Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
प्रेरित 4:5-12

अर्को दिन यहूदी अगुवाहरू, बूढा यहूदी अगुवाहरू र शास्त्रीहरू यरूशलेममा भेट्न गए। प्रधान पूजाहारी हन्नास, कैयाफा, यूहन्ना र अलेकजाण्डरहरू त्यहाँ थिए। सबै मानसिहरू जो प्रधान पूजाहारी चुनिने एक परिवारका थिए। तिनीहरूले पत्रुस र यूहन्नालाई सबैजना समक्ष उभ्याए। यहूदी अगुवाहरूले तिनीहरूलाई धेरै पल्ट सोधे, “यस लङ्गडो मानिसलाई तिमीहरूले कसरी ठीक पार्यो? के शक्तिले तिमीहरूले यो काम गरयौ? कसको अधिकार लिएर तिमीहरूले यसो गर्यौ?”

तब पवित्र आत्माले पत्रुस भरिपूर्ण भयो। उनले तिनीहरूलाई भने, “मानिसहरूका अगुवाहरू र बूढा अगुवाहरूः तिमीहरूले यस्ता असल काम गरेको विषयमा अहिले हामीलाई प्रश्न गरिरहेछौ कि यो लङ्गडो मानिस कसरी निको भयो? 10 तिमीहरू सबै, यहूदी मानिसहरूले जानुन् कि यो लङ्गडो मानिस नासरतका येशू ख्रीष्टको शक्तिद्वारा निको भएको हो! जसलाई तिमीहरूले क्रूसमा किला ठोक्यौ। परमेश्वरले उहाँलाई मृत्युबाट जीवनमा बौराउनु भयो। यो मानिस लङ्गडो थियो, तर अब ठीक छ। ऊ तिमीहरू सामु उभिन सामर्थ छ येशूको शक्तिले गर्दा। 11 येशू हुनुहुन्छ

‘यो ढुङ्गालाई तिमी डकर्मीहरूले कुनै महत्व नै दिएनौ,
    तर यो ढुङ्गा मूल-ढुङ्गा हुनगएको छ।’(A)

12 येशू मात्र एक त्यस्तो हुनुहुन्छ जो मानिसहरूलाई बचाउन योग्य हुनु हुन्छ। उहाँको नाँउ मात्र यो संसारका मानिसहरूलाई दिइएको एक शक्ति हो, जसद्वारा हामी बचाइन सक्छौ।”

भजनसंग्रह 23

दाऊदको भजन।

23 परमप्रभु मेरो गोठाला हुनुहुन्छ।
    मलाई खाँचो परेका सबै थोकहरू पाउनेछु।
उहाँले मलाई हरियो घाँसको चौरमा सुताउनुहुन्छ।
    उहाँले मलाई शान्त तलाउतिर लानु हुन्छ।
उहाँले आफ्नै नाउँको लागि मेरो आत्मामा नयाँ शक्ति दिनुहुन्छ।
    उहाँ साँच्चै नै असल हुनुहुन्छ भन्ने देखाउनलाई उहाँले मलाई धार्मिकताको बाटोतर्फ डोराउनु हुन्छ।
यदि म चिहानभन्दा पनि अन्धकार-खाडी भएर हिंडे पनि,
    डरले रातभरी तर्सने छैन, किनभने हे परमप्रभु, तपाईं मसँग हुनुहुन्छ।
    तपाईंको लाठ्ठी र लौरोले मलाई सान्तवना दिंदछ।
हे परमप्रभु, तपाईंले मेरो शत्रुहरूका समक्ष मेरो निम्ति भोजन तयार पारिदिनु भयो,
    अनि तपाईंले मेरो शिरलाई तेलले अभिषेक गर्नु भयो।[a]
    मेरो कचौरा चुलिन्छ र पोखिएर बगिरहनेछ।
मेरो जीवनको अन्त सम्म करूणा र भलाई मसँगै रहने छ,
    अनि म परमप्रभुको मन्दिरमा सधैँको निम्ति बस्नेछु।

1 यूहन्ना 3:16-24

16 साँच्चो प्रेम के हो त्यो यसरी हामी जान्दछौ येशूले हाम्रा निम्ति आफ्ना जीवन अर्पण गरे। यसर्थ हामीले हाम्रो जीवन ख्रीष्टमा भएका हाम्रा भाइ-बहिनीहरूका निम्ति अर्पण गर्नुपर्छ। 17 कसैसित संसारको धन-सम्पत्ति छ र पनि आफ्ना दाज्यू-भाइलाई खाँचोमा परेको देख्दा उनिहरूप्रति आफ्नो मन कठोर पार्छ भने परमेश्वरको प्रेमले कसरी त्यसमा वास गर्छ? 18 मेरो बालकहरू, हाम्रो प्रेम केवल शब्द अनि बातमा मात्र हुनु हुँदैन। हाम्रो प्रेम साँच्चो प्रेम हुनुपर्छ। हामीले हाम्रो प्रेम हाम्रो कर्मद्वारा दर्शाउनु पर्छ।

