Revised Common Lectionary (Complementary)
प्रमुख संगीतकारलाई: “करारको लिलिको” रागमा गाँउने असापको स्तुति-गीत।
80 हे इस्राएल का भेंडावाला, दया गरी मेरो कुरा सुन्नुहोस्।
तपाईंले यूसुफका भेंडाहरू डोर्याउनु भयो।
तपाईं करूब स्वर्गदूतहरूमाथि राजा सरह विराजमान हुनुहुन्छ।
हामी तपाईंलाई हेर्छौं।
2 इस्राएल का भेंडावाला, तपाईंको महानता ती एप्रैम,
बिन्यामीन र मनाश्शेलाई देखाउनु होस्।
आएर हामीलाई बचाउनु होस्।
3 परमेश्वर, हामीलाई फेरि स्वीकार गर्नुहोस्।
हामीलाई स्वीकार गर्नुहोस्, र बचाउँनु होस्!
4 परमप्रभु परमेश्वर, सर्वशक्तिमान् परमेश्वर तपाईंले हाम्रो प्रार्थना कहिले सुन्नु हुनेछ?
के हामी प्रति तपाईं सधैँ रिसाउनु हुने छ?
5 तपाईंले आफ्ना मानिसहरूलाई आँसु खुवाउनु भयो।
तपाईंले तिनीहरूलाई प्रशस्त आँसु खान दिनु भएको छ।
त्यो आँसु तिनीहरूको पिउने पानी भयो।
6 ती छिमेकीहरूसँग लड्नलाई तपाईं केही त गर्नुहोस्
हाम्रा शत्रुहरू हामी प्रति हाँस्दछन्।
7 हे सर्वशक्तिमान् परमेश्वर,
हामीलाई फेरि स्वीकार गर्नुहोस् र बचाउँनु होस्।
8 बितेका दिनहरूमा, तपाईंले हामीहरूलाई महत्वपूर्ण विरूवा जस्तो स्याहार्नु भयो।
तपाईंले मिश्रबाट तपाईंको “अङ्गुरको झ्याँङ्ग” ल्याउनु भयो।
तपाईंले “अरूहरूलाई” यो जमीन छोड्न वाध्य गराउनु भयो,
अनि तपाईंले यहाँ “अङ्गुरको झ्याङ्ग” रोप्नु भयो।
9 तपाईंले “अङ्गुर” रोप्नलाई जमीन तयार गर्नुभयो।
तपाईंले यसका जराहरूको निम्ति ध्यान दिनुभयो।
चाँडै सम्पूर्ण जमीनमा अअङ्गुरको झ्याङ्ग फैलियो।
10 यसले पर्वतहरू ढाकेर गयो।
यसको पातहरूले नीमका रूखहरू सम्म छेकियो।
11 यसको अङ्गुरहरू भूमध्य सागर सम्म फैलियो।
यसको लहराहरू युफ्रेटिस् नदी तर्फ फैलिएर गए।
12 हे परमेश्वर, किन तपाईंले पर्खालहरू तानेर झार्नु भयो जसले तपाईंको “अङ्गुरको रूखलाई” सुरक्षा दिन्छ?
अब बाटो हिँड्नेहरूले पनि यसको अङ्गुरहरू टिप्नेछन्।
13 जङ्गली सुङ्गुरहरू आउँदछ र तपाईंको “अङ्गुरको झ्याँङ्गमाथि” हिंड्दछ।
जङ्गली पशुहरू आएर त्यसको पातहरू खाँदछ।
14 हे, सर्वशक्तिमान् परमेश्वर, फर्की आउनुहोस्।
स्वर्गबाट तपाईंको “अङ्गुरको झ्याँङ्गलाई” तल हेर्नुहोस् अनि रक्षा गर्नुहोस्।
15 हे परमेश्वर, तपाईंको आफ्नै हातहरूले रोप्नु भएको “अङ्गुरको बोटलाई” हेर्नुहोस्।
तपाईंले आफ्नै निम्ति बढाएको पौधाहरू हेर्नुहोस्।
16 तपाईंको “अङ्गुरका बोटहरू” सुख्खा गोबर जस्तै आगोमा छन्।
तपाईं यसमा रिसाउनु भयो र नष्ट पार्नुभयो।
17 परमेश्वर, मानिस कहाँ पुग्नु होस् जो तपाईंको दाहिने पट्टि उभिनु भएको छ।
तपाईंले उठाउनु भएको मानिसकहाँ पुग्नु होस्।
18 उहाँले तपाईंलाई फेरि छाड्नु हुन्न,
उहाँलाई बाँच्न दिनोस् अनि उहाँले तपाईंको नाउँको उपासना गर्नेछन्।
19 सर्वशक्तिमान् परमप्रभु परमेश्वर, हामी भएकहाँ फर्की आउनु होस्,
हामीलाई ग्रहण गर्नुहोस् र हामीलाई बँचाउनु होस्।
इस्राएल, परमेश्वरको दाख बारी हो
5 अब म मेरा साथीहरूकालागि गीत गाउनेछु। यो गीत उनीहरूका दाख बारीको विषयमा छ।
मेरा मित्रको अत्यन्त समृद्ध दाखबारी थियो।
2 मेरा मित्रले खेत खने अनि सफा पारे।
उनले त्यहाँ राम्रो अङ्गुरको बोट रोपे।
उनले खेतको माझमा एउटा मचान
अनि एउटा कोल निर्माण गरे।
तब उनले त्यहाँ अङ्गुरको राम्रो फसलको आशा गरे।
तर त्यहाँ नराम्रा अङ्गुरहरू मात्र फल्यो।
3 यसकारण परमेश्वरले भन्नुभयोः “यरूशलेममा बस्ने मानिसहरू अनि यहूदाका मानिसहरू,
म अनि मेरो दाखबारीको विषयमा सोच।
4 मेरो दाखबारीकोलागि म अझ के गर्न सक्थें र?
