Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 89:1-18

एज्री एथानबाट “मस्किल” भन्ने भजन।

89 म सदा परमप्रभुको निम्ति प्रेमको गीत गाउनेछु
    र उहाँको विश्वासको प्रशंसा सदा-सर्वदा गर्नेछु।
हे परमप्रभु, म तपाईंमा साँच्चो रूपमा विश्वास गर्दछु कि,
तपाईंको प्रेम अनवरत छ।
    तपाईंको विश्वास आकाश झैं व्यापक छ।

परमेश्वर भन्नुहुन्छ, “मैले चुनेका राजासँग करार गरेको छु,
    मैले मेरो दास दाऊदसँग कसम खाएँ।
‘दाऊद, म तिम्रो वंशलाई सदा-सर्वदाको निम्ति स्थिर बनाउनेछु।
    म तिम्रो राज्य सदा-सर्वदाको निम्ति कायम गराउने छु।’”

हे परमप्रभु, तपाईंले आश्चर्यपूर्वक कुराहरू सृजना गर्नु हुन्छ।
जसको निम्ति तपाईंलाई आकाशहरूले पनि प्रशंसा गर्छन्।
    मानिसहरू तपाईंमाथि आश्रित हुन सक्छन्। पवित्र स्वर्गदूतहरूको सभाले तपाईंको बारेमा गाउँदछ।
स्वर्गमा तपाईंको बराबरी हुने कोही पनि छैन।
    कुनै पनि “देवता” परमप्रभुको तुलनामा आउन सक्तैन।
परमेश्वर पवित्र स्वर्गदूतहरूसित सदा-सर्वदा मिल्नु हुन्छ।
    ती सबै स्वर्गदूतहरू उहाँका हुन्।
तिनीहरू डराएर उहाँको श्रद्धा गर्दछन्,
    तिनीहरू उहाँको सम्मानमा बस्दछन्।
हे सेनाहरूका परमप्रभु, परमेश्वर तपाईं जस्तो यहाँ अरू कोही छैन।
    हामी पूर्णरूपले तपाईंमाथि भरोसा राख्छौं।
तपाईंले विशाल समुद्रको शक्तिशाली ज्वारभाटमाथि शाश्वत गर्नुहुन्छ।
    तपाईं त्यसको छालहरूलाई शान्त पार्न सक्नु हुन्छ।
10 परमेश्वर तपाईंले राहबलाई डर देखाउनु भयो,
    तपाईंको आफ्नै शक्तिशाली पाखुराहरूले तपाईंका शत्रुहरूलाई यत्र-तत्र पारिदिनु भयो।
11 स्वर्ग र पृथ्वीमा भएका सबै थोकहरू तपाईंकै हुन्,
    परमेश्वर तपाईंले संसार र यसका सबै थोकहरू सृजना गर्नुभयो।
12 उत्तर र दक्षिण दिशामा तपाईंले सारा थोकहरू सृजना गर्नुभयो।
    ताबोर पर्वत र हर्मोन पर्वतले तपाईंकै नाउँको गुण-गान गर्दछन्।
13 हे परमेश्वर तपाईंसँग शक्ति छ।
    तपाईंको शक्ति महान् छ,
    विजय तपाईंकै हो।
14 तपाईंको साम्राज्य सत्य र न्यायमाथि बनिएको छ।
    प्रेम र विश्वास तपाईंको सिंहासनका दासहरू हुन्।
15 हे परमेश्वर, तपाईंका ईमान्दार भक्तजनहरू साँच्चि नै खुशी छन्।
    तिनीहरू तपाईंको कृपाको प्रकाशमा बाँच्दछन्।
16 तपाईंको नाउँले तिनीहरूलाई सधैँ खुशी पार्छ।
    तिनीहरूले तपाईंको सदगुणको प्रशंसा गर्दछन्।
17 तपाईं तिनीहरूका आश्चार्यमय बल हुनुहुन्छ।
    तपाईंबाटै उनीहरूको शक्ति आउँछ।
18 परमप्रभु, तपाईं हाम्रो रक्षक हुनुहुन्छ।
    इस्राएल को एकमात्र पवित्र आत्मा हाम्रा राजा हुनुहुन्छ।

यर्मिया 33:14-26

असल शाखा

14 यो परमप्रभुबाट आएको सन्देश हो “मैले इस्राएल र यहूदाका मानिसहरूको लागि विशेष प्रतिज्ञा गरेकोछु, समय आइरहेछ, म ती वचनहरू पूरा गर्नेछु। 15 त्यसबेला, म दाऊदको परिवारमा एउटा धार्मिकताको शाखा उत्पन्न गराउनेछु। उसले यो देशमा न्याय ल्याउनेछ। 16 यो शाखाको समयमा यहूदाका मानिसहरू सुरक्षित हुने छन् अनि तिनीहरू यरूशलेममा मुक्त रहनेछन्। यो शाखाको नाउँ हो: ‘परमप्रभु हाम्रा धार्मिकता हुनुहुन्छ।’”

17 परमप्रभु भन्नुहुन्छ, “दाऊदको परिवारबाट एकजना मानिस सधैँ सिंहासनमा बस्नेछ र इस्राएलका परिवारमाथि शासन गर्नेछ। 18 अनि पूजाहारीहरू जो लेवी परिवारहरूबाट हुनेछन् तिनीहरू त्यहाँ मेरो अघि होमबलिहरू, अन्न बलिहरू र अरू बलिहरू चढाउन उभिन्छन्।”

