Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
प्रस्थान 16:2-4

इस्राएलका मानिसहरू फेरि गुनासो गर्न थाले। मानिसहरूले मरुभूमिमा मोशा र हारूनको विरूद्ध गुनासो गरे। मानिसहरूले भने, “यदि परमप्रभुले हामीलाई मिश्र देशमा नै मर्न दिनु भएको भए राम्रो हुने थियो त्यहाँ हामीलाई खानलाई प्रशस्त अन्न थियो। जे होस् त्यहाँ हाम्रो निम्ति हामीले मागेको प्रशस्त खाने कुरो थियो। हामीलाई आवश्यक परेका सबै खाध्यहरू थिए तर अहिले तिमीहरूले हामीहरूलाई यहाँ मरुभूमिमा ल्यायौ अब हामी भोकैले मर्ने भयौं।”

त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, “म तिमीहरूको निम्ति खाध्य आकाशबाट झारी दिन्छु। त्यो खाध्य तिमीहरूको निम्ति हुनेछ अनि प्रत्येक दिन मानिसहरू बाहिर जान्छन् र आफूलाई चाहिएको खाध्य बटुलेर ल्याउँछन्। मैले मानिसहरूलाई भनेको कुरो गर्छन् अथवा गर्दैनन् त्यो बुझ्नको निम्ति म त्यसो गर्छु।

प्रस्थान 16:9-15

तब मोशाले हारूनलाई भने, “इस्राएली मानिसहरूसँग कुरा गर अनि तिनीहरूलाई भन, ‘परमप्रभुकहाँ सँगै आऊ किनभने उहाँले तिमीहरूको गुनासो सुन्नु भएकोछ।’”

10 हारून इस्राएलका मनिसहरूसँग बोले। तिनीहरू सबै एक ठाउँमा भेला भएका थिए। जब हारून कुरा गरिरहेका थिए मानिसहरू फर्के र मरुभूमिमा हेरे। अनि तिनीहरूले परमप्रभुको महिमा बादलमा प्रकट भएको देखे।

11 परमप्रभुले मोशालाई भन्नुभयो, 12 “मैले इस्राएलीहरूको गुनासो सुनेको छु। यसर्थ तिनीहरूलाई भन, ‘तिनीहरूले आज रातीमासु खानेछन् र बिहान रोटी खानेछन्। तब तिमीहरूले जान्नेछौ म नै परमप्रभु तिमीहरूको परमेश्वर हुँ।’”

13 त्यस रात बट्टाई चराहरू छाउनी वरिपरि आए। बिहान त्यहाँतिर सबै छाउनी वरिपरि शीत पारेको थियो। 14 जब शीत सुक्यो भुइँमा पातलो तुसारोको पलाक जस्तो थियो। 15 इस्राएलीहरूले यी सबै देखेर एक अर्कामा सोधे, “यो के हो?”[a] तिनीहरूले सोधे किनभने तिनीहरूलाई थाहा थिएन यो के थियो। तब मोशाले तिनीहरूलाई भने, “यो परमप्रभुले तिमीहरूलाई दिनु भएको भोजन हो!

भजनसंग्रह 78:23-29

23-24 ता पनि परमेश्वरले माथि बादलहरूलाई आज्ञा गर्नुभयो,
    अनि तिनीहरूको निम्ति खानाको रूपमा मन्ना बर्षाउनु भयो।
आकाश ढोकाहरू जस्तै खोलियो
    अनि आकाशका भण्डारबाट अन्न बर्षाउनु भयो।
25 मानिसहरूले स्वर्गदूतहरूका खानाहरू खाए।
    परमेश्वरले प्रशस्त मात्रामा सन्तुष्टपूर्ण खाद्यहरू तिनीहरूलाई पठाउनु भयो।
26 परमेश्वरले पूर्वीबाट बतास बहाउनु भयो।
    उहाँले तिनीहरूमाथि आकाशबाट मासु बर्षाउनु भयो।
27 अनगन्ती चराहरू तिनीहरूको छाउनीमाथि झरे,
    तिनीहरू समुद्रको बालुवा जस्तै थिए।
28 ती मानिसहरूका छाउनीका वरिपरि
    र छाउनीको माझमा चराहरू झरे।
29 तिनीहरूलाई खाना प्रशस्त थियो,
    तर तिनीहरूको भोकले तिनीहरूलाई पापी बनायो।

