Revised Common Lectionary (Complementary)
दाऊदको प्रार्थना।
17 हे परमप्रभु, न्यायको निम्ति मेरो प्रार्थना सुन्नुहोस्।
म तपाईंलाई उच्च स्वरमा पुकार्दैछु।
अनि मैले भनेका कुरामा म ईमान्दार छु।
यसैले मेरो प्रार्थनाप्रति ध्यान दिनुहोस्।
2 तपाईं मेरो विषयमा सही निर्णय लिनु हुनेछ
किनभने तपाईं सत्य देख्न सक्नु हुन्छ।
3 तपाईंले मेरो हृदयलाई गहिरो हेर्नु भएको छ
तपाईं रातभरि मसँग हुनुहुन्थ्यो।
तपाईंले मलाई प्रश्न गर्नु भयो अनि केही दोषहरू पाउनु भएन।
मैले कुनै खराब योजना बनाइनँ।
4 मैले जहाँसम्म एकजना मानवको निम्ति सम्भव छ
त्यतिनै मैले तपाईंको आज्ञाहरू पालन गर्ने चेष्टा गरेको छु।
5 मैले तपाईंको पथ अनुशरण गरेकोछु।
मेरो पाइलाहरूले तपाईंले बताउनु भएको बाँच्ने तरिका कहिल्यै छोडेका छैनन्।
6 हे परमेश्वर, प्रत्येक पल्ट मैले तपाईंलाई बोलाएँ।
तपाइँले मलाई जवाफ दिनुभयो।
यसैले अब मेरो कुरा सुन्नु होस्।
7 हे परमेश्वर, तपाईंले ती मानिसहरूलाई सहयोग गर्नुभयो,
जसले तपाईंमाथि भरोसा गरे।
तिनीहरू तपाईंको दाहिनेतर्फ उभिएका छन्।
त्यसैले यो प्रार्थना तपाईंले आफ्ना भक्तजनहरू मध्ये एकजनाबाट सुन्नु होस्।
8 तपाईंले आफ्नो आँखाको नानी जस्तै मेरो रक्षा गर्नुहोस्।
तपाईंको छत्रछाँयामुनि मलाई लुकाउनु होस्।
9 हे परमप्रभु, मलाई नष्ट गर्न खोज्ने दुष्ट मानिसहरूबाट जोगाउनु होस्।
मेरो चारैतिरबाट घात पुर्याउन प्रयास गरिरहेका दुष्ट मानिसहरूदेखि मलाई जोगाउनु होस्।
10 तिनीहरूमा दया छैन।
तिनीहरू साह्रै अहंकारी छन्।
तिनीहरूले परमेश्वरका कुराहरू सुन्दैनन्।
11 ती मानिसहरूले मेरो खेदो गरे।
अहिले तिनीहरू मेरो चारैतिर
आक्रमण गर्न तयार छन्।
12 ती दुष्ट मानिसहरू हिंस्रक सिंहहरू जस्तै अन्य प्राणीहरूलाई मारेर खान्छन्।
तिनीहरू सिंहहरू जस्तै लुक्छन् र आक्रमण गर्न तयार रहन्छन्।
13 हे परमप्रभु, उठ्नुहोस र शत्रु तर्फ जानु होस्।
तिनीहरूलाई आत्मासमर्पण गर्न बाध्य पार्नुहोस्।
तपाईंको आफ्नो तरवार चलाउनु होस् र ती दुष्ट मानिसहरूबाट मलाई बचाउँनुहोस्।
14 हे परमप्रभु, तपाईंको शक्ति प्रयोग गर्नुहोस् र दुष्ट मानिसहरूलाई यस धर्तीबाट हटाउनुहोस्।
हे परमप्रभु, प्रशस्त मानिसहरू तपाईं कहाँ सहायता माग्न आउँछन्।
ती मानिसहरूलाई प्रशस्त खानेकुरा दिनु होस्।
तीनीहरूलाई यति प्रशस्त खानेकुराहरू दिनुहोस्, तिनीहरूका भावी सन्तानलाई पनि पुगोस्।
