Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
प्रस्थान 12:1-4

निस्तार

12 जब तिनीहरू मिश्रमा थिए, परमप्रभुले मोशा र हारूनलाई भन्नु भयो। “यो महिना नै तिमीहरूको निम्ति बर्षको पहिलो महिना हुनेछ। यो आदेश इस्राएलका सारा समुदायका निम्ति हो। यो महिनाको दशौं दिनमा आफ्नो घरका मानिसहरूको निम्ति प्रत्येक मानिसले एउटा थुमा ल्याउनु पर्छ। एउटा पाठो खाई सक्नलाई यदि कुनै मानिसको घरमा प्रशस्त मानिसहरू नभए उसले त्यस दिनको भोजमा भाग लिनको निम्ति छिमेकीलाई निम्त्याउनु पर्छ। प्रत्येक मानिसलाई पुग्ने पाठो हुनुपर्छ।

प्रस्थान 12:5-10

पाठो एक बर्षको र खोट रहित हुनुपर्छ। पाठो भेंडा अथवा बाख्राको भए पनि हुन्छ। तिनीहरूले त्यो पाठोलाई महिनाको चौधौं दिनसम्म सावधानीसँग राख्नु पर्छ। त्यस दिन इस्राएली समुदायका मानिसहरूले साँझमा ती पाठाहरू मार्नु पर्छ। यी पशुहरूको रगत सबै मानिसले जम्मा गर्नुपर्छ। अनि ढोकाका चौखटाहरूमा र घरका जहाँ पाठाहरू खाइन्छन् ढोकाहरूमाथि छर्नु पर्छ।

“त्यो राती पाठो आगोमा पोलेर खानु पर्छ। तिमीहरूले तितो जडी-बुट्टी र खमीर बिनाको रोटी खानुपर्छ। पाठो काँचो अथवा पानीमा उमालेर खानु हुँदैन। त्यो पाठो सबै आगोमाथि सेकाउनु पर्छ, त्यसको भित्र, टाउको र खुट्टाहरू शरीरबाट नछुट्टाई आगोमाथि सेकाउनु पर्छ। 10 बिहानसम्म मासुहरू बाँकि नराख। यदि केही मासुहरू रह्यो भने, त्यसलाई आगोमा जलाउनु पर्छ।

प्रस्थान 12:11-14

11 “जब तिमीहरू भोजन खान्छौ कतै बाहिर यात्रामा जाँदा जस्तै लुगा लाउनुपर्छ। तिमीहरूका खुट्टामा जुत्ता र हातमा टेक्ने लाठी हुनै पर्छ र हतार-हतार खानु पर्छ। किनभने यो परमप्रभुको निस्तार हो।

12 “आज राती म मिश्रभित्र पस्नेछु अनि पहिले जन्मेका मानिसहरू र पशुहरूलाई नष्ट गर्नेछु। यस प्रकारले म मिश्रका सबै देवताहरूको न्याय गर्नेछु, म परमप्रभु हुँ। 13 तर तिमीहरूका घरमा लगाएका रगत चाँहि एउटा विशेष चिन्ह हुनेछ र म जुन घरमा रगत लगाएको देख्छु त्यसलाई छोडेर जान्छु। म मिश्र देशका मानिसहरूको निम्ति हानिकारक रोग उत्पन्न गर्छु। तर त्यो खराब बिमारले तिमीहरू कसैलाई पनि असर गर्दैन।

14 “यसकारण यो एउटा स्मरणीय दिन हुनेछ। अनि तिमीहरूको निम्ति यो एक विशेष पवित्र चाड़ हुनेछ। तिमीहरूका सन्तानहरूले सदा सर्वदा यो पवित्र चाड़लाई परमप्रभुलाई भक्ति गर्ने दिनको रूपमा मान्नु पर्छ।

भजनसंग्रह 116:1-2

116 जब परमप्रभुले मेरो प्रार्थना सुन्नु हुँदछ,
    त्यो मलाई मन पर्दछ।
जब मैले गुहार माग्दा उहाँले मलाई सहाएता दिनुहुन्छ,
    त्यो मलाई मन पर्छ।