एफिसी 4:1-16

शरीरमा एकता

म कैदमा छु किन कि म प्रभुको हुँ। परमेश्वरले तिमीहरूलाई उनका मानिस भएर जीउन चुन्नु भयो। अब म तिमीहरूलाई परमेश्वरका मानिस भएर कसरी जीउनु पर्छ त्यो बताउछु। सधैँ नम्र र कोमल बन। धैर्य बन र आपस्तमा प्रेम पूर्वक रह। आत्मा मार्फत तिमीहरू शान्तिपूर्क एक-अर्कामा सम्बन्धित छौ। शान्तिको बन्धनले यस सम्बन्धलाई अटूट राख्ने भरसक कोशिश गर। शरीर एउटै छ र आत्मा एउटै छ। आशा पनि एउटै छ जसकोलागि परमेश्वरले तिमीहरूलाई बोलाए। एउटै प्रभु, एउटै विश्वास र एउटै बप्तिस्मा छ। परमेश्वर एउटै हुनुहुन्छ जो सबका पिता हुनुहुन्छ। उहाँ सर्वोपरी हुनुहुन्छ, हरेक कुराबाट काम गर्नु हुन्छ अनि हरेकमा हुनुहुन्छ।

ख्रीष्टले हामी प्रत्येकलाई एक-एकवटा विशेष उपहार दिनु भएकोछ। प्रत्येकले त्यही उपहार पाएको छ जुन उहाँले दिनु चाहनु भएको थियो। त्यसैले शास्त्रमा यस्तो भनिएको छ,

“उहाँ माथि आकाशमा जानुभयो,
    आफूसितै कैदीलाई बन्दी बनाएर लानु भयो,
    अनि उहाँले मानिसलाई उपहारहरू दिनुभयो।”(A)

“उहाँ माथि जानु भयो” भन्दा के बुझ्न सकिन्छ? यसको अर्थ, पहिले उहाँ तल पृथ्वीमा आउनु भयो। 10 येशू तल आउनु भयो र उहाँ नै हुनुहुन्छ जो माथि जानु भयो। उहाँ सबभन्दा अल्गो आकाशमा जानु भयो। त्यो आफूमा पूर्ण होस् भनेर ख्रीष्टले यस्तो गर्नुभयो। 11 अनि ख्रीष्ट हुनुहुन्छ जसले मानिसहरूलाई वरदानहरू दिनुभयो जब उहाँले दिनुहुँदै कसैलाई प्रेरितहरू, कसैलाई अगमवक्ताहरू, कसैलाई प्रचारकहरू, कसैलाई मण्डली को गोठाला र कसैलाई शिक्षक बनाउनुभयो। 12 ख्रीष्ट-परिवारलाई मजबूत बनाउनु भनी परमेश्वरका मानिसहरूलाई आफ्नो सेवामा तयार पार्नु ख्रीष्टले ती वरदानहरू दिनुभयो। यसले गर्दा ख्रीष्टको शरीर ताकि ख्रीष्टको शरीर बलियो बनियोस्। 13 हामी सबै एउटै विश्वासमा नबाँधिउन्जेल, परमेश्वरको पुत्रलाई पूर्णरूपले नचिनुन्जेल, हामी परिपक्क मानिस नबनिउन्जेल, हामी ख्रीष्ट जस्तै उन्नत नहुन्जेल र उहाँको पूर्णता प्राप्त नगरून्जेल यो काम गरि नै रहनुपर्छ।