15 मैले न्यायको निम्ति प्रार्थना गरें। यसैले, हे परमप्रभु, म तपाईंको मुहार हेर्नेछु।
हे परमप्रभु, तपाईंलाई हेरेर, म पूर्ण सन्तुष्ट हुनेछु।
प्रधान पूजाहारीको बारेमा दर्शन
3 त्यसपछि स्वर्गदूतले मलाई प्रधान पूजाहारी यहोशू देखाए। यहोशू परमप्रभुको स्वर्गदूतको सामुन्ने उभिरहेका थिए अनि शैतान यहोशूको दाहिने पट्टि उभिरहेको थियो। शैतान त्यहाँ यहोशूलाई दोष लगाउन उभिरहेको थियो। 2 त्यससमय परमप्रभुका स्वर्गदूतले भने, “ए शैतान परमप्रभुले तँलाई हप्काउन्। परमप्रभुले तँलाई अपराधी घोषित गरुन्। परमप्रभुले यरूशलेमलाई आफ्नो विशेष शहर चुन्नु भएकोछ। यो एउटा जल्दै गरेको आगोबाट निकालिएको अगुल्टो होइन र?”
3 यहोशू स्वर्गदूतको छेउमा उभिएको थियो अनि यहोशूले मैला लुगा लगाएको थियो। 4 त्यतिबेला स्वर्गदूतले उसको छेउमा उभिएका अरू स्वर्गदूतहरूलाई भने, “यहोशूको मैला लुगा खोलिदेऊ।” तब स्वर्गदूतले यहोशूसँग कुरा गरे। उसले भने, “हेर मैले तिम्रो अपराधहरू टाढा गरिदिएँ अनि म तिमीलाई नयाँ लुगा लगाउन दिइरहेछु।”
5 त्यसपछि मैले भनें, “त्यसको शिरमा एउटा नयाँ फेटा बाँधिदेऊ।” यसकारण तिनीहरूले उसको टाउको वरिपरि नयाँ फेटा बाँधिदिए। जतिबेला स्वर्गदूत उसको नजिक उभिइरहेका थिए, तिनीहरूले उसलाई नयाँ लुगा लगाई दिए। 6 त्यसपछि परमप्रभुका स्वर्गदूतले यहोशूसँग यसो भनेः
7 सर्वशक्तिमान परमप्रपभुले यी सबै कुरा भन्नुभयो:
“यदि तिमीले मैले भने जस्तै गरी बस्यै
अनि मेरो सेवा गर्यौ भने,
तिमीले मेरो मन्दिरमा न्याय गर्नेछौ।
तिमीले यसको आँगनको हेरचाह गर्नेछौ
अनि म तिमीलाई यहाँ उभिरहेका स्वर्गदूतलाई झैं
स्वतन्त्रसित हिंडडुल गर्नेदिनेछु।
8 प्रधान पूजाहारी यहोशू, सुन्।
तिमी अनि तिम्रा साथीहरू जो तिम्रो अघि बसिरहेकाछन्, चिन्ह हौ।
अनि म मेरो दासलाई पनि ल्यउँदैछु।
उसलाई, ‘हाँगा’ भनिन्छ।
9 हेर! मैले एउटा ढुङ्गा यहोशूको छेउमा राखें।
त्यस ढुङ्गाको सातवटा आँखाहरूछन्
अनि म त्यस ढुङ्गामा बिशेष समचार खोप्नेछु,
म एकै दिनमा यो भूमिका सबै पापहरू निकालिदिनेछु।”
10 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ,
“त्यस दिन प्रत्येक मानिसले तिनीहरूको छिमेकिहरूलाई
तिनीहरूको दाखको बोट मुनि अनि नेभाराको बोट मुनि
शान्ति र आनन्दले बस्नका निम्ति बोलाउनेछन्।”
