Revised Common Lectionary (Complementary)
116 जब परमप्रभुले मेरो प्रार्थना सुन्नु हुँदछ,
त्यो मलाई मन पर्दछ।
2 जब मैले गुहार माग्दा उहाँले मलाई सहाएता दिनुहुन्छ,
त्यो मलाई मन पर्छ।
3 म मर्न आटेको थिएँ, मृत्युको डोरीहरूले मलाई वरिपरि बाँधिएको थियो।
चिहान मेरो वरिपरि थियो
म भयभीत र चिन्तित थिएँ।
4 तब मैले परमेश्वरको नाउँको पुकारा गरें।
मैले भने, “परमप्रभु, मलाई बचाउनु होस्!”
5 परमप्रभु धार्मिक र करूणामय हुनुहुन्छ।
हाम्रा परमेश्वर कृपालु हुनुहुन्छ।
6 परमप्रभुले असहाय मानिसहरूको हेरचाह गर्नु हुन्छ।
म असहाय थिएँ अनि परमप्रभुले मलाई बचाउनु भयो।
7 हे मेरो प्राण, विश्राम गर!
परमेश्वरले तिमीलाई हेरचाह गरिरहनु भएको छ।
8 हे परमेश्वर, तपाईंले मेरो प्राणलाई मृत्युबाट बँचाउनु भयो।
तपाईंले मेरो आँसुहरू थामिदिनु भयो।
तपाईंले मलाई पतन हुनदेखि जोगाउनु भयो।
9 जीवितहरूको देशमा पनि
म परमप्रभुको सेवा अनवरत गर्नेछु।
15 त्यो स्त्रीको घर शहरको पर्खालमाथि बनाइएको थियो। यो पर्खालकै एउटा भाग थियो यसकारण त्यो स्त्रीले डोरी प्रयोग गरेर ती मानिसहरूलाई शहरको बाहिरा झ्यालबाट तल झारी दिइन्। 16 तब त्यस स्त्रीले तिनीहरूलाई भनिन्, “पहाडको पश्चिम तिर जाऊ जसमा कि राजाका मानिसहरूले अचानक तिमीहरूलाई भेट्ने छैनन्। त्यहाँ तीन दिन सम्म लुकेर बस। राजाका मानिसहरू फर्केर आएपछि तिमीहरू तिमीहरूको बाटो जान सक्नेछौं।”
17 ती मानिसहरूले तिनलाई भने, “हामीले तिमीसँग प्रतिज्ञा गर्यौं। तर तिमीले हाम्रा आदेशहरू पालन गर्नुपर्छ, नत्र हामीले गरेको प्रतिज्ञा प्रति हामी उत्तरदायी हुने छैनौं। 18 हामी यो इलाकामा फर्की आउनेछौं। जब हामी यसो गछौं, तिमीले यही रातो डोरी तिम्रो झ्यालबाट तल रहन दिनु पर्छ र तिमीले तिम्रो बाबु, आमा, दाज्यू-भाइहरू, अनि सारा परिवारलाई तिम्रो घरभित्र ल्याउनु पर्छ। 19 हामी यो घरमा रहने प्रत्येक मानिसको सुरक्षा गर्नेछौं। यदि तिम्रो घरमा कसैलाई चोट लाग्यो भने, तब हामी त्यसको जिम्मावार हुनेछौं। तर यदि कुनै मानिस तिम्रो घरको बाहिर जान्छ, तब त्यो मानिसलाई मार्न सकिन्छ। हामी त्यस मानिसका निम्ति उत्तरदायी हुने छैनौं। यो उसको आफ्नै दोष हुनेछ। 20 हामी तिमीसित यो सम्झौता गरिरहेछौं। तर यदि तिमीले कसैलाई हामीले के गर्दैछौं सो भन्यौ भने तब हामी यो सम्झौताबाट मुक्त रहनेछौं।”
21 त्यस स्त्रीले जवाफ दिई, “तिमीहरूले जे भन्यौ म ठीक त्यसै गर्नेछु।” त्यस स्त्रीले बिदाई गरिन् अनि ती मानिसहरू तिनको घर छाडेर हिँडे। अनि त्यस स्त्रीले रातो डोरी झ्यालमा बाँधिन्।
