Revised Common Lectionary (Complementary)
प्रमुख संगीतकारलाईः दाऊदको भजन।
13 हे परमप्रभु, कहिलेसम्म तपाईंले मलाई बिर्सनु हुन्छ?
के मलाई सदाको लागि बिर्सनु हुन्छ?
कहिलेसम्म मलाई ग्रहण गर्न तिरस्कार गर्नुहुन्छ?[a]
2 कहिलेसम्म म अन्योलमा परूँ,
कहिलेसम्म मैले मेरो हृदयमा उदासीनताको अनुभव गर्नु?
कहिलेसम्म मेरा शत्रुहरू मभन्दा पनि बलिया हुन्छन्?
3 हे परमप्रभु मेरो परमेश्वर, मलाई हेर्नुहोस्!
मेरो प्रश्नको जवाफ दिनुहोस् मलाई जवाफ दिनुहोस् नत्र म मर्नेछु।
4 यदि त्यस्तो घटना भयो भने, मेरा शत्रुले भन्ने छ, “मैले उसलाई कुटें!”
यदि त्यसले मलाई पराजित गर्यो भने मेरो शत्रु खुशी हुनेछ।
5 हे परमप्रभु, आफ्नो सहयोगको निम्ति मैले तपाईंको प्रेममा भरोसा गरें।
तपाईंले मलाई बचाउनु भयो र सुखी बनाउनु भयो!
6 म परमप्रभुको लागि सुखको गीत गाउने छु,
किनभने उहाँले मलाई धेरै असल कुरा गर्नु भएको छ।
यहूदाको चारैतिरको देशहरूको बिषयमा दर्शन
12 इस्राएलको बिषयमा परमप्रभुको दुःखको वचन। परमप्रभुले पृथ्वी र आकाश बनाउँनु भयो। उहाँले मानिसको आत्मा रच्नु भयो। अनि यी कुराहरू भन्नुभयो, 2 “हेर, म यरूशलेमलाई चारैतिरका राज्यहरूका निम्ति यसलाई बिषको बोटुको जस्तो बनाउँछु। अनि सम्पूर्ण यहूदा यरूशलेम झैं घेरामा पर्नेछ। 3 तर त्यसदिन, म यरूशलेमलाईसबै जातिहरूको लागि गह्रै ढुङ्गा जस्तो बनाईदिनेछु अनि जसले त्यसलाई उठाउँने कोशिश गर्छ त्यो नै घाइते हुनेछ। तर पृथ्वीका सबै जातिहरू एकै साथ आउँनेछन् अनि यरूशलेमको बिरूद्धमा लड्नेछन्। 4 तर म घोडाहरूलाई भयभित पारिदिनेछु अनि घोडसवारहरू डराउँनेछन्। म शत्रुका सबै घोडाहरूलाई अन्धा बनाइदिनेछु। तर मेरा आँखाहरू अन्धा हुनेछैन। अनि म यहूदाका कुलका मानिसहरूलाई रक्षा गर्नेछु। 5 तब यहूदाका कुलका अगुवाहरूले आफैं भन्नेछन्, ‘यरूशलेमका बासिन्दा, म परमप्रभु परमेश्वर सर्वशक्तिमानमा शक्ति पाउँनेछु।’ 6 त्यस समयमा यहूदाका परिवारलाई जङ्गलमा लागि रहेको डढेलो जस्तै बनाउँनेछु, मुठ्ठाहरूको बीचमा बल्दै गरेको राँकोहरू जस्तै तिनीहरूले चारैतिरका शत्रुहरूलाई नष्ट गर्नेछन् अनि यरूशलेमका बासिन्दाहरू फेरि बस्ने अनि आराम गर्ने स्थितिमा हुनेछन्।”
7 परमप्रभुले पहिला यहूदाका मानिसहरूलाई बचाउँनु हुनेछ यसकारण यरूशलेमका बासिन्दाहरूले शेखी गर्नेछैनन्। दाऊदको घरानाको अनि यरूशलेममा बस्ने अन्य मानिसहरूको गौरव यहूदाको भन्दा बढी नहोस्। 8 तर त्यसदिन परमप्रभुले यरूशलेमका मानिसहरूको साह्रै रक्षा गर्नु हुनेछ, यहाँ सम्म कि कमजोर मानिसहरू पनि दाऊद जस्तै योद्धा बन्नेछन् अनि दाऊदका परिवारहरू परमप्रभुको आफ्नो स्वर्गदूत जस्तै पथ प्रदर्शक हुनेछन्।
9 परमप्रभु भन्नुहुन्छ, “त्यस समय म ती यरूशलेमको बिरूद्धमा आउँने सारा जातिहरूलाई नष्ट गर्नेछु। 10 म दाऊदको घर अनि यरूशलेमका बासिन्दाहरूको हृदयमा अनुग्रह र करूणाको भावना भरिदिनेछु। तिनीहरूले म पट्टि हेर्नेछन्। जसलाई छेंड बनाएकाथिए अनि दुःखी हुनेछन्, जो एउटै मात्र पुत्रको निम्ति बिलाप गर्छ अथवा उसको पहिला जन्मेको पुत्रको मृत्यूको निम्ति विलाप गर्छ। तिनीहरू त्यसै दुःखी मानिसहरू झैं हुनेछन्। 11 त्यस दिन यरूशलेममा ठूलो दुःख अनि कष्ट आइपर्नेछ, त्यो यस्तो हुने छ जुन मगिद्दोको बेंसीमा हद्द-रिम्मोनको मृत्युमा मानिसहरू रोएका थिए। 12 भूमिले शोक मनाउँनेछन् प्रत्येक घरना रूनेछन्। दाऊदका घरनाका मानिसहरू आफैंले शोक मनाउँनेछन् अनि उनीहरूका पत्नीले शोक मनाउँनेछन्। नातान घरनाको मानिसहरू आफैं रूनेछन् अनि तिनीहरूका पत्नी पनि अलग-अलग रूनेछन्। 13 लेवी कुलका मानिसहरू अनि पत्नीहरू पनि एक्लै-एक्लै रूनेछन्। शिमी घरानाको मानिसहरू र पत्नीहरू पनि अलग-अलग रूनेछन्। 14 अनि यहि घट्ना सबै वंशमा हुनेछ। मानिसहरू एक्लै हुनेछन् अनि स्त्रीहरू एक्लै रूनेछन्।”
