797 Bible results for “जीवन ” from 
Nepali Bible: Easy-to-Read Version.dropdown
 Results 1-19. 
Filter by dropdown
dropdown
results per page
  1. परमप्रभु भन्नुहुन्छ, “मेरा मानिसहरू पक्राउ पर्नेछन् अनि लगिनेछन्। किनभने तिनीहरूले मलाई राम्ररी चिनेनन्। अहिले इस्राएलमा भएका कतिपय मानिसहरू मुख्य छन्। तिनीहरू आफ्ना विलासी जीवनमा सुखी छन्। तर ती सबै महान् मानिसहरूलाई भोक प्यासले अत्यन्त सताईनेछन्।
  2. परमेश्वरले आफ्ना प्रजाहरूलाई नयाँ जीवन दिनुभयो

    हे परमप्रभु, तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ। तर विगतमा हामी अन्य देवताहरूको पछि लाग्यौं। हामी अन्य मालिकहरूका अधीनमा भयौं। तर अब हामी चाहन्छौं कि मानिसहरूले खाली तपाईंको नाउँ मात्र सम्मान गर्छौ।
  3. मेरो घर, मेरो गोठालाको तम्बु, भत्काई रहेछन् अनि मबाट टाढा सारिरहेछन्, म मानिसहरूले लुगा तानबाट, तान्दै सिलाउनलाई काटे जस्तै शेष भइरहेछु। तपाईँले मेरो जीवन यति चाँडै शेष पारिदिनु भयो।
  4. सारा रात सिंह गर्जे जस्तै म साह्रो रोएँ, तर मेरा आशाहरू धुलो पारिदिए सिंहले हड्डीहरू चपाए जस्तै। तिमीले मेरो जीवन यति चाँडै शेष पारिदियौ।
  5. के म भन्न सक्छु? के घटना हुनेछ मेरो मालिकले मलाई भन्नुभयो। अनि मेरो मालिकले नै त्यस्तो घट्ना गराउनु हुनेछ। यस्तो विपत्तिहरू मेरो आत्मामा छँदै थियो यसकारण अब मेरो जीवनभर विनम्र हुनेछु।
  6. यसैले म भन्दछु, “परमप्रभुले मलाई बचाउनु भएको छ। यसैले हामी परमेश्वरको मन्दिरमा आफ्नो जीवनभरि गीत गाउनेछौ, अनि संङ्गीत बनाउने छौं।”
  7. हे याकूबका मानिसहरू! यो सत्य हो। इस्राएल यसलाई तिमीहरूले विश्वास गर्नै पर्छ। यसैले तिमी किन भन्छौ, “मेरो जीवन शैली परमप्रभुले देख्न सक्नुहुन्न्। परमेश्वरले मलाई भेट्न सक्नुहुन्न र दण्ड दिन सक्नुहुन्न्।”
  8. एकजना पिताले नानीहरूको जन्म गराउँछ। अनि नानीहरूले सोध्न सक्तैनन्, ‘तपाईंले किन हामीलाई जीवन दिइरहनु भएकोछ?’ नानीहरूले आफ्नी आमालाई सोध्न सक्तैनन्, ‘तपाईंले किन हामीलाई जन्म दिइरहनु भएको छ?’”
  9. यसकारण हेर, मैले पृथ्वी बनाएँ, अनि मैले सारा मानिसहरूलाई यसमा जीवन दिएँ। मैले आफ्नै हातहरूद्वारा आकाशहरू बनाएँ। अनि मैले सारा तारामण्डललाई आकाशमा आदेश दिए।
  10. तिमीले टुना-मुना र तन्त्र-मन्त्र सिक्नलाई, तिम्रो जीवनमा अत्यन्त परिश्रम गर्यौ। यसकारण तिम्रो टुना-मुना र तन्त्र-मन्त्र प्रयोग गर्न शुरू गर्यौ। हुनसक्छ तिम्रो टुना-मुनाले तिमीलाई साथ देला। हुनसक्छ तिमीले कसैलाई भयग्रस्त पार्न सक्छौ।
  11. त्यो प्रत्येक कुरामा घट्ने छ जुन तिमीले परिश्रम साथ गर्यौ। जो मानिसहरूसँग तिमीले जीवनभर काम गर्यौ तिनीहरूले तिमीलाई छाड्नेछन्। प्रत्येक मानिस आ-आफ्नो बाटो जाने नै छन्, अनि त्यहाँ तिमीलाई बचाउने कुनै पनि मानिस रहने छैन।”
  12. इस्राएल अब्राहाम जस्तो हुनु पर्दछ