19-20 त्यस प्रकारले जान्दछौ कि हामी सत्य मार्गका छौ। अनि जब हाम्रा विवेकले हामीलाई भर्तसना गर्छ, परमेश्वर समक्ष हामी हाम्रो हृदयलाई पुन: सान्तवना गराउन सक्छौं। किनभने परमेश्वर हाम्रो विवेक भन्दा महान हुनुहुन्छ। परमेश्वरले सबै कुरा जान्नुहुन्छ।

21 मेरा प्रिय मित्रहरू, यदि हाम्रो विवेकले हामीलाई भर्तसना भने, जब हामी परमेश्वर समक्ष जान्छौ हामी निडर हुनेछौं। 22 अनि परमेश्वरले हामीलाई हामीले याचना गरेका कुराहरू दिनु हुन्छ, किनभने हामी परमेश्वरको आदेश पालन गर्छौ अनि परमेश्वर के कुराले खुशी हुनुहुन्छ हामी त्यही गर्छौ। 23 यो त्यही हो जो परमेश्वरले आज्ञा गर्नु हुन्छ उहाँका पुत्र येशू ख्रीष्टमा विश्वास गर अनि एक-अर्कामा प्रेम गर। यही उहाँको आदेश हो। 24 मानिस जसले परमेश्वरका आदेशहरू पालन गर्छ उ परमेश्वरमा जीवित रहन्छ। अनि परमेश्वर उसमा बस्नुहुन्छ। परमेश्वर हामीमा हुनुहुन्छ भन्ने हामी कसरी जान्दछौ? हामी आत्माको कारणले जान्दछौं जो परमेश्वरले हामीलाई प्रदान गर्नु भएको छ।

यूहन्ना 10:11-18

11 “म असल गोठालो हुँ। असल गोठालोले भेंडा़का निम्ति आफ्नो जीवन प्रदान गर्दछ। 12 पैसा दिएर राखेको कर्मी र खास गोठालोमा भिन्नता हुँदछ। तलब दिएर राखेका गोठालाहरूको आफ्नो भेंडा़ हुदैन। जब उसले ब्वाँसो देख्दछ, ऊ भेंडा़लाई छाडेर भाग्दछ। तब ब्वाँसोले भेंडा़हरूमाथि आक्रमण गरेर तितर-बितर पार्दछ। 13 किनभने ऊ तलबमा राखिएको मान्छे हो। त्यसकारणले भाग्छ। उसले भेंडा़को देखरेख गर्दैन। उसलाई भेंड़ाको चिन्ता हुँदैन। उसलाई भेंड़ासँग कुनै मतलब रहँदैन।

14-15 “म त्यो गोठालो हुँ जसले भेंडा़लाई साँच्चो मनले रक्षा गर्छ। म मेरा भेंडा़हरू चिन्दछु जसरी पिताले मलाई चिन्नुहुन्छ। अनि भेंडा़ले पनि मलाई चिन्दछ जसरी म पितालाई चिन्दछु। म ती भडाहरूका लागि जीवन अर्पण गर्छु। 16 मसँग अन्य भेंडा़हरू पनि छन्। तिनीहरू यस झुण्डमा छैनन्। मैले तिनीहरूलाई पनि अगुवाई गर्नु पर्छ। तिनीहरूले मेरो आवाज सुन्नेछन्, तब तिनीहरू एउटै झुण्डमा हुनेछन् तब त्यहाँ, एउटा बगाल अनि एउटै गोठालो हुदँछ। 17 मेरो पिताले मलाई प्रेम गर्नुहुन्छ किनभने म मेरो जीवन दिनु तयार छु ताकि त्यो म फेरि फिर्ता पाउँनेछु। 18 मबाट कसैले जीवन लिन सक्दैन, मेरो आफ्नै जीवन आफ्नो इच्छाले दिन्छु मेरो आफ्नो जीवन दिने अधिकार छ। अनि त्यसैलाई पुनः प्राप्त गर्न अधिकार पनि छ। यही नै त मेरा पिताले मलाई गर्नु भन्नुभयो।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International