Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 139:1-18

प्रमुख संगीतकारलाई, दाऊदको एक स्तुति-गान।

139 हे परमप्रभु, तपाईंले मलाई जाँच्नु भयो।
    तपाईं मेरो बारेमा सबै जान्नुहुन्छ।
म कहिले बस्छु र म कहिले उठ्छु तपाईं सबै जान्नुहुन्छ।
    धेरै टाढाबाट नै तपाईं मेरो विचारहरू बुझ्नुहुन्छ।
परमप्रभु, म कहाँ गईरहेको हुन्छ, र कहिले लम्पसार हुन्छु भन्ने सबै कुरा तपाईं जान्नुहुन्छ।
    मैले गर्ने प्रत्येक कुरा तपाईं जान्नुहुन्छ।
हे परमप्रभु, म के भन्न चाहँदछु भन्ने कुरा
    मेरो मुखबाट निस्कनु अघि नै तपाईं जान्नुहुन्छ।
हे परमप्रभु, तपाईं मेरो वरिपरि हुनुहुन्छ, मेरो अगाडि पछाडि र चारैतिर।
    तपाईंले माया गरेर मेरो शिरमा हात राख्नुहुन्छ।
तपाईं यी सबै कुरा जान्नुहुन्छ, भनेर म छक्क परें,
    मलाई यी कुराहरू बुझ्नलाई एकदम कठिन पर्यो।
म जता-जता जान्छु तपाईंको आत्मा त्यता-त्यतै हुन्छ।
    हे परमप्रभु, म तपाईंको सम्मुखबाट फुत्किन सक्दिनँ।
हे परमप्रभु, यदि म स्वर्ग तिर गए तपाईं त्यतै हुनुहुन्छ।
    यदि म पातालतर्फ झरे तपाईं त्यतै हुनुहुन्छ।
परमप्रभु, जहाँ घाम उदाउँछ त्यतै पूर्वतिर गएँ भने, तपाईं त्यतै तिर हुनुहुन्छ।
    यदि म पश्चिम समुद्रतिर गएँ तपाईं त्यतै तिर हुनुहुन्छ।
10 त्यहाँ पनि तपाईंको दाहिने हातले मलाई पक्रन्छ
    अनि मलाई त्यही हातले डोर्याउनु हुन्छ।

11 हे परमप्रभु, मैले तपाईं देखि लुक्ने कोशिश गरे र भन्छु,
    “दिन रातमा परिर्वतन भएको छ।
    निश्चय रातले मलाई लुकाउनेछ।”
12 तर अन्धकार पनि तपाईंको निम्ति अन्धकार हुँदैन।
    परमप्रभु, तपाईंको निम्ति रात दिन झैं उज्जवल छ।
    तपाईंको निम्ति रात र दिन उस्तै हो।
13 हे परमप्रभु, तपाईंले मेरो सम्पूर्ण शरीर बनाउनु भयो।
    म आमाको गर्भमा हुँदा मेरो विषयमा सवै कुराहरू जान्नुहुन्छ।
14 हे परमप्रभु, म तपाईंको प्रशंसा गर्छु।
तपाईंले मलाई आश्चर्यपूर्वक र अपूर्व प्रकारले बनाउनु भयो।
    म जान्दछु कि तपाईंले जे गर्नुभयो, त्यो आश्चयपूर्ण छ।

15 तपाईं मेरो बारेमा सारा कुराहरू जान्नुहुन्छ।
    जब मेरो शरीरले आफ्नो रूप लिंदै बढदै गयो,
    तपाईंले मेरो हड्डीहरू नियाल्नु भयो जुन मेरो आमाको गर्भमा लुकेको थियो।
16 तपाईंले मेरो अंग-प्रत्यंग बढ्दै गरेको नियाल्नु भयो,
तपाईंले आफ्नो पुस्तकमा ती कुराहरू लेख्नु भयो।
    तपाईंले प्रत्येक दिन मलाई नियाल्नु भयो।
    कुनै दिन पनि त्यसै खाली गएन।
17 तपाईंका विचारहरू मेरो निम्ति महत्वपूर्ण छन्।
    हे परमेश्वर, तपाईं यति विघ्न जान्नुहुन्छ।
18 यदि मैले ती सबै गन्न सक्दो हुँ ता,
तिनीहरू बालुवाका कणहरू भन्दा धेरै हुने थिए होला।
    अनि मैले जब गनी सकेपछि पनि, तपाईंसँगै नै हुनेछु।

