Revised Common Lectionary (Complementary)
91 तिमी सर्वोच्च परमेश्वरकहाँ लुक्न जान सक्छौ।
तिमी सर्वशक्तिमान् परमेश्वरकहाँ सुरक्षाको लागि जान सक्छौ।
2 म परमप्रभुलाई भन्दछु, “तपाईं मेरो सुरक्षा र मेरो किल्ला हुनुहुन्छ।
मेरो परमेश्वर, म तपाईंमाथि भरोसा गर्दछु।”
9 किनभने तिमी परमप्रभुमा भरोसा गर्दछौ।
तिमीले सर्वोच्च परमेश्वरलाई आफ्नो सुरक्षाको ठाउँ बनायौ।
10 तिमीलाई केही नराम्रो हुनेछैन।
त्यहाँ तिम्रो घरमा कुनै प्रकारको रोग हुने छैन।
11 परमेश्वरले तिमीहरूको लागि स्वर्गदूतहरूलाई आज्ञा दिनु हुनेछ,
अनि तिनीहरूले तिमीहरूलाई जहाँ जाँदा पनि रक्षा गर्नेछन्।
12 तिनीहरूका हातहरूले तिमीहरूलाई पक्रनेछन्,
त्यसैकारण तिमीहरूले आफ्नो खुट्टा ढुङ्गामा बजार्नु पर्दैन।
13 तिमीहरूले सिंहहरूमाथि
र विषालु सर्पहरूमाथि हिंड्ने शक्ति पाउनेछौ।
14 परमप्रभु भन्नुहुन्छ, “यदि कुनै मानिसले ममा भरोसा गर्दछ भने,
म उसलाई बचाउँने छु।
जसले मेरो नाउँलाई उपासना गर्दछ म मेरो भक्तजनहरूलाई रक्षा गर्नेछु।
15 मेरो भक्तजनहरूले सहयोगको निम्ति मलाई डाक्ने छन्।
अनि म तिनीहरूलाई जवाफ दिने छु
म तिनीहरूको दुःखको बेलामा साथ रहनेछु,
म तिनीहरूलाई मुक्त गर्ने छु र सम्मान गर्ने छु।
16 अनि मेरा भक्तजनहरूलाई दीर्घायु दिनेछु
अनि तिनीहरूलाई बचाउँनेछु।”
6 तब परमप्रभुले मोशालाई भन्नुभयो, “अब तिमीले हेर्नेछौ फिरऊनलाई म के गर्नेछु। म मेरो महा-शक्ति उसको विरोधमा चलाउनेछु अनि उसले मेरा मानिसहरूलाई जान दिनेछ। तिनीहरूलाई पठाउनको निम्ति फिरऊन यति व्याकुल हुनेछ कि ऊ आफैंले तिनीहरूलाई जबरजस्ती पठाउनेछ।”
2 तब परमेश्वरले मोशालाई भन्नु भयो, “म परमप्रभु हुँ, 3 अब्राहाम, इसहाक र याकूबको अघि प्रकट भएको थिएँ। तिनीहरूले मलाई एल-सद्दाई[a] भने। तिनीहरूले मेरो नाउँ यहोवा (परमप्रभु) भनी जाने। 4 मैले तिनीहरूसित करार बाँधे। मैले तिनीहरूलाई बसो-बास गर्न कनान भूमि दिनेछु भनी प्रतिज्ञा गरें। तिनीहरू त्यस भूमिमा बसे तर त्यो भूमि तिनीहरूको आफ्नै थिएन। 5 इस्राएलीहरू पीरले कराएको मैले सुनेको छु। म जान्दछु इस्राएलका मानिसहरू मिश्र देशका दास हुन्। अनि म मेरो करार सम्झना गर्छु। 6 यसर्थ ती इस्राएलका मानिसहरूलाई भन, ‘म परमप्रभु हुँ, म तिमीहरूलाई मिश्रीहरूद्वारा जबरजस्ती लगाएको कामबाट मुक्त गर्नेछु। म तिमीहरूलाई दासत्वबाट स्वतन्त्र गर्नेछु। म यसलाई मेरो महा-शक्ति अनि महान न्यायले पूर्ण गर्ने छु। 7 तिमीहरू मेरा मानिसहरू हुनेछौ अनि म तिमीहरूका परमेश्वर हुनेछु। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ र तिमीहरूलाई मैले मिश्रको मानिसहरूबाट स्वतन्त्र पारेको थाह पाउनेछौ। 8 मैले अब्राहाम, इसहाक, याकूबसित महान प्रतिज्ञा गरेको थिएँ। मैले तिनीहरूलाई एउटा देश दिनेछु भनी वचन दिएको थिए। यसैकारण म तिमीहरूलाई त्यो देशमा लानेछु। म त्यो देश तिमीहरूलाई दिनेछु र त्यो देश तिमीहरूको हुनेछ। म परमप्रभु हुँ।’”
