Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 25:11-20

11 हे परमप्रभु, मैले धेरै गल्तीहरू गरेको छु।
    तर, तपाईंको अनुग्रह देखाउनु होस्, मैले जे जति अधर्म कामहरू गरें त्यासलाई क्षमा गरिदिनु होस्।

12 यदि कुनै मानिसले परमप्रभुको भक्त हुन खोज्दछ,
    तब उहाँले त्यस मानिसलाई बाँच्ने उत्तम बाटो देखाउनु हुनेछ।
13 त्यस मानिसले असल चीजहरूमा तृप्ति पाउनेछ,
    अनि परमेश्वरले प्रतिज्ञा गर्नु भएको जमीन उसका छोरा-छोरीहरूले पाउनेछन्।
14 परमप्रभुले आफ्ना गुप्त कुराहरू आफ्ना भक्तजनहरूलाई भन्नुहुन्छ।
    उहाँले आफ्नो करारहरू तिनीहरूलाई सिकाउनु हुन्छ।
15 म परमप्रभुको सहयोग पाउन उहाँलाई पर्खिरहेको छु।
    उहाँ सधैँ मेरो सङ्कटहरूबाट मलाई मुक्ति गर्नुहुन्छ।

16 हे परमप्रभु, म पीडित र एक्लो छु,
    मपट्टि फर्केर ममाथि कृपा दर्शाउनु होस्।
17 मेरा सङ्कटहरूबाट मलाई मुक्ति दिनुहोस्।
    मेरो समस्याहरू समाधान गर्न साथ दिनुहोस्।
18 हे परमप्रभु, मेरा परीक्षाहरू र सङ्कटहरूमा दृष्टि राख्नुहोस्
    र मैले गरेका सबै पापहरू क्षमा गर्नुहोस्।
19 मसँग भएका मेरा शत्रुहरूमा नजर परोस्।
    तिनीहरूले मलाई हेला गर्छन् र कष्ट दिन्छन्।
20 हे परमप्रभु मेरो सुरक्षा गर्नुहोस् अनि बचाउँनुहोस्।
    म तपाईंमाथि भरोसा गर्छु यसर्थ मलाई निराश नपार्नुहोस्।

हितोपदेश 19:1-17

19 कुटिलता पूर्ण शब्द प्रयोग गर्ने मूर्ख भन्दा निष्कलंक गरीब असल हो।

बिनाज्ञान उत्साहीत हुनु राम्रो होइन। यदि तिमी धेरै हतार गर्छौ भने विराउने छौ।

मानिसले आफ्नै भूलले आफ्नो जीवन नष्ट पार्छ, तर त्यसको दोष परमप्रभुलाई लगाउँछ।

धनले धेरै मित्रहरू बनाउँछ, तर गरीबलाई आफ्नै मित्रले पनि त्यागि दिन्छ।

झूटो गवाहीले सजाय पाउँछ नै अनि जुन मानिस झूटो बोलिरहन्छ त्यो बाँच्नु सक्तैन।

धेरै मानिसहरूले शासकको निगाह खोज्छन् अनि प्रत्येकले उद्धार मानिसको साथी बन्न चाहन्छ अनि असल मानिसको मित्र हुन चाहन्छ।

गरीब मानिस सित आफन्तहरू पनि टक्‌टकिन्छन्। साथी भाइहरू पनि त्यस गरीब मानिस देखि पर-पर बस्न चाहन्छन्। उसले जति नै बिन्ति गरोस् कसैले सहायता गर्दैन।

बुद्धि प्राप्त गर्नेले आफ्नै जीवनलाई माया गर्छ। जसले आफ्नो समझ शक्ति बढाउँछ ऊ सधैँ उन्नति गरिरहन्छ।

एकजना झूटो गवाही दिनेलाई दण्ड दिइने छ। जसले झूटो बोल्छ त्यो ध्वंश हुनेछ।

10 मूर्ख धनी हुनुहुँदैन यस्तै प्रकार एकजना नोकरले राजकुमार माथि शासन गर्नु हुँदैन।

11 ज्ञानी मानिस रिसाउनमा ढिलो हुन्छ, अनि गल्ती गर्नेलाई क्षमा दिनु उसको यशको लागि राम्रो हुन्छ।

12 राजाको क्रोध सिंहको गर्जन जस्तो हो, अनि उसको निगाह घाँसमा परेको शीतको थोपा जस्तो हो।

13 मूर्ख छोरो बाबुको लागि विनाशको बाढी हो, अनि झगडा़लु पत्नी तप-तप पानी चुहुने घर जस्तै हो।

14 धन सम्पत्ति तथा घर आफ्नो आमा-बाबुबाट पाइन्छ, तर विवेकशील पत्नी चाहिँ परमप्रभुबाट आउँछे।

15 अल्छीपनले गहिरो निद्रा लगाँउछ, अनि अल्छी मानिस भोक भोकै रहन्छ।

16 जसले कानून मानेर चल्छ उसको जीवन सुरक्षित हुन्छ, तर जसले आफूले के गर्यो त्यसको विषयमा वास्ता गर्दैन भने त्यो मर्नेछ।

17 गरीब माथि दया गर्नु परमप्रभुलाई सापट दिनु हो। अनि परमप्रभुले उसलाई र्फिता दिनु हुनेछ।

1 यूहन्ना 3:11-17

हामीले एक अर्कामा प्रेम गर्नुपर्छ

11 यो त्यो शिक्षा हो जो तिमीहरूले शुरुदेखि नै सुन्दै आएका छौ। हामीले एक-अर्कालाई प्रेम गर्नु पर्छ। 12 कयिन[a] जस्तो नबन, जो शैतानको थियो। कयिनले आफ्नो भाइ हाबिललाई मार्यो। तर कयिनले आफ्नो भाइलाई किन मार्यो? किनभने उनले गरेका कुराहरू गलत थियो अनि तिनका भाइले गरेका कुराहरू असल थियो।

13 भाइ अनि बहिनीहरू, जब यस संसारका मानिसहरूले तिमीहरूलाई घृणा गर्छन्, आश्चर्यचकित नबन। 14 हामी जान्दछौ कि हामीले मृत्युलाई नाघेर जीवनमा आएका छौं। हामी यो जान्दछौं किनभने हामी ख्रीष्टमा भएका हाम्रा भाइ अनि बहिनीहरूलाई प्रेम गर्छौ। मानिस जसले प्रेम गर्दैन ऊ अझ मृत्युमा छ। 15 हरेक मानिस जसले आफ्ना भाइलाई घृणा गर्छ ऊ हत्यारा हो। अनि तिमी जान्दछौ कि कुनै पनि हत्याराको उसमा अनन्त जीवन हुँदैन।

16 साँच्चो प्रेम के हो त्यो यसरी हामी जान्दछौ येशूले हाम्रा निम्ति आफ्ना जीवन अर्पण गरे। यसर्थ हामीले हाम्रो जीवन ख्रीष्टमा भएका हाम्रा भाइ-बहिनीहरूका निम्ति अर्पण गर्नुपर्छ। 17 कसैसित संसारको धन-सम्पत्ति छ र पनि आफ्ना दाज्यू-भाइलाई खाँचोमा परेको देख्दा उनिहरूप्रति आफ्नो मन कठोर पार्छ भने परमेश्वरको प्रेमले कसरी त्यसमा वास गर्छ?

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International