2 राजा 11:21-12:16

21 योआश सात बर्षका थिए जब तिनी राजा बने।

योआश आफ्नो शासन शुरू गर्छन्

12 योआशले येहू इस्राएलका राजा हुँदा सातौं बर्षमा शासन शुरू गरे। योआशले यरूशलेममा 40 बर्ष शासन गरे। योआशकी आमाको नाउँ बेर्शेबाकी सिब्या थियो। योआशले त्यही कार्य गरे जो परमप्रभुले सही भन्नुभएको थियो। योआशले जीवनमा परमप्रभुको आदेश पालनगरे। उनले ती कार्यहरू गरे जो पूजाहारी यहोयादाले उनलाई सिकाए। तर उनले अग्ला ठाउँहरू भत्काएनन् मानिसहरू तब सम्म पनि ती पूजा स्थनहरूमा बलिहरू दिने गर्दथे अनि सुगन्धि धूप जलाउँने गर्दथे।

योआश मन्दिर मर्मत गर्ने आदेश दिन्छन्

4-5 योआशले पूजाहारीहरूलाई भने, “परमप्रभुको मन्दिरमा धेरै धन छ। मानिसहरूले मन्दिरमा चीजहरू दिएका छन्। मानिसहरूले मन्दिरमा कर दिए जब तिनीहरूको गणना गरियो। अनि मानिसहरूले धन दिएका छन् कारण यही छ तिनीहरू दिन चाहन्थे। पूजाहारीहरू तिमीले धन निकाल्नु पर्छ अनि परमप्रभुको मन्दिर मर्मत खर्च गर्नुपर्छ। प्रत्येक पूजाहारीले धन उपयोग गर्नुपर्छ। जो उसले सेवा गरेको मानिसहरूबाट पाउँछन्। उसले त्यस धनको प्रयोग परमप्रभुको मन्दिर भत्किएको मर्मत गर्नमा गर्नुपर्छ।”

तर पूजाहारीहरूले मर्मतको काम गरेनन्। योआश राजा भएको 23 औं बर्षमा पूजाहारीहरूले अझै पनि मन्दिरको मर्मत गरेनन्। यसकारण राजा योआशले पूजाहारी यहोयादा अनि अन्य पूजाहारीहरूलाई बोलाए। योआशले यहोयादा र अरू पूजाहारीहरूलाई भने, “तिमीहरूले मन्दिरको मर्मत गरेका छैनौ? सेवा गरे वापत मानिसहरूबाट धन लिन बन्द गर। त्यो धन मन्दिरको मर्मतमा खर्च हुनु पर्छ।”

पूजाहारीहरू मानिसहरूबाट धन लिन बन्द गर्न राजी भए। तर तिनीहरूले मन्दिर मर्मत नगर्ने निर्णय पनि लिए। यसकारण पूजाहारी यहोयादाले एउटा सन्दूक ल्याए अनि त्यसको माथि एउटा प्वाल बनाए। त्यसपछि यहोयादाले सन्दूकलाई वेदीको दक्षिणतिर राखे। यो सन्दूक ढोकाको छेऊमा थियो जहाँबाट मानिसहरूले परमप्रभुको मन्दिरमा आउने गर्द थिए। केही पूजाहारीहरूले मन्दिरको द्वारपथको पाले काम गर्दथे। ती पूजाहारीहरूले धन लिने गर्दथे जो मानिसहरू परमप्रभुलाई चढाउने गर्दथे अनि तिनीहरू त्यो धन सन्दूकमा राख्ने गर्दथे।

