Revised Common Lectionary (Complementary)
15 परमप्रभुले भन्नुभयो, “दमीशकको वरिपरि मरुभूमिसम्म जाने बाटो भएर फर्क। दमीशक जाऊ अनि अरामका राजाको रूपमा हजाएललाई अभिषेक गर। 16 तब निम्शीका छोरा येहूलाई इस्राएलका राजाको रूपमा अभिषेक गर। त्यसपछि आबेल महोलाको शापातको छोरा एलीशालाई अभिषेक गर। तिनी तिम्रो ठाउँमा अगमवक्ता हुनेछन्।
एलीशा एक अगमवक्ता बनिन्छन्
19 यसकारण एलियाले त्यो ठाउँ छोडे अनि शापातका छोरा, एलीशालाई खोज्न गए। एलीशाले हलो जोतिरहेका थिए। त्यहाँ तिनको अघि बाह्रा जोडी गोरूहरू थिए अनि बाह्रौं जोडी चाँहि तिनीसित थियो। एलिया एलीशा सामु गए। एलियाले आफ्नो खास्टो एलीशालाई दिए। 20 तत्कालै एलीशाले गोरूहरू छोडे अनि एलियाको पछि लागे। एलीशाले भने, “मलाई मेरी आमालाई र बाबुलाई म्वाईखान देऊ अनि तिनीहरूलाई विदा लिनु देऊ। तब म तिम्रो अनुशरण गर्नेछु।”
एलियाले उत्तर दिए, “तिमी त्यसो गर्नु सक्छौ, म तिमीलाई रोक्दिनँ।”[a]
21 तब एलिशाले आफ्नो परिवारसँग बसेर विशेष भोजन गरे। एलीशा गए अनि आफ्ना गोरूहरू मारे। उनले हलोको काठको प्रयोग दाउराको रूपमा गरे अनि मासु पकाए। तब उनले यसलाई मानिसहरू माझ बाँडे अनि तिनीहरूले मासु खाए। त्यसपछि एलीशाले एलियालाई अनुशरण गर्न थाले। एलीशा एलियाका सहायका बने।
दाऊदको मिक्ताम भन्ने भजन।
16 हे परमेश्वर, मेरो रक्षा गर्नुहोस्, किनभने म तपाईं माथि नै आश्रित छु।
2 मैले परमप्रभुलाई भने,
“हे परमप्रभु, तपाईं मेरो स्वामी हुनुहुन्छ,
प्रत्येक असल कुराहरू मैले तपाईंबाट पाएँ।”
3 परमप्रभुले आफ्ना भक्तजनहरूका लागि पृथ्वीमा
अनेक आश्यर्यपूर्ण कामहरू गर्नुभयो।
परमप्रभुले आफ्नो स्नेहपूर्ण करूणा तिनीहरूलाई देखाउनु भयो।
4 तर जसले परमेश्वरलाई त्यागे र अन्य देवताहरू पुज्न थाले तिनीहरूले कष्ट पाउने छन्।
तिनीहरूले मूर्तिहरूमा चढाएको रक्तबलिमा म सहभागी हुने छैन।
म ती मूर्तिहरूको नाउँ समेत लिने छुइनँ।
5 मेरो हिस्सा र मेरो कचौरा परमप्रभुबाट नै कपादान हुन्छ।
हे परमप्रभु, तपाईं मेरो सहारा हुनुहुन्छ,
तपाईंले मेरो भाग प्रदान गर्नुहुन्छ।
6 मेरो भाग आश्चर्यपूर्ण छ,
मेरो उत्तराधिकार अति सुन्दर छ।
7 म परमप्रभुको प्रशंसा गर्छु, किनभने उहाँले मलाई असल कुरा सिकाउनु भएको छ।
राती पनि, मलाई आन्तरिक अर्ती दिनुहुन्छ।
8 परमप्रभुलाई मैले सधैँ
आफू समक्ष राखेको छु
र म उहाँको दाहिने तिरबाट कहिल्यै सर्ने छुइनँ।
9 मेरो हृदय र आत्मा यसैले आनन्दित हुनेछ।
अनि मेरो शरीर पनि सुरक्षित रहनेछ।
10 किनभने परमप्रभु, तपाईंले मलाई चिहानमा[a] छोड्नु हुनेछैन।
तपाईंले आफ्नो आज्ञाकारी भक्तजनलाई चिहानमा त्यसै कुहुन दिनुहुने छैन।
11 तपाईं मलाई बाँच्ने सही बाटो सिकाउनु हुनेछ।
तपाईंसँग हुँदा सम्पूर्ण खुशी प्राप्त हुनेछ।
तपाईको दाहिनेपट्टि हुँदा सघैं खुशी प्राप्त हुनेछ।
अहिले हामी मुक्त छौ
5 ख्रीष्टले हामीलाई स्वतंत्र बनाउनु भयो, साहसी होऊ। बद्ली भएर व्यवस्थाकै कमारा नबन।
13 मेरा दाज्यू-भाइ, दिदी-बहिनीहरू हो! परमेश्वरले तिमीहरूलाई स्वतन्त्र बन्न बोलाउनु भएको हो। तर त्यस स्वतन्त्रतालाई आफ्नो पापपूर्ण विचार गर्ने बहाना नबनाऊ। तर आपसमा प्रेमको वार्तालाप गर। 14 सम्पूर्ण व्यवस्ता यही एक आदेशमा समेटिएको छः “आफूले आफूलाई जस्तो प्रेम गर्छौ त्यस्तै प्रेम अरूलाई पनि गर।”(A) 15 तर आपसमा पिटापिट र च्याताच्यात गर्यो भने, अन्तमा तिमीहरू आपसमै नाश हुने छौ।
