो जुन ठाउँमा विशेष बास गर्न चाहनुहुन्छ त्यही ठाउँ तिमीहरूले आफ्नो आराधना गर्ने ठाउँ बनाउनु पर्छ। 6 त्यही ठाउँमा होमबलि, बलिदान दशांश अन्न तथा पशु उपहार, विशेष उपहार, भाकल राखिएको उपहार अथवा तिमीहरूले परमप्रभुलाई चढाउन इच्छा गरेको कुनै विशेष उपहार तथा आफ्नो घरमा पहिले जन्मिएको पशु सब चढाउन त्यही ठाउँमा पुर्याउनु पर्छ। 7 परमप्रभु तिमीहरूका परमेश्वरको सामुन्ने तिमीहरूले खानेछौ र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यही आशीर्वाद दिनु हुनेछ, अनि तिमीहरूले आफूले सबै काममा आनन्द भोग गर्नेछौ।
8 “अहिलेसम्म हामी आफ्नो इच्छा अनुसारले आराधना गरिरहेका छौं तर अब उसो त्यसरी आराधना नगरौं। 9 किनभने अहिलेसम्म तिमीहरू विश्रामस्थान अनि उत्तराधिकारका ठाउँमा पसेका छैनौ जो परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिंदै हुनुहुन्छ। 10 तर तिमीहरू यर्दन नदी पार गर्छौ अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिन लाग्नु भएको भूमिमा अधिकार गरे र बस्नेछौ। तब परमप्रभुले तिमीहरूलाई सुरक्षित राख्नु सबैतिरका शत्रुहरूबाट सुरक्षा दिनुहुनेछ। 11 तब परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो नाउँ राख्न जुन एउटा ठाउँ चुन्नु हुन्छ त्यहीं मैले दिएको आज्ञा अनुसार होमबलि, बलिदानहरू, तिमीहरूको अन्न तथा पशुको दशांश, विशेष बलि तथा परमप्रभुलाई चढाउन भाकल गरेको असल असल चीजहरू त्यहाँ ल्याउनु पर्छ। 12 तिमीहरू, तिमीहरूका आफन्तहरू, बाल-बच्चाहरू, कमारा-कमारीहरू र शहरमा बासो-बास गर्ने लेवी कुलका मानिसहरूलाई त्यही स्थानमा ल्याऊ (ती लेवीहरूको निम्ति त्यो भूमिमा कुनै आफ्नो अंश हँदैन) त्यहाँ परमप्रभु तिमीहरूका परमेश्वरसँग आनन्द मनाऊ।
41 यहूदीहरूले येशूको विषयमा गुनासो प्रकट गर्न शुरू गरे। येशूले भन्नु भएको थियो, “म नै रोटी हुँ जुन स्वर्गाबाट तल आएकोछ।” 42 यहूदीहरूले भने, “यो येशू हो। हामी उहाँका बाबु-आमा चिन्दछौ। ऊ यूसुफको छोरो हो। उसले कसरी भन्न सक्छ, ‘म स्वर्गबाट ओर्लि आएको हुँ?’”
43 तर येशूले भन्नु भयो, “एक-अर्कामा गनगनाउन बन्द गर। 44 पिता एक हुनुहुन्छ जसले मलाई पठाउनु भयो अनि मानिसहरूलाई मेरो समक्ष ल्याइदिनु हुन्छ। तिनीहरूलाई म अन्त्यको दिनमा जीवित पार्नेछु। कोही पनि आफ्नो मर्जीले आउन सक्तैन। केवल पिताले मात्र मकहाँ ल्याइदिनु सक्नुहुन्छ। 45 अगमवक्ताहरूले लेखेः ‘परमेश्वरले सबैलाई सिकाउनु हुनेछन्।’ मानिसहरू जसले पितालाई सुन्नेछन्। अनि उहाँबाटै सिक्ने छन् मकहाँ आउनेछन्। 46 मैले यो भन्न खोजेको होइन कि पितालाई कसैले देखेकाछन्। तिनी मात्र एक हुन् जो पिताबाट आएकाछन्। जसले पितालाई देखेकाछन्।
47 “म तिमीहरूलाई साँच्चो भन्दछु, जसले विश्वास गर्छ त्यससित अनन्त जीवन हुनेछ। 48 म रोटी हुँ जसले जीवन प्रदान गर्दछ। 49 तिमीहरूका पुर्खाहरूले मरूभमूमिमा मन्ना खाए तरै पनि अन्य मानिसहरू जस्तै तिनीहरू मरे। 50 म त्यो रोटी हुँ जो स्वर्गबाट आयो। यदि कुनै मानिसले यो रोटी खाँदछ भने उ कहिल्यै मर्दैन। 51 म जिउँदो रोटी हुँ जो स्वर्गबाट आएको हो। जो मानिसले त्यो रोटी खाँदछ ऊ अनन्त सम्म बाँच्दछ। यो रोटी मेरो शरीर हो। म दिनेछु ताकि संसारका मानिसहरूले जीवन पाउनेछन्।”
© 2004, 2010 Bible League International