Revised Common Lectionary (Complementary)
मोशा मानिसहरूलाई परमेश्वरको विधि-विधानहरू पालन गर्नु भन्छन्
4 “अब, हे इस्राएली हो! मैले सिकाएको विधिहरू तथा आदेशहरू सुन। तब तिनीहरू बाँच्नेछौ। तब तिमीहरू जान सक्छौ तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वर परमप्रभुले दिनु भएको भूमि अधिकारमा लिन सक्छौ। 2 मैले दिएको आज्ञामा तिमीहरूले थप्न सक्दैनौ। अनि तिमीहरूले केही पनि लिन हुँदैन। मैले तिमीहरूलाई दिएको परमप्रभु तिमीहरूको परमेश्वरको आज्ञा पालन गर्नुपर्छ।
6 यी विधि-विधानहरू सावधानीपूर्वक पालन गर, यसो गर्नाले अन्य राष्ट्रहरूका मानिसहरूले तिमीहरूलाई ज्ञानी तथा बुज्जकी सम्झनेछन्। ती राष्ट्रहरूका मानिसहरूले यी विधि-विधानहरूको विषयमा सुन्नेछन्। ‘तब तिनीहरूले भन्नेछन्। साँच्चैनै यस राज्यका मानिसहरू ज्ञानी अनि बुज्जकी छन्।’
7 “जब हामी सहायता माग्छौ परमप्रभु हाम्रा परमेश्वर हाम्रै नजिकमा हुनुहुन्छ र यस्ता ईश्वर अन्य कुनै राष्ट्रमा छैनन्। 8 आज मैले सिकाएको विधि-विधानहरू र व्यवस्थाहरू भएको हाम्रो देश जस्तो अरू कुनै देश पनि छैन। 9 तर तिमीहरू होशियारीसँग बस्नुपर्छ, जबसम्म तिमीहरू जीवित हुन्छौ तबसम्म तिमीहरूले देखेको कुरो बिर्सनु हुँदैन। तिमीहरूले यी चीजहरू तिमीहरूका छोरा-छोरी तथा नाता-नातिनाहरूलाई सिकाउनु पर्छ।
दाऊदको भजन।
15 हे परमप्रभु, तपाईंको पवित्र पालमा को बस्न सक्छ?
तपाईंको पवित्र पर्वतमा को चढ्न सक्छ?
2 केवल त्यो मानिस बस्न सक्छ जसको जीवन पवित्र छ र जसले असल कामहरू गर्न सक्छ।
जसले सत्य बोल्छ, केवल त्यो मात्र तपाईंको पर्वतमा बस्न सक्छ।
3 यस्तो मानिसले अरूको विषयमा खराब बोल्दैन।
उसले आफ्नो छिमेकीको विरूद्धमा नराम्रो गर्दैन।
उसले आफ्ना परिवारका मानिसहरूको विषयमा लज्जाजनक कुराहरू गर्दैन।
4 त्यो मानिसले तिनीहरूलाई अस्वीकार गर्छ
जसले परमेश्वरलाई घृणा गर्छ।
तर उसले तिनीहरूलाई सम्मान गर्छ जसले परमप्रभुलाई आदर गर्छ।
यस्तो मानिसले आफूलाई हानि गराएर पनि आफ्नो प्रतिज्ञा कायम राख्छ।
5 उसले कसैलाई ऋण दिन्छ
तर ब्याज लिंदैन।
अनि निर्दोष मानिसहरूलाई नोक्सान पार्न घूस लिंदैन।
यदि ऊ कुनै असल मानिस जस्तै बाँच्छ भने
ऊ सदा परमेश्वरको नजिक हुनेछ।
17 सबै असल कुरा परमेश्वरबाट आउँछ। अनि हरेक पक्का उपहार परमेश्वरबाट आएको हो। यी सब असल उपहारहरू उहाँ पिताबाट आउँछन् जसले स्वर्गका सम्पूर्ण ज्योतिहरू निर्माण गर्नु भयो। तर छाँया ती ज्योतिहरूबाट बद्लिए जस्तो परमेश्वर कहिल्यै परिवर्त्तन हुनुहुँदैन। उहाँ सदैव समान रहनुहुन्छ। 18 सत्यको वचनबाट परमेश्वरले हामीलाई उहाँको बालक बनाउने निर्णय लिनु भयो। उहाँले सृजना गरेको वस्तुहरू मध्ये हामीलाई सब भन्दा महत्वपूर्ण बनाउनु इच्छा गर्नुभयो।
सुन्नु अनि पालन गर्नु
19 मेरा प्रिय भाइ-बहिनीहरू यसमा ध्यान देऊ, चाँडो सुन्ने, बिस्तारै बोल्ने र ढिलो रिसाउने गर। 20 एकजना क्रोधित मानिस परमेश्वरले चाहे जस्तो धार्मिक भई बाँच्न सक्तैन। 21 यसर्थ तिमीहरूको जीवनबाट हरेक दुष्ट कुरा अनि दुष्ट कर्म बाहिर फ्याँकिदेऊ। विनम्र बन अनि परमेश्वरको वचन स्वीकार जो परमेश्वरले तिमीहरूको ह्रदयमा रोपिदिनु भएको छ। यो उपदेशले तिम्रो जीवनलाई बचाउँनेछ।
