Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 76

वाद्य-वादन साथ संगीतकारले गाउनु पर्ने आसापको भजन।

76 यहूदामा भएका मानिसहरूले परमेश्वरलाई चिन्छन्।
    इस्राएल का मानिसहरूले परमेश्वरको नाउँको आदर गर्छन्।
शालेममा परमेश्वरको मन्दिर छ।
    परमेश्वरको घर सियोन पर्वतमा छ।
त्यस ठाउँमा, परमेश्वरले धनु र काँडहरू ढाल, तरवार
    र अन्य युद्धका हतियारहरू छिन्न-भिन्न पार्नुभयो।

हे परमेश्वर! जब तपाईं पहाडहरूबाट फर्केदै हुनुहुन्छ,
जहाँ तपाईंले आफ्नो शत्रुहरूलाई मार्नु भयो,
    तपाईं गौरवमय देखिनु हुन्छ।
ती सिपाहीहरूले आफू बलियो भएको सोचे।
तर अहिले तिनीहरू भुइँमा मृत रूपमा लडिरहेकाछन्।
    तिनीहरूको शरीर लुटिएर लडिरहेको छ।
    ती बलिया सिपाहीहरूले आफू स्वयंलाई नै बचाउने योग्यका हुन सकेनन्।
जब याकूबका परमेश्वरले ती सिपाहीहरूलाई गाली गर्नुभयो,
    घोडसवारहरू र घोडाहरू मरे।
हे परमेश्वर, तपाईं विस्मयकारी हुनुहुन्छ!
    जब तपाईं क्रोधित हुनुहुन्छ तब कोही पनि तपाईंको विरूद्ध उभिन सक्दैन।
8-9 परमप्रभु न्यायकर्ता झौं उभिनु भयो र निर्णय घोषणा गर्नुभयो,
    परमेश्वरले यस धर्तीका विनम्र मानिसहरूलाई बचाउँनु भयो।
स्वर्गबाट उहाँले निर्णय दिनुभयो,
    सम्पूर्ण पृथ्वी निस्तब्ध र भयभीत भए।
10 हे परमेश्वर, जब तपाईंले दुष्ट मानिसहरूलाई सजाय दिनुहुन्छ,
तपाईंलाई मानिसहरूले सम्मान गर्दछन्।
    तपाईंले आफ्नो क्रोध देखाउनु हुन्छ,
    अनि जीवित् रहनेहरू बलिया हुन्छन्।

11 हे मानिसहरू, तिमीहरूले परमप्रभु परमेश्वर प्रति वचन दिएका थियौ।
    अब उहाँप्रति ती वचनहरू पूरा गर।
प्रत्येक ठाउँमा मानिसहरू परमेश्वरसित डराउँछन् र आदर गर्छन्।
    तपाईंले तिनीहरूलाई भेटीहरू ल्याउन दिनुहोस्।
12 परमेश्वरले महान् शासकहरूलाई पराजित गर्नु हुन्छ।
    पृथ्वीका सबै राजाहरू उहाँसित डराउँछन्।

इजकिएल 29:1-12

मिश्रको बिरूद्ध संदेश

29 देशबाट निकालिएको दशौं बर्षको दशौं महीनाको बाह्रौं दिनमा परमप्रभु मेरा मालिकको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, “हे मानिसको छोरो! मिश्रको राजा फिराऊन प्रति ध्यान देऊ। मेरा निम्ति त्यसको तथा मिश्रको विरूद्धमा केही बोल। भन, ‘परमप्रभु मेरा मालिक भन्नुहुन्छ:

“‘हे मिश्रको राजा फिरऊन! म तिम्रो विरूद्धमा छु।
    तिमी नील नदीको किनारमा सुतिहरने ठूलो राक्षस (अजीङ्गर) हो।
तिमीले भन्यौ, “यो मेरो नदी हो!
    यही नदी हो जुन मैले बनाएँ।”

4-5 “‘तर म तिम्रो बङ्गारामा बल्छी लगाउँनेछु।
    नील नदीको सबै माछाहरू तिम्रो कत्लाहरूमा टाँसिदिन्छु।
तिम्रो कत्लाहरूमा टाँसिएका
    माछाहरूसितै तिमीलाई म
नदीबाट बाहिर निकालिदिनेछु।
    म तिमीलाई सबै माछाहरूसितै
मरुभूमिमा फ्याँकिदिनेछु
    अनि तिमी जमीनमा खस्नेछौ।
तब मिश्रमा बस्ने सबै मानिसहरूले जान्नेछन्
    कि म नै परमप्रभु हुँ।