4 जब स्वर्गदूतहरूले पाप गरे तिनीहरूलाई दण्डविहीन जान दिइएन। अँहँ! परमेश्वरले तिनीहरूलाई नरकमा पठाउनु भयो। परमेश्वरले ती स्वर्गदूतहरूलाई अन्धकार गुफामा राख्नु भयो। तिनीहरूलाई न्याय नगरुन्जेल त्यहीं राख्नेछन् 5 अनि परमेश्वरले ती मानिसहरूलाई दण्ड दिनु भयो जो धेरै अघि जीवित थिए। परमेश्वरले संसारमा बाढी ल्याउनु भयो जुन मानिसहरूले भरिएको थियो जो परमेश्वर विरोधी थिए। तर परमेश्वरले नूहसित सात अन्य मानिसहरूलाई बचाए। नूह त्यो मानिस थिए जसले मानिसहरूलाई ठीक ढङ्गले बाँच्न उपदेश दिन्थे। 6 अनि परमेश्वरले दुष्ट नगरहरू सदोम अनि गमोरालाई दण्ड दिनु भयो। परमेश्वरले ती नगरहरूलाई खरानीमा परिवर्तन नहुन्जेल जलाउनु भयो। परमेश्वरले ती नगरहरूलाई जो पछि आउने समयमा परमेश्वरको विरुद्ध जानेहरूमाथि उदाहरण स्वरुप उपयोग गर्नुभयो। 7 तर परमेश्वरले ती नगरहरूबाट लूतलाई बचाउनु भयो। लूत खुबै असल मानिस थिए। नराम्रा मानिसहरूको फोहोर जीवनको कारण तिनले कष्ट पाए। 8 लूत एक असल मानिस थिए, तर तिनी प्रतिदिन ती दुष्ट मानिसहरूसँग बसेका थिए। लूतको असल हृदय तिनले दिनहु देखेका अनि सुनेका नराम्रा कुराहरूमा दु:खी भएको थियो। 9 हो, परमेश्वरले यी सबै कुरा गरे। जब कष्ट आई पर्छ जसले आफ्नो सेवा गर्छन् तिनीहरूलाई बचाँउनु प्रभु परमेश्वर जान्नुहुन्छ। अनि उहाँले जान्नुहुन्छ न्यायको दिनसम्म ती दुष्ट मानिसहरूलाई कसरी अड्काउनु पर्छ। 10 जो मानिसहरू तिनीहरूको पापमय कामवासना अनुसार कुकर्म गरेर बाँच्ने औ ती मानिसहरू जो परमेश्वरको अधिकार अस्वीकार गर्नेहरूलाई परमेश्वरले खास दण्ड दिनुहुनेछ।
यी झूटा शिक्षकहरू आफूले चाहेका केही पनि गर्दछन्, अनि तिनीहरू स्वयं गर्व गर्छन्। तिनीहरू महिमामय स्वर्गदूतहरूको विरुद्ध नराम्रा कुरा गर्न डराउँदैनन्। 11 सवर्गदूतहरू यी झूटा शिक्षकहरू भन्दा अधिक पराक्रमी अनि शक्तिशाली छन्। तर स्वर्गदूतहरूले झूटा शिक्षकहरूलाई दोषारोपन गर्दैनन् अनि तिनीहरूको बारेमा प्रभु अघि निन्दा गर्दैनन्। 12 तर यी झूटा शिक्षकहरू तिनीहरूले बुझेका कुरामा निन्दा गर्छन्। यी झूटा शिक्षकहरू, जङ्गली पसुहरू जस्तै मारिनुको निम्ति मात्र जन्मेका छन्, केही विचार नगरी काम गर्छन्। अनि यी झूटा शिक्षकहरू जङ्गली पशुहरू जस्तै नष्ट हुनेछन्। 