22 ती मानिसहरूले तिनको घर छाडे अनि पहाडमा गए। तिनीहरू त्यहाँ तीन दिनसम्म बसे। राजाका मानिसहरूले बाटो भरि हेरे। तीन दिन पछि, राजाका मानिसहरूले खोजी गर्न छाडि दिए अनि फर्केर शहरतिर गए। 23 त्यसपछि ती दुइ मानिस फर्केर यहोशू कहाँ गए। ती मानिसहरूले पहाड़ छोडे अनि नदी पार गरे। तिनीहरू नूनका छोरा यहोशू कहाँ गए। तिनीहरूले थाहा पाएका प्रत्येक कुराहरू यहोशूलाई भने। 24 तिनीहरूले यहोशूलाई भने, “परमप्रभुले साँच्चै नै सम्पूर्ण देश हामीलाई दिनु भएको छ। त्यस देशका समस्त मानिसहरू हामीसित भयभीत छन्।”
17 यो कुरा विश्वासको सम्बन्धमा पनि यस्तै हो। यदि विश्वासले केही गर्दैन भने त्यो विश्वास मृततुल्य हो किनभने त्यो विश्वास एक्लो भई मरेको हुन्छ।
18 एकजना व्यक्तिले भन्न सक्छ, “तिमीसँग विश्वास छ, तर ममा काम छ। जब तिम्रो विश्वासले केही काम गर्दैन भने तिम्रो विश्वासको प्रमाण गर। मेरो विश्वासले गरेको कामबाट म विश्वास प्रमाण गर्न सक्छु।” 19 तिमीहरू विश्वास गर्छौ परमेश्वर एक हुनुहुन्छ। साँच्ची नै! तर भूतहरूले पनि विश्वास गर्छन्, अनि तिनीहरू भयले काँप्छन्।
20 तिमी मूर्ख व्यक्तिहरू! के तिमीहरूलाई प्रमाण दिनु पर्छ कि बिना कर्मको विश्वास बेकामे हो? 21 अब्राहाम हाम्रा पूर्वज हुनुहुन्छ। जब तिनले आफ्नो छोरो इसहाकलाई परमेश्वर समक्ष वेदीमा चढाए, उनको कर्मबाट परमेश्वर अघि अब्राहामलाई धार्मिक बनाइयो। 22 यसर्थ, तिमीहरू देख्छौ कि अब्राहामले विश्वास गरे अनि उनले गरेका कुराहरूको साथ साथ काम गरे। उनको कर्मले देखायो कि उनको विश्वास पूर्ण थियो। 23 यसैले धर्मशास्त्रको अर्थ स्पष्ट झल्काउँछ “अब्राहामले परमेश्वरमाथि विश्वास गरे अनि परमेश्वरले अब्राहामको विश्वास स्वीकार गर्नु भयो अनि परमेश्वरले अब्राहामलाई धार्मिक मान्नु भयो।”(A) अब्राहामलाई “परमेश्वरको मित्र मानिन्थ्यो।”(B) 24 यसरी तिमीहरूले देख्छौ कि एक मानिस उसले गरेका कर्मद्वारा परमेश्वरसित सही बन्दछ अनि उसको विश्वासबाट मात्र होइन।
25 अर्को उदाहरण छ राहाब। राहाब एक वेश्या थिइन्। तर उनको कर्मको कारणले, जब तिनले गुप्तचरहरू लुकाइन् अनि तिनीहरूलाई अर्कै बाटोबाट उम्कन सहायता गरिन्, परमेश्वरको अघि तिनी धार्मिक देखिइन्।
26 आत्मा विनाको शरीर मृततुल्य हो। विश्वासको मूल्य पनि यस्तै हो। विश्वास जसले केही गर्दैन त्यो मृत-तुल्य हो।
© 2004, 2010 Bible League International