Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 105:1-11

105 परमप्रभुलाई धन्यवाद देऊ, उहाँको नाउँको उपासना गर।
    सबै जाति-जाति मानिसहरूलाई ती अचम्भ लाग्दा कुराहरूको बारेमा भन जुन उहाँले गर्नुहुन्छ।
परमप्रभु प्रति भजन गाओ, उहाँको प्रशंसा गर।
    उहाँले गर्नु भएको अलौकिक कुराहरूको बारेमा बताऊ जो उहाँले गर्नुहुन्छ।
परमप्रभुको पवित्र नाउँमा घमण्ड गर।
    तिमीहरू परमप्रभुलाई खोज्दै-खोज्दै आई पुग्यौं त्यसैले अब खुशी हौ।
बल पाउनुलाई परमप्रभु कहाँ जाऊ।
    सहायताको लागि सधैँ उहाँकोमा जाऊ।
याद गर ती अचम्मका कुराहरू जुन उहाँले गर्नुहुन्छ।
    याद गर उहाँका आश्चर्यकामहरू साथै उहाँका बुद्धिमानी निर्णयहरू।
तिमीहरू उहाँका दास अब्राहामका सन्तानहरू हौ।
    तिमीहरू याकूबका सन्तानहरू हौं तिमीहरू परमेश्वरद्वारा छानिएको मानिसहरू हौ।
परमप्रभु नै हाम्रो परमेश्वर हुनुहुन्छ।
    परमप्रभुले सारा संसारमा राज्य गर्नुहुन्छ।
परमेश्वरको करार पत्र सदा-सर्वदा याद गर।
    याद गर उहाँले एक हजार पुस्ताहरूलाई दिनुभएका उहाँका आदेशहरू!
परमेश्वरले अब्राहामसित करार गर्नु भएको थियो।
    परमेश्वरले इसहाक प्रति प्रतिज्ञा राख्नु भएको थियो।
10 त्यसपछि याकूबको लागि यो नियम झै बनाउनु भयो।
    परमेश्वरले इस्राएल सँग करार गर्नु भएको थियो,
    यो सदा-सर्वदा रहिरहने छ।
11 परमेश्वरले भन्नुभयो, “म तिमीहरूलाई कनानको देश दिनेछु।
    त्यो देश तिमीहरूकै सम्पत्ति हुनेछ।”

भजनसंग्रह 105:37-45

37 त्यसपछि उहाँले आफ्ना मानिसहरू मिश्रबाट निकाल्नु भयो।
    तिनीहरूले आफूसँग सुन र चाँदीहरू लिएर आए।
    परमेश्वरका मानिसहरू कोही पनि ठोकिएनन् र लडेनन्।
38 परमेश्वरका मानिसहरू गएका देखेर मिश्रवासीहरू खुशी भए
    किनभने तिनीहरूबाट उनीहरू भयभीत थिए।
39 परमेश्वरले कम्बल जस्तो बादल फिंजाई दिनुभयो।
    परमेश्वरले आफ्नो आगो राती उज्यालो पार्नलाई तिनीहरूलाई दिनुभयो।
40 मानिसहरूले भोजन मागे अनि परमेश्वरले तिनीहरूलाई वट्टाई चरा ल्याइदिनु भयो।
    परमेश्वरले स्वर्गबाट तिनीहरूलाई प्रशस्त खानेकुरा र रोटीहरू दिनुभयो।
41 परमेश्वरले चट्टानलाई खण्डित पार्नु भयो।
अनि त्यहाँबाट भल-भल पानी निस्क्यो।
    मरुभूमिमा नदी बग्न थाल्यो।

42 परमेश्वरले उहाँको वचन सम्झनु भयो।
    परमेश्वरले आफ्ना दास अब्राहामसँग गर्नु भएको वचन सम्झनुभयो।
43 परमेश्वरले आफ्ना मानिसहरू मिश्रबाट निकालेर ल्याउनु भयो।
    मानिसहरू खुशी र आनन्दले गाउँदै, गाउँदै निस्किए!
44 तब परमेश्वरले तिनीहरूलाई देश दिनुभयो, जहाँ अन्य मानिसहरू बस्दै गरेका थिए।
    परमेश्वरका मानिसहरूले अन्य मानिसहरूले गर्नु परेका परिश्रमका चीजहरू पाए।
45 परमेश्वरले त्यसो गर्नुभयो, किनकि उहाँका मानिसहरूले उहाँका नियमहरू पालन गर्न सकुन।
    यसकारण तिनीहरूले होशियारीसाथ उहाँका व्यवस्थाहरू पालन गर्न सकुन।

परमप्रभुको प्रशंसा गर!