10 तब मानिसहरूले रूपियाँ सन्दूकमा हाल्न थाले जब तिनीहरू मन्दिर जाने गर्दथे। जहिले राजाका सचिब अनि महा पूजाहारी सन्दूकमा थुप्रै रूपियाँ देख्थे, तिनी आउँथे अनि सन्दूकबाट रूपियाँ निकाल्थे। तिनीहरू रूपियाँ थैलोमा राख्थे अनि गन्ती गर्दथे। 11 तब तिनीहरू परमप्रभुको मन्दिरमा काम गर्ने कर्मीहरूलाई भुक्तानी (ज्याला) दिनेगर्दथे। तिनीहरू सिकर्मी र अरू डकर्मीलाई भुक्तानी दिन्थे। जो परमप्रभुको मन्दिरमा काम गर्दथे। 12 तिनीहरूले त्यो रूपियाँ ढुङ्गाको काम गर्ने अनि ढुङ्गाकाट्नेहरूलाई भुक्तानी दिनमा उपयोग गर्दथे। अनि तिनी त्यो काठ, काटेको ढुङ्गा अनि अरू चीज मन्दिर मर्मतका सामाग्री किन्नुमा प्रयोग गर्दथे।

13-14 मानिसहरूले परमप्रभुको मन्दिरका लागि रूपियाँ दिए। तर पूजाहारीहरूले त्यो रूपियाँ चाँदीका कचौराहरू, धूपदानीहरू, हातधूने भाँडा, तुरही अथवा कुनै सुन अनि चाँदीको भाँडा बनाउनमा प्रयोग गरेनन्। त्यो रूपियाँ कर्मीहरूलाई भुक्तानी गर्नमा प्रयोग गरियो अनि ती कर्मीहरूले परमप्रभुको मन्दिर मर्मत गरे। 15 कसैले कुनै रूपियाँ गन्ती गरेन र रूपियाँ के भयो भनी कुनै कर्मीहरूलाई भन्न वाध्य गराएन। किनभने कर्मीहरूलाई विश्वास गर्न सकिन्थ्यो।

16 मानिसहरूले त्यस बेला रूपियाँ जब तिनीहरूले दोषबलिहरू र पापबलिहरू चढाए। तर त्यो रूपियाँ कर्मीहरूलाई भुक्तानी गर्नमा प्रयोग गरिएन। त्यो रूपियाँ पूजाहारीहरूको हुने गर्दथ्यो।

याकूब 5:1-6

स्वार्थी धनी मानिसहरूलाई चेताउनी

तिमी धनी मानिसहरू, सुन! विलाप गर अनि अत्यन्त शोकाकुल बन किनभने तिमीहरूमाथि अनेक आपतहरू आई पर्नेछ। तिमीहरूको धन नष्ट हुनेछ अनि बेकार हुनेछ। तिमीहरूको वस्त्रहरू कीराले खानेछ। तिमीहरूका सुन चाँदीमा कस लाग्नेछ अनि त्यो कसले तिमीहरूको विरोधमा साक्षी दिनेछ। त्यो कसले तिमीहरूको शरीरलाई आगोले झै खानेछ। तिमीहरूले सम्पती आखिरि दिनमा सञ्चितगरेका छौ। मानिसहरूले तिमीहरूको खेतमा काम गरे, तर तिमीहरूले तिनीहरूलाई ज्याला दिएनौ। ती मानिसहरू तिमीहरूको विरूद्ध आवाज गरिरहेछन्। ती मानिसहरूले तिमीहरूको फसलहरू काटे। अहिले तिनीहरूले कराएको आवाज स्वर्गका परमप्रभुको सेनाहरूले सुने।

पृथ्वीमा तिमीहरूको जीवन सम्पत्तिले सम्पन्न जीवन थियो। तिमीहरूले, आफूले चाहेका हरेक बस्तुद्वारा स्वयंलाई खुशी तुल्यायौ। तिमीहरू स्वयंले मार्नुको तिम्ति तयार पारेको मोटो पशु जस्तो तुल्यायौ। तिमीहरूले निर्देष मानिसहरूको भर्त्सना गर्यौ, र मारी दियौ कसैले प्रतिरोध गरेनन्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International