797 Bible results for “जीवन ” from 
Nepali Bible: Easy-to-Read Version.dropdown
 Results 1-25. 
Filter by dropdown
dropdown
results per page
  1. तिमीहरूले आफूले रोजेको जीवन शैली नै मन परायौ। दुष्ट योजनामा व्यस्त रह्यौ, तिमीहरूले मेरा उपदेश मानेनौ, यसर्थ तिमीहरूले अहिले आफ्नो कर्मको फल भोग्नै पर्छ, त्यही नै तिमीहरूले ग्रहण गर्नु पर्छ।
  2. जो कोही उसको घरभित्र जान्छ उसले आफ्नो जीवन गुमाउँछ, ऊ जीवनको मार्गमा फर्कि आउँदैन।
  3. ज्ञानले तिमीहरूलाई असल मानिसहरूले गरेको कार्यको उदाहरण अनुशरण गर्न सहायता गर्छ अनि धर्मी मानिसहरूको जीवन रीतिमा बाँच्न सिकाउँछ।
  4. सही जीवन जीउनाले तिम्रो आयु थपिन्छ

    हे मेरो छोरा, मेरा शिक्षाहरूलाई नभुल्। मैले तिमीलाई गर्नु भनेका ती चीजहरूको सम्झना गर।
  5. मैले भनेका कुराहरूले तिमीलाई दीर्घ, सुखमय तथा अधिक शान्तिपूर्ण जीवन जीउँन सिकाउँछ।
  6. ज्ञान एउटा मानिसको निम्ति जीवनको बृक्ष झैं हो जसले उसलाई बलियो गरी समाउँछ अनि त्यसमा जो टाँसिएर रहेनछ सधैँ धन्य रहन्छन्।
  7. ज्ञान र समझ-शक्तिले तिमीलाई जीवन दिनेछन र यसले तिम्रो जीवन सुन्दर पार्नेछ।
  8. हे मेरा छोरा, त्यो मैले दिएको शिक्षा सुन अनि तिमीले लामो जीवन जीउने छौ।
  9. अर्तीलाई समातिराख अनि यसलाई जान नदेऊ। यसमाथि नजर राख किनभने ऊ तिम्रो जीवन हो।
  10. किनभने तिनीहरू त सबै पाप कर्मबाट नै जीवन निर्बाह गर्छन् र पाशविक कमाईबाट मद्य पिउँछन् कारण पाप तथा खराब कर्म गर्न त तिनीहरूको निम्ति खानु पिउनु जत्तिकै स्वभाविक हो।
  11. मेरो शिक्षाहरूले तिनीहरूलाई जीवन दिन्छ जसले यसलाई पालन गर्छ अनि मेरा वचनहरूले शरीरमा तन्दुरूस्ती दिन्छ।
  12. सबभन्दा महत्वपूर्ण कुरो के हो भने तिमीले सोच्नु पर्ने कुराहरूमा तिमी अत्यन्तै होशियारी हुनु पर्छ। किनभने तिम्रो मन तिम्रो जीवनको स्रोत हो।
  13. नत्र आफ्नो सर्वोत्तम शक्ति अर्कालाई दिनेछौ, अनि त्यसद्वारा तिम्रो सम्पूर्ण जीवनको प्राप्तिहरू निष्ठूर एउटा दुष्ट मानिसको हातहरूमा राख्ने छौ।
  14. किनभने यी आज्ञाहरू चाँहि बत्ती र यी शिक्षाहरू चाँहि ज्योति हुन्। तिम्रा आमा बाबुका शिक्षाहरूले तिमीलाई सही मार्गमा डोर्याउँनेछ। ती शिक्षाहरूले तिम्रो जीवन सुधार्नेछ अनि जीवनको सही मार्गमा हिँड्न तिमीलाई प्रशिक्षण दिनेछन्।
  15. एउटी वेश्याले तिमीबाट एक टुक्रा रोटीको दाम लिनु सक्छे, तर अर्काकी पत्नीले तिम्रो जीवन नै ध्वंश गरिदिन्छे।
  16. तर उसलाई थाहा छैन कि यसको लागि उसले आफ्नो जीवन दिने छ।
  17. किनभने जसले मलाई पाउँछ, उसले जीवन पाउँछ। अनि उसैले परमेश्वरबाट अनुग्रह पाउँछ।
  18. ईमान्दार मानिसको मुख जीवनको स्रोत हो, तर मूर्ख मानिसको मुखबाट घृणीत कुराहरू मात्र निस्कन्छन्।
  19. एकजना ईमान्दार मानिसले जे कमाउँछ, त्यसले जीवन प्रदान गर्छ, तर दुष्ट मानिसको कमाईहरू पापको निम्ति प्रयोग हुन्छ।
  20. साँचो धार्मिक मानिसले जीवन ल्याउँछ, तर दुष्ट मानिसहरू दुष्टताको पछि लाग्छन् अनि मर्छन्।
  21. कुटिल हृदय भएका मानिसहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ तर ईमान्दार जीवन जीउने मानिसहरू सँग उहाँ खुशी हुनुहुन्छ।
  22. धर्मी मानिसले गरेको कर्मफल “जीवनको वृक्ष” जस्तो हो, अनि ज्ञानी मानिसले आरूलाई नयाँ जीवन दिन्छन्।
  23. धार्मीकताको मार्गले जीवनमा डोर्याउँछ तर अधर्मीको मार्गले मृत्युमा डोर्याउँछ।
  24. एकजना मानिस जसले आफ्नो मुखलाई काबुमा राख्छ उसले आफ्नै जीवनलाई रक्षा गर्छ। तर जो मानिस केही नसम्झी अथवा बेफिक्री धेरै बोल्छ त्यसले आफैंमाथि विपत्ति र विनाश ल्याउँछ।
  25. पूरा नभएको र स्थगित रहेको आशाले मन दुःखीत बनाउँछ, तर इच्छा पूरा हुनु एउटा जीवनको वृक्ष जस्तो हो।
Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International

0 topical index results for “जीवन ”

Sorry. No results found for "जीवन" in Topical Index.