Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 119:169-176

ताव्

169 हे परमप्रभु, मेरो खुशीका गीतलाई सुन्नुहोस्।
    तपाईंले कसम खाए जस्तै मलाई बुद्धिमानी बनाउनु होस्।
170 परमप्रभु, मेरो प्रार्थना सुनी दिनुहोस्।
    तपाईंले वचन दिए झैं मलाई बचाउनु होस्।
171 म प्रशंसाको गीत गाँउछु।
    किनभने तपाईंले मलाई आफ्नो नियमहरू सिकाउनु भयो।
172 तपाईंको वचनहरू जवाफ दिन मलाई सहयोग गर्नुहोस् र मलाई मेरो गीत गाउन दिनुहोस्।
    परमप्रभु, तपाईंको सारा नियमहरू असल छन्।
173 मैले तपाईंका आज्ञाहरू पालन गर्न खोजें।
    यसैले आउनुहोस् र मलाई साथ दिनुहोस्।
174 हे परमप्रभु, म चाहन्छु, मलाई बचाउनु होस्।
    तर तपाईंको शिक्षाहरूले मलाई खुशी पार्छन्।
175 मलाई बाँच्न दिनुहोस् र तपाईंको प्रशंसा गर्न दिनुहोस्,
    परमप्रभु! तपाईंका नियमहरूले मलाई सघाओस्।
176 म हराएको भेंडा सरह भड्किरहें।
    हे परमप्रभु, आएर मलाई खोज्नु होस्।
म तपाईंको दास हुँ,
    अनि मैले तपाईंको भरोसा भुलेको छैन।

1 राजा 13:11-25

11 बेतेल शहरमा एक जना वृद्ध अगमवक्ता बस्दै थिए। उनका छोराहरू आए अनि बेतेलमा परमेश्वरको जनले गरेको कार्यको विषयमा उनलाई बताए। तिनीहरूले आफ्ना पितालाई परमेश्वरको जनले राजा यारोबामलाई बताएको कुरा सुनाए। 12 बूढा अगमवक्ताले भने, “उसले फर्किदा कुन बाटोमा यात्रा गर्यो?” यसकारण छोराहरूले आफ्ना पितालाई त्यो बाटो देखाए जसबाट यहूदाबांट आउँने परमेश्वरको जन गएको थियो। 13 बूढा अगमवक्ताले आफ्ना छोराहरूलाई गधा माथि काठी कस्नु भने यसकारण तिनीहरूले गधामाथि काठी कसे। तब अगमवक्ता गधामा चढेर हिंडे।

14 बूढा अगमवक्ता परमेश्वरका जनको पछि लागे। बूढा अगमवक्ताले परमेश्वरका जनलाई एउटा तारपीनको रूखतल बसेको पाए। बूढा अगमवक्ताले सोधे, “के तिमी नै परमेश्वरका जन हो जो यहूदाबाट आएको हो?”

परमेश्वरका जनले बताए, “हो, म नै हुँ।”

15 तब बूढा अगमवक्तले भने, “कृपया घर आऊ अनि मसित भोजन गर।”

16 तर परमेश्वरको जनले भने, “म तिमी सँग जान, सक्दिन। म यस ठाउँमा खाने-पिउने गर्न सक्दिनँ। 17 परमप्रभुले मलाई आदेश दिनु भएको छ, ‘त्यस ठाउँमा तैंले केही खाने-पिउने गर्नु हुँदैन अनि त त्यही बाटोबाट फर्किनु हुँदैन जुनबाट पुगेको हुन्छस्।’”

18 तब बूढा अगमवक्ताले भने, “तर म पनि तिमी जस्तैं नै अगमवक्ता हुँ।” तब बूढा अगमवक्ताले एउटा झूटो कुरा गरे। उनले भने, “परमप्रभुको एक जना स्वर्गदूत म कहाँ आयो। त्यो स्वर्गदूतले तिमीलाई मेरो घरमा लानु अनि तिमीलाई खाने-पिउने दिनुभन्यो।”

