797 Bible results for “जीवन ” from 
Nepali Bible: Easy-to-Read Version.dropdown
 Results 1-25. 
Filter by dropdown
dropdown
results per page
  1. यसर्थ यो सत्य हो कि तिमीले मिश्र पनि त्याग्ने छौ। अनि तिमी लज्जाले आफ्ना अनुहार लुकाउनेछौ। तिमीले भरोसा राखेका देशहरूलाई परमेश्वरले इन्कार गर्नु भएको छ, यसर्थ तिम्रो जीवनमा उन्नतिको लागि तिनीहरूले तिमीलाई सहयोग गर्न सक्तैनन्।
  2. सियोन तिर संकेतको झण्डा उठाऊ। नपर्ख, आफ्नो जीवनको लागि भाग! यसै गर किनभने म उत्तरतिरबाट महा विपत्ति र ठूलो सत्यनाश ल्याउनेछु।”
  3. हे परमप्रभु, म जान्दछु कि तपाईंप्रति, मानिसहरू निष्ठावान भएको चाहनु हुन्छ। तपाईंले यहूदाका मानिसहरूलाई हिर्काउनु भयो तर तिनीहरूले अनुभव गरेनन्। तपाईंले तिनीहरूलाई नष्ट गर्नुभयो, तर तिनीहरूले त्यसबाट शिक्षा पाएनन् तिनीहरू साह्रै हठी थिए। तिनीहरूले जीवन परिवर्तन गर्न अस्वीकार गरे।
  4. “यर्मिया, मैले तिमीलाई मेरा मानिसहरू माझ कसी लाउने मानिस बनाएँ। तिमीले तिनीहरूलाई परीक्षा गर्नेछौ, र तिनीहरूको जीवन विषयमा चाल पाउनेछौ।
  5. सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वरले यही भन्नुहुन्छ, “तिमीहरू आफ्नो जीवन शैली परिवर्तन गर अनि राम्रा कर्महरू गर। म तिमीहरूलाई यस भूमिमा बस्न दिनेछु।”
  6. यदि तिमीहरूले आफ्ना जीवन परिवर्तन गरेर असल कर्महरू गर्यौ भने, म तिनीहरूलाई यस ठाउँमा बस्न दिनेछु। तिमीहरू परस्परमा ईमान्दार हुन पर्छ।
  7. तिमीहरू परदेशीहरूसँग ईमान्दार हुनु पर्छ। तिमीहरूले विधवाहरू एवं टुहुरा-टुहुरीहरूसित ठीक कुराहरू गर्नु पर्छ। निर्दोष मानिसहरूलाई नमार। अन्य देवताहरूका अनुवायी नबन्। किनभने तिनीहरूले तिमीहरूका जीवन नष्ट पारिदिने छन्।
  8. यहूदाका मानिसहरूले आफ्नै तरिकाको जीवन शैली लिए। तिनीहरू हठ्ठी थिए। तिनीहरूले तिनीहरूका पिता-पुर्खाहरूले जो सिकाएका थिए त्यही बाललाई पूजा गरे।”
  9. परमप्रभुले यही भन्नुहुन्छ: “अन्य जातिहरूबाट आएका मानिसहरूको जस्तो जीवन नजिओ। आकाशका विशेष चिन्हहरूसित नडराऊ। अन्य जातिका मानिसहरूले अकाशमा जे देख्छन् तिनीहरू डराउँछन्। तर तिमीहरू त्यस्ता कुराहरूमा डराउनु पर्दैन।
  10. मानिसहरू एकदमै मूर्ख छन्। मूर्तिहरूले आफ्ना सृष्टिाहरूलाई मूर्ख बनाए। ती मूर्तिहरू वास्तवमा मिथ्या बाहेक केही होइन। तिनीहरूमा जीवन हुँदैन।
  11. हे परमप्रभु! म जान्दछु कि मानिसले आफ्नो जीवन नियन्त्रण गर्दैन। एउटा मानिसले आफ्नै पाइला ठीकसित राख्न सक्तैन।
  12. यर्मियाले परमप्रभुप्रति गुनासो गर्दछ