    “तिमीहरू कतिपय असल जीवन जीउनलाई एकदमै कोशीश गर्छौ। तिमीहरू यसको लागि परमप्रभुको सहयोग माग्न जान्छौ। मलाई ध्यान दिएर सुन। तिमीहरूले आफ्ना पिता अब्राहामलाई हेर्नु पर्छ। उनी एक चट्टान हुन जसको टुक्रा तिमीहरू होऊ।
  13. परमप्रभुले उसलाई श्राप दिने निर्णय गर्नु भयो। परमप्रभुले ऊ पीडित हुनै पर्छ भनेर निर्णय गर्नुभयो। यसकारण दासले स्वयंलाई मर्नको लागि समर्पण गरे। तर उसले लामो समय सम्म नयाँ जीवन बाँचे। उसले आफ्ना मानिसहरूलाई देख्नेछन्। परमप्रभुले उसबाट चाहे जस्तै उसले ती कुराहरू पूर्णगर्ने छ।
  14. यसकारण मैले उसलाई मेरो मानिसहरू मध्ये पुरस्कार दिएँ। उसले ती सबै चीजहरू बलिया मानिसहरूसँग बाँड्नेछ। म उसैको लागि यो कुरा गरिरहेछु किनभने उसले मानिसहरूको लागि आफ्नो जीवन अर्पण गर्यो अनि मर्यो। मानिसहरूले भने ऊ एक अपराधी थियो। तर वास्तवमा के थियो भने उसले अन्य सबैका पापहरू स्वयंले बोक्यो। अनि जोसँग पापहरू छन् ती मानिसहरूकै लागि बोल्यो।”
  15. दुष्ट मानिसहरूले पापमय जीवन बाँच्न छाड्नु पर्छ। तिनीहरूले नराम्रा कुराहरू सोच्न छाड्नु पर्छ। तिनीहरू परमप्रभुकहाँ फेरि एकपल्ट आउनु पर्छ। तब परमप्रभुले उनीहरूलाई सान्त्वना दिनुहुनेछ। ती मानिसहरू परमप्रभुकहाँ आउनु पर्नेछ, किनभने हाम्रो परमेश्वरले क्षमा गर्नुहुन्छ।
  16. परमेश्वर उच्च हुनुहुन्छ र माथि उठ्नु भएको छ। परमेश्वर सदा सर्वदा जीवित हुनुहुने परमेश्वरको नाउँ नै पवित्र हो। परमेश्वर भन्नुहुन्छ, “म उच्च र पवित्र ठाउँमा बस्दछु, साथै ती दु:खी र नम्र मानिसहरूसँग बस्दछु। जो हृदयमा नम्र हुँदछ तिनीहरूलाई म नयाँ जीवन प्रदान गर्दछु। जो हृदयमा पश्चाताप गर्छन तिनीहरूलाई पनि म नयाँ जीवन प्रदान गर्दछु।
  17. तिनीहरूले आफ्ना खुट्टाहरू पापमा दगुर्न चलाउँछन्। कुनै पनि निर्दोष मानिसलाई मार्नको लागि तिनीहरू हतारिन्छन्। तिनीहरूले दुष्टकुराहरू सोच्दछन्। उपद्रव र चोरी गर्नु नै तिनीहरूको जीवनको बाटो हो।
  18. ती मानिसहरूले शान्तिको बाटो जान्दैनन्। ती मानिसहरू निष्पक्ष छैनन्। तिनीहरू कपटी जीवन जिउँछन्। अनि जो मानिसहरू त्यस्तो प्रकारले बाँच्दछन् तिनीहरूले कहिल्यै शान्ति पाउने छैनन्।
  19. परमेश्वरले सियोनका दु:खी मानिसहरूका लागि मलाई पठाउनु भयो। उत्सवका लागि म तिनीहरूलाई तयार पार्नेछु। म तिनीहरूका टाउकोबाट खरानी पुछेर मुकुट लगाई दिनेछु। म तिमीहरूको दु:खमय जीवन हटाएर खुशीको तेल प्रदान गर्नेछु। म तिनीहरूको पीडा हटाएर उत्सवको निम्ति पोषाकहरू दिने छु। परमेश्वरले मलाई ती मानिसहरूलाई “धार्मिकताका वृक्षहरू” र “परमप्रभुको अद्भूत बोट” नाउँ दिनलाई पठाउनु भयो।
Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International

0 topical index results for “जीवन ”

Sorry. No results found for "जीवन" in Topical Index.