भजनसंग्रह 116:12-19

12 म परमप्रभुलाई के दिन सक्छु र?
    ममा भएका सबै कुराहरू परमप्रभुले नै दिनु भएको हो।
13 उहाँले मलाई बचाउनु भयो,
    यसकारण म उहाँलाई अर्घ बलि चढाउनेछु।
    अनि म परमप्रभुको नाउँ बोलाउनेछु।
14 परमप्रभुलाई प्रतिज्ञा गरेको कुराहरू म उहाँलाई दिनेछु।
    म अब सम्पूर्ण मानिसहरूका समक्षमा जानेछु।

15 परमेश्वरका भक्तजनहरू मध्ये एउटै पनि मर्यो भने त्यो उहाँको निम्ति महत्वपूर्ण हुनेछ।
    परमप्रभु तपाईंको दासहरू मध्ये म एक हुँ।
16 हे परमप्रभु, म तपाईंको दास हुँ।
    म तपाईंकी एकजना सेविकाको बालक हुँ।
    परमप्रभु, तपाईं नै मेरो प्रथम गुरू हुनुहुन्थ्यो।
17 म तपाईंलाई धन्यवादको भेटी टक्र्याउँने छु।
    म परमप्रभुको नाउँ पुकार्नेछु।
18 आफूले वचन दिएको कुराहरू म परमेश्वरलाई दिनेछु।
    अब म सम्पूर्ण मानिसहरूको समक्ष जाने छु।
19 म यो सव यरूशलेमको मन्दिरमा गर्नेछु,
    र परमप्रभुको मन्दिरको आँगनमा गर्नेछु।

परमप्रभुको प्रशंसा गर!

1 कोरिन्थी 11:23-26

23 तिमीहरूलाई म त्यही शिक्षा दिंदैछु जुन मैले प्रभुबाट पाएँ त्यो रात जब येशू पक्राउ पर्नुभयो, उहाँले रोटी लिनुभयो। 24 र त्यसको निम्ति धन्यवाद दिनुभयो। अनि उहाँले रोटी भाँच्नु भयो र भन्नुभयो, “यो मेरो शरीर हो, यो तिमीहरूकोलागि हो। यो मेरो समझना को निम्ति गर।” 25 उसरी नै उनीहरूले खाए पछि येशूले दाखरसको कचौरा लिनुभयो। येशूले भन्नुभयो, “यो दाखरस परमेश्वरबाट आफ्ना मानिसलाई नयाँ करार हो। यो नयाँ करार मेरो रगतसित शुरू हुँदछ। जहिले पनि तिमीहरू यो पिउँछौ मेरो सम्झनामा गर्ने गर।” 26 जब-जब तिमीहरू यो रोटी खाँदछौ र यो कचौराबाट पिउँदछौ उहाँ नआउन्जेल प्रभुको मृत्युको घोषणा गर्दछौ।

यूहन्ना 13:1-17

येशूले आफ्ना चेलाहरूको खुट्टा धुनुभयो

13 यो प्राय यहूदीहरूको निस्तार चाड आइसकेको बेला थियो। येशूले जान्नु हुन्थ्यो कि अब उहाँ को संसार छोडने समय आइपुग्कोछ। अब आफ्ना पिता कहाँ फर्की जाने समय आइपुगेकोछ। येशूले सधैँ तिनीहरूलाई प्रेम गर्नु भयो जो उहाँसँग त्यस संसारमा थिए। अब येशूले तिनीहरूलाई आफ्नो पूर्ण प्रेम देखाउने समय आएको थियो।

येशू र उहाँका चेलाहरूको, निम्ति बेलुकाको भोजन थियो। शिमोन इस्कारयोतीको छोरा यहूदालाई येशूको विरुद्ध हुने कुरा अघिबाटै शैतानले प्रेरित गराएको थियो। पिताले येशूलाई सबै कुरामाथि शक्ति दिनुभएको थियो। येशूले यी कुराहरू जान्नु हुन्थ्यो। उहाँ यो पनि जान्नु हुन्थ्यो कि उहाँ परमेश्वरबाट आउनु भएको हो। अनि परमश्वर तर्फै फर्किरहनु भएको थियो भन्ने पनि जान्नु हुन्थ्यो। जब तिनीहरूले खाई रहेका थिए, येशू उठ्नु भयो र आफ्ना पोशाकलाई पन्साउनु भयो। उहाँले तौलिया लिएर आफ्नो कम्मरमा बेह्रनु भयो। तब येशूले भाँडामा पानी खन्याउनु भयो। उहाँले तब चेलाहरू खुट्टा धुन थाल्नु भयो। र आफ्ना कम्मरमा बेहेरेको तौलियाले उनीहरूका खुट्टा पुछिदिनु भयो।

