Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 104:24-34

24 हे परमप्रभु, तपाईंले धेरै चकित थोकहरू गर्नुभयो।
    पृथ्वी त्यही थोकहरूले भरिपूर्ण भई भरिएको छ।
    हामी जताततै प्रत्येक थोकमा तपाईंको बुद्धिमता देख्छौं।
25 समुद्रलाई हेर त्यो कति ठूलो छ।
    अनगन्ती प्राणीहरूले त्यो भरिएकोछ।
    त्यहाँ ससाना र विशाल अनगन्ति प्राणीहरू छन्।
26 त्यस समुद्रमा जहाजहरू चल्दछ,
    लिब्यातान समुद्रमा खेल्छ।
    महा-सागरमा समुद्री प्राणी तपाईंले सृष्टि गर्नुभयो।

27 परमेश्वर, ती सारा जीवित प्राणीहरू तपाईंमा आश्रित छन्
    तपाईंले ठीक समयमा तिनीहरूलाई भोजन दिनुहुन्छ।
28 परमेश्वर, तपाईंले सारा प्राणीहरूलाई भोजन दिनुहुन्छ।
    तपाईंले आफ्ना हातहरू खोलेर, राम्रो पौष्टिक भोजन दिनुहुन्छ,
    अनि तृप्त नहुन्जेलसम्म तिनीहरू खान्छन्।
29 जब तपाईं तिनीहरूबाट टाढा फर्किनुहुन्छ,
    तिनीहरू भयभीत हुन्छन्।
तिनीहरूका आत्माले तिनीहरूलाई छोड्छ, तिनीहरू कमजोर भएर मर्छन्
    अनि तिनीहरूका शरीरहरू फेरि धूलोको कण नै बन्दछन्।
30 तर हे परमप्रभु, जब तपाईंले आफ्नो आत्मा पठाउनु हुन्छ,
अनि तिनीहरू स्वास्थ्य हुन्छन्।
    अनि तपाईंले फेरि भूमि नयाँ बनाउनु हुन्छ।

31 परमप्रभुको महिमा अनवरत अनन्त रहीरहोस्!
    उहाँले सृजना गर्नुभएको कुराहरूमा उहाँ आनन्दित होउन्।
32 परमप्रभुले पृथ्वी तिर मात्र हेरि दिंदा पनि त्यो कम्पन हुनेछ।
    उहाँले पर्वतहरूलाई छोडदिंदा मात्र तिनीहरूबाट धुवाँ उड्न थाल्छ।

33 मेरो जीवनभरी परमप्रभुको प्रशंसाको गीत गाउनेछु।
    जबसम्म म बाँच्छु परमप्रभुको प्रशंसा गरिरहेने छु।
34 भरोसा छ मेरो यी शब्दहरूले उहाँलाई खुशी पार्नेछ।
    म परमप्रभुसित खुशी छु।

भजनसंग्रह 104:35

35 पृथ्वीबाट पापहरू हटी जाओस्।
    दुष्ट मानिसहरू सदाको लागि हराएर जाऊन्।

मेरो प्राणले परमप्रभुको जयजयकार गर्दछ।
    परमप्रभुको प्रशंसा गर!

यशैया 32:11-17

11 स्त्रीहरू, तिमीहरू अहिले शान्त छौ, तर तिमीहरू भयभीत हुन पर्ला। स्त्रीहरू हो अहिले तिमीहरू शान्त अनुभव गरिरहेका छौ तर तिमीहरू चिन्तित हुन पर्नेछ। तिमीहरूको राम्रो लुगाहरू खोली देऊ अनि शोकको लुगाहरू लगाऊ। आफ्ना कम्मरमा वरिपरि ती लुगाहरू बेर। 12 ती शोकमा लगाउने लुगाहरू आफ्ना दु:खहरूले भरिएका छातीमा लगाऊ। डाको छोडेर विलाप गर, किनभने तिमीहरूका खेतहरू रित्ता छन्। तिमीहरूका दाखका बोटहरूले एकपल्ट फल दिए तर अहिले तिनीहरू रित्ता छन्। 13 मेरा मानिसका जमीनका लागि डाँको छोडेर रोऊ। किनभने त्यहाँ काँढा र सिउँडी मात्र उम्रनेछ। ती शहरको निम्ति अनि सबै घरहरूको निम्ति बिलाप गर जुन एक पल्ट आनन्दले भरिपूर्ण थिए।