    हे परमप्रभु! यदि मैले तपाईंसँग वकालत गरें भने, तपाईं सधैँ धार्मिक नै हुनुहुन्छ। तापनि मलाई केही भन्न दिनुहोस् जुन सही देखिँदैन। किन दुष्ट मानिसहरू सफल हुन्छन्? किन दुष्ट मानिसहरू सम्पन्न जीवन जिउँछन्?
  13. सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर यी कुराहरू भन्नुहुन्छ ‘अति शीध्र नै तिमीले आफ्नो जीवनकाल नै देख्नेछौ कि म यो ठाउँमा आनन्दको ध्वनिहरू र दुलहा-दुलहीको आवाजहरू बन्द गरिदिनेछ।’
  14. एकजना मानिस जसले आफ्नो अधिकार बाहिरबाट सम्पत्ति पाउँछ, त्यो अण्डा नपारी चिङना काडने चरा जस्तै हो। उसले आफ्नो सम्पत्ति जीवनको आधा अथवा अन्तिममा हराउँछ अनि ऊ मूर्ख बनिन्छ।”
  15. परमप्रभुले यी कुराहरू भन्नुहुन्छ ‘तिमीहरूका जीवनका निम्ति विश्राम दिनमा कुनै भारी नबोक। यरूशलेमको प्रवेशद्वार भएर विश्राम दिनमा भारी नल्याऊ।
  16. तर त्यस राज्यका मानिसहरूले आफ्ना हृदय र जीवन शैली परिवर्तन गर्न सक्छन्। तिमीहरूले अधर्म कामहरू गर्न छाड्लान्। तब म पनि मेरो मन बदलनु सकौंला। अनि नष्ट पार्ने मेरो प्रस्ताव नलिउँला।
  17. यस ठाउँमा, म यहूदा र यरूशलेमका योजनाहरू नष्ट पारिदिनेछु। म तिनीहरूलाई आफ्नो शत्रुहरूको तरवार अघि पर्ने बनाउनेछु तिनीहरूको सम्मुख पारिदिनेछु जसले तिनीहरूको जीवन खोजिरहेका छन्। म तिनीहरूको लाशहरू जंगली जनावर र चरा चुरूङ्गिहरूको आहार बनाइदिन्छु।
  18. शत्रुहरूले शहरको चारैतिर सेना ल्याउने छन्। ती सेनाहरूले जसले तिनीहरूको जीवन खोजिरहेकाछन् तिनीहरूलाई घेरामा पार्नेछन्। म तिनीहरूलाई आफ्नै नानीहरूको र एक-अर्काको मासु खाने बनाउँछु।’
  19. यसपछि, परमप्रभुको यो सन्देश हो, “‘म यहूदाका राजा सिदकियाह, उनका अधिकारीहरू र रूढीले नमारेका शहरमा बाँचेका मानिसहरू नबूकदनेस्सरलाई सुम्पिदिनेछु। बाबेलका राजा अनि अरूहरू जो शहरमा बाँकी रहेकाछन्, तिनीहरू सब देशान, तरवार र अनिकालले मर्नेछन्। म तिनीहरूलाई तिनीहरूकै शत्रु र तिनीहरूको जीवन खोज्नेहरूलाई सुम्पिनेछु। तिनीहरूले कुनै दया, क्षमा र सहानुभूति नराखी तरवाले मार्नेछन्।’
  20. “यरूशलेमका मानिसहरूलाई यी कुराहरू भन: ‘परमप्रभुले भन्नुहुन्छ, मैले तिनीहरूलाई जीवनको बाटो र मृत्युको बाटो बताएकोछु।
  21. “हे यहूदा, तिमीले आफैं सुरक्षित विचार गर्यौ। तर मैले तिमीलाई सावधानी रहन चेताउनी दिएँ। तर तिमीले भन्यौ, ‘म ध्यान दिँदिन।’ तिमीले त्यही जीवन शैली अप्नायौ, जुन तिम्रो युवावस्थालमा थियो। तिम्रो युवावस्थालम देखिनै तिमीले मलाई मान्न अस्वीकार गर्यौ।
  22. परमेश्वर भन्नुहुन्छ, “यहोयाकीनको बारेमा लेख, ‘ऊ एकजना मानिस हो जसको कुनै नानीहरू छैन। यहोयाकीन आफ्नो जीवन कालमा सफल हुनेछैन। अनि उसको एउटै पनि सन्तान दाऊदको सिंहासनमा बस्ने छैन। कुनै पनि उसको सन्तानले यहूदामा शासन गर्ने छैन्।’”
  23. त्यस समयमा, यहूदाका मानिसहरूलाई बचाइनेछ, अनि इस्राएलले सुरक्षित जीवन जिउनेछ। उहाँको नाउँ यो हुनेछ, ‘परमप्रभु हाम्रो धार्मिकता हुनुहुन्छ’।
  24. ती अगमवक्ताहरूले भने, “तिमीहरूले आफ्ना जीवन शैली परिर्वतन गर। कुकर्महरू गर्नदेखि आफूलाई पर राख। जीवन परिवर्तन गर र यस देशमा जुन परमप्रभुले तिमी र तिमीहरूका पिता-पुर्खाहरूलाई सदा-सर्वदाका निम्ति दिनु भएकोछ त्यहाँ बसो बासो गर।
  25. “यहूदाका राजा हिजकियाहले मीकालाई मारेनन्। यहूदाका कुनै मानिसले मीकालाई मारेन। हिजकियाह परमप्रभुदेखि डराए अनि उहाँको दया याचना गरे। अनि परमप्रभुले तिनीहरूको विरोधमा भन्नु भएको कुराहरू विषयमा आफ्नो मन बद्लिनु भयो। तर हामीहरूले हाम्रो आफ्नो जीवनमाथि महाविपद ल्याउन आँटेकाछौं।”
Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International

0 topical index results for “जीवन ”

Sorry. No results found for "जीवन" in Topical Index.