13 यी झूटा शिकहरूले धेरै मानिसहरूलाई चोट पुर्याँउँछन्। यसर्य तिनीहरूले पनि चोट पाउनेछन्। त्यो तिनीहरूले गरेको कर्मको ज्याला हुनेछ। यी झूटा शिक्षकहरू, सबै मानिसहरू समक्ष आनन्द लिइने खेल झैं कुकर्मलाई लिन्छन्। तिनीहरू कुकर्ममा आनन्द लिन्छन् यसले तिनीहरूलाई खुशी पार्छ। यसर्थ तिनीहरू तिमीहरूमाझ फोहोर कलङ्क अनि दागहरू जस्तै हुन्। तिमीहरूसित साधरण भोजनमा भाग लिन्छन्। तिमीहरूलाई लज्जित तुल्याउँछ्न्। 14 हरेकपल्ट तिनीहरू स्त्रीलाई हेर्छन्, अनि तिनीहरू उसैलाई चाहन्छन्। यी झूटा शिक्षकहरू सदैव पाप गरिरहन्छन्। तिनीहरूले कमजोर मानिसहरूलाई पापको जालमा फसाउँछन्। तिनीहरू आफैंले स्वार्थी हुन् प्रशिक्षण लिएका छन्। तिनीहरू श्रापित छन्। 15 यी झूटा शिक्षकहरूले उचित मार्ग छोडेका छन् अनि तिनिहरूको जीवनलाई अनुचित मार्गमा लगेकाछन्। तिनीहरूले त्याही मार्ग अनुशरण गरे जुन मार्गमा बालाम हिँडेका थिए। बालाम बोअरका छोरा थिए। नराम्रो काम गरेको ज्याला उसले उत्साहले स्वीकार गरे। 16 तर एउटा गधाले बालामको कुकर्ममा ध्यानाकर्षण गरायो। अनि गधा एउटा पशु हो जो बोल्न सक्तैन। तर त्यो गधा मानिसको आवाजमा बोल्यो अनि त्यसले बालामलाई उसको पागल सोचाईबाट रोक्यो।
17 ती झूटा शिक्षकहरू ती पानी नभएका मुहानहरू हुन्। तिनीहरू ती मेघहरू जस्तै हुन् जसलाई आँधीले उडाउँछ। तिनीहरूका निम्ति घोर अन्धकारमा एक स्थान राखिएको छ। 18 ती झूटा शिक्षकहरू त्यस्ता वचनहरूमा गर्व गर्छन् जसको केही अर्थ छैन। तिनीहरूले मानिसहरूलाई पापको जालमा फसाउँछन्। तिनीहरूले, यस्ता मानिसहरूलाई आकर्षित गराइरहेछन् जो मानिसहरू कुकर्म गर्नेहरूबाट टाढ़ा रहन शुरु गर्दैछन्। ती झूटा शिक्षकहरूले, आफ्ना पापपूर्ण प्राकृतिक वासनाबाट हुने दुष्ट कर्मको सहायताले यो गर्छन्। 19 ती झूटा शिक्षकहरू स्वतंत्रता प्राप्तिको बचन दिन्छन्। तर ती झूटा शिक्षकहरू स्वयं स्वतन्त्र छैनन्। तिनीहरू ती ध्वंशात्मक कुराहरूका दास हुन्। एक मानिस त्यस वस्तुको दास बन्दछ जसले उसलाई अधिकारमा राख्छ। 20 ती मानिसहरू संसारका नराम्रा कुराहरूबाट मुक्त तुल्याइएका थिए। तिनीहरूलाई हाम्रा प्रभु अनि उद्धारकर्त्ता येशू ख्रीष्टलाई चिनेर मुक्त गराइएको थियो। तर यदि तिनीहरू अझ ती चीजहरू तिर फर्किन्छन् अनि तिनीहरूको नियन्त्रणमा रहन्छन् भने तिनीहरूको अहिलेको अवस्था शुरुको भन्दा खराब हुनेछ। 21 हो, तिनीहरूलाई दिइएको पवित्र शिक्षाबाट सही मार्ग चिन्नु अनि त्यसबाट फर्कनु भन्दा सही मार्ग तिनीहरूले कहिल्यै नचिनेको असल हुनेथ्यो।
© 2004, 2010 Bible League International