Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 20

प्रमुख संगीतकारलाई: दाऊदको भजन।

20 सङ्कष्ट परेको बेलामा परमप्रभुले तिम्रो गुहारलाई सुन्नु भएको होस्।
    याकूबका परमेश्वरले तिम्रो रक्षा गर्नु भएको होस्।
उहाँको पवित्र स्थानबाट परमप्रभुले तिमीलाई सहायतामा पठानु भएको होस्।
    उहाँले सियोनबाट तिमीलाई मद्दत गरून्।
तिमीले अर्पण गरेका सम्पूर्ण उपहारहरू परमेश्वरले सम्झना गरून्।
    उहाँले तिम्रा सबै बलिहरू स्वीकार गरून्।
तिमीले खास जे चाहन्छौ परमेश्वरले त्यही गरून्।
    उहाँले तिम्रा सबै योजनाहरू सफल पारी गरून्।
जब परमप्रभु परमेश्वरले तिमीलाई सहयोग गर्नु हुन्छ हामीहरू खुशी हुनेछौं।
    परमेश्वरको नाउँको स्तुति गरौं।
तिमीले मागेको प्रत्येक कुरा परमप्रभुले दिऊन्!

अब म जान्दछु आफूले रोजेका राजालाई परमप्रभुले सहयोग गर्नुहुन्छ!
    परमेश्वर आफ्नो पवित्र स्वर्गमा हुनुहुन्छ अनि आफूले रोजेका राजालाई जवाफ दिनुहुन्छ।
    परमेश्वरले बचाउन आफ्नो महान् शक्ति चलाउनु हुन्छ।
कतिपय मानिसहरूले आफ्ना रथहरूमाथि भरोसा गर्दछन् कतिपय मानिसहरूले आफ्ना सिपाहीहरू माथि भरोसा गर्दछन्।
    तर हामी ता परमप्रभु हाम्रा परमेश्वरकै नाउँमा भरोसा गर्छौं।
ती अन्य मानिसहरू पराजित भए, तिनीहरू युद्धमा मारिए।
    तर हामीले जित्यौं! हामी विजेता हौं।

परमप्रभुले आफूले रोजेका राजालाई बचाउनु हुन्छ!
    परमेश्वरले रोजेका राजाले गुहार मागे अनि परमेश्वरले त्यसको जवाफ दिनुभयो!

हबकूक 3:2-15

हे परमप्रभु, मैले तपाईंको बिषयमा सुनें अनि आश्चर्यले पूर्ण भएँ।
    हे परमप्रभु! बिगतमा जुन महानकार्यहरू गर्नु भयो म त्यसमा छक्कपरें।
अब म तपाईंलाई हाम्रो समयमा पनि यस्तो महान कार्य गर्नुहोस् भनि प्रार्थना गर्छु।
    म तपाईसँग बिन्ति गर्छु कि यो हाम्रो दिनहरूमा ती कुराहरू हुन दिनुहोस्
तर जब तपाईं क्रोधित हुनुहुन्छ तब हामीमाथि पनि दया देखाउन याद राख्नु होस्।

परमेश्वर तेमानवाट आउँनु हुँदैछ।
पारान पर्वतबाट एक पवित्र आउनु हुँदैछ,

आकाशमा उहाँको महिमाले स्वर्ग ढाक्यो,
    अनि पृथ्वी उहाँको प्रशंसाले भरियो।

उहाँको गौरम चम्कन्छ,
उहाँको हातबाट ज्योतिको किरणहरू निस्कियो
    अनि ती हातहरूमा उहाँको शक्ति लुकेकोछ।
उहाँको अघि रूढी फैलिंदै गयो
    अनि विनाशक उहाँको पछि-पछि गयो।
परमप्रभुले उभिएर पृथ्वीको नाप गर्नु भयो।
    उहाँले सबै जातिका मानिसहरूलाई तीब्र दृष्टिले हेर्नु भयो,
र तिनीहरू डरले काम्न थाले
    अनि प्राचीन पहाडहरू ढलेर टुक्रा-टुक्रा भएर फुटे,
परमेशवर सदा यस्तै हुनुहुन्छ।

मैले कूशनका शहरहरूलाई सङ्कटमा परेको देखें।
    मैले मिद्यानका घरहरू डरले कामिरहेको देखें।
हे परमप्रभु के तपाईं नदीहरूको बिरूद्धमा क्रोधित हुनुभयो?
    के समुद्र तपाईंको क्रोधको पात्र बन्यो?
के खोलाहरू प्रति तपाईं क्रोधित हुनुभयो
    जब तपाईंको बिजयमा घोडाहरू अनि रथहरूमा सवार हुनुभयो,
    के तपाईं क्रोधित हुनुहुन्थ्यो?

