Revised Common Lectionary (Complementary)
15 परमप्रभुले असल र राम्रो मानिसहरूको रक्षा गर्नुहुन्छ।
उहाँले तिनीहरूको प्रार्थना सुन्नुहुन्छ।
16 तर परमप्रभु ती मानिसहरूका विरूद्ध हुनुहुन्छ जसले नरम्रा कामहरू गर्छन्।
उहाँले तिनीहरूलाई पूर्ण प्रकारले ध्वंश पारिदिनु हुन्छ!
17 परमप्रभुलाई प्रार्थना गर र उहाँले सुन्नु हुनेछ।
उहाँले तिमीहरूका सबै संकष्टहरूबाट बचाउनु हुनेछ।
18 जब कष्टले सताँउछ केही मानिसहरू नम्र हुन्छन्।
परमप्रभु तिनीहरूको नजिक हुनुहुन्छ।
अनि उहाँले तिनीहरूलाई बचाउनु हुन्छ।
19 धार्मिक मानिसहरूका धेरै समस्याहरू हुन सक्छन्,
तर परमप्रभुले तिनीहरूका प्रत्येक समस्याबाट बचाँउनु हुनेछ।
20 परमप्रभुले तिनीहरूका सम्पूर्ण हड्डीहरू जोगाउनु हुनेछ।
एउटा पनि हड्डी भाँचिन दिनु हुनेछैन।
21 तर दुष्टहरूलाई संकष्ट र दुःखले मार्ने छन्।
असल मानिसहरूका शत्रुहरू ध्वंश हुने नै छन्।
22 जुन मानिसहरू उहाँमाथि आश्रित छन् परमप्रभुले आफ्ना दासहरूको प्राणको रक्षा गर्नु हुन्छ।
उहाँले तिनीहरूलाई ध्वंश हुन दिनु हुनेछैन।
10 रूबेन, गाद अनि मनश्शेका आधा कुलका मानिसहरू गलीलोत नामक स्थानमा गए। यो यर्दन नदीको छेऊ कनान देश भित्र थियो। त्यहाँ तिनीहरूले सुन्दर बेदी निर्माण गरे। 11 तर इस्राएलका अन्य मानिसहरू, जो अझसम्म शीलोमा नै थिए, यी तीन कुल समूहले निर्माण गरेका बेदीको विषयमा तिनीहरूले सुने त्यो बेदी गलीलोत नामक स्थानमा कनानको सीमानामा थियो। यो यर्दन नदीको नजीकैमा इस्राएल तर्फ थियो। 12 इस्राएलका सबै मानिसहरू यी तीन कुल समूह प्रति अत्यन्त क्रोधित भए। तिनीहरू एकसाथ भेला भए अनि तिनीहरूको विरूद्ध लडाईं गर्ने निश्चय गरे।
13 यसर्थ इस्राएलीहरूले केही मानिसहरूलाई रूबेन, गाद अनि मनश्शेका आधा कुलका मानिसहरूसित बातचित गर्न पठाए। यी मानिसहरूका अगुवा पूजाहारी एलाजारका छोरा पीनहास थिए। 14 तिनीहरूले कुल समूहहरूका दशजना अगुवाहरूलाई पनि त्यहाँ पठाए। त्यस शीलोहमा भएका इस्राएली कुल समूहका प्रत्येक परिवारबाट एक मानिस थिए।
15 यसर्थ यी एघारजना मानिसहरू गिलाद तिर गए। तिनीहरू रूबेन, गाद अनि आधा कुल मनश्शेका मानिसहरूसित कुरा गर्न गए। ती एघारजना मानिसहरूले तिनीहरूलाई भने, 16 “इस्राएलका समस्त मानिसहरूले तिमीहरूलाई सोध्छन्: ‘किन तिमीहरूले इस्राएलका परमेश्वरको विरूद्ध यस्तो कुरा गर्यौ? किन तिमीहरू परमप्रभु विरूद्ध भयौ? किन तिमीहरूले तिमीहरू स्वयंका निम्ति एक बेदी निर्माण गर्यौ? तिमीहरूलाई थाहा छ यो परमेश्वरको उपदेशको विरूद्ध हो। 17 याद गर पोरमा के भएको थियो? त्यस पापको कारणले हामी अझ दुःख भोगिरहे छौं। त्यो महा-पापको कारणले परमेश्वरले इस्राएलका धेरै जस्तो मानिसहरूलाई साह्रै विरामी तुल्याउनु भयो। त्यो महामारीको कारणले आज पनि हामी दुःख भोगी रहेका छौं। 18 अनि अहिले तिमीहरू त्यही कुरा गरिरहेछौ। तिमीहरू परमप्रभुको विरूद्ध भइरहेछौ। के तिमीहरू परमप्रभुको अनुशरण गर्न अस्वीकार गर्छौ? यदि तिमीहरूले जे गरिरहेछौ त्यो रोकेनौं भने परमप्रभु इस्राएलका परमेश्वर हामी हरेक मानिस प्रति क्रोधित हुनुहुनेछ।
19 “‘यदि तिमीहरू भूमिको पूजा अर्चनाको निम्ति त्यति उत्तम नभए, हाम्रो भूमितिर आऊ। परमप्रभुको पाल हाम्रो भूमिमा छ। तिमीहरूले हाम्रो केही भूमि लिन सक्नेछौ, अनि त्यहाँ बस्न सक्ने छौ। तर परमप्रभुको विरूद्ध नगर। अर्को वेदी निर्माण नगर। हाम्रो भेट-हुने पालमा परमप्रभु हाम्रा परमेश्वरको वेदी छँदैछ।
20 “‘जेरहका छोरा आकान नाउँको मानिसलाई सम्झ। उसले ती वस्तुहरूलाई ध्वंश गर्नुपर्छ भन्ने आज्ञालाई पालन गर्न अस्वीकार गरे। त्यो एक मानिसले परमेश्वरको नियम भङ्ग गरे, तर इस्राएलका समस्त मानिसहरूले दण्ड पाए। उसको पापको कारण आकानको मृत्यु भयो साथै अन्य धेरै मानिसहरूको पनि मृत्यु भयो।’”
11 मेरो भनाइको कारण यो हो कि हामी अप्ठ्यारो समयमा बाँचिरहेछौं। हो, अब निद्राबाट ब्यूँझिने तिम्रो समय आएको छ। किनभने जति बेला हामीले विश्वास गर्यौं त्यस बेला भन्दा अहिले हाम्रो मुक्ति हामी नजिक भएको छ। 12 “रात” प्रायः सिद्धिसक्यो “दिन” लगभग यहाँ आइसक्यो। यसर्थः हामीले अन्धकारको कामगर्न छोडनु पर्छ, अनि उज्यालाको कामहरू गर्नु पर्छ। 13 दिनको मानिसहरू जस्तो हामीले स्वच्छातापूर्वक काम गर्नुपर्छ। हामी जङ्गली र खर्चिलो भोजमा भुलिनु हुँदैन। हामी दाखरसले मात्तिनु हुँदैन। हामीले व्यभिचारका पापहरू गर्नु हुँदैन र हामीले आफ्ना शरीरले कुनै पाप गर्नु हुँदैन। हामीले झगड़ा गर्नु हुँदैन र ईर्ष्या गर्नु हुँदैन। 14 त्यसको सट्टामा आफूले प्रभु येशू ख्रीष्ट झैं होऊ। आफ्नो पापमय स्वभाव र पापमय इच्छाहरूलाई सन्तुष्टी नदेऊ।
© 2004, 2010 Bible League International