Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 राजा 2:1-12

परमप्रभुबाट एलियालाई बोलाउने योजना

जब परमप्रभुले एलियालाई आँधीवेहरीमा स्वर्गमा उठाए लैजान आँट्नु भएको थियो। एलिया र एलीशासँगै गिलगाल छोडे।

एलियाले एलीशालाई भने, “कृपया यहीँ पर्ख, किनभने परमप्रभुले मलाई बेतेल जानु भन्नु भएको छ।”

तर एलीशाले भने, “परमप्रभु हुनुहुन्छ अनि तिमी जिउँदै छौ, यसर्थ म शपथ खाएर भन्छु, म तिमीलाई छोड्ने छैन।” यसकारण दुइ जना मानिसहरू बेतेलतिर गए।

बेतेलमा अगमवक्ताहरूको दल एलीशाकहाँ आयो अनि उनलाई भन्यो, “तिमीलाई थाह छ परमप्रभुले तिम्रा मालिकलाई आज लिएर जानु हुनेछ।”

एलीशाले भने, “हो म जान्दछु यो। तर यस बारे कुरा नगर।”

एलियाले एलीशालाई भने, “कृपया यहीं पर्ख, किनभने परमप्रभुले मलाई यरीहोमा जानु भन्नुभएको छ।”

एलीशाले उत्तर दिए, “म शपथ खाएर भन्छु किनभने परमप्रभु हुनुहुन्छ अनि तिमी जिउँदो छौ, म तिमीलाई छोड्ने छैन।” यसकारण दुइ जना मानिसहरू यरीहोमा गए।

यरीहोको अगमवक्ताहरूको दल एलीया कहाँ आयो अनि उनिहरूले उसलाई भने, “के तिमीलाई थाहा छ कि तिम्रो मालिकलाई आज परमप्रभुले तिमी देखी टाढा लिएर जानु हुँदैछ।”

एलीशाले भने, “हो, म जान्दछु तर यो विषयमा कुरा नगर।”

एलियाले एलीशासँग भने, “कृपया यहीं पर्ख किनकि परमप्रभुले मलाई यर्दन तरेर जानु भन्नुभएको छ।”

एलीशाले भने, “परमेश्वरको साक्षी दिएर म प्रतिज्ञा गर्छु, म तपाईंलाई छोड्ने छैन।” अनि दुइ व्यक्ति गए।

अगमवक्ताहरूको दलका पचास जना मानिसहरूले तिनीहरूको अनुशरण गरे। एलिया र एलीशा यर्दन नदी मा उभिए। पचास जना मानिसहरू एलिया र एलीशादेखि टाढा उभिए। एलियाले आफ्नो खाष्टो खोले, त्यसलाई पट्‌याए र त्यसले पानीमा हिर्काए। पानी देब्रे र दाहिनेतिर दुइ भागमा बाँडियो। तब एलिया र एलीशाले सूख्खा भूइँमाथि हिंडेर नदी तरे।

जब तिनीहरूले नदी तरे एलियाले एलीशालाई भने, “परमेश्वरले मलाई तिमीबाट लिएर जानु अघि तिम्रो लागि म के गर्न सक्छु?”

एलीशाले भने, “म तपाईको उत्तराधिकारी हुन चाहन्छु।”[a]

10 एलियाले भने, “तिमीले अप्ठ्यारो वस्तु माग्यौ। जब तिमीबाट मलाई लिएर जाँदा यदि तिमीले देख्यौ भने तब यस्तै हुन्छ। तर तिमीले देखेनौ भने त्यस्तो हुँदैन।”

परमेश्वरले एलियालाई स्वर्गमा लानुहुन्छ

11 एलिया र एलीशा हिंडिरहेका थिए अनि कुरा गरिरहेका थिए। अचानक केही घोडाहरू र एउटा रथ आयो अनि एलीशाबाट एलियालाई छुट्यायो। घोडा र रथ आगो समान थिए। तब एलियालाई हावाबतासमा स्वर्गमा लगियो।

12 एलीशाले यसलाई देखे अनि चिच्याए, “मेरा पिता! मेरा पिता! इस्राएलको रथ अनि उहाँका घोडसैनिकहरू।”

एलीशाले एलियालाई फेरि कहिले देखेनन्। एलीशाले आफ्नो लुगालाई पक्रिए अनि आफ्नो शोक देखाउन च्याते।

