Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 100

धन्यवादको भजन।

100 हे सारा पृथ्वीको मानिसहरू हो, परमप्रभुको जयजयकार गर।
परमप्रभुको सेवामा खुशी हौ!
    खुशीका गीतहरू लिएर परमप्रभुको सम्मुख आऊ!
परमप्रभु नै हाम्रा परमेश्वर हुनुहुन्छ भन्ने जान।
    उहाँले हामीलाई बनाउनु भयो।
    हामी उहाँका मानिसहरू हौं, अनि हामी उहाँका खर्कका भेंडाहरू हौं।
उहाँको शहरमा धन्यवादको गीत लिएर आऊ।
    उहाँको मन्दिरमा प्रशंसाको गीतहरू लिएर आऊ।
    उहाँको प्रशंसा गर र उहाँको नाउँलाई धन्यवाद चढाओ।
परमप्रभु, भलो हुनुहुन्छ।
    उहाँको प्रेम अनन्त छ।
    हामी सदा सदा-सर्वदा उहाँमाथि भरोसा राख्न सक्छौं!

इजकिएल 45:1-9

पवित्र कामको उपयोगमा जमीन भागबन्डा

45 “जब तिमीहरू पैतृक सम्पत्तिकोलागि जमीन भाग गर्छौ, त्यस समय जमीनको एक टुक्रा छुट्याऊ त्यो परमप्रभुको पवित्र हिस्सा हुनेछ। त्यो जमीन 25,000 हात लामो, अनि 10,000 हात चौंडाको होस्। त्यो जमीन पवित्र हुनेछ। पाँच सय हात वर्गाकार क्षेत्र मन्दिरको निम्ति हुन्छ। मन्दिरको चारैतिर पचास हात चौंडाको एउटा खुल्ला क्षेत्र हुनेछ। त्यस अति पवित्र-स्थानमा तिमीले 25,000 हात[a] लामो अनि 10,000 हात[b] चौंडा नाप्नेछौ। मन्दिर यस क्षेत्रमा हुन्छ। मन्दिरको क्षेत्र महापवित्र स्थान हुनेछ।

“यो पवित्र भागको भूमि मन्दिरको सेवक पूजाहारीहरूको लागि हुन्छ जहाँ तिनीहरू परमेश्वरको सामुने सेवा गर्न आउँछन्। त्यो जमीन पूजाहारीहरूको घर अनि मन्दिरको लागि हुन्छ। दोस्रो क्षेत्र 25,000 हात लामो अनि 10,000 हात चौंडा ती लेवीहरूका निम्ति हुन्छ जो मन्दिरमा सेवा गर्छन्। यो जमीन पनि लेवीहरूको बस्ने शहरको निम्ति हुनेछ।

“तिमीले शहरलाई 5,000 हात चौंडा अनि 25,000 हात लामो क्षेत्र दिनु। यो पवित्र क्षेत्रको सहारा हुन्छ। यो इस्राएलको पुरै परिवारको निम्ति हुन्छ। पवित्र स्थानको दुवै छेउको एक हिस्सा अनि शहरको दुवैतिरबाट शासकले जमीन लिनेछ। यो पवित्र क्षेत्र अनि शहरको क्षेत्रको बीचमा हुन्छ। यो त्यही चौंडाईको हुन्छ जुन चौंडाई परिवार समूहरको भूमिको हुन्छ। यो लगातार पश्चिम सीमानाबाट पूर्वी सीमाना सम्म जानेछ। यो भूमि इस्राएलको शासकको सम्पत्ति हुन्छ। यस्तो प्रकारले शासकले मेरो मानिसहरूको भावी जीवन कष्टमय बनाउन आवश्यक पर्दैन। तर त्यो भूमि इस्राएलीहरूको निम्ति तिनीहरूको परिवार समूहलाई दिइन्छ।”

परमप्रभु मेरा मालिकले यसो भन्नुहुन्छ, “इस्राएलको शासकहरू धेरै भए। निर्दयी हुनु, मानिसहरूबाट समान चोर्न छोड। राम्रो बन अनि असल काम गर। हाम्रो मानिसहरूलाई घरदेखि बाहिर अनिच्छामा जान विवश नपार।” परमप्रभु मेरा मालिकले भन्नुभयो।

प्रेरित 9:32-35

पत्रुस लिड्डामा र जोप्पामा

32 पत्रुसले यरूशलेम वरिपरि सम्पूर्ण शहरहरू यात्रा गरे। तिनले ती विश्वासीहरूलाई भेटे जो लिड्डामा बस्थे। 33 लिड्डामा तिनको एकजना आठ वर्ष देखि पक्षघात बिमारले ग्रस्त भएको एनियास भन्ने मानिससँग भेट भयो। एनियास आफ्नो विछ्यौनाबाट चल्न सक्तैन थियो 34 पत्रुसले तिनलाई भने, “एनियास, येशू ख्रीष्टले तिमीलाई निको पार्नु हुन्छ, उठ अनि तिम्रो विछ्यौना मिलाऊ।” एनियास तत्काल जुरूक्का उठयो। 35 लिड्डा अनि शारोमा सबै मानिसहरूले उसलाई देखे अनि प्रभु येशूमाथि विश्वास बढाए।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International