19 यसकारण परमेश्वरको जन बूढा अगमवक्ताको घर गए अनि उनी सँगै खान-पीन गरे। 20 जब तिनीहरू खाने मेजमा बसेका थिए, परमप्रभुले बूढा अगमवक्तासँग बोल्नु भयो। 21 अनि बूढा अगमवक्ताले परमेश्वरको जनसँग कुरा गरे जो यहूदाबाट आएका थिए। उनले भने, “परमप्रभुले भन्नुभयो कि तिमीले उहाँको आदेश पालन गरेका छैनौ! परमप्रभु तिम्रा परमेश्वरले जो आदेश तिमीलाई दिएको थिए त्यो तिमीले पालन गरेका छैनौ। 22 परमप्रभुले तिमीलाई कुनै पनि ठाउँमा केही पनि न खानु भन्नु भएको थियो। तर तिमी फिर्ता आयौ अनि खान-पीन गर्यौ। यसकारण तिम्रो शरीर तिम्रो परिवारको चिहानमा गाडीने छैन।”

23 परमेश्वरको जनले खान-पीन सिध्याए। तब बूढा अगमवक्ताले गधा माथि उनका लागि काठी राखे अनि ती मानिस हिँडे। 24 घर तिर यात्रा गर्दा बाटोमा एउटा सिंहले आक्रामण गर्यो अनि ती परमेश्वरका जनलाई मार्यो। अगमवक्ताको लाश बाटोमा लडीरहेको थियो। गधा र सिंह लाशको छेउमा उभिएका थिए। 25 केही अरू मानिसहरू बाटोमा यात्रा गरिरहेका थिए। तिनीहरूले सिंहलाई लाशको छेउमा उभिएको देखे। मानिसहरू शहरमा आए जहाँ बूढा अगमवक्ता बस्ने गर्दथे अनि बाटोमा आफूले देखेको विषयमा उनीहरूलाई भने।

कलस्सी 3:1-11

ख्रीष्टमा तिम्रो नयाँ जीवन

जब तिमीहरू मृत्युबाट ख्रीष्टसितै उठायौ स्वर्गका ती वस्तुहरू पाउने कोशिशगर जहाँ परमेश्वरको दाहिने तर्फ ख्रीष्टलाई बसाइएकोछ। स्वर्गकै कुराहरू मात्र सोच, पार्थिव होइन। तिमीहरूको पुरानो पापमय जीवन मरिसकेको छ, अनि तिमीहरूको बर्तमान जीवन परमेश्वरमा ख्रीष्टसित छ। ख्रीष्ट तिम्रो जीवन हो। जब उहाँ आउनु हुन्छ, तिमीहरू उहाँसितै महिमामा देखा पर्नेछौ।

यसकारण सबै कुकर्महरूलाई आफ्नो जीवनदेखि पन्छाइदेऊ-जस्तो व्यभिचार, अशुद्धता, कुइच्छा लोभ जुन मूर्ति पूजा जस्तै हो। यस्ता कुराहरूले आज्ञा नमान्नेहरू माथि परमेश्वरलाई रिस उठाउँछ।[a] अघि-अघि तिमीहरू पनि यस्तै कर्म गर्दै यसरी नै जीवन बिताउँथ्यौ।

तर अब यी कूराहरूलाई आफ्नो जीवनदेखि अलग राख। रिस, क्रोध, डाह, निन्दा अनि बातचीत गर्दा लाजलाग्दो शब्दहरूको प्रयोग नगर। तिमीहरू आपस्तमा झूटो नबोल। किनकि तिमीहरूले आफ्ना पापमय जीवन र त्यस जीवनसँग चल्ने कुरोहरू फ्याँकी सकेका छौ। 10 अब तिमीहरू नयाँ जीवनमा बाँच्न थालेका छौ। नयाँ जीवनमा तिमीहरू लगातार नयाँ भई रहने छौ। तिमीहरू आफ्नो विधाता झैं बन्दैछौ। यस नयाँ जीवनले तिमीहरूलाई परमेश्वरलाई साँच्चो रूपमा चिनाउन लैजाने छ। 11 यस नयाँ जीवनमा ग्रीक र यहूदीहरू बीच कुनै भिन्नता छैन। खतना गरेका र नगेरका मानिसहरू अथवा विदेशी वा सिथियान बीच कुनै अन्तर छैन। कमारा र फुक्का मानिस वीच कुनै फरक छैन। तर ती सब विश्वासीहरूमा ख्रीष्ट हुनु हुन्छ र ख्रीष्ट नै सर्वोपरी हुनुहुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International