“‘म यो कामहरू किन गर्दैछु?
किनकि इस्राएलका मानिसहरूले तिनीहरूको भरोसा मिश्रमाथि गरे
    तर मिश्रमाथि भरोसा गर्नु चाँहि पात्लो घाँसको पातमा अडेस लाग्नु सरह हो।
इस्राएलका मानिसहरूले सहायताका निम्ति मिश्रमाथि भरोसा गरे।
    तर तिमीहरू घरल्याम्मै लड्यौ अनि तिनीहरूको काधँहरूमा चोट पुर्यायो।
तिनीहरू सहायताको लागि तिमीमाथि भर परे।
    तर तिमी भाँच्चियौ र तिनीहरूको ढाडमा चोट पुर्यायौ।’”

यसैकारण, परमप्रभु मेरो मालिक भन्नुहुन्छ:
“म तिम्रो विरूद्धमा तरवार चलाउँछु!
    म तिम्रो सबै मानिसहरू अनि पशुहरूलाई नष्ट पार्छु।
मिश्र देश शून्य अनि नष्ट हुनेछ।
    त्यसपछि तिनीहरूले सम्झनेछन् कि म नै परमप्रभु हुँ।”

परमेश्वरले भन्नुभयो, “म त्यो काम किन गर्छु? किनकि तिमीले भन्यौ, ‘यो मेरो नदी हो। मैले नै नदी बनाएको हुँ।’ 10 यसकारण म तिम्रो विरूद्धमा छु। म नील नदीको खोलाहरूको विरूद्धमा छु। म मिश्रलाई पूर्ण रूपमा नष्ट पार्छु। मिग्दोलदेखि आश्वान सम्म, जहाँ सम्म इथोपियाको सीमाना छ, उजाड भूमि हुनेछ। 11 मिश्र देश पशु तथा मानिस शून्य हुनेछ। कुनै पनि मानिस अथवा पशु चालीस बर्ष सम्म मिश्र भएर यात्रा गर्ने अथवा जीउने छैन्। 12 म मिश्रदेशलाई उजाड भूमि बनाइदिनेछु अनि तिनीहरूको शहरहरू चालीस बर्ष सम्म ध्वंश बस्नेछ। म मिश्रबासीलाई जाति-जातिहरूमा तितर-बितर पारिदिन्छु। तिनीहरूलाई म विदेशमा वास बस्ने बनाई दिन्छु।”

प्रकाश 11:15-19

सातौं तुरही बज्यो

15 सातौं स्वर्गदूतले आफ्नो तुरही बजाए। तब स्वर्गमा ठूलो आवाजहरू भयो। आवाजहरूले भने,

“संसारको राज्य अब हाम्रा परमप्रभु परमेश्वरको अनि ख्रीष्टको भएको छ।
    अनि उहाँले सदा-सर्वदा शासन गर्नेछन्।”

16 तब ती चौबीस धर्म-गुरुहरूले शिर झुकाए अनि परमेश्वरको आराधान गरे। तिनीहरू ती धर्म-गुरुहरू हुन् जो परमेश्वरको सामुन्ने आफ्ना सिंहासनमा बस्छन्। 17 ती अग्रजहरूले भने,

“प्रभु परमेश्वर, जो सर्व-शक्तिमान हुनुहुन्छ, हामी तपाईंलाई धन्यवाद चढ़ाउँछौ।
    तपाईं नै एक हुनुहुन्छ, जो हुनुहुन्छ, जो सर्वदा हुनुहुन्थ्यो।
हामी तपाईंलाई धन्यवाद दिन्छौ किनभने तपाईंले आफ्नो महान-शक्ति लिनुभयो
    अनि शासन गर्नु शुरु गर्नुभयो।
18 संसारका राष्ट्रहरू क्रोधित थिए,
    तर अब तपाईंको क्रोधित हुने समय हो।
अब, मृत मानिसहरूको न्याय गर्ने समय हो।
    अब, तपाईंका सेवकहरू अनि अगमवक्ताहरूलाई पुरस्कृत गर्ने समय हो,
अनि तपाईंको पवित्र मानिसहरूलाई पुरस्कृत गर्ने समय हो,
    ती ठूला अनि साना मानिसहरू जो तपाईंलाई सम्मान गर्छन्।
यो ती मानिसहरूलाई संहार गर्ने समय हो, जसले पृथ्वीको संहार गर्छन्।”

19 त्यसपछि स्वर्गमा परमेश्वरको मन्दिर खोलियो। त्यो पवित्र सन्दूक जसमा परमेश्वरले उनका मानिसहरूलाई दिएको करार थियो, उनको मन्दिरमा देख्न सकिन्थ्यो। तब त्यहाँ बिजुली चम्क्यो, हल्ला भयो, गर्जन भयो, भूँईचालो आयो अनि धेरै असीना पर्यो।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International