भजनसंग्रह 50:1-6

आसापको भजन।

50 परमप्रभु, देवताहरूका पनि परमेश्वर बोल्नु भयो।
    सूर्योदयदेखि र सूर्यस्तसम्म उहाँले सबैलाई पृथ्वीमा बोलाउनु भयो।
सियोनबाट चम्किरहने परमेश्वर परम सुन्दर हुनुहुन्छ।
हाम्रो परमेश्वर आउनु हुँदैछ अनि उहाँ चुपचाप बस्नु हुने छैन।
    उहाँको अघि आगो बल्छ अनि उहाँको वरिपरि ठूलो आँधी छ।
जब हाम्रो परमेश्वरले मानिसहरूको न्याय गर्नु हुन्छ उहाँले पृथ्वी
    र आकाशलाई साक्षीको रूपमा बोलाउनु हुनेछ।
परमेश्वर भन्नुहुन्छ, “मेरा शिष्यहरू मेरो वरिपरि भेला हुन आऊ,
    मेरा भक्तजनहरू र हामी एकाअर्कासित सम्झौता गरौं।”

परमेश्वर न्यायी हुनुहुन्छ
    र आकाशले उहाँको धार्मिकता प्रकट गर्नेछ।

2 कोरिन्थी 4:3-6

हामीले प्रचार गरेको सुसमाचार लुकेको होला तर यो तिनीहरूकै लागि लुकेको हो जो अल्मलिएका छन्। यस संसारको शासनकर्त्ता जसले विश्वास गर्दैनन् ती मानिसहरूको मन अन्धा बनाइदिएको छ। यसर्थ तिनीहरूले ख्रीष्टको महिमाको सुसमाचारको प्रकाश देख्न सक्तैनन्। ख्रीष्ट नै एक हुनुहुन्छ जो एकदमै परमेश्वर जस्तै हुनुहुन्छ। हामी आफ्नो बारेमा प्रचार गर्दैनौं। तर हामी येशू ख्रीष्ट प्रभु हुनुहुन्छ भन्ने सत्य कुरा प्रचार गर्छौं। अनि हामी प्रचार गर्छौं कि येशूको निम्ति हामी तिमीहरूका सेवक हौं। परमेश्वरले एक पल्ट भन्नु भएको थियो, “अन्धकारबाट ज्योति चम्किने छ!” अनि उहाँ तिनै परमेश्वर हुनुहुन्छ जसले हाम्रो हृदयमा आफ्नो ज्योति प्रकाशित हुन दिनुभयो। ख्रीष्टको अनुहारमा परमेश्वरको महिमा झल्काएर उहाँले हामीलाई प्रकाश दिनु भयो।

मर्कूस 9:2-9

येशू मोशा र एलियासँग

(मत्ती 17:1-13; लूका 9:28-36)

छ दिनपछि येशू, पत्रुस, याकूब र यूहन्नालाई लिएर अग्लो डाँडामा जानुभयो। त्यहाँ तिनीहरू मात्र थिए। जब ती चेलाहरूले उहाँलाई हेरिरहेका थिए, त्यहाँ येशूको रूप नै बद्लियो। येशूको लुगाफाटा उज्यालो अनि चम्किलो भयो। लुगाफाटा यतिसम्म उज्यालो र सेतो भए, कि पृथ्वीको कुनैपनि सेतो पार्नेले त्यति सेतो पार्न सक्तैन। जब तिनीहरूले हेरिरहेका थिए दुइजना मानिसहरू हाजिर भए, अनि तिनीहरू येशूसित बात गरिरहेका थिए। ती मोशा र एलिया थिए।

पत्रुसले येशूलाई भने, “गुरुज्यू, हामीलाई यसबेला यहाँ भएको असल छ। हामी यहाँ तपाईंकोलागि, मोशाको लागी र एलियाको लागि पाल बनाउँछौ।” के भन्नु पर्नेहो सो पत्रुसलाई थाहा भएन किनभने उनी आफैं र अरू दुइजना चेलाहरू डराएका थिए।

त्यसपछि बादल आएर उनीहरूलाई ढाक्यो। बादलबाट एउटा आवाज आयो, अनि भन्यो, “यो मेरो प्यारो पुत्र हो, अनि म उसलाई माया गर्छु। उसले भनेको पालन गर!”

अचानक जव पत्रुस, याकूब र यूहन्नाले वरिपरि हेरे तिनीहरूले त्यहाँ कसैलाई पनि देखेनन्। येशू मात्र उनीहरूसित थिए।

येशू अनि चेलाहरू डाँडाबाट ओर्लंदै हुनुहुन्थ्यो, उहाँले चेलाहरूलाई आज्ञा गर्नुभयो, “डाँडामा देखेका कुराहरूलाई तिमीहरूले कसैलाई नभन्नु। मानिसको पुत्र मृत्युबाट बौरी नउठेसम्म पर्ख। त्यसपछि तिमीहरूले यहाँ जे देख्यौ ती मानिसहरूलाई भन्न सक्छौ।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International