797 Bible results for “जीवन ” from 
Nepali Bible: Easy-to-Read Version.dropdown
 Results 1-25. 
Filter by dropdown
dropdown
results per page
  1. यस जीवनमा मानिसहरू जुन किसिमले मेहनत गर्छन्, त्यसबाट तिनीहरूलाई साँच्चै कुनै लाभ हुन्छ र?
  2. नयाँ भन्ने कुरा केही छैन

    शुरू देखि जुन कुरो जस्तो छ, त्यस्तै नै छ। जस्तो भएर आइरहेको छ सबै थोक त्यस्तै रहिरहन्छ। यस जीवनमा नयाँ भन्ने केही छैन।
  3. मैले निश्चय गरें, यस जीवनमा जे कुरा हुन्छ, त्यसलाई बुझ्न आफ्नो बुद्धि प्रयोग गर्दै त्यसलाई अध्ययन गर्छु। मैले बुझें, परमेश्वरले मानिसहरूलाई गर्नु भनी जुन कुराहरू दिनुभयो त्यो खुबै कठिन रहेछ।
  4. तब मैले निश्चय गरें म आफ्नो शरीर दाखरसले भर्छु यद्यपि मेरो मनले मलाई ज्ञानकै बाटो देखाइरहेको थियो। मैले यस्तो मूर्खता पूर्ण आचरण देखाएँ किनकि मैले आनन्दको कुनै बाटो खोजिरहेको थिएँ। म चाहन्थें, मानिसहरूको लागि आफ्नो जीवनका थोरै दिनहरूमा के गर्नु उत्तम हो, त्यो खोजुन्।
  5. मैले गरेका सबै कुराहरूमा नजर लगाएँ अनि आफूले गरेका कठिन परिश्रमको बारेमा विचार गर्दा मलाई लाग्यो त्यो सब समयको बरबादी मात्र थियो। यो हावालाई समाउने चेष्टा गरे जस्तो मात्र थियो। मानिसहरूले तिनीहरूको जीवनमा गरेको कठिन परिश्रमबाट केही प्रप्त गर्न सक्दैन।
  6. के जीवनमा साँच्चो आनन्द होला?

    यस कारणले मलाई जीवनसित घिन लाग्छ। जीवनमा जो जति छ सब व्यर्थ छ, भन्ने विचारले म खिन्न भएँ। यो हावालाई पक्रन खोज्नु जस्तै हो।
  7. आफ्नो सारा जीवनमा त्यतिको परिश्रम गरेर उसले आखिरमा के पाउँछ?
  8. सारा जीवनमा परिश्रम गर्यो तर पीडा र निराशा बाहेक उसको हातमा केही पर्ने होइन। रातको समयमा पनि मानिसको मनले विश्राम पाउँदैन यी सब पनि व्यर्थको हुन्।
  9. जीवनको आनन्द जति मैले लिएको छु त्यति आनन्द लिन कोशिश गर्ने कोही अरू होला? छैन। मैले जुन ज्ञान पाँए त्यो यही हो यदि कसैले राम्रो भन्दा राम्रो नै गर्नसक्छ कि खानु, पिउनु र आफूले गर्नु पर्ने काममा आनन्द लिनु। मैले यो पनि बुझें कि सब परमेश्वरबाटै प्राप्त हुन्छन्।
  10. मैले बुझें कि मानिसहरूको निम्ति सबैभन्दा उत्तम कुरो यही हो, उसको जीवनमा आनन्द लिनु र असल गर्नु हो।
  11. यस जीवनमा मैले यी कुराहरू पनि देखेको छु, कि न्यायालय जहाँ न्याय र भलाई हुनुपर्छ, तर त्यहाँ आज खराब मात्र पाइन्छ।
  12. एउटा मानिस सन्तानहीन हुन सक्छ। हुनसक्छ उसको कुनै छोरो वा यहाँसम्म कि कुनै दाज्यू-भाइ पनि छैनन् तर पनि त्यो मानिसले कठोर भन्दा कठोर परिश्रम गर्नमा लागिरहेको हुन्छ र जे जति उसित छ त्यतिबाट ऊ कहिल्यै सन्तुष्ट हुँदैन। तब म पनि यति कठोर मेहनत किन गर्दैछु? म आफैं पनि यस जीवनको आनन्द किन लिंदिन। अब हेर यो पनि एउटा दुःखको र व्यर्थ कै कुरो हो।
  13. तर मैले यस जीवनमा देखेको छु र जान्दछु, मानिसहरू त्यस दोस्रो युवा शासकलाई नै मान्ने छन् र उही नयाँ राजा बन्ने छ।
  14. मैले यस जीवनमा धेरै दुःखको कुरो घटेको देखेको छु। मानिसले भविष्यको लागि धन सन्चय गर्छन् तर त्यसले नोक्सानी पुर्याउँछ।
  15. आफ्नो जीवनको कर्ममा रमाऊ

