Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 67

प्रमुख संगीतकारलाई: वाद्य-वादन सहित। एउटा स्तुतिगान।

67 हे परमेश्वर म तर्फ कृपा दर्शाउनु होस् र आशीर्वाद दिनुहोस्।
    कृपया हामीलाई ग्रहण गर्नुहोस्!

म भरोसा गर्दछु कि पृथ्वीमा भएका प्रत्येक मानिसले परमेश्वरको विषयमा जान्ने छन्।
    प्रत्येक जातिले देखुन् कि तपाईंले मानिसहरूलाई कसरी बचाउँनु हुन्छ।
हे परमप्रभु! मानिसहरूले तपाईंको गुण-गान गर्न सकुन्।
    प्रत्येक मानिसले तपाईंको प्रशंसा गर्न सकुन्।
प्रत्येक जातिमाथि प्रफुल्लित र आनन्द हुन सकुन्।
    किनभने तपाईंले मानिसहरूलाई निष्पक्षपूर्वक न्याय गर्नुहुन्छ।
    अनि तपाईंले प्रत्येक जातिमाथि शासन गर्नुहुन्छ।
मानिसहरूले तपाईंको गुण-गान गर्न सकुन्।
    हे परमेश्वर! प्रत्येक मानिसले तपाईंको गुण गाउन सकून्।
हे परमेश्वर, हाम्रो प्रिय परमेश्वर, हामीलाई आशीर्वाद दिनुहोस्।
    हाम्रो खेतले विस्तृत फसल दिओस्।
हामीलाई परमेश्वरले आशीर्वाद दिऊन्।
    अनि पृथ्वीमा भएका सारा मानिसहरूले परमेश्वरको डर मानुन् आदर गरून्।

हितोपदेश 2:6-8

परमप्रभुले ज्ञान दिनुहुन्छ, बुद्धि अनि समझशक्तिहरू उहाँको मुखबाट बग्दछन्। उहाँले असल र ईमानदार मानिसको लागि उहाँको भण्डारमा विजय साँचेर राख्नु भएको छ। उहाँले ती मानिसहरूको रक्षा गर्नुहुन्छ जो अरूप्रति स्वच्छ हुन्छन् उहाँले पवित्र मानिसहरूलाई पहारा दिनु हुन्छ।

प्रेरित 16:1-8

तिमोथी पावल र सिलाससँग गए

16 पावल डर्बी र लिस्त्रा शहरहरूमा पुगे। ख्रीष्टका एकजना चेला तिमोथी त्यहाँ थिए। तिमोथीकी आमा यहूदी थिइन् तर येशूमा विश्वास गर्थिन्। उनको बाबु ग्रीक थिए। लिस्त्रा र आइकोनियमवासी विश्वासीहरूले तिमोथीलाई सम्मान गर्थे। तिनीहरूले उनको विषयमा राम्रो कुरा गर्थे। पावलले आफ्नो यात्रामा तिमोथीलाई साथ लान चाहन्थे। तर त्यस इलाकामा बस्ने यहूदीहरूलाई उनको बाबू यहूदी होइन ग्रीक हुन भनेर थाहा थियो। यसैले पावलले यहूदीहरूलाई खुशी पार्नको लागि तिमोथीलाई खतना गरे।

तिनीहरू शहरहरू हुँदै यात्रा गरे अनि यरूशलेमका प्रेरितहरू र अग्रजहरूले दिएको निर्णयहरू र नियमहरू विश्वासीहरूलाई बताए अनि तिनीहरूलाई यी नियमहरू पालन गर्न भने। यसकारण मण्डलीहरू विश्वासमा बलियो बनिदै अनि दिन प्रति दिन संख्यामा बढ्दै थियो।

पावललाई एशियाबाट बोलाइयो

पावल र तिनीसँग अन्य मानिसहरू फ्रिगिया र गलतिया भन्ने देश हुँदै गए। पवित्र आत्माले तिनीहरूलाई एशिया देशमा देश सुसमाचार प्रचार गर्ने अनुमति दिनु भएन। पावल र तिमोथी माइसिया देश तिर लागे। तिनीहरू बिथनिया देश जान जाहन्थे। तर येशूको आत्माले त्यातातिर जाने अनुमति दिनु भएन। यसर्थ तिनीहरू माइसिया देश भएर त्रोआस शहर गए।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International