उत्पत्ति 22:1-19

अब्राहाम, तेरो छोरोलाई मार

22 ती कुराहरू भइसकेपछि परमेश्वरले अब्राहामको जाँच लिने निर्णय लिनु भयो। परमेश्वरले तिनलाई भन्नुभयो, “अब्राहाम!”

अनि अब्राहामले भने, “हजुर!”

तब परमेश्वरले भन्नुभयो, “मोरीयाह भूमिमा तिम्रो छोरोलाई लैजाऊ। मोरीयामा मेरो निम्ति बलिदान स्वरूप तिम्रो छोरो बलि देऊ। तिम्रो छोरो चाँहि इसहाक हुनु पर्छ तिम्रो एउटा छोरा जुन छोरालाई तिमी बढी माया गर्छौ। त्यहाँको कुनै एउटा पर्वतमा तिम्रो छोरोलाई होमबलि चढाऊ। कुन चाँहि पर्वतमा बलिदान चढाउनु पर्छ त्यो म बताउनेछु।”

बिहान अब्राहाम उठे अनि गधामा लगाम कसे। अब्राहामले आफूसँग छोरो इसहाक र दुइ जना नोकरहरू पनि लगे। तिनले बलिको निम्ति दाउरा काटे अनि परमेश्वरले बताउनु भएको ठाउँमा गए। तीन दिनसम्म यात्रा गरेपछि अब्राहामले माथितिर हेरे अनि तिनीहरू जानु पर्ने ठाउँ देखे। त्यसपछि अब्राहामले कमाराहरूलाई भने, “गधासित यही पर्ख। म छोरोसित त्यस ठाउँमा जानेछु, अनि उपासना गर्नेछौं। अनि केही बेरपछि तिमीहरू भएको ठाउँमा हामी फर्कन्छौ।”

अब्राहामले होमबलिको निम्ति दाउरा उठाएर छोरोको काँधमा राखि दिए। तिनले एउटा विशेष काट्ने हतियार र आगो पनि लगे। त्यसपछि अब्राहाम र तिनको छोरो आराधना गरिने ठाउँमा गए।

इसहाकले आफ्नो पिता अब्राहामलाई सोध्यो, “बुबा!”

अब्राहामले उत्तर दिए, “भन, छोरा।”

इसहाकले भने, “म दाउरा र आगो देख्छु तर होम बलिको निम्ति दिनु पर्ने थुमाचाहिँ कहाँ छ?”

अब्राहामले उत्तर दियो, “छोरो परमेश्वर आफैंले बलिदानको निम्ति थुमा बन्दोबस्त गरिदिनु हुँदैछ।”

यसरी अब्राहाम र तिनको छोरो इसहाकसँगै बलिदिने ठाउँमा पुगे। तिनीहरू त्यही निर्दिष्ट जग्गामा पुगे जहाँ परमेश्वरले अह्राउनु भएको थियो। त्यहाँ अब्राहामले वेदी बनाए अनि त्यसपछि वेदी माथि दाउरा राखेर आफ्नो छोरोलाई बाँधी वेदीमाथि राखिएको दाउरामाथि राखे। 10 तब तिनले काट्ने हतियार लिएर इसहाकलाई मार्न तत्पर भए।

11 तर अब्राहामलाई परमप्रभुका स्वर्गदूतले बाधा दिए। र्स्वगबाट स्वर्गदूतले बोलाए अनि भने, “अब्राहाम, अब्राहाम!”

अब्राहामले उत्तर दिए, “हजूर।”

12 स्वर्गदूतले भने, “तिम्रो छोरोलाई नमार। उसलाई कुनै प्रकारको चोट पनि नलागोस्। मैले साँच्चै नै थाहा पाएँ तिमीले परमेश्वरलाई सम्मान गर्छौ अनि उहाँको आज्ञा पालन गर्छौ। तिमीले आफ्नो एक मात्र छोरोलाई मेरो निम्ति मार्न तयार भएको पनि मैले देखें।”

13 तब अब्राहामले त्यहाँ एउटा थुमा देखे। त्यो भेंडाको पाठाको सींङ पोथ्रामा अड्किएको थियो। यसर्थ अब्राहामले त्यो थुमालाई मारे अनि आफ्नो छोराको बलिको सट्टामा त्यसलाई परमेश्वरको बलिदानको रूपमा चढाए। 14 यसकारण अब्राहामले त्यस ठाउँको नाउँ, “यहोवा यिरे” राखे। आज पनि मानिसहरूले भन्छन, “यस पर्वतमाथि परमप्रभुलाई देख्न सकिन्छ।”