मैले सबै कुरा गरे।
मैले असल दाखको उब्जनी हुन्छ भन्ने आशा गरेको थिएँ
तर त्यहाँ सबै नराम्रा उब्जाऊ भयो
किन त्यस्तो भयो?
5 “अब म तिमीहरूलाई भन्नेछु,
म मेरो अङ्गुरको बगैंचालाई के गर्नेछु।
म सबै बारहरू उखेल्नेछु।
अनि तिनीहरूलाई जलाउनेछु।
म ढुङ्गाका पर्खालहरू भत्काउने छु
अनि ती ढुङ्गाहरूमाथि हिँड्नेछु।
6 म मेरो दाखबारीलाई रित्तो मैदान पारिदिनेछु।
कसैले पनि बिरूवाहरूको ख्याल गर्ने छैन।
कसैले पनि खेतमा काम गर्ने छैन्।
त्यहाँ बेकामको झार-काँढाहरू मात्र उम्रनेछन्।
म बादललाई पृथ्वीमा पानी नपार भनेर आज्ञा दिनेछु।”
7 सेनाहरूका परमप्रभुमा भएको दाखबारी इस्राएल घरानाका सम्पत्ति हो। अनि दाखको हाँगा-बिरूबालाई परमप्रभुले प्रेम गर्नुहुन्छ त्यो यहूदाको मानिस हो।
परमप्रभुले न्यायको आशा गर्नुभयो,
तर त्यहाँ हत्याहरू मात्र भए।
परमप्रभुले धार्मिकताको आशा गर्नुभयो,
तर त्यहाँ नराम्रा व्यवहार भएका मानिसहरूबाट कोलाहल मात्र थियो।
आत्मा र मानवता
16 यसैले म भन्छुः आत्मा अनुसार बाँच। त्यसो गर्यो भने तिम्रा पापपूर्ण स्वभावले चाहेको खराब काम गर्ने छैनौ। 17 हाम्रो पापपूर्ण स्वभावले यस्तो कुरो चाहन्छ जुन आत्मा विरुद्ध हुन्छ। अनि आत्माले चाँहि यस्तो कुरो चाहन्छ जुन हाम्रो पापपूर्ण स्वभावको विरूद्ध हुन्छ। यी दुइ कुराहरू एक अर्कोको विपरीत छन्। यसैकारण तिमीले साँच्चै गर्नु चाहेको कुरो गर्न सक्तैनौ। 18 तर आत्माबाट डोरियौ भने तिमी व्यवस्थाको अधीनमा रहने छैनौ।
19 हाम्रा पापपूर्ण स्वभावले खराब गर्छ जो यी हुन्: यौन पाप, अशुद्धता, अनैतिकता, 20 मूर्ति-पूजा, तन्त्र-मन्त्र, दुश्मनी, झै-झगड, इर्ष्या, क्रोध, स्वार्थ, फूट, गुटबन्दी, 21 डाह, मद्धपान, मोजमज्जा र यस्तै अरूअरू। मैले पहिले पनि चेतावनी दिएकै हुँ र अहिले पनि दिन्छुः जसले यस्ता कामहरू गर्छन् ती परमेश्वरको राज्यमा जाने छैनन्। 22 तर आत्माले प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता, 23 नम्रता, संयम दिंदछ। यी कुराहरू भुल हुन् भन्ने कुनै व्यवस्थामा छैन। 24 ख्रीष्ट येशूमा हुनेहरूले आफ्ना यस्ता पापपूर्ण स्वभावलाई क्रूसमा झुण्ड्याएका हुन्छन्। तिनीहरूले आफ्ना वासना र अशुभ कामना जो तिनीहरूको पाप स्वभावले चाहन्छ, त्यागी सकेका हुन्छन्। 25 आत्माबाट हामीले नयाँ जीवन पाउँदछौं। जीवनको पथ प्रदर्शनको निम्ति हामीले आत्मालाई पछ्याउनु पर्छ। 26 हामीले अर्कालाई रीस उठाउनु हुँदैन। र हामीले एक-अर्कोको डाह गर्नु हुँदैन।
© 2004, 2010 Bible League International