Revised Common Lectionary (Complementary)
10 मैले स्वयंलाई भनें, “म बूढो भई बाँच्ने छु।
तर त्यतिबेला मेरो उमेर पातालको प्रवेशद्वारहरूबाट जाने भइसकेको हुनेछ।
अब मैले मेरो सबै समयहरू यहाँ बिताएँ।”
11 यसकारण मैले भने, “म परमप्रभु याहलाई[a]
यस संसारमा फेरि बाँचिरहेको देख्ने छैन,
म पृथ्वीमा मानिसहरू बाँचिरहेको देख्ने छैन।
12 मेरो घर, मेरो गोठालाको तम्बु, भत्काई रहेछन्
अनि मबाट टाढा सारिरहेछन्, म मानिसहरूले लुगा तानबाट,
तान्दै सिलाउनलाई काटे जस्तै शेष भइरहेछु।
तपाईँले मेरो जीवन यति चाँडै शेष पारिदिनु भयो।
13 सारा रात सिंह गर्जे जस्तै म साह्रो रोएँ,
तर मेरा आशाहरू धुलो पारिदिए सिंहले हड्डीहरू चपाए जस्तै।
तिमीले मेरो जीवन यति चाँडै शेष पारिदियौ।
14 म ढुकुर जस्तै रोएँ, म चरा जस्तै रोएँ
मेरा आँखाहरू थकित भए
तर मैले लगातार स्वर्ग तिर हेरिरहे।
हे मेरो मालिक!
म अत्यन्त खिन्न भएँ
मलाई साथ दिने वचन दिनुहोस्।”
15 के म भन्न सक्छु?
के घटना हुनेछ मेरो मालिकले मलाई भन्नुभयो।
अनि मेरो मालिकले नै त्यस्तो घट्ना गराउनु हुनेछ।
यस्तो विपत्तिहरू मेरो आत्मामा छँदै थियो
यसकारण अब मेरो जीवनभर विनम्र हुनेछु।
16 हे मेरो मालिक! मेरो आत्मा बलियो पार्नलाई,
यी दु:खका दिनहरू देखाउनुहोस।
मेरो आत्मालाई बलियो र स्वस्थ बनाउनलाई सघाउनुहोस।
मलाई असल हुनलाई सघाउनु होस्।
मलाई फेरि बाँच्नलाई साथ दिनुहोस्।
17 हेर! मेरा कष्टहरू गए।
अब मलाई शान्ति छ।
तपाईंले मलाई असाध्य प्रेम गर्नुभयो।
तपाईंले मलाई चिहानमा सड्न दिनु भएन,
तपाईंले मेरो सारा पापहरू क्षमा गरिदिनु भयो।
तपाईंले मेरो सबै पापहरू टाढा फालिदिनु भयो।
18 मृत मानिसहरूले तपाईंको स्तुति-गान गाउन सक्तैन्।
पातालमा भएका मानिसहरूले तपाईंको गुण गाउँदैनन्।
मृत मानिसहरूले उनीहरूलाई नै सघाउन तपाईंमा भर पर्दैन्।
तिनीहरू धर्तीको प्वालभित्र जान्छन् अनि कहिल्यै बोल्न सक्तैनन्।
19 जो मानिसहरू म जस्तै जीउँदा छन्,
के आज ती मानिसहरूले तपाईंको गुण गाउनेछन्?
पिताले तिनका छोरा छोरीहरूलाई भन्न सक्नु पर्दछ कि तपाईं विश्वासयोग्य हुनुहुन्छ।
20 यसैले म भन्दछु, “परमप्रभुले मलाई बचाउनु भएको छ।
यसैले हामी परमेश्वरको मन्दिरमा आफ्नो जीवनभरि गीत गाउनेछौ,
अनि संङ्गीत बनाउने छौं।”
9 तब पलिश्ती मानिसहरू यहूदाको देशमा गए। तिनीहरू लही नामक स्थानको नजिक अडिए। तिनीहरूका सेनाले त्यहीं छाउनी थापे अनि युद्धका निम्ति तयारी गरे। 10 यहूदा कुल समूहका मानिसहरूले तिनीहरूलाई सोधे, “तिमी पलिश्ती मानिसहरू किन हामीसित लड्न यहाँ आयौ?”
उनीहरूले उत्तरदिए, “हामी शिमशोनलाई पक्रन आएका हौं। हामी तिनलाई हाम्रो कैदी तुल्याउन चाहन्छौं। हामी तिनलाई हाम्रा मानिसहरू प्रति तिनले गरेका कुराहरूका निम्ति दण्ड दिन चाहन्छौं।”
11 तब यहूदाका कुल समूहका 3,000 मानिसहरू शिमशोन कहाँ गए। तिनीहरू एतामको चट्टान नजिकको ओडरमा गए। तिनीहरूले तिनलाई भने, “तिमीले हामीहरू प्रति के गर्यौ? तिमीलाई थाहा छैन कि पलिश्ती मानिसहरू हामी माथि शासन गर्छन् भनी?”