13 तर त्यससमय, पानीको एउटा कुलो दाऊदको घरना तथा यरूशलेमको बासिन्दाहरूको निम्ति मूल फुटेर आउँनेछ। त्यो मूलले तिनीहरूको पापलाई धोएर शुद्ध गरिदिनेछ।
9 “तिमीहरू होशियारी बस। मानिसहरूले तिमीहरूलाई पक्रनेछन् अनि न्यायको लागि लैजानेछन्। तिनीहरूले सभाघरहरूमा तिमीहरूलाई पिट्नेछन्। तिमीहरूलाई हाकिमहरू र राजाको सामु जबरजस्ती उभ्याइनेछ। तिमीहरूले मेरो बारेमा साक्षी दिनु पर्नेछ। तीमीहरूलाई हाकिमहरू र राजाको सामु जबरजस्ती उभ्याइन्छ। तिमीहरूले मेरो बारेमा साक्षी दिनु पर्नेछ। तिमीहरूले मलाई पछ्याएको कारणले गर्दा यी सबै हुनेछ 10 यस भन्दा अघिनै सबै जातिहरू सुसमाचार प्रचार गरिनु पर्नेछ। 11 तिमीहरू पक्राउ हुनेछौ अनि न्यायको भागी बन्नु पर्नेछ। तर तिमीहरूले त्यहाँ जे भन्नेछौ त्यस बारे डराउनु पर्ने छैन। त्यसबेला परमेश्वरले तिमीलाई जे दिनुहुन्छ त्यही भन्नु पर्नेछ। त्यसबेला वास्तवमा तिमी आफैं बोलिरहेको हुने छैनौं। पवित्र-आत्मा बोलिरहेको हुनेछ।
12 “दाज्यूभाइहरूले दाज्यूभाइहरूलाई मार्ने विश्वासघात गर्नेछन्। बाबुहरूले आफ्नै छोराहरूप्रति विश्वासघात गर्नेछन्। अनि मार्नेछन्। छोरा छोरीहरू पनि आफ्नै आमाबाबूहरूको विरूद्धमा उठ्नेछन् अनि तीनले आमाबाबूहरूलाई मार्नेछन। 13 सबै मानिसहरूले मलाई पछ्यायौ भनेर तिमीहरूलाई घृणा गर्नेछन्। तर जो चाँहि अन्त्यसम्म नै बलवान रहन्छ उ मात्रै बाँच्ने छ।
14 “तिमीहरूले भयानक विनास देख्नेछौ। तिनीहरूले त्यो घट्ना एउटा यस्तो ठाउँमा उभिएर हेर्ने छौ जहाँ त्यस्तो नहुनु पर्नेथ्यो।” (मानिस जसले पढ्छ यसको अर्थ के हुन्छ बुझ्नुपर्छ।) “त्यसबेला यहुदियाका मानिसहरू पहाड़हरूतिर भाग्नु पर्छ। 15 मानिसहरू समय खेर नफाली भाग्नु पर्छ। यदि कुनै मानिस घरको छानामा छ भने घरबाट केही निकाल्नलाई उ तलतिर ओर्लेनु हुदैन। 16 यदि कुनै मानिस आफ्नो खेतबारीमा छ भने त्यो पनि फर्केर आफ्नो वस्त्र ल्याउन त्यहाँ जानेछैन।
17 “हाय, त्यसबेला गर्भवती स्त्री वा ससाना नानीका आमाहरूलाई पनि नराम्रो हुनेछ। 18 यस्तो घट्ना जाडोको समयमा नहोस् भनेर प्रार्थना गर। 19 किनभने ती दिनहरूमा जुन कष्ट हुन्छ त्यो यस्तो हुन्छ कि परमेश्वरले संसारको सृष्टि गरेको देखि अहिलेसम्म भएको छैन। अनि यस्तो महा-संकष्टहरू फेरि घट्ने छैन। 20 उहाँका मानिसहरूको निम्ति परमेश्वरले त्यो भयानक समयलाई सीमित पार्ने निश्चय गर्नु भएको छ। यदि त्यो समय नछोटाइए कोही पनि बाँच्ने छैन। तर परमेश्वरले आफूले चुन्नु भएका मानिसहरूका निम्ति सहायता पुर्याउनलाई त्यो समय छोट्याउनु भएको छ।
21 “त्यसबेला, यदि केही मानिसहरूले तिमीहरूलाई भने, ‘हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ।’ अथ्वा ‘उहाँ त्यहाँ हुनुहुन्छ।’ यसलाई विश्वास नगर। 22 झूटो ख्रीष्टहरू र झूटो अगमवक्ताहरू आउनेछन् अनि परमेश्वरले चुनेका मानिसहरूलाई धोका दिनु सभव भए चिन्हहरू र चम्त्कारहरू गर्नेछन्। 23 यसकारण होशियार बस। यी सब हुन अघि नै मैले सर्तक गराएको छु।
© 2004, 2010 Bible League International