22 परमेश्वरको शिक्षा अनुशरण गर। खाली सुन्ने काम मात्र नगर। किनभने जब तिमी बस्छौ अनि केवल सुन्छौ, तिमीले स्वयंलाई मूर्ख तुल्याउँछौ। 23 यदि एकजना व्यक्तिले परमेश्वरको वचन सुन्छ अनि अनुशरण गर्दैन भने ऊ यस्तो हुन्छ ऊ त्यो मान्छे जस्तै हुन्छ जसले आफ्नो अनुहार ऐनामा हेर्छ। 24 यो मान्छेले ऊ आफैंलाई देख्छ, त्यस पछि जान्छ अनि ऊ कस्तो देखिएको थियो सो झट्टै बिर्सिहाल्छ। 25 तर वास्तवमा सुखी मानिस त्यो हो जसले परमेश्वरको सही नियम पालनगर्छ, जसले मानिसहरूलाई स्वतन्त्र तुल्याउँछ। उसले त्यसलाई अध्ययन गरिरहन्छ। उसले परमेश्वरको वचन सुन्छ अनि उसले जे सुन्यो त्यो बिर्सदैन। तब वचनमा जे भनिएको छ पालन गर्छ। त्यस मानिस जसले त्यसो गर्छ, सुखी हुनेछ।
परमेश्वरको आराधना गर्ने साँच्चो तरिका
26 कोही मानिस आफूलाई धार्मिक सम्झन सक्छ। तर यदि त्यो व्यक्तिले होशियारसित बोल्दैन भने उसले स्वयंलाई मूर्ख तुल्याइरहेको हुन्छ। उसको “धर्म” कुनै काममा आउँदैन। 27 पवित्र अनि असल धर्म जो परमेश्वरले स्वीकार गर्नु हुन्छ त्यो यस्तो छ टुहुराहरू अनि विधवाहरू जसलाई सहायताको आवश्यक्ता छ तिनीहरूको हेरचाह गर अनि आफू स्वयंलाई संसारको नराम्रो जीवनबाट मुक्त राख। यो नै धर्म हो जसलाई परमेश्वरले शुद्ध अनि असल ठानेर स्वीकार गर्नु हुनेछ।
परमेश्वरको नियम र आज्ञाले मानिसहरू बनिन्छन्
(मत्ती 15:1-20)
7 फरिसीहरू र केही शास्त्रीहरू यरूशलेमबाट आएका थिए। तिनीहरू येशूको वरिपरि भेला भए। 2 तिनीहरूले येशूका केही चेलाहरूले मैला हातले खाना खाइरहेको देखे। (“मैला हात” को अर्थ मानिसहरूले हातहरू धोएका थिएनन्)। 3 फरिसीहरू र सबै यहूदीहरूले परम्परा अनुसार राम्ररी हात नधोई खाँदैनन्। तिनीहरू आफ्ना पुर्खाले दिएको शिक्षा अनुसार यसो गर्ने गर्दछन्। 4 यहूदीहरूले बजारमा केहि चिजहरू किने भने त्यसलाई पनि बिशेष रुपले नधोई खाँदैनन्। तिनीहरूले आफ्ना पुर्खाहरूले बजारमा केही चीजहरू किने भने त्यसलाई पनि विशेषरूपले नधोई खाँदैनन्। तिनीहरूले आफ्ना पुर्खाहरूबाट प्राप्त गरेका अरू धेरै रीति-तिथिहरू पनि त्यसरी नै पालन गर्छन् जस्तै कचौराहरू, गाग्रो वा लोहोटाहरू र तामाका भाँडा-कुँडाहरू माझ्छन् इत्यादि।
5 यसकारण फरिसीहरू र शास्त्रीहरूले येशूलाई सोधे, “तापईंको चेलाहरूले त हामीले जस्तो आफ्ना पुर्खाहरूको रीतिहरू पालन गर्दैनन् तिनीहरूले किन फोहोर हातले खान्छन्?”
6 येशूले जवाफ दिनुभयो, “तिमीहरू सबै कपटीहरू हौ। यशैयाले तिमीहरूको विषयमा ठीकै भनेका छन्। यशैयाले लेखेका छन्:
‘यी मानिसहरूले तिनीहरूको ओठद्वारा मलाई आदर गर्छन्,
तर तिनीहरूका हृदय मदेखि धेरै टाढा छन्।
7 तिनीहरूको मप्रतिको उपासना अर्थहिन छ,
किनभने तिनीहरूले सिकाएका कुराहरू,
केवल मानिसहरूले बनाएका नियममात्र हुन्।’(A)
8 तिमीहरूले परमेश्वरको आज्ञालाई त्यागेकाछौ, अनि तिमीहरू मानिसहरूको परम्परा मान्दछौ।”
14 येशूले फेरि भीडहरूलाई आफूकहाँ बोलाउनुभयो। उहाँले भन्नुभयो, “प्रत्येकले राम्ररी सुन मेरा कुरा बुझ्नु पर्छ। म के भनिरहेछु। 15 यस्तो केही कुरा छैन जो कुनै मानिस भित्र बाहिरबाट पस्छ जसले उसलाई अशुद्ध पार्छ। तर मानिसको भित्रबाट बाहिर आउने कुराहरूले नै मानिसलाई अशुद्ध पार्न सक्छ।”
21 सबै अशुद्ध कुरा मानिसका भित्रबाटै आउँछ ती पाप, चोरी, हत्या 22 वेश्यागमन, कुदृष्टि, स्वार्थीपन, निन्दा, धोका, अश्लीलता, ईंर्ष्या, अभद्रता, अहंकार, घमण्ड अनि मूर्खता हुन्। 23 यी सबै दुष्ट कुराहरू मानिसका भित्रबाटै निस्कन्छन् अनि मानिसलाई अशुद्ध तुल्याउँछ।”
© 2004, 2010 Bible League International