15 परमप्रभुका स्वर्गदूतले दोस्रो पल्ट अब्राहामलाई बोलाए। 16 ती स्वर्गदूतले भने, “तिमीले मेरो निम्ति आफ्नो छोरो मार्न तत्पर थियौ, यसर्थ तिमीले यस्तो गरेको हुनाले म यो प्रतिज्ञा गर्छु। 17 म तिमीलाई साँच्चो रूपले आशीर्वाद दिन्छु। म तिमीलाई आकाशका ताराहरू भन्दा धेरै सन्तान दिन्छु। तिम्रा मानिसहरू समुद्रको किनारमा भएको बालुवाको कणभन्दा पनि वेशी हुनेछन्। अनि ती तिम्रा मानिसहरू आफ्ना आफ्नो शत्रुहरूका शहरहरू जितेर बस्नेछन्। 18 अनि तिम्रा सन्तानहरूले संसारका सबै राष्ट्रहरूले आफ्ना निम्ति आशीर्वादको रूपमा पाउनेछन्। म यसै गर्नेछु किनभने तिमीले मेरा आज्ञाहरू मानेकाछौ।”

19 त्यसपछि अब्राहाम आफ्नो नोकरहरू भएको ठाउँमा गए। तिनीहरू सबै बर्शेबा फर्के अनि अब्राहाम त्यहाँ धेरै समयसम्म बसे।

हिब्रू 11:1-3

बिश्वास

11 विश्वासको अर्थ हो, हामीले आशा गरेका कुराहरूको निश्चित छ। अनि विश्वासको अर्थ हुन्छ हामीले कुनै कुरालाई नदेखेता पनि त्यो वास्तविक छ भन्ने जान्नु। प्राचीन कालका मानिसहरूसित परमेश्वर प्रसन्न हुनुहुन्थो; किनकि तिनीहरूमा यस्तै विश्वास थियो।

विश्वासद्वारा हामी बुझ्दछौं कि परमेश्वरले आफ्नो आदेशद्वारा यो संसारको सृष्टि गर्नुभयो। यसले हामी बुझ्दछौ जो दृश्य छ त्यो कुनै अदृश्यद्वारा बनाइएको थियो।

हिब्रू 11:13-19

13 यी सबै मानिसहरू आमरण विश्वासमा बाँचे। तिनीहरूले परमेश्वरको वचन अनुसारका कुराहरू पाएनन्। तर टाडाबाट तिनलाई देखे र सन्तुष्ट बने अनि त्यसैमा आनन्दित बने। आफू त यस संसारमा यात्री र परदेशी मात्र हौं भन्ने तथ्य तिनीहरूले स्वीकारे। 14 जब मानिसहरूले यसलाई त्यसरी नै स्वीकार गर्दछन्, तिनले देखाउँछन् कि तिनीहरू यो भन्दा एउटा आफ्नै देशको प्रतीक्षामा छन्। 15 तिनीहरूले आफूले छोडेको देशको याद गर्दा हुन् त फर्केर जाने अवसर तिनीहरूले पाउन सक्ने थिए। 16 तर तिनीहरू एउटा उत्तम देश, एउटा स्वर्गीय देशको प्रतीक्षामा थिए। यसर्थ परमेश्वरले तिनीहरूका परमेश्वर ठहरिनुमा लज्जित हुनुहुन्न, किनभने परमेश्वरले तिनीहरूका निम्ति एउटा नगर बसाइदिनुभएको थियो।

17-18 अब्राहामको विश्वासको परीक्षा लिन परमेश्वरले उनलाई इसहाकको बलि दिन भन्नुभयो। अब्राहामले विश्वासले त्यसो गरे। उनलाई परमेश्वरले प्रतीज्ञा गराउनुभएको थियो। परमेश्वरले अब्राहामलाई पहिल्यै भन्नुभएको थियो “इसहाकबाटै तिम्रा सन्तान बढ़ने छन्।”(A) तर, अब्राहाम आफ्नो एक मात्र छोरोको बलि दिन तयार थिए। उनले विश्वासले यसो गरे। 19 अब्राहामलाई विश्वास थियो कि परमेश्वरले मानिसलाई मृत्युबाट समेत उठाउन सक्नुहुन्छ। अनि साँच्चै जब परमेश्वरले इसहाकलाई मृत्युदेखि बचाउनुभयो, अब्राहामले इसहाकलाई मृत्युबाट फिर्ता पाए।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International