Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 150

150 परमप्रभुको प्रशंसा गर!

परमप्रभुलाई उहाँको मन्दिरमा प्रशंसा गर!
    उहाँको शक्तिको स्वर्गमा प्रशंसा गर!
परमप्रभुले गर्नु भएको महान् कार्यहरूका निम्ति उहाँको प्रशंसा गर।
    उहाँको सारा महानता अनुसार, उहाँको प्रशंसा गर!
नरसिंङ्गा र तुरही फुकेर परमेश्वरको प्रशंसा गर!
    वीणाहरू बजाएर उहाँको प्रशंसा गर।
खैंजडीहरू बजाउँदै नाच्दै परमेश्वरको प्रशंसा गर।
    तारहरूले बनिएको वादनद्वारा उहाँको प्रशंसा गर।
    बाँसुरीहरू बजाएर उहाँको प्रशंसा गर!
झ्यालीहरू जोड-जोडले बजाएर परमेश्वरको प्रशंसा गर!
    झ्यालीहरूको गर्जनपूर्ण आवाजले उहाँको प्रशंसा गर!

प्रत्येक जीवित प्राणीले उहाँको प्रशंसा गर।

परमप्रभुको प्रशंसा गर!

होशे 5:15-6:6

15 जबसम्म तिनीहरूले आफ्ना अपराध,
    स्वीकार गरेर मेरो उपस्थितिको खोजी गर्दैनन्,
    तब सम्म म फर्केर आफ्नै ठाँउमा जानेछु।
आफ्नो कष्टमा तिनीहरूले मलाई यसो भन्दै खोज्नेछन्।”

परमप्रभु तर्फ फर्कि आउँनेको पुरस्कार

“आऊ, हामी परमप्रभुतिर फर्कौ
    किनभने उहाँले हामीलाई घायल पार्नु भएकोछ,
    र उहाँले नै हामीलाई निको पार्नुहुनेछ।
उहाँले चोट पार्नु भएकोछ,
    र उहाँले नै हामीलाई मलम पट्टी बाँध्नु हुनेछ।
दुइ दिनपछि उहाँले हामीलाई पुनःर्जीवित पार्नु हुनेछ
    अनि तेस्रो दिन उहाँले हामीलाई माथि उठाउँनु हुनेछ।
    हामी उहाँकै अघि जिउँदो हुनेछौं।
आऊ, हामी परमप्रभुलाई चिनौं,
    हामी परमप्रभुलाई चिन्ने प्रयन्त गरिरहौं।
हामीलाई थाह छ उहाँ आउनुहुनेछ।
    उहाँको आगमन प्रभात झैं निश्चय छ।
उहाँ हामीकहाँ जमीनलाई भिजाउने,
    आखिरी बर्षा झैं आउनु हुनेछ।”

मानिसहरू विश्वास योग्य छैनन्

“ए एप्रैम, म तिमीलाई के गरूँ?
    ए यहूदा म तिमीलाई के गरूँ?
किनकि तेरो प्रेम बिहानको कुइरो जस्तै,
    र बिलिने शीत जस्तै छ।
यसैकारण मैले तिनीहरूमाथि
    अगमवक्ताद्वारा बञ्चरो चलाएकोछु।
मैले तिनीहरूलाई मेरो मुखको वचनद्वारा घात गरेकोछु।
    मेरो न्यायहरू ज्योति झैं प्रकट हुनेछन।
किनभने म अमर प्रेम चाहन्छु
    बलिदान होइनँ।
अनि मानिसहरूले बल्दै गरेको बलि ल्याउनु भन्दा,
    परमेश्वरलाई बेशी जानेको म चाहन्छु।

2 यूहन्ना 1-6

अग्रजबाट अभिवादन।

परमेश्वरद्वारा चुनिएकी स्त्री अनि तिनका बालकहरू प्रति म तिमीहरू, सत्यमा रहेका सबैलाई प्रेम गर्छु। ती सबै, जसले तिमीहरूलाई प्रेम गर्ने सत्यतालाई जान्दछन् तिमीहरूलाई पनि। यही प्रेमको कारणले जो हामीमा छ, हामी तिमीहरूलाई प्रेम गर्छौ। त्यो सत्य हामीमा सदा रहनेछ।

अनुग्रह, कृपा अनि शान्ति, पिता परमेश्वर अनि उनका पुत्र येशू ख्रीष्टको मार्फत हामीसँग हुनेछ। हामी सत्य अनि प्रेमबाट यी आशीर्वाद प्राप्त गर्छौं।

तिम्रो कोही बालकहरू जो तिनीहरू पिताले हामीलाई दिएको आज्ञा अनुसार सत्यको मार्ग अनुशरण गरिरहेछन् भन्ने जान्न पाउँदा म खुशी भएँ। अनि, अब प्रिय महिला, म तिमीलाई भन्छु हामी सबैले एक-अर्कोलाई प्रेम गर्नुपर्छ। यो नयाँ आज्ञा होइन। यो त्यही आज्ञा हो जो हामीसित शुरु देखि नै थियो। अनि प्रेम गर्नुको अर्थ उनले हामीलाई दिएको आज्ञा अनुसार रहनु हो। अनि परमेश्वरको आज्ञा यो हो तिमीहरूले प्रेमको अनुशरण गर्नुपर्छ। तिमीले यो आज्ञा शुरुदेखि नै सुन्दै आएकी छौ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International