    मैले त यो देखें कि मानिसले जे गर्न सक्छ त्यो सबैभन्दा असल रहेछ खान, पिऊन र जुन काम उसले यस धर्तीमा आफ्नो छोटो जीवनमा गर्छ त्यसमा आनन्द लिन्छ। परमेश्वरले यिनै केही दिनहरू दिनुभएको छ बस् यहि तिम्रो र उसको हो।
  16. यसो भए त्यस्ता मानिसले कहिल्यै पनि जीवन छोटो छ भनी सोच्दैन। किनकि परमेश्वरले त्यस्तालाई त्यस्तै काममा लगाई राख्नुहुन्छ, जुन काम गर्नमा उसको रूचि हुँदछ।
  17. धनबाट प्रसन्नता पाइँदैन

    मैले जीवनमा अर्को कुरो पनि देखेकोछु जुन उचित होइन। धेरै मानिसहरूले यसको अनुभव गरेका छन्।
  18. त्यस्ता मानिसहरू दुइ हजार बर्ष बाँच्न सक्छन् तर यदि तिनीहरूले जीवनमा आनन्द लिन नसके, त्यो राम्रो हो र हरेक मानिस अन्तमा त्यही ठाउँमा जान्छ।
  19. कसले जान्दछ मनुष्यको छोटो जीवनमा उसको लागि यस भूमिमा सबैभन्दा राम्रो के छ? उसको जीवन त छायाँ जस्तो हराइ हाल्छ। यस संसारमा भोली के हुन्छ भनी कुनै मानिसले भन्नसक्दैन।
  20. जब जीवन उत्तम छ भने त्यसबाट आनन्द लेऊ। तर जीवन कठिन छ भने याद गर परमेश्वरले हामीलाई कठिन समय पनि दिन्छन् र असल समय पनि दिन्छन्। अनि भोलि के हुन्छ त्यो कसैले जान्दैन।
  21. मानिस साँच्चै असल हुँदैनन्

    आफ्नो छोटो जीवनमा मैले सबैथोक देखेको छु। मैले देखेको छु राम्रा मानिस उमेरमा नै मर्छन् र मैले देखेको छु दुष्ट मानिस लामो आयु बाँच्छन्।
  22. यसैकारण मैले निश्चय गरें जीवनको आनन्द लिनु सबैभन्दा महत्वपूर्ण कुरो रहेछ। किनकि यस जीवनमा एउटा मानिसले सबभन्दा राम्रो काम गर्नसक्छ, त्यो हो खानु, पिउनु र जीवनको आनन्द लिनु। यसले कमसेकम मानिसलाई यस भूमि उसको जीवन कालमा परमेश्वरले गर्नु भनी जो कठीन काम दिनुभएको छ त्यसको आनन्द लिनामा सहायता मिल्छ।
  23. परमेश्वरका सबै काम हामी बुझ्न सक्दैनौं

    यस जीवनमा मानिसहरूले गरेका काम मैले ध्यान पूर्वक अध्यान गरें। मैले देखें मानिसहरू अति नै व्यस्त छन्। ती रात दिन काम गर्छन र प्राय सुत्दैनन् पनि।
  24. यस जीवनमा जति पनि घट्ना घट्छ त्यसमा सबै भन्दा नराम्रो कुरो हो कि सबैको अन्त एकै प्रकारले हुन्छ। साथै यो पनि खुबै नराम्रो कुरो हो, कि मानिसहरू खराब र मूर्ख बिचारमा डुबिरहन्छन्, अनि त्यस्ता बिचारले मृत्युतिर लैजान्छ।
  25. कुनै मानिस मरेपछि उसको प्रेम, घृणा, ईर्ष्या सब समाप्त हुन्छ। मृत मानिसले संसारमा जे सुकै भइरहोस् त्यसको कुनै भाग लिने होइन। लिन सकुन्जेल जीवनको आनन्द लेऊ।
Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International

0 topical index results for “जीवन ”

Sorry. No results found for "जीवन" in Topical Index.