14 मानिसहरूले प्रमुख शहर छोडेर जानेछन्। तिनीहरूले राजमहल र रक्षा धरहराहरू छोड्नेछन्। मानिसहरू घरहरूमा बस्ने छैनन्। तिनीहरू ओडारहरूमा बस्नेछन्। जंगली गधाहरू र भेंडा़हरू शहरमा बस्नेछन् अनि त्यहाँ घाँस खान पशुहरू जानेछन्।

15 जब परमप्रभुले माथिबाट आफ्नो आत्मा दिनु हुँदैन तब सम्म हुनेछ। अब त्यस देशमा धर्म छैन्। यो मरुभूमि सरह भएको छ। 16 तर भविष्यमा त्यो मरुभूमि कर्मेल जस्तै मलिलो जमीन हुनेछ। न्याय निष्पक्ष हुनेछ। अनि मलिलो खेत हरियो जङ्गल सरह हुनेछ। त्यहाँ धार्मिकता हुनेछ। 17 त्यो धार्मिकता शान्ति र सुरक्षा सदाका निम्ति रहनेछ। तिनीहरू चुपचाप शुन्य र शान्तिमय ठाउँमा बस्ने छन्।

गलाती 5:16-25

आत्मा र मानवता

16 यसैले म भन्छुः आत्मा अनुसार बाँच। त्यसो गर्यो भने तिम्रा पापपूर्ण स्वभावले चाहेको खराब काम गर्ने छैनौ। 17 हाम्रो पापपूर्ण स्वभावले यस्तो कुरो चाहन्छ जुन आत्मा विरुद्ध हुन्छ। अनि आत्माले चाँहि यस्तो कुरो चाहन्छ जुन हाम्रो पापपूर्ण स्वभावको विरूद्ध हुन्छ। यी दुइ कुराहरू एक अर्कोको विपरीत छन्। यसैकारण तिमीले साँच्चै गर्नु चाहेको कुरो गर्न सक्तैनौ। 18 तर आत्माबाट डोरियौ भने तिमी व्यवस्थाको अधीनमा रहने छैनौ।

19 हाम्रा पापपूर्ण स्वभावले खराब गर्छ जो यी हुन्: यौन पाप, अशुद्धता, अनैतिकता, 20 मूर्ति-पूजा, तन्त्र-मन्त्र, दुश्मनी, झै-झगड, इर्ष्या, क्रोध, स्वार्थ, फूट, गुटबन्दी, 21 डाह, मद्धपान, मोजमज्जा र यस्तै अरूअरू। मैले पहिले पनि चेतावनी दिएकै हुँ र अहिले पनि दिन्छुः जसले यस्ता कामहरू गर्छन् ती परमेश्वरको राज्यमा जाने छैनन्। 22 तर आत्माले प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता, 23 नम्रता, संयम दिंदछ। यी कुराहरू भुल हुन् भन्ने कुनै व्यवस्थामा छैन। 24 ख्रीष्ट येशूमा हुनेहरूले आफ्ना यस्ता पापपूर्ण स्वभावलाई क्रूसमा झुण्ड्याएका हुन्छन्। तिनीहरूले आफ्ना वासना र अशुभ कामना जो तिनीहरूको पाप स्वभावले चाहन्छ, त्यागी सकेका हुन्छन्। 25 आत्माबाट हामीले नयाँ जीवन पाउँदछौं। जीवनको पथ प्रदर्शनको निम्ति हामीले आत्मालाई पछ्याउनु पर्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International