येशू शिमोन पत्रुस कहाँ आउनु भयो। तर पत्रुसले येशूलाई भने, “प्रभु, मेरो खुट्टा धुनु पर्दैन।”

येशूले जवाफमा भन्नुभयो, “अहिले मैले के गरिरहेछु तिमी जान्दैनौ। तर पछि बुझ्ने छौं।”

पत्रुसले भने, “अँहँ! तपाईंले मेरो खुट्टा कहिल्यै धुनुहुँदैन।”

येशूले भन्नुभयो, “यदि मैले तिम्रो खुट्टा धोइनँ भने, मसँग तिम्रो कुनै अंश रहने छैन।”

शिमोन पत्रुसले भने, “प्रभु, मेरो खुट्टामात्र होइन, मेरो हात र टाउँको पनि धोइदिनु होस्।”

10 येशूले भन्नुभयो, “नुहाइसके पछि एक मानिस सम्पूर्ण रूपले सफा हुँदछ। उसको खुट्टामात्र धुनु पर्दछ। तिमीहरू सबैजना शुद्ध छौ तर कोही कोही मात्र छैनौ।” 11 येशूले उहाँको विरुद्ध को जाने छ चिन्नुहुन्थ्यो। त्यसैकारणले येशूले भन्नुभयो, “तिमीहरूमा सबै शुद्ध छैनौं।”

12 येशूले तिनीहरूका खुट्टा धोइसक्नु भयो। तब आफ्नो पोशाक लगाई टेबलतर्फ फर्की जानुभयो उहाँले भन्नुभयो, “तिमीहरू जान्दछौ मैले तिमीहरूलाई के गरें? 13 तिमीहरूले मलाई ‘गुरूज्यू’ र ‘प्रभु’ भनेर बोलाउँछौ। अनि यो ठीक हो किनभने म त्यही हुँ। 14 तिमीहरूका प्रभु र गुरू हुँ। किनेभने मैले तिमीहरूका खुट्टा एक नोकरले जस्तो धोएँ। यसैले तिमीहरूले पनि एकअर्काको खुट्टा धुनु पर्छ। 15 मैले तिमीहरूको अघि उदाहरणको लागि यो गरें। र तिमीहरूले एकाअर्कामा त्यसै गर्नु पर्छ जस्तो मैले गरें। 16 म सत्य भन्छु। एक नोकर उसको मालिक भन्दा ठूलो हुँदैन जसलाई केही कार्यका निम्ति पठाइएको छ ऊ ती पठाउने भन्दा ठूलो होइन। 17 यदि तिमीहरूले यी कुराहरू जान्दछौ, गर्‌यौ भने सुखी हुनेछौ।

यूहन्ना 13:31-35

येशूले आफ्नो मृत्यु विषय भन्नु हुन्छ

31 यहूदा जब गइसकेको थियो, तब येशूले भन्नु भयो, “अब मानिसको पुत्रले महिमा प्राप्त गर्छ अनि परमेश्वरले मानिसको पुत्रबाट महिमा प्राप्त गर्नुहुन्छ। 32 यदि परमेश्वरले पनि उसको माध्यमबाट महिमा प्राप्त गर्दछ भने, उहाँले छोरोलाई स्वयंबाट महिमा तुरून्तै दिनुहुनेछ।”

33 येशूले भन्नुभयो, “मेरा छोरा-छोरीहो, अब म तिमीहरूसँग केही समय सम्म मात्र रहनेछु। तिमीहरूले मलाई खोज्नेछौ। अनि यहूदीहरूलाई मैले जे भने त्यो तिमीहरूलाई भन्नेछु, अब जहाँ म गइरहेछु त्यहाँ तिमीहरू जान सक्तैनौ।

34 “म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिन्छु: एकअर्कामा प्रेम गर। तिमीहरूले मैले जस्तो एकाअर्कामा प्रेम गर्नु पर्छ। 35 यदि तिमीहरूले आपसमा प्रेम गर्यौ भने यस तरिकाबाट सबै मानिसहरूले जान्नेछन् कि तिमीहरू मेरा चेलाहरू हौ।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International