Revised Common Lectionary (Complementary)
112 परमप्रभुको प्रशंसा गर!
कुनै मानिसले परमेश्वरको डर र आदर राख्दछ।
त्यस मानिसले परमेश्वरका आज्ञाहरू मन पराउँदछ र ऊ सुखी हुनेछ।
2 उनका सन्तानहरू पृथ्वीमा महान् हुनेछ।
असल मानिसका सन्तानहरूलाई साँच्चो रूपमा आशीर्वाद दिइनेछ।
3 त्यस मानिसको परिवारहरू अति सम्पन्न हुनेछ
अनि उसको भद्रता सदा-सर्वदा रहने छ।
4 सोझा मानिसहरूको लागि, परमेश्वर अन्धकारमा चम्किरहने ज्योतिको स्वरूप हुनुहुन्छ।
परमेश्वर धर्मी, दयालु र करूणामय हुनुहुन्छ।
5 मानिसको लागि दयालु र उद्धार हुनु उत्तम हो।
एक मानिसको लागि आफ्नो व्यापारमा स्पष्ट हुनु असल हो।
6 त्यो मानिसको पतन कहिल्यै पनि हुनेछैन,
असल मानिसको सधैँ स्मरण गरिन्छ।
7 उनी कुनै पनि नराम्रो समाचारले डराउनु हुँदैन।
त्यो मानिसमा आत्मविश्वास छ किनभने उसले परमप्रभुमाथि विश्वास गर्दछ।
8 त्यो मानिसमा आत्मविश्वास छ, ऊ भयभीत हुनेछैन।
उसले आफ्नो शत्रुहरूलाई परास्त गर्नेछ।
9 त्यस्तो मानिस जसले आफ्नो इच्छा अनुसार
गरीब मानिसहरूलाई चीजबीजहरू दिंदछ।
अनि उसको उपकार सर्वदा रही रहने छ।
10 दुष्ट मानिसहरू त्यस्तो देखेर क्रोधित हुन्छन्।
तिनीहरूले रीसमा आफ्ना दाँतहरू कड्कडाउँछन्।
तर त्यसपछि तिनीहरू अल्पिने छन्।
दुष्ट मानिसहरूले आफूले चाहेका कुराहरू पाउने छैनन्।
24 “एउटा मानिसले एउटी स्त्रीलाई विवाह गरेको हुन सक्छ अनि पछि तिनमा केही गोप्य कुरा पाउन सक्छ जो उसलाई मन पर्दैन। यदि त्यो मानिस तिनीसँग खुशी छैन भने उसले छुटानामको पत्र लेखेर उसलाई दिनु पर्छ। तब उसले तिनीलाई घरबाट बाहिर पठाउन सक्छ। 2 जब त्यो स्त्रीले उसको घर छोड्छे उसले अर्को पुरूषसित विवाह गर्नु सक्छे। 3 तर यदि उसको नयाँ दोस्रो लोग्नेले पनि उसलाई मन नपराएर छुट्टानाम पत्र दिएर घरदेखि निकाली दिएको खण्डमा अथवा त्यो नयाँ दोस्रो लोग्नेको मृत्यु भएको खण्डमा, 4 पहिलो लोग्ने जसले त्यस स्त्रीलाई छुट्टानाम पत्र दिई घरबाट निकालेको थियो उसले त्यही स्त्रीसँग पुनः विवाह गर्नु सक्तैन किनभने त्यो स्त्री अशुद्ध भएकी हुन्छे अनि परमप्रभुले पनि यस्तो विवाहलाई घृणा गर्नुहुन्छ। तिमीले परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु हुँदै गरेको भूमिमा यस्तो पाप हुन दिनु हुँदैन।
5 “जब एकजना मानिसले भर्खर विवाह गर्छ उसलाई एक बर्षको निम्ति सेनामा पठाउनु हुँदैन। उसलाई कुनै विशेष काममा पनि लगाउनु हुँदैन। एक बर्षसम्म उसलाई आफ्नै घरमा बस्न दिनु पर्छ र आफ्नी पत्नीलाई खुशी पार्न दिनु पर्छ।
10 अब म विवाह गर्नेहरूलाई यो आज्ञा दिन्छु। यो आज्ञा मबाट होइन, यो प्रभूबाट हो। पत्नीले आफ्ना पतिलाई नछोडोस् 11 तर छोडिहाली भने पनि उसले फेरि विहे नगरोस्। कि त ऊ आफ्नै पतिसँग फेरि मिलोस्। पतिले पनि आफ्नी पत्नीलाई नत्यागोस्।
12 अरू सबैलाई म यो भन्छु। यी कुराहरू म भन्दैछु, प्रभुबाट होइन। ख्रीष्टमा एक भाइको यस्ती पत्नी हुन सक्छे जो ख्रीष्ट विश्वासी होइन। यदि त्यस्ती पत्नी उसित बस्न राजी छे भने उसले त्यसलाई नत्यागोस्। 13 अनि ख्रीष्टमा एक स्त्रीको अविश्वासी लोग्ने हुन सक्छ। तर यदि त्यो उसित बस्न राजी छ भने उसले पनि त्यसलाई नत्यागोस्। 14 एक अविश्वासी पति विश्वासी पत्नीद्वारा पवित्र बन्दछ। अनि अविश्वासी पत्नी पनि पनि विश्वासी पतिद्वारा पवित्र बन्छे। यसो नहुँदो होत तिमीहरूका छोर-छोरी अशुद्ध हुने थिए। तर अहिले उनीहरू पवित्र छन्।
15 तर विश्वास नगर्नेले त्याग्न खोजे, उसलाई त्यसो गर्न देऊ। त्यसो भएको खण्डमा ख्रीष्टमा भाइ वा बहिनी बन्धनमा रहदैंनन्। 16 परमेश्वरले हामीलाई शान्तिमय जीवनको निम्ति बोलाउनु भएकोछ। पत्नीहरू, तिमीहरूले नै आ-आफ्ना पतिलाई बचाउन सकौला, र पतिहरू, तिमीहरूले नै आ-आफ्ना पत्नीलाई बचाउन सकौला। पछि के हुने हो तिमीहरू अहिले जान्दैनौ।
© 2004, 2010 Bible League International