19 यो सन्देश परमप्रभुबाट यर्मिया कहाँ आयो। 20 परमप्रभु भन्नुहुन्छ, “मसँग रात र दिनको करार छ। त्यो सदा-सर्वदा चलिरहनेछ। यदि तिमीहरूले यसलाई परिवर्तन गर्न सक्छौ भने ताकि दिन र रात आफ्नो तोकिएको समयमा नआवोस्। 21 तब तिमीहरूले मेरा सेवक दाऊद र लेवीसँग पनि मेरो करार बद्लिन सक्छौ। दाऊदका सन्तानहरू अब राजा हुनेछैनन् र लेवीका परिवारबाट पूजाहारी हुनेछैनन्। 22 तर म मेरो दास दाऊदका सन्तानहरूलाई र लेवीका परिवारहरूलाई जसले मेरो सेवा गरिरहेका छन् तिनीहरूको संख्या वृद्धि गराउनेछु। तिनीहरूको सन्तानको संख्या आकाशमा ताराहरू र सागरको किनारमा बालुवाको कण झैं अनगन्ती हुनेछ।”

23 यर्मियाले यो सन्देश परमप्रभुबाट प्राप्त गरे। 24 “यर्मिया, तिमीले सुन्यौ, मानिसहरूले के भनिरहेछन्? ती मानिसहरूले भनिरहेका छन्, ‘परमप्रभुले यहूदा र इस्राएलका परिवारहरूलाई जसलाई चुन्नुभएको थियो ती दुइलाई त्याग गर्नु भयो। तिनीहरूले मेरा मानिसहरूलाई घृणा गर्छन् अनि तिनीहरूलाई एउटा जाति भनी भन्नु चाहँदैनन्।’”

25 परमप्रभु भन्नुहुन्छ, “यदि मैले रात र दिनसँग करार नराखेको भए अनि यदि मैले आकाश र पृथ्वीको लागि नियमहरू तैयार नबनाएको भए। 26 तब याकूबका सन्तानहरू अस्वीकार गर्न सक्छु। अनि मेरो दास दाऊदका सन्तानहरूलाई अब्राहाम, इसहाक र याकूबको वंशहरूमाथि राज्य गर्नदिने छैन। तर तिनीहरूबाट जो खोसिएको छ त्यो पुन बहाल गरिनेछ र तिनीहरूमाथि दया गरिनेछ।”

लूका 12:41-48

विश्वासी नोकर को होला?

(मत्ती 24:45-51)

41 पत्रुसले भने, “हे प्रभु! तपाईंले हामीलाई मात्र अथवा प्रत्येकलाई यो कथा भन्नु हुन्छ?”

42 प्रभुले भन्नुभयो, “को चाँहि ज्ञानी र विश्वासी नोकर होला? विश्वासी नोकर त्यही हो जसमाथि अन्य नोकरहरूलाई ठीक समयमा तिनीहरूको भाग खाना दिन्छ भनी विश्वास गर्छ। 43 मालिक आँउदा आफूले अह्राएको अनुसार नोकर काममा व्यस्त रहेको पायो भने त्यो मालिक अति खुशी हुनेछ। 44 म तिमीहरूलाई साँच्चो भन्छु, मालिकले त्यस नोकरलाई आफ्नो जे जति छ त्यसको रक्षक नियुक्ति गर्छ।

45 “तर यदि नोकर दुष्ट प्रवृत्तिको छ र आफ्नो मालिक झट्टै फर्कंदैन भन्ने सोच्छ भने त्यसको प्रतिफल के होला? त्यो नोकरले अरू नोकर पुरुष, स्त्रीहरूलाई कुट-पीट गर्ला अनि खाई पिई मातेर मस्त बस्ला। 46 जब मालिक आँउछ उसलाई तत्पर रहेको पाउँदैन। यस्तो त्यस दिन आउनेछ, त्यो नोकरले मालिक आँउछ भन्ने सोचेकै हुँदैन, मालिक आउँदैछ भन्ने पत्तो हुँदैन। मालिकले त्यस नोकरलाई सजाय दिनेछ अनि त्यसलाई अन्य अविश्वासीसँग पठाइदिनेछ।

47 “त्यो नोकरले जान्दथ्यो, उसको मालिकले के चाहान्थ्यो तर उ काम गर्न तत्पर रहँदैन अथवा मालिकले अह्राएको काम गर्न चेष्ट गरेन, यसर्थ त्यस नोकरले अधिक सजाय पाँउछ। 48 उसको मालिकले जे चाहान्छ यदि त्यो नोकरले जान्दैन तर जे गर्छ सजाय योग्यको काम गर्छ, उसको के गति होला? त्यस नोकरले सजाय त पाँउछ नै, तर उसले भन्दा कम्ती सजाय पाउँछ जुन नोकरले मालिकले के चाहान्छ जान्दछ तर गर्दैन। जुन मानिसलाई बेसी दिइएको छ, उसको जिम्मेवारी पनि बेसी हुन्छ। अझ जसमाथि बेसी विश्वास गरिको छ ऊबाट बेसी नै आशा पनि राखिएको हुन्छ।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International