आत्मा र मानवता
16 यसैले म भन्छुः आत्मा अनुसार बाँच। त्यसो गर्यो भने तिम्रा पापपूर्ण स्वभावले चाहेको खराब काम गर्ने छैनौ। 17 हाम्रो पापपूर्ण स्वभावले यस्तो कुरो चाहन्छ जुन आत्मा विरुद्ध हुन्छ। अनि आत्माले चाँहि यस्तो कुरो चाहन्छ जुन हाम्रो पापपूर्ण स्वभावको विरूद्ध हुन्छ। यी दुइ कुराहरू एक अर्कोको विपरीत छन्। यसैकारण तिमीले साँच्चै गर्नु चाहेको कुरो गर्न सक्तैनौ। 18 तर आत्माबाट डोरियौ भने तिमी व्यवस्थाको अधीनमा रहने छैनौ।
19 हाम्रा पापपूर्ण स्वभावले खराब गर्छ जो यी हुन्: यौन पाप, अशुद्धता, अनैतिकता, 20 मूर्ति-पूजा, तन्त्र-मन्त्र, दुश्मनी, झै-झगड, इर्ष्या, क्रोध, स्वार्थ, फूट, गुटबन्दी, 21 डाह, मद्धपान, मोजमज्जा र यस्तै अरूअरू। मैले पहिले पनि चेतावनी दिएकै हुँ र अहिले पनि दिन्छुः जसले यस्ता कामहरू गर्छन् ती परमेश्वरको राज्यमा जाने छैनन्। 22 तर आत्माले प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता, 23 नम्रता, संयम दिंदछ। यी कुराहरू भुल हुन् भन्ने कुनै व्यवस्थामा छैन। 24 ख्रीष्ट येशूमा हुनेहरूले आफ्ना यस्ता पापपूर्ण स्वभावलाई क्रूसमा झुण्ड्याएका हुन्छन्। तिनीहरूले आफ्ना वासना र अशुभ कामना जो तिनीहरूको पाप स्वभावले चाहन्छ, त्यागी सकेका हुन्छन्। 25 आत्माबाट हामीले नयाँ जीवन पाउँदछौं। जीवनको पथ प्रदर्शनको निम्ति हामीले आत्मालाई पछ्याउनु पर्छ।
शामरिया शहर
51 येशूको स्वर्गारोहणको समय नजीक आउँदै थियो। उहाँले यरूशलेम जाने निश्चय गर्नुभयो। 52 येशूले कोही मानिसहरूलाई आफू भन्दा अघि पठाउनु भयो। ती मानिसहरू येशूको निम्ति प्रत्येक कुरो तयार राख्नलाई सामरियाको एउटा शहरमा गए। 53 तर त्यहाँका मानिसहरूले उहाँलाई ग्रहण गर्न मानेनन् किनभने उहाँ यरूशलेम तर्फ जानु हुँदै थियो। 54 याकूब, यूहन्नाले र येशूका चेलाहरूले यी सबै देखे। तिनीहरूले भने, “हे प्रभु, के हामीले स्वर्गबाट आगो बोलाए मानिसहरूलाई भस्म पार्नु भन्ने तपाईं चाहनुहुन्छ?”
55 तर येशूले पछि फर्केर तिनीहरूलाई हप्काउनु भयो। 56 त्यसपछि येशू र उहाँका चेलाहरू अर्का शहरतिर लाग्नु भयो।
येशूको अनुशरण
(मत्ती 8:19-22)
57 उनीहरू सबै नै बाटोम जाँदैथिए। कुनै एकले उहाँलाई भने, “तपाईं जहाँ जानुहुन्छ म पनि तपाईंसँगै जान्छु।”
58 येशूले भन्नुभयो, “स्यालहरूको बस्ने दूलोहरू छन्। चरा-चुरुङ्गीहरूको बस्ने गुँडहरू छन्। तर मानिसको पुत्रलाई कुनै ठाउँ छैन जहाँ उसले आफ्नो शिर अडाउन सकोस्।”
59 येशू ले अर्को मानिसलाई भन्नु भयो, “मेरो पछि लाग।”
तर त्यो मानिसले भन्यो, “हे प्रभु, पहिले मेरा बाबुलाई गाड्न जान दिनुहोस्।”
60 तर येशूले तिनलाई भन्नुभयो, “मुर्दाहरूलाई आफ्नै मुर्दा मानिस गाड्न देऊ। तर तिमी जाऊ अनि परमेश्वरको राज्यको विषयमा प्रचार गर।”
61 अर्को मानिसले भने, “प्रभु म तपाईंको पछि लाग्नेछु, तर पहिले मेरो आफन्तहरूबाट बिदा लिन दिनुहोस्।”
62 येशूले भन्नुभयो, “यदि कुनै मानिसले हलोमा हात लगाएर पछिल्तिर हेर्छ भने, त्यो परमेश्वरको राज्यको लायक हुने छैन।”
© 2004, 2010 Bible League International