14 तब हामी नानीहरू जस्तो हुने छैनौ। हामी छालमा जहाजले यता र उता छल्काइएका मानिसहरू जस्ता हुने छैनौं। हामी प्रत्येक नयाँ शिक्षाद्वारा प्रभावित हुने छैनौं जसले हामीलाई धोका दिने प्रयास गर्छ। ती मानिसहरूले चलाकी गर्छन् र मानिसहरूलाई भूल बाटोमा तान्न हर प्रकारको चेष्टा गर्छन्। 15 तर, हामी प्रेमपूर्वक सत्य बोल्छौं। तर हामी हर तरहले ख्रीष्ट जस्तै नहुन्जे बडिरहनेछौं। ख्रीष्ट शिर हुनुहुन्छ र हामी शरीर हौं। 16 सम्पूर्ण शरीर ख्रीष्टद्वारा गाँसिएको छ। शरीरको प्रत्येक अङ्ग एक-अर्कामा जोडिएकोछ र शरीरको जोडनीले एक गरेको छ। प्रत्येक अङ्गले आ-आफ्नै काम गर्छ। अनि यसैले सम्पूर्ण शरीर विकास गर्छ र प्रेममा दृढ हुन्छ।

यूहन्ना 6:24-35

24 ती मानिसहरूले त्यहाँ अब न त येशू न उहाँका चेलाहरू नै देखे। यसर्थ तिनीहरू डुङ्गाहरू लिएर कफर्नहुमतिर लागे। किनभने तिनीहरू येशूलाई भेट्न चाहन्थे।

येशू जीवनको रोटी हुनुहुन्छ

25 मानिसहरूले येशूलाई समुद्र पट्टि देखे। तिनीहरूले उहाँलाइ सोधे, “रब्बि, तपाईं यहाँ कहिले आई पुग्नु भयो?”

26 उहाँले उत्तर दिनु भयो, “तिमीहरूले मलाई किन खोजिरहेछौ? के मेरो चमत्कारहरू जसले मेरो शक्तिको प्रमाण दिन्छ देखे पछि मलाई खोजिरहेकाछौ? अँहँ! म सत्य भन्छु, तिमीहरूले मलाई खोजेको कारण के हो भने तिमीहरूले रोटी खोयौ र पुरा अघायौ। 27 जुन खाद्य नष्ट हुन्छ त्यसको निम्ति काम नगर तर जुन खाद्य नष्ट हुँदैन अनि अनन्त जीवन दिन्छ त्यसको निम्ति काम गर। मानिसको पुत्रले तिमीहरूलाई त्यस्तो खाद्य दिनु हुन्छ। पिताले देखाएका छन् कि उनी मानिसका पुत्र सँग छन्।”

28 मानिसहरूले येशूलाई सोधे, “परमेश्वरले हामीबाट कस्तो प्रकारको काम चाहनु हुन्छ।”

29 येशूले उत्तर दिनुभयो, “परमेश्वरले तिमीहरूबाट कस्तो काम चाहनुहुन्छ भने तिमीहरू उहाँले पठाउनु भएको एकमाथि विश्वास गर्नु पर्छ।”

30 तब मानिसहरूले सोधे, “तपाईं परमेश्वरले पठाएको प्रमाण दिनलाई एक हो भन्ने के चमत्कार गर्नु सक्नु हुन्छ? यदि हामीले तपईंको चमत्कार देख्यौं भने तब तपाईमाथि विश्वास गर्नेछौं। तपाईं के गर्नु हुनेछ? 31 मरूभूमिमा हाम्रा पिता पुर्खाहरूले मन्न खाए। यो धर्माशास्त्रमा लेखिएको छ, ‘परमेश्वरले स्वर्गबाट रोटी खानलाई दिनुभयो।’”

32 येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्छु। मोशा तिनी एक होइनन् जसले तिमीहरूलाई स्वर्गबाट रोटी दिए। तर मेरा पिताले तिमीहरूलाई स्वर्गबाट साँच्चो रोटी दिनुहुन्छ। 33 परमेश्वरको रोटी के हो? परमेश्वरको रोटी भनेको त्यो चीज हो जुन स्वर्गबाट ओर्लेर संसारलाई जीवन दिनुहुन्छ।”

34 मानिसहरूले भने, “प्रभु, त्यो रोटी हामीलाई सधैँ दिनुहोस्।”

35 तब येशूले भन्नुभयो, “म त्यो रोटी हुँ जसले जीवन दिंदछ। जुन मानिस मेरोमा आउँदछ ऊ कहिल्यै भोको हुँदैन। जुन मानिसले ममाथि विश्वास गर्दछ ऊ कहिल्यै तिर्खाउँदैन।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International