9 यसर्थ मोशाले इस्राएलीका मानिसहरूलाई प्रत्येक कुरा भने तर मानिसहरू यति कठोर परिश्रम गरिरहेका थिए तिनीहरूले मोशाका कुरा धैर्यसित सुनेनन्।
10 तब परमप्रभुले मोशालाई भन्नुभयो, 11 “जाऊ अनि मिश्रको राजा फिरऊनलाई भन इस्राएलका मानिसहरूलाई उसको भूमिमा जान दिनोस्।”
12 तर मोशाले उत्तर दिए, “इस्राएली मानिसहरूले मेरा कुरा सुन्दैनन् भने। फिरऊनले मेरो कुरा कसरी सुन्छन्? म एउटा एकदमै अयोग्य वक्ता हुँ।”
13 परमप्रभुले मोशा र हारूनसँग कुरा गर्नुभयो। उहाँले तिनीहरूलाई इस्राएली मानिसहरूसित अनि फिरऊनसँग कुरा गर्ने आज्ञा दिनुभयो। परमप्रभुले तिनीहरूलाई भन्नु भयो, इस्राएलका मानिसहरूलाई मिश्रबाट बाहिर लैजाऊ।
35 “यो मोशा त्यही मानिस थिए जसलाई यहूदीहरूले चाहिंदैन भनेका थिए। तिनीहरूले उनलाई भनेका थिए, ‘कसले तिमीलाई हाम्रो शासक र न्यायकर्त्ता बनायो?’ त्यही मानिसलाई परमश्वरले शासक र उद्धारकको रूपमा पठाउनु भएको थियो। परमेश्वरले मोशालाई स्वर्गदूतको माध्यम पठाउनु भएको थियो जो जल्दै गरेको पोथ्रामा उनी अघि देखापरेको थियो। 36 तब मोशाले मानिसहरूका अगुवाई गरे। उनले आश्चर्यमय कुराहरू अनि चमत्कारहरू मिश्र देशमा लाल सागरमा अनि मरुभूमिमा चालीस वर्ष सम्म गरे।
37 “उनी त्यही मोशा थिए जसले यहूदीहरूलाई भनेका थिए, ‘परमेश्वरले तिमीहरूको लागि तिमीहरूकै माझबाट एक अगमवक्ता पठाउनु हुनेछ। उनी म जस्तै नै हुनेछन्।’ 38 उनी त्यही मोशा हुन जो यहूदीहरूकै जमघटमा एकत्रित भएर मरूभूमिमा सँगै थिए। तिनी त्यो स्वर्गदूतसँग जो सीनै पर्वतमा तिनीसित बोले अनि तिनी हाम्रा पुर्खाहरूसँग थिए। मोशाले परमेश्वरबाट आदेशहरू प्राप्त गरे जसले जीवन दिन्छ। मोशाले हामीलाई ती आदेशहरू दिए।
39 “तर हाम्रा पुर्खाहरूले मोशाका आज्ञा पालन गर्न चाहेनन्। तिनलाई स्वीकार गरेनन्। अनि तिनीहरूले मिश्रदेश फर्की जाने इच्छा गरे। 40 हाम्रा पुर्खाहरूले हारूनलाई भने, ‘मोशाले हामीलाई मिश्र देश बाहिर निकालेर ल्याए। तर उनलाई के भयो हामी जान्दैनौ। हाम्रा निम्ति केही देवताहरू सृष्टि गरिदेऊ जो हाम्रो अघि जानेछन् अनि हामीलाई अगुवाइ गर्नेछन्।’(A) 41 यसकारणले मानिसहरूले बाछो जस्तो देखिने एउटा मूर्ति बनाए। त्यसपछि तिनीहरूले त्यसलाई बलिहरू चढाए। मानिसहरू आफ्नै हातले त्यस्तो चीज बनायौं भनेर अत्यन्त खुशी थिए। 42 तर परमेश्वर तिनीहरूबाट टाढा जानु भयो अनि तिनीहरूलाई आकाशको झूटो देवताहरूको पूजा गर्न छाडिदिनु भयो। अगमवक्ताहरूका पुस्तकमा लेखिए जस्तै यो घट्योः
‘तिमी यहूदीहरूले चालीस वर्षसम्म यो मरूभूमिमा मेरा निम्ति पशु-बलि अनि भेटीहरू अर्पण गरेनौं;
© 2004, 2010 Bible League International