797 Bible results for “जीवन ” from 
Nepali Bible: Easy-to-Read Version.dropdown
 Results 1-11. 
Filter by dropdown
dropdown
results per page
  1. त्यो विश्वास र त्यो ज्ञान अनन्त जीवनको हाम्रो आशाबाट उत्पन्न हुन्छ। त्यो जीवन दिने वचन परमेश्वरले हामीलाई अनादि कालमै दिनु भएको हो परमेश्वर कहिल्यै झूटो बोल्नु हुँदैन।
  2. ठीक समयमा परमेश्वरले संसारलाई त्यो जीवन बारे जान्न दिनुभयो। परमेश्वरले त्यसलाई प्रचारद्वारा जान्न दिनु भयो। त्यो काम परमेश्वरले मलाई सुम्पनु भयो। मैले त्यो हाम्रो मुक्तिदाता परमेश्वरको आदेशमा प्रचार गरें।
  3. धर्म-गुरू यस्तो मानिस हुनुपर्छ जो गलत जीवन बिताइरहेको अभियुक्त नहोस्। उसको एउटै मात्र पत्नी हुनु पर्छ। उसका केटा-केटीहरू विश्वासी हुनु पर्छ, असभ्य जीवन बाँचेको वा आज्ञाकारी नभएको अभियुक्त हुनु हुँदैन।
  4. धर्म-गुरूले मानसिहरूलाई आफ्नो घरमा लगेर सहायता गर्नु पर्छ। उसले जे असल छ त्यसलाई प्रेम गर्नु पर्छ, ज्ञानी हुनु पर्छ, सही अनि पवित्र जीवन जिउनु पर्छ। उसित आत्मा संयम हुनु पर्छ।
  5. वृद्ध स्त्रीहरूलाई पनि आफ्ना जीवन मार्गमा पवित्र रहन सिकाऊ। तिनीहरूले अर्काको विरूद्ध कुरा गर्नु हुँदैन अनि ज्यादा दाखरस पिउने बानी गर्नु हुँदैन। ती स्त्रीहरूको लागि के राम्रो हुन्छ त्यो सिकाऊ।
  6. त्यही अनुग्रहले हामीलाई परमेश्वरको विरुद्ध नबाँच्नु भन्ने सिकाउँछ अनि संसारले चाहेको जस्तो कुकर्म गर्नबाट हामीलाई रोक्छ। त्यो अनुग्रहले हामलीई पृथ्वीमा ज्ञानी अनि सही तरिकाले हाम्रो जीवन जिउन सिकाउँछ जसले हामी परमेश्वरको सेवा गर्छों भन्ने देखाउँछ।
  7. हाम्रा परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको आगमनलाई पर्खिंदा हामीले हाम्रो जीवन यसरी नै बाँच्नुपर्छ। उहाँ हाम्रा महान आशा हुनुहुन्छ, उहाँ आफ्ना महिमा सहित आउनु हुनेछ।
  8. अघि-अघि हामी मूर्ख थियौं। हामीले आज्ञा पालन गरेनौं, हामी गलत थियौं अनि आफ्नो शरीरको वश थियौं, जसले नराम्रा कुरा गर्न चाहन्थे। हामीले दुष्टता अनि इर्ष्याको जीवन बाँच्यौं। मानिसहरूले घृणा गरेको जीवन बाँच्दै थियौं अनि हामीले तिनीहरूलाई घृणा गर्यौं।
  9. उहाँको अनुग्रहले हामी धर्मी ठहरियौं। अनि परमेश्वरले हामीलाई अनन्त जीवन प्राप्त गर्न आत्मा दिनुभयो। हामी त्यसैको आशामा थियौं।
  10. त्यो शिक्षा साँच्चो हो। अनि म चाहन्छु कि मानिसहरूले यी कुराहरू बुझ्नु पर्छ भनी निश्चित गर। तब परमेश्वरका मानिसहरूले तिनीहरूको जीवनमा असल कार्य गर्न तिनीहरू स्वयंलाई अर्पण गर्नेछन् यी कुरा असल छन् अनि यी कुराहरूले मानिसहरूलाई असल बन्नुमा सहयोग दिनेछ।
  11. असल काम गरेर अनि आवश्यक परेकाहरूलाई सहायता गरेर आफ्नो जीवन जिउने तरिका हाम्रा मानिसहरूले सिक्नु पर्छ। जब तिनीहरू त्यसो गर्छन् तब तिनीहरूको जीवन फलहीन हुनेछैन।
Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International

0 topical index results for “जीवन ”

Sorry. No results found for "जीवन" in Topical Index.