तैपनि तपाईंले तपाईको इन्द्रधनुष देखाउँनु भयो।
    यो तपाईंको पृथ्वीको परिवारको निम्ति प्रमाण थियो।

तपाईंले पृथ्वीलाई नदीहरूले छुट्याउनु भयो।
10     तपाईंलाई देखेर पहाडहरू काम्न थाले,
पानी पृथ्वीमा बग्न शुरु गर्यो।
    जव गहिरो समुद्र भूमिबाट झर्यो
    यसले ठुलो हल्ला गर्यो।
11 सूर्य अनि चन्द्रमाले आफ्नो प्रकाश दिन छाड्यो।
जव तिनीहरूले तपाईंको उज्वल प्रकाश देखे,
    तिनीहरूले तिनीहरूको प्रकाश दिन बन्द गरे।
त्यो बिजुली चम्किएको हावामा हिर्काएको भालाहरू,
    अथवा काँडहरू जस्तै थियो।
12 क्रोधमा तपाईं पृथ्वीमाथि हिँड्नुभयो,
    अनि देशहरूलाई दण्ड दिनु भयो।
13 तपाईं आफैंले आफ्ना मानिसहरूलाई बचाउँन आउनुभयो।
    जसलाई तपाईंले विजय बनाउँन रोज्नु भएको थियो
त्यो राजालाई अगुवाई गर्नु आफैं आउनु भयो।
    पृथ्वीको महत्व पूर्ण परिवारदेखि लिएर
    परिवारका प्रत्येक दुष्ट अगुवाहरूलाई तपाईंले मार्नुभयो।

14 शत्रुका सेनाहरू जसले हामीलाई
    शक्तिशाली आँधीले झैं पछ्याए।
हामीलाई मार्ने चेष्टा गरे तिनीहरूलाई रोक्न तपाईले
    मोशाको लौरो प्रयोग गर्नु भयो।
गुप्तरूपले गरीबलाई लुटे झैं
    तिनीहरूले सोचे कि हमालाई सजिलै जित्न सक्नेछौं।
15 तर तपाईं गहिरो समुद्रमा तपाईंको
    आफ्नै घोडाबाट माटोलाई घोल्दै तर्नुभयो।

लूका 18:31-34

येशू आफ्नो मृत्यु बारे फेरि चर्चा गर्नुहुन्छ

(मत्ती 20:17-19; मर्कूस 10:32-34)

31 त्यसपछि येशूले बाहै प्रेरितहरूलाई अर्को तिर लानु भयो, उहाँले तिनीहरूलाई भन्नुभयो, “सुन! हामीहरू यरूशलेम जाँदैछौं। मानिसको पुत्रका विषयमा अगमवक्ताहरूले जे-जे लेखेकाछन् ती सबै पूरा हुनेछन्। 32 उहाँकै मानिसहरू उहाँको विरुद्धमा जानेछन् अनि उहाँलाई गैरयहूदीहरूको हातमा सुम्पिनेछन्। तिनीहरूले उहाँको उपहास गर्नेछन्, अनि उहाँलाई थुक्ने छन्। 33 तिनीहरूले उहाँलाई कोर्रा लाउँने छन् अनि मार्नेछन्। तर उहाँ मरेको तीन दिनपछि, फेरि बौरी उठ्नु हुनेछ।” 34 प्रेरितहरले यी कूराहरूको अर्थ बुझ्ने चेष्टा गरे, तर ती वास्तविक कुरा बुझ्न सकेनन् कारण यो तिनीहरूबाट लुकेको थियो अनि तिनीहरूले केही पनि बुझेनन्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International