शिमशोनले उत्तर दिए, “तिनीहरूले म प्रति गरेका कुराहरूका निम्ति म केवल तिनीहरूलाई दण्ड दिन्छु।”
12 तब तिनीहरूले शिमशोनलाई भने, “हामी तिमीलाई बाँध्न आएका छौं। हामी तिमीलाई पलिश्ती मानिसहरूलाई दिनेछौं।”
शिमशोनले यहूदाका मानिसहरूलाई भने, “शपथ खाएर भन कि तिमीहरू स्वयंले मलाई घात गर्ने छैनौ भनी।”
13 तब यहूदाका मानिसहरूले भने, “हामी मान्छौं। हामी तिमीलाई केवल बाँध्छौं अनि पलिश्ती मानिसहरूलाई दिन्छौ। हामी शपथ खान्छौ कि हामी तिमीलाई मार्ने छैनौं।” यसर्थ तिनीहरूले शिमशोनलाई दुइवटा नयाँ डोरीले बाँधे। तिनीहरूले तिनलाई चट्टानको ओडर देखि उँभो लगे।
14 जब शिमशोन लही भनिने ठाउँमा आए पलिश्तीहरू तिनलाई भेट्न आए। तिनीहरू खुशीले कराउँदै थिए। तब परमप्रभुको आत्मा भयानक शक्तिसित शिमशोन माथि आउँनुभयो। शिमशोनले डोरी चुँडाए। त्यो डोरी जलेको धागो जस्तै कमजोर देखिन्थ्यो। ती डोरी तिनका पाखुराबाट झरे मानौं तिनीहरू पग्लिएका थिए। 15 शिमशोनले एउटा मरेको गधाको बङ्गारा भेट्टाए। तिनले त्यो बङ्गारा लिए अनि एक हजार पलिश्ती मानिसहरूलाई त्यसद्वारा हत्या गरिदिए।
16 तब शिमशोनले भने;
“मैले तिनीहरूलाई गधाको बङ्गाराले
अल्गो रास लगाएँ।
गधाको बङ्गाराले मैले
1,000 मानिसहरूलाई मारिदिएँ।”
17 जब शिमशोनले बोली सके, तिनले बङ्गारा तल फ्याँके। यसर्थ त्यस स्थानको नाउँ रामतलही राखियो।
18 शिमशोन अत्यन्त तिर्खाए। यसकारण तिनी परमप्रभुतिर कराए। तिनले भने, “म तपाईंको दास हुँ। तपाईंले मलाई यो महान विजय प्रदान गर्नु भयो। कृपया अब मलाई तिर्खाले मर्न नदिनुहोस्। कृपया मलाई ती मानिसहरूद्वारा कब्जा गर्न नदिनुहोस् जसको खतना पनि गरिएको छैन।”
19 लहीमाको भूइँमा एक खाल्डो थियो। परमेश्वरले त्यो खाल्डो चिरेर खोलि दिनुभयो अनि पानी बाहिर निस्कियो। शिमशोनले त्यो पानी पिए अनि केही स्वस्थ भए। तिनले फेरि बलवान भएको अनुभव गरे। यसर्थ तिनले त्यो पानीको मूलको नाउँ एन-हक्कोरे राखे। यो आजसम्म पनि लही शहरमा छ।
20 यसरी शिमशोन बीस बर्षसम्म इस्राएलका मानिसहरूका न्यायकर्ता रहे। त्यो पलिश्ती मानिसहरूको समयमा थियो।
येशूले रोगी केटोलाई निको पार्नुहुन्छ
(मर्कूस 9:14-29; लूका 9:37-43a)
14 येशू अनि उहाँका चेलाहरू फेरि मानिसहरू भएको ठाउँमा गए। एउटा मानिस येशूको अघि निहुरियो। 15 त्यो मानिसले भन्यो, “परमप्रभु, मेरो छोरोप्रति दया गर्नुहोस्। उसलाई छारेरोग लागेकोछ र यसै द्वारा पीडित छ। मेरो छोरो बारम्बार आगो र पानीमा लड्छ। 16 मैले मेरो छोरोलाई तपाईंको चेलाहरूकहाँ ल्याएँ, तर तिनीहरूले उसलाई निको पार्न सकेनन्।”
17 येशूले जवाफ दिनूभयो, “तिमीहरूमा विश्वास छैन। तिमीहरूको जीवननै भ्रष्ट छ। तिमीहरूसँग म कहीलेसम्म बस्न सकुँला? तिमीहरूसँग कहिलेसम्म म धैर्य गरिबस्नु? त्यस केटोलाई यता ल्याऊ।” 18 येशूले केटाभित्र भएको भूतलाई आज्ञागर्नु भयो। त्यो केटाबाट भूत बाहिर निस्क्यो, अनि त्यसबेला देखि केटो निको भयो।
19 तब चेलाहरू येशूकहाँ एकान्तमा आए। तिनीहरूले भने, “हामीले केटाबाट भूत भगाउन पूरा प्रयास गरेका थियौं। तर हामीले त्यसलाई भगाउन सकेनौं। किन हामीहरूले भूत भगाउन सकेनौ?”
20 येशूले जवाफ दिनुभयो, “तिमीहरूले भूत भगाउन सकेनौ, किनभने तिमीहरूमा विश्वास एकदमै कम्ती छ म तिमीहरूलाई साँच्चो भन्दछु। यदि तिमीहरूको विश्वास तोरीको दाना जत्रो हुँदो हो, त पर्वतलाई यहाँबाट हटिजा भनेर तिमीहरूले त्यस डाँडालाई आज्ञा दिन सक्ने थियौ। ‘अनि त्यो सर्ने थियो।’ सबै कुरा तिमीहरूको निम्ति सम्भव थियो।” 21